Rabindra Nath Thakur – Pratibimba [From Geetanjali]

प्रतिबिम्ब
प्रियतम !
तिमीलाई भेट्ने भनीकन म एक्लै बाहिर आएको थिएँ।
उ को होला, जो सुनसान अन्धकारमा मसँग हिड्न थाल्यो ?
उदेखि टाढा रहने मैले सकभर कोशिश गरें, बाङ्गो–टिङ्गो बाटो
पनि हिंडे,
कति चोटि यस्तो भान भयो कि उ छैन, तर पुनः उसको पदध्वनि
सुनिन थाल्यो ।
उसले भूइँमा धूलो उडाउँदै गयो, विलक्षण चंचलता छ उसमा ।

मेरो प्रत्येक शब्दमा उसले आङ्खनो स्वर मिलाउँछ,
उ मेरो निर्लज्ज छ, उसँग तिम्रो ढोकासम्म आउँदा मलाई लाज
लाग्छ ।
प्रियतम ! तिमीलाई भेट्ने भनीकन म एक्लै बाहिर आएको थिएँ ।