Yogendra Raj Sharma – Gothalo Drishti

योगेन्द्र राज शर्मा – गोठालो दृष्टि

यो समय
आहाल बसिरहेको भैँसीमाथि
बसिरहेछन् भ्यागुताहरु
र कुरिरहेछन् भैँसीको भव्य प्रस्थान ।

केही समयअघि
यही घोलमा
कुरिरहेका थिए आन्द्रो सुकेका जुकाहरु
भैँसीको भव्य आगमन ।

भैँसी जस्तै
काठ्माण्डौमा आहाल बस्दोरहेछ देश ।