Sarubhakta – Deshemaru Desh

दूरभिसन्धिमा
रगतका लिपस्टिक लाएर
क्रूरहत्याका उद्योगहरु चलेका छन्
तुहिनाचलतिर
तुइनहरु
र खेलौनाका ग्लोवहरु
निहत्था शब्दहरुका वलि चढ्छन्
काण्डैकाण्डहरुको देश
पल्टनका घाउहरु कोट्याएर
डाँकाहरुको समाजप्रेम पढिरहेछ
बिच्छीहरु बिच्छीहरु जस्ता छैनन्
डेन्ड्राइट सुघ्दै हिडेका भविष्य
टुँडालका अर्धसत्यहरुमा अनुवादित छन्
अर्थ र जिन्दगी ः एक शाश्वत समस्या अशाश्वतताको
यसर्थ आउ, इन्द्रदहमा स्नान गरौं
अनि नोर्वुलिङ्ग दरवारतिर घुम्न जाउँ
अपच्र्युनिटी इन्फेक्शनः ईश्वरको धर्तीमा
मान्छेका समस्याहरु
आउ, निरुद्देश्य सगरमाथाको चढाइमा हामी
सगरमाथा जत्तिकै खाल्टो खनौं
ए ! विदेश नजाउ
आजभोलि वीरगति प्राप्त गर्ने सुविधा
देश भित्रै छ
यो के भा’को ?
हामीसित देशेमरु झ्या छ कि
देशेमरु प्रजातन्त्र छ ?