Bipin Singhal – Nasajau Saundarya

बिपिन सिंघल – नसजाउ सौर्न्दर्य

नसजाउ सौर्न्दर्य
आफ्नु अनुहारमा अए ,
च्याउरी परि नष्ट भइ
जाला ,समय को कलकल
संगै हराएर जाला सुन्दरता
र तिम्रो सौर्न्दर्य रुप को घमण्ड पनि !!

त्रस्त छन् मेरा हृदय
तिम्रो मनभित्र लुकेको सुन्दरताको
पबित्रता हेर्न ,कयौं पिडा लुकाइ
कोमल व्यवहार प्रकट गर्ने हृदय हेर्न,
सदा भरी अमर रहिरहने तिम्रो
आनन्दीय हृदयरूप को गहिराइ हेर्न पनि !!

साचिरहनु निरन्तर
हृदय को सुन्दरता अए
परदैन्न बद्लिन तिमी कसैको आँखा सेकन
लागि ,पर्दैन्न तिमिले अनुहार सुन्दर पार्न ,
अब बदलिनु पर्छ यो दुनियाँ को हृदय पनि !!

प्रार्थनाका प्रहर जस्ता यो दुनिया कहिले हुनु ?
हे ईश्वर ! यि स्वार्थी मान्छेहरुको हेर्ने दृस्टी
कहिले बद्लिनु ? कहिले सज्नु यो दुनिया
हृदय सौर्न्दर्य को धुन मा पनि ????

ए हुदैन्न सबै मुहार भित्र छुपेका
हृदय साचो ,म तिम्रो हृदयको सुन्दरता
भित्र लुकि श्वासप्रश्वासमा तिम्रो विगत ,
वर्तमान र भविष्य हुन चाहन्छु ,
तिम्रो बानी र व्यवहार हुन चाहन्छु ,
ए बग्न चाहन्छु तिम्रो हृदय झै सुन्दर धुन मा पनि !!

सधै भरी तिम्रो सुन्दर हृदय
मै आफ्ना गित रचन चाहन्छु !
बिर्सेर सारा उल्झनहरु ,अमर
हुन चाहनछु तिम्रो प्रेमिल सौर्न्दर्य मा पनि !!