Durga Lal Shrestha – Basibiyanlo [Bal Kabita]

सियालमा बस्दै थियो
यौटा खरायो,
त्यहीँनेर आइपुग्यो
यौटा जरायो ।

नदेखेझैँ जरायोलाईर्
गर्छ खरायो,
छक्क पर्दै खरायोलाई
हेर्छ जरायो ।

‘कान तेरा ठाडा ठाडा
के भो खरायो -‘
‘मेरो यौटा चीज यहाँ
कतै हरायो ।’

‘के हो नि त्यो चीज तेरो’
सोध्छ जरायो,
‘त्यही त म सोच्दै छु नि’

भन्छ खरायो ।

२०५८ चैत २४