Sumit Adhikari – Naitikata Ko Malami

सुमित अधिकारि – नैतिकताको मलामि

मुल्यको बिष्फ़ोट हुदैछ यहाँ
पड्किँदैछ मान्यता छिन छिनमा
रमाउदैछन पिचाशहरु खित्का छाडि
नैतिकताको मलामिमा
हिजो अराजकताको भतेर थियो रे
अनुशासनको मुन्टो काटिएकोमा
उच्श्रिङ्खलता डान्स्पार्टिमा झुम्दै थियो रे
नियम कानून छाँटिएकोमा ||

उत्सबमय छ जिवन याहाँ
उल्लासमय चलन
भ्रष्टाचारनै सदाचार हो
इमान्दारी त दलन
न्याय समानता सब खल्तिमा बस्छन
बस चल्तिमा छन जालझेल
सुख सयलको चाहना भए
बढाउ कपटसङ्ग मेल ||

देश राष्ट्रियता सार्है सस्तो छ अचेल
बिक्छन रे मन्डिमा
दुइ कौडिको भाउमा
चल्खेल दरिद्र दलालकै छ यहाँ
छर्न बिष बिझेका घाउमा
कलमहरु पनि किन्छु भन्छन रे
बेच्ने सबै हुँदो हो त
एकै ढिक्का सायद हुन्थे नेपाली
मन तिनको पनि रुँदो हो त ||

Sumit adhikari
Dillibazar, kathmandu