Prem Oli – Mero Goruko Barhai Takka

प्रेम ओली – मेरा गोरुको बाह्रै टक्का

गजडी होस् कि दरुवा
समानुपातिक कि हरुवा
आफैँ पहिले सकार्ने
रोप्ने बेलामा बोधिबृक्षटिप्ने बेलामा बिषबृक्ष
आफैँ पछि खकार्ने
चन्दा होस् कि घुस
ठन्डा होस् कि जुस
पाएसम्म डकार्ने
उल्टो होस् कि सुल्टो
डाँडो होस् कि खाल्टो
जसरी हुन्छ पछार्ने
राजा होस् कि नेता
सबलाई चाहिने जनता
फेरि किन हकार्ने
शहर होस् कि गाउँमा
छन् कमाउने दाउमा
यिनलाई कसले सपार्ने
मेरा गोरुको बाह्रै टक्का
कुरा पनि छैनन् पक्का
तर कस्ले सकार्ने।