Baidyanath Upadhyaya – Haami

वैद्यनाथ उपाध्याय – हामी

सुन्दर विचारहरूले
पृथिवी सुन्दर छ ।
दुष्ट विचारहरूको कालो मुश्लो
उठदै छ क्षितिजभरी
चारैतिर अस्थिरता, नश्वरता
छाएको यो समयमा
कुन स्थायित्वको सोचमा
मग्न भएछौं हामी..?

सुरसाको मुख जस्तो
यो भोगको तृष्णा

सूर्योदयदेखि सूर्यास्तसम्मको दौड

एकले अर्कालाई पछाडेर
अघि बढने होड

सुन्दर प्रकृतिको विध्वंस मचाएर
कहाँ जाने तरखरमा छौं
हामी..?