Shekhar Dhungel – Jaya Hos

जय होस जय होस जय होस
मेरो जन्मभूमि नेपालको
अमर रहोस वीर शहीदका गाथा
नमेटिउन देशका सिमारेखा
उठोस हात घर घरबाट
बनाउन नेपाललाई संसारकै खास्सा
जय होस जय होस जय होस
फर्फराइरहोस चन्द्र-सूर्य अंकित झण्डा
अनन्तसम्म सगरमाथा शिरमा
निधारमा लाली हातमा गुराँस थाली
चम्की रहोस स्वाभिमान नेपालको
युग युगसम्म संसारमाझ
जय होस जय होस जय होस
घन्किरहोस् घिन्ताङ मादल
नाचिरहोस वीर गोर्खाली खुकुरी
तराइ सिचोस हिमालले
भकारी भरोस तराइले
तोड्न नसकोस हाम्रो बन्धुत्व
कोइ बैरी परदेशीले
जय होस जय होस जय होस