Balakrishna Adhikari – Patra Ra Bhumika

बालाकृष्ण अधिकारी – पात्र र भूमिका
(Source: मधुपर्क, चैत २०६७)

कथा सुरु भएकै थिएन । कथाको एउटा अनिर्धारित पात्र आएर आˆनो भूमिकाका बारेमा मसँग सोध्न लाग्यो । म असमञ्जस्यमा परेँ । पात्रकै रूपमा निर्धारण गरिनसकेको पात्रले आˆनो भूमिकाका बारेमा सोध्न आउनु कहाँसम्मको चाकडी ! मैले उसको भूमिकाको बारेमा नबताएपछि ऊ एकछिन अचम्म मान्दै यताउति घुमिरहृयो । सायद उसलाई लागेको थियो होला कि मैले उसलाई उसको भूमिकाका बारेमा सोचेर बताउँदै छु । करिब एक घण्टा कुरिसकेपछि मेरा कथाको अनिर्धारित पात्रले सहिरहन सकेनछ बिचरा ! कसरी सहिरहोस् त ? उसले जे सोधेको थियो त्यसमा मैले न त ‘राम्रो भूमिका दिएको छु’ भनेर जवाफ दिएँ न त ‘नराम्रो भूमिका दिएको छु’ भनेर जवाफ दिएँ । अलि झर्को लागेको जस्तो देखिए पनि ऊ मेरो नजिकै आयो र मिठो स्वरमा अनुरोध गर्‍यो, “कृपया कथाकारज्यू ! तपाईंको कथामा मेरो भूमिका कस्तो राखिदिनु भएको छ भनी दिनुस् न । राम्रै छ होला नि ! अलि सशक्त राखिदिनुस् है !”

म अझै घोरिइरहेको थिएँ । मेरो कथाको त्यही अनिर्धारित पात्रले बोलीले मात्र हुने नदेखेर होला सायद आˆना हातहरू सक्रिय गराउन थाल्यो । शरीरका विभिन्न अङ्गहरू सुम्सुम्याउँदै मलाई फकाउन थाल्यो । उसका हातको स्पर्श एकदमै नरम, मायालु र आग्रहले युक्त थियो । नरम हातका सुम्सुम्याइले म उसको भूमिकाका बारेमा भन्ने वा नभन्ने निर्णयमा पुग्न भुलिरहेको रहेछु । लामो समयसम्म स्पर्श गरिरहँदा पनि मेरो जवाफ नआएकोमा उसको धैर्यमा आगो लाग्नु स्वाभाविकै थियो । विस्तारै उसका हातको नरमपन घट्दै गइरहेको मैले अनुभव गरेँ ।

उसले मलाई पुनः सम्बोधन गर्दै भन्यो, “कथाकारज्यू ! हैन, तपाईंको कथामा मेरो भूमिका कस्तो छ भनिदिनुस् न । राम्रै भूमिका दिनु भएको छ होला नि हैन त ! अत्यन्त सशक्त, प्रभावकारी, सकारात्मक र आदर्शवादी है ! यस्तो भूमिका राखिदिनु भयो भने म तपाईंलाई तपाईंको लेखकीय परिश्रम र महान्ताको कदर स्वरूप दक्षिणा टक्र्याउँछु नि !”

यति भन्दै उसले झण्डै हावाबाट टिपेझैँ गरी एउटा नोटको बिटो मतिर तेर्सायो । मलाई पर्‍यो समस्या । यो घूस लिने र दिने चलन लेखक र पात्रका बीचमा पनि चलिसकेको रहेछ भन्ने मैले आजै थाहा पाएँ । मैले कथा लेख्न पनि सुरु गरेको थिइन । हल्काफुल्का घटना र पात्रको मानसिक खाका मात्र तयार गर्न थालेको थिएँ । घटनाहरू पनि पूर्ण थिएनन् । कति पात्र राख्ने, कस्ता पात्र राख्ने, को को पात्र राख्ने र तिनीहरूको चरित्र तथा भूमिका कस्तो दिने भन्ने कुराको पनि निर्णय गरिसकेको थिइन । मलाई घटनाक्रमको त्यति धेरै सम्झना पनि थिएन । त्यसका पात्र त झन् सपनामा देखेका मान्छेजस्ता लाग्थे । कुनचाहिँ पात्र प्रमुख थियो, कुनचाहिँ पात्र शक्तिशाली थियो, कुनचाहिँ पात्र अनुकूल र कुनचाहिँ पात्र प्रतिकूल थियो भन्ने कुराको पनि कुनै स्मरण थिएन । त्यसैले म कथा लेख्ने विचारले मेरो स्मृतिपटलमा घटना र पात्रहरूलाई बोलाउने प्रयत्नमा थिएँ ।

घटना घट्दा साल जन्मेर बामे सर्दै थियो । यहाँ समयको आँचल समातेर प्रत्येक बाह्र महिनापछि नयाँ साल जन्मिन्छ । जन्मिएर हरिलो भरिलो हुन नपाउँदै साल विस्थापित हुन्छ अथवा मर्छ र मात्र इतिहास बनेर भित्तेपात्रोका पानाहरूमा अङ्कित हुन्छ । त्यसैले नयाँ हुनु भनेको अनिश्चित हुनु पनि हो । मेरो कथाको घटना पनि त्यस्तै छ । एकपटक नयाँ नै थियो । घटना ताजा थियो । ताततातै कथाका रूपमा परिणत गरेर पाठकसमक्ष पठाएको भए त्यसले ठूलो वाहवाही पाउने पनि थियो र त्यसको तयारी पनि मैले राम्रै तरिकाले गरेको थिएँ तर समस्या यस्तै भएको थियो । कथाका पात्रहरू तँछाड मँछाड गर्दै भूमिका माग्न तम्सिए । त्यति मात्रै होइन ठूलै द्वन्द्व भयो पात्रहरूका बीचमा । धेरै पुरुषहरूमध्ये एक्ली नारी पात्र भएको चाहिँ याद छ मलाई । सबै पुरुष पात्रहरू उक्त नारी पात्रको एकलौटी वा सामूहिक नायकका रूपमा उभिन चाहन्थे भन्ने कुराको भेद भने मैले जान्न बाँकी थियो । जुन पात्र मैले असल, अनुकूल र भव्य ठानेँ त्यही पात्र खराब, प्रतिकूल र निक्रिस्ट भएर देखिएपछि मैले पात्र चयन गर्न सकिन । पात्र चयनमा असफल भएपछि म कथाकार होइन भन्ने दसी जुटाएँ मनमनै । त्यसपछि महिनौँसम्म उक्त घटना मेरो मानस पटलबाट विस्मृत प्रायः भएर गयो ।

एक्कासि एक दिन मेरो मरेको मस्तिष्क चलमलाउन थाल्यो । अनि मैले सोचेँ मेरो कथाकार मरेको रहेनछ । ऊर्जा पाएको भए मेरो कथाकार कुम्भकर्णे निद्रामा पर्ने रहेनछ । त्यस दिन किनकिन मेरो कथाकार कुम्भकर्णे निद्राबाट आँखा उघार्दै मलाई क्वारक्वार्ती हेर्न थाल्यो । आँखाभरि आँसु बनाएर भन्न थाल्यो, ‘साथी ! म मर्न सकिन । त्यस घटनाका बारेमा कथा नलेखी मलाई स्वर्गलोकमा ठाउँ मिलेन । त्यसैले अब म जागिरहेको छु । म गम्भीर भइरहेको छु कथा लेख्नलाई ।’

यति भनिसकेपछि म/ऊ अर्थात् कथाकार उक्त घटना र त्यस घटनाका पात्रहरूलाई कथाको कुन साँचोभित्र हालेर लेख्ने भनेर सोचमग्न हुँदाहुँदै अगाडि घूस दिने पात्र जुर्लुङ्ङ देखा परेको थियो । पाठक महोदय ! उक्त अनिर्धारित पात्रले आफूलाई नायक बनाउन मसँग गरेका सबै किसिमका कर्तुत र प्रयासहरू म तपाईंसमक्ष बताउँदै छु धैर्य गर्नुहोस् । हतारिएर भने सुनेको कुनै फाइदा छैन ।

अँ त, चाप्लुसीले मेरो दाल गल्ने नदेखेर उसले आˆनो स्वभावमा परिवर्तन ल्याउन थाल्यो । नरमबाट कडातर्फ, आग्रहबाट धम्कीतर्फ ऊ आफूलाई परिवर्तन गर्दै गइरहेको थियो । एउटा राजनीतिज्ञले आफूसँग भएका सबै शस्त्रअस्त्रहरूको प्रयोग गरेर जनतासँग भोट मागेझैँ उसले पनि अब उसँग बचेखुचेका शस्त्रअस्त्रहरू प्रयोग गर्न खोजिरहेझैँ लाग्थ्यो ।

“ए कथाकार ! तेरो कथामा मेरो भूमिका के हो, किन

भन्दैनस् ? तँलाईं आˆनो ज्यानको माया भए भन् अथवा मलाई तेरो कथामा एकदम असल, सकारात्मक, सशक्त, परोपकारी र आदर्शवादी भूमिका दे । होइन भने … … … !” एक्कासि ऊ धम्की, रिस जोस र आक्रोसका साथ चर्कियो ।

बाफरे बाफ, पाठक महोदय ! मेरै कथाको अनिर्धारित मानस पात्रले मैलाई धम्क्याउँदै हातमा पिस्तोल समातेर मलाई नै ताक्न थाल्यो । म एकचोटि बेसरी डराएँ । सायद तपाईं भएको भए पनि डराउनु हुन्थ्यो होला

हगि ! कस्तो अनिश्चित छ जीवन ! को आˆनो, को अर्काको भन्ने कुराको कुनै भेद रहेन अब । कसले गर्न सक्ने, कसले गर्न नसक्ने त्यसको पनि कुनै अर्थ रहेन अब । जीवन बाँच्नु र मर्नुको दोसाँधमा घडीको पेन्डुलमझैँ हल्लिरहेको देख्दा लाग्छ जीवन अनिश्चय र अस्वाभाविकताको मुहानबाट बगिरहेको छ । यसको टुङ्गो पनि छैन र बगाइको अर्थ पनि त छैन । नबगिकन एक ठाउँमा स्थिर भएर बस्नुको पनि कुनै अर्थ छैन । जीवन निरर्थकहरूको पुञ्जबाट बनेको वाफ हो । कहिले बर्सिन्छ साउनमा, कहिले जम्छ माघमा र कहिले उड्छ चैतमा । जसले जसरी अथ्र्याए पनि अर्थिने तर अर्थहरूका भ्रान्तिले स्वयम् अर्थलाई अनर्थ भोग्न विवश बनाइदिने । केही गर्न खोज्नु पनि जीवन, केही गर्न नदिनु पनि जीवन । अर्थहरूको टुङ्गोमा पुग्न खोज्दा बुङ्गो बनेको जीवन । यस्तो जीवनसँग तपाईं भएको भए पनि पक्का डराउनु हुन्थ्यो, बुझ्नु भयो । हुन सक्छ, तपाईं मलाई ‘यो कथाकार त निकै कायर पो रहेछ’ भनि रहनुभएको होला । ठीकै हो । म कायर नै छु । वीरहरू त लड्न जान्छन् सिमानामा । बैरीहरूले सीमा मिच्दा कथा लेखेर बस्ने फुर्सद कहाँ छ

उनीहरूलाई ? वर्गशत्रुहरूले शोषण, दमन, अन्याय, अत्याचार गरे र देश खोक्रो बनाए भनेर कथा लेख्ने फुर्सद कहाँ र उनीहरूलाई ? म लड्न सक्दिन, त्यसैले कथा लेखेर आˆनो कायरताको परिचय दिइरहेको छु । यदि त्यस्तो ठान्नुहुन्न भने केही छैन म कायर होइन भन्ने कुराको प्रमाण पनि म तपाईंलाई दिन सक्छु ।

हो त, मैले अघिको घटना त भन्नै भुलेको रहेछु । उसले अर्थात् मेरो कथाको अनिर्धारित पात्रले आˆना दुवै हात दह्रो बनाएर समातेको कालो पिस्तोल ताकेपछि मैले बाँच्ने उपाय निकाल्न खोजेँ । तपाईं भएको भए पनि यसै गर्नु हुन्थ्यो होला हगि ?

“ओ पात्रजी ! तपाईंको पिस्तोल हेर्नुस् एकपटक । मलाई त त्यसमा गोली नै छैन जस्तो लाग्यो । पक्का हो, म तपाईंको भलाइकै लागि भन्दै छु । यहाँ मान्छेहरू बाँच्ने गोली खान नपाएर भकाभक मरिरहेका छन् । यस्तो बेलामा तपाईंको मर्ने गोलीको के महìव छ र ? पक्कै पनि तपाईंको पिस्तोलमा गोली छैन ।”

मेरो कुराले उसलाई केही प्रभाव पारेछ क्यारे । ऊ अलि सतर्क भयो । यद्यपि उसले मलाई ताकेरै टि्रगर दबायो ‘खच्याक् खच्याक्’ । साँच्चै हो रहेछ । गोली निस्किएन, यसको मतलब पिस्तोल पड्किएन । ऊ नतमष्तक भयो । म हाँस्न थालेँ । मेरो कथाको अनिर्धारित पात्रले लाज र ग्लानिले आˆनो अनुहार रातो बनाएको मैले देखेँ । मैले उसलाई धेरै नै गिल्लाएँ । साह्रै भएपछि उसले राताराता आँखा बनाउँदै भन्यो, “पख्, म गोली लिएर आउँछु । अनि कसरी नभन्दो रहेछस् मेरो भूमिका ! गोली भरिएको पिस्तोलले ‘घच्याँ घच्याँ’ छका छचोटि हानेपछि अनि मलाई जिस्काउलास् !”

यति भनेर ऊ सरासर हिँड्दै गयो । एक छिनपछि दौड्दै गयो । अझ एक छिनपछि उड्दै गयो र अलप भयो ।

बल्ल मलाई तìवबोध भयो । रहस्यको संसारबाट अब म पूरै होसहवासमा आएँ । मलाई घटना याद भयो । पाठक

महोदय ! यस कथाकी नायिका एकजना आइमाई मान्छे हुन् । हुन त कथाका नायिका सबै आइमाई मान्छे नै हुन्छन् । उनी अहिले बेहोस छिन् । लगभग पैँसठ्ठी वर्षकी मेरो कथाकी नायिका नायकविहीन छन् । नायक नभएकी एक्ली नायिका घरमा एक्लै बसेको देखेका तेह्रजना खलनायकहरू -जसको अनुहार मैले चिन्दछु, तर अहिले सम्भिmसकेको छैन ।) पनि थिए उक्त घटनामा । एउटा निम्नवर्गीय जीवनस्तर सुहाउँदो घरभित्र पसेर ती तेह्र जना खलनायकहरू मध्ये दुई जनाले मेरो कथाकी नायिकाको हाततिर र दुई जनाले खुट्टातिर समातेर ताने र पालैपालो … … … । बस्, घटना यत्ति हो । कथाको सामग्री पनि यत्ति हो ।

पाठक महोदय ! तपाईंलाई लाग्न सक्छ ‘यति जाबो घटनाले पनि कथा बन्छ र ?’ म तपाईंसँग सहमत छु कि यति घटनाले त कथा बन्दै बन्दैन । भन्नका लागि थप अर्को कुरा पनि छ मसँग, जतिसुकै घटनाले पनि कथा बन्दैन । घटना एक्लैले कथा बनाउने भए यो संसारका सम्पूर्ण घटनाहरू कथा बनेर आफैँ कथासङ्ग्रहमा बस्थे । त्यस्तो भएको देखिँदैन । कथाका लागि त पात्र पनि चाहिन्छ नि होइन त ! हो त, मेरो कथाको लागि पात्र त चयन भएकै छैन । अब मलाई एकैछिन कथाका पात्रको चयन र भूमिकाका लागि सोच्न दिनुस् । मलाई एक जना पात्रको अनुहार याद आयो । कताकता देखेजस्तै पात्र छ । मैले सम्भिmने प्रयत्न गरेँ । ओहो, पाठक महोदय ! त्यस घटनाका खलनायकहरूमध्ये एउटा अनुहार अघि मसँग आˆनो असल, अनुकूल, भव्य र आदर्श भूमिका माग्ने त्यही अनिर्धारित पात्र हो । हो हो ! अब उसको भूमिका स्पष्ट भइसकेको छ । अब ऊ मेरै कथाको खलपात्र हो । अब मैले कथामा उसको भूमिकाका बारेमा तपाईंहरूलाई बताइरहनु पर्दैन होला ।

पाठक महोदय ! यहाँ धेरै पात्रका भूमिका रहस्यमयी बनेका छन्, विस्मृत बनेका छन् । चनाखो भएर कथा पढ्नु होला । मेरो कथाकी नायिका होसमा आएपछि म तुरुन्त तपाईंहरूलाई खबर गर्नेछु । कथाका अन्य बाह्र जना खलपात्रको भूमिका थाहा पाएमा पाठक भएका नाताले तुरुन्त मसँग सम्पर्क राख्नु होला । यदि यसो भएमा मेरो कथा पूर्ण हुने छ ।

– पर्वत

Kumud Adhikari – Tin Katha Tin Patra

कुमुद अधिकारी – तीन कथा-तीन पात्र
(साहित्य सरिता)

कथा एकः पात्र एक

कट्……..कट्…………कट्………उफ् ! फेरि बज्न थाल्यो पल्लो कोठाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर के गर्नु खै, अहिले त यसले पीडामात्र दिइरहन्छ। कट्…..कट्…. उफ् ! म सहनै सक्तिनँ र बरन्डामा निस्कन्छु। बाहिर जुनेली रात रहेछ। चन्द्रमा ! आहा ! यो चन्द्रमा त मेरो चिरकालको साथी। अब त यही चन्द्रमा त रह्यो नि आफ्नो भन्ने ! चन्द्रलाई त निशाले लगिहाली नि।

पूर्णिमाको चन्द्रमालाई देखाउँदै चन्द्र भन्ने गर्थे – “थाहा छ आभा ! चन्द्रमाको यो शीतलताले हाम्रो सम्बन्धलाई चिरस्थायी बनाउनेछ।”

मलाई शङ्का लाग्थ्यो – “चिसो सम्बन्ध अनि चिरस्थायी ? कस्तो कुरा गरेको ?” मनमा साँच्चै चिसो पस्थ्यो।

उनी भन्थे – “धत् लाटी ! त्यो भनेको हो त ! शीतलता र चिसोपनाको फरक पनि थाहा छैन ? शीतलता जहिले पनि सुखदायी हुन्छ र चिसोपना जहिले पनि दुःखदायी। शीतलता कहिल्यै चिसो हुनै सक्तैन, यदि भयो भने त्यो शीतलता नै होइन।” खोइ ! कति बुझेँ कोनि मैले चन्द्रको कुरा ! त्यति धेरै त म त्यस्ता कुरा बुझ्दिनँ।
म फेरि भित्र पसेँ। बाहिर सिरेटोले हानेझैँ भयो। बत्ती बालेर पुनः त्यही खाटमा पल्टिएँ जुन चन्द्र र मैले पचास वर्षसम्म प्रयोग गरेका थियौँ। बिहे गरेको पचास वर्षपछि म एक्लिएकी छु। पल्टिँदा देखेँ अगाडि भित्तामा हाम्रो जीर्ण भइसकेको बिहेको माला उदास झुन्डिरहेको थियो। बिचरा दुबो न हो, ओइलाएर चाउरी परिसकेको छ। तैपनि मालाका बीचमा राखिएको हाम्रो ब्ल्याक एन्ड ह्वाइट फोटाको आभाले मलाई आलोकित बनाइरहेका छन्।

यो फोटो खिच्दा म कति साह्रो लाजले खुम्चिएकी थिएँ भन्ने साध्ये नै छैन। भर्खरकी बेहुली सोह्र वर्षकी। सम्बन्धदेखि लिएर घरबार, सरसामान, आफन्तहरू, साइनो सबै नितान्त नयाँ। खाट पनि नयाँ। बिहेअघि कहिल्यै खाट साझा नगरेकी मलाई निकै अफ्ठ्यारो लाग्यो तर मेरा कल्पनाका राजकुमारभन्दा पनि राम्रा र बलिष्ठ चन्द्रका बाहुपासमा बाँधिएर एउटै खाटमा सँगै सुत्दा मेरो आनन्दको सीमा रहेन। अठारै वर्षमा पनि परिपक्वताको झलक दिने मेरा श्रीमान् चन्द्रको देहका अङ्गहरूको ओज र शक्ति देखेर म छक्कै परेकी थिएँ। मेरा विवाहित साथीहरूको बयानभन्दा सयौँ गुणा उत्कृष्ट थिए मेरा चन्द्रका ओजयुक्त अङ्गहरू। मेरो त कुरा के गर्नु ! दैहिक सुख लिनेमा सायद म जति भाग्यमानी कोही थिएन।

यसरी सुखभोग गरेको पनि वर्षौँ बित्यो। बिहे गरेको वर्ष दिनभित्रै हामीलाई पुत्रप्राप्ति भयो। छोराको जन्मबाट मेरा शरीरमा अझै राम्रा परिवर्तनहरू भएको कुरा चन्द्रले बताउनुहुन्थ्यो। छोराको जन्मपछि पनि वर्षौँसम्म उहाँको र मेरो दैहिक सुखभोगाइमा रत्तिभर कमी आएन। अझ हामी प्रयोगवादी भएर आनन्दको लूट गर्नमै व्यस्त रह्यौँ। यसरी जिन्दगीको किताबका सुखद पानाहरू पढ्दापढ्दै करिब दस वर्षअगाडि एक दिन मलाई चस्स पेट दुखेको थियो । तल्लो पेट। दुख्यो, हरायो। चन्द्रले बेकार सुर्ता गर्नुहोला भनेर मैले उहाँलाई सुनाइनँ। तर दुखाइको क्रम बढ़ेपछि मैले सुनाउन करै लाग्यो। लाग्न थाल्यो म असमर्थ हुँदै छु, चन्द्रले भनेझैँ ममा कतै चिसो त पसेन ?

मेरो कुरो सुनेर चिन्तित चन्द्रले भन्नुभएको थियो- “आभा ! तिमीले पहिले नै भन्नुपर्थ्यो। ल हिँड ! हिँडिहालौँ स्त्रीरोग-विशेषज्ञकहाँ।”
त्यसपछि हामी विराटनगरस्थित स्त्रीरोग विशेषज्ञ शोभा श्रेष्ठकहाँ गएका थियौँ। अनेक किसिमका परीक्षणपश्चात् शोभा श्रेष्ठको घोषणाले हामी छाँगाबाट खसेका थियौँ। उहाँले भन्नुभयो- “हेर्नुस् आभा ! तपाईँको पाठेघरमा ट्युमर छ, त्यो पनि म्यालिग्न्यान्ट ! जति छिटो फ्याल्यो त्यति नै राम्रो। ढिलो गर्दा तपाईँको ज्यानलाई नै खतरा छ। राम्ररी बुझिराख्‍नुहोस् !”

मैले चन्द्रका अनुहारमा पुलुक्क हेरेँ।उहाँको त्यस्तो पीडैपीडाले भरिएको अनुहार कहिल्यै देखेकी थिइनँ। मेरो मनमा आफ्नो रोगले भन्दा पनि बढी पीडा चन्द्रको अनुहारले दिएको थियो।

करिब पाँच वर्षअघि मेरो पाठेघरसहितको ट्युमर मिल्काएर हामी यही कोठामा छिरेका थियौँ। त्यसपछिको समय निकै पीडादायक रह्यो। म साँच्चै चिसिएकी थिएँ। मलाई त चन्द्रका तिनै बलिष्ठ र ओजयुक्त अङ्गहरूले पिरोल्न थाले। ती अङ्गहरू हेर्दा तिनमा समयको हदले केही पनि असर नपारेका जस्ता देखिन्थे। चन्द्र सत्तरी वर्षको उमेरमा पनि बीसबर्षे जोस राख्‍नुहुन्थ्यो। यही गर्वको कुराले मलाई साह्रै पिरोल्न थाल्यो। उहाँ चुपचाप मेरा छेउमा आएर सुत्‍नुहुन्थ्यो। उहाँको मुखबाट कहिल्यै खुइ निस्केको थाहा पाइनँ। लाग्यो मेरो अङ्गहीनतालाई उहाँले आत्मसात् गर्नुभएको छ। मलाई चिसिएकै रूपमा स्वीकार गर्नुभएको छ। तर उहाँको देहले उहाँको मनलाई कहिल्यै साथ दिएन। छेउमा सुतेका चन्द्रका अङ्गहरूको शक्ति म जहिले पनि अनुभव गर्दथेँ। मलाई लाग्यो अब यो शक्तिको निकास जरुरी छ। समयको यत्रो अन्तरालमा हाम्रो परिवार बढेर ठूलै भइसकेको थियो। हामीमाझ अब छोरो, बुहारी, दुई जवान नाति र एउटी तरुणी नातिनी थियौँ। यस बेला हजुरबा चन्द्रलाई बिहे गर्नु भन्नु भनेको सामाजिक हाँसो र लाजको कुरो हुन्थ्यो तर के गर्नु उहाँको छटपटी म देख्‍नै नसक्ने भइसकेकी थिएँ। त्यसैले एक दिन चन्द्रलाई भनेँ – “हेर्नुस् चन्द्र ! यसरी कति दिन चल्छ ? तपाईँ अब बिहे गर्नुस्। म तपाईँको यो पीडा देख्‍न सक्तिनँ।” त्यसपछि तीनछक्क परेका चन्द्रलाई मैले अङ्कमाल गरेँ र सम्झाउन थालेँ किन उहाँले समाजको हेला खपेरै भए पनि बिहे गर्नुपर्छ भनेर।
चन्द्रको दोस्रो बिहे भएको वा उहाँले मलाई सौता हालेको पनि अब पाँच वर्ष बितिसकेछ। अहिले चन्द्र र निशाको कोठा पल्लोपट्टि छ। कट्….कट्….. फेरि खाट बज्न थाल्यो। ….. उफ् ….. अब जे होस् मैले यो खाटबजाइलाई सहज रूपमा लिनै पर्नेभयो, आत्मसात् गर्नेपर्ने भयो…. मेरा चन्द्रकै लागि भए पनि। उसो त चन्द्र हप्तामा तीन दिन मैसित सुत्‍नुहुन्छ तैपनि बाँकी रहेका तीन रातहरू बिताउन मलाई साह्रै गाह्रो पर्छ। के गर्नु पचास वर्षदेखिको बानी हो सधैँ सँगै सुत्‍ने।

कट्…..कट्…..कट्…. पल्लो कोठाको खाटसँगै चन्द्रलाई आफूछेउमा सम्झेर निदाउने कोसिस गर्न लागेँ।
—-

कथा दुईः पात्र दुई

कट्….कट्…..कट्….. उफ् ! फेरि बज्न थाल्यो यो खाट। हरे ! पल्लो कोठामा आभालाई कति गाह्रो परिसक्यो होला। यो खाट पनि खै ! कुनै समयमा यो खाटबजाइ आनन्द र खुसीको कारक हुने गर्थ्यो, तर के गर्नु खै अचेल त शारीरिक ऊर्जाको निक्षेपण गर्ने माध्यम भएको छ। कट्… कट्… कट्….! ऊ, ढोका उघ्र्यो ! आभा बाहिर निस्किइन् होला। बाहिर त जुनेली रात छ। चन्द्रमा ! आभाले चन्द्रमा हेरेर मेरो साथी त अब यो चन्द्रमा ने त रह्यो भन्ने सोचिरहेकी होलिन्। उनको चन्द्रलाई अहिले त निशाले निलेकी न छ। हो ! निशा र म एकाकार छौँ तर म रत्तिभर पनि आभाबाट अलग हुन सकिरहेको छैन।
पूर्णिमाको चन्द्रमालाई देखाउँदै म भन्ने गर्थेँ- ” थाहा छ आभा ! चन्द्रमाको यस शीतलताले हाम्रो सम्बन्धलाई चिरस्थायी बनाउनेछ।”
उनी सशङ्कित हुन्थिन्- ” चिसो सम्बन्ध अनि चिरस्थायी ? कस्तो कुरा गरेको ?” सायद उनीभित्र चिसो पस्थ्यो।
फेरि प्रस्ट्याउँथेँ- “धत् लाटी ! त्यो भनेको हो त ! शीतलता र चिसोपनाको फरक पनि थाहा छैन ? शीतलता जहिले पनि सुखदायी हुन्छ र चिसोपना जहिले पनि दुखदायी। शीतलता कहिल्यै चिसो हुनै सक्तैन, यदि भयो भने त्यो शीतलता नै होइन।” खोइ कति बुझिन् उनले मैले अन्दाज गर्न सकिनँ, थाहा छ मलाई कुरा बुझ्ने क्षमता नितान्त व्यक्तिगत हुन्छ।

म निशासँगै छु।दैलो फेरि बज्यो। सायद आभा भित्र पसिन होला। बाहिर सिरेटो चलेको छ। म पनि निशाका छेउमा पल्टन्छु। एक पटकलाई मेरो ऊर्जा निशामा खन्याएपछि म केही शिथिलझैँ भएको छु। बत्ती बाल्छु र छेउकी निशालाई हेर्छु। उनी आँखा चिम्लिएर पल्टिएकी छिन्। गजबको सौन्दर्य र दीप्ति छ निशाको अनुहारमा। शरीर पनि उस्तै राम्रो। तर किन हो निशा र म एकाकार हुँदा उनी कहिल्यै मलाई हेर्दिनन्। सायद उनको विगतले सताउँदो हो। खै किन हो म निशामा पनि आभाकै छवि देख्छु। सायद निशाको पनि त्यस्तै विवशता होला। म उत्तानो भएर पल्टिन्छु र मेरा आँखाहरू पर्छन् भित्तामा झुन्ड्याएर राखेको फ्रेमजडित बिहेको मालामा। तर यो माला मेरो-आभाको नभएर निशाको पहिलो विवाहको हो। खै जीवन पनि कस्तो हो ! जीवनभोगाइका आफ्नै रङहरू हुन्छन्। मैले निशाको जीवनलाई सम्मान गरेँ र त्यो माला उनीसँगै यहाँ यस कोठामा भित्रियो।

त्यस्तै माला छ हाम्रो पल्लो कोठामा र मालाभित्र मेरो र आभाको ब्ल्याक एन्ड ह्वाइट फोटो छ। मलाई राम्ररी थाहा छ त्यो फोटो खिच्दा सोह्र वर्षकी आभा लाजले निकै खुम्चिएकी थिइन्। उनको अपूर्व सौन्दर्य देखेर र पाएर म इन्द्रले मेनका पाएझैँ पुलकित भएको थिएँ। आहा ! यस्तो शारीरिक सुगठन ! अङ्गहरूको समानुपात ! म त कल्पनैले मात्र उफ्रेर स्वर्गमा पुग्थेँ – कल्पना हाम्रो मिलनको। कल्पना हाम्रो खाटको र त्यही आवाजको। मेरा विवाहित साथीहरूको बयानभन्दा सयौँ गुणा उत्कृष्ट थिए मेरी आभाका अङ्गहरू। मेरो त के कुरा गर्नु ! दैहिक सुख लिनमा सायद मजति भाग्यमानी अरू कोही थिएन।

यसरी सुखभोग गरेको पनि वर्षौँ बित्यो। बिहे गरेको वर्ष दिनपछि हामीलाई पुत्र प्राप्त भयो। छोराको जन्मपछि आभाको शरीरमा अझै राम्रा परिवर्तनहरू आएको मैले पाएँ। उनको शरीरमा थपिएको मातृत्वको ओजले छोराको जन्मको वर्षौँ पछिसम्म पनि उनको र मेरो दैहिक सुखभोगमा रत्तिभर कमी आएन। अझ हामी प्रयोगवादी भएर भएभरको आनन्द लूट गर्नतर्फ लाग्यौँ। जिन्दगीका सुखद पानाहरू पल्टाउँदा-पल्टाउँदै करिब दस वर्षअगाडि आभाले आफ्नो तल्लो पेट दुखेको कुरा गरिन्। केही दिन देखि उनको आभामा कमी त महसुस गरेको थिएँ मैले। केही लुकाएझैँ लाग्यो आभाले। मलाई दुःख लाग्छ भनेर लुकाएको पनि हुन सक्छ उनले। स्वभावै त्यस्तै छ उनको, दुःखजति लुकाएर सुखका पोकाहरू मात्र खोल्ने।

सुनेर म चिन्तित भएको थिएँ। र भनेको थिएँ- “आभा ! तिमीले पहिले नै भन्नुपर्थ्यो। ल हिँड ! हिँडिहालौँ स्त्रीरोग-विशेषज्ञकहाँ।”

त्यसपछि हामी विराटनगरस्थित स्त्रीरोग विशेषज्ञ शोभा श्रेष्ठकहाँ गएका थियौँ। अनेक किसिमका परीक्षणपश्चात् शोभा श्रेष्ठको घोषणाले हामी छाँगाबाट खसेका थियौँ। उहाँले भन्नुभयो- “हेर्नुस् आभा ! तपाईँको पाठेघरमा ट्युमर छ, त्यो पनि म्यालिग्न्यान्ट ! जति छिटो फ्याल्यो त्यति नै राम्रो। ढिलो गर्दा तपाईँको ज्यानलाई नै खतरा छ। राम्ररी बुझिराख्‍नुहोस् !”

आभाले मेरो अनुहार पुलुक्क हेरिन्। पीडैपीडाले भरिएको उनको अनुहारले मेरो अनुहारमा पनि पीडाकै थुप्रो देख्यो।

करिब पाँच वर्षअघि हामी आभाको पाठेघर मिल्काएर त्यही कोठामा छिरेका थियौँ। त्यसपछिको समय हामी दुवैका लागि पीडादायक रह्यो। उनी असमर्थ भइसकेकी थिइन्। उनको शारीरिक सुगठन पनि बिरामीले गर्दा ओइलिइसकेको थियो। म के गरूँ ? मेरो सत्तरी वर्षको बूढो शरीर पनि बीसबर्षे युवकको जस्तो जोस देखाउँछ। के गर्नु यस्तो शरीर पाएकामा गर्व गर्नुपर्ने ठाउँमा यही शरीर मलाई घाँडोजस्तो भएको थियो। मेरो शारीरिक ऊर्जा खन्याउने ठाउँ सुकिसकेको थियो। तर पनि मैले आभालाई कहिल्यै पीर गरिनँ। म शिथल भएर पनि, भित्रभित्रै उम्लिएर पनि आभाका छेउमा सुत्दा खुइय् गरिनँ।मैले सायद उनको अङ्गहीनतालाई आत्मसात् गर्न खोजिरहेको थिएँ। तर के गर्नु मेरो देहले मेरो मनलाई कहिल्यै साथ दिएन। मलाई शङ्का लाग्यो कतै मेरा अङ्गहरूको शक्ति र छटपटाहट कतै आभाले त अनुभव गरिरहेकी छैनन् ? र एक दिन दुई जवान नाति र एउटी तरुणी नातिनीकी हजुरआमाले म हजुरबालाई भनिन्- “हेर्नुस् चन्द्र ! यसरी कति दिन चल्छ ? तपाईँ अब बिहे गर्नुस्। म तपाईँको यो पीडा देख्‍न सक्तिनँ।” त्यसपछि तीनछक्क परेको मलाई उनले अङ्कमाल गरिन् र सम्झाउन थालिन् किन मैले समाजको हेला खपेरै भए पनि बिहे गर्नुपर्छ भनेर।

मेरो दोस्रो बिहे भएको वा मैले आभालाई सौता हालेको पनि पाँच वर्ष बितिसकेछ। अहिले मेरो र निशाको कोठा यो छ। म यसो निशालाई हेर्छु। उनी मतिर एकपल्ट हेरेर निःस्पृह भावले उता फर्किन्छिन्। उनको निःस्पृहताले मलाई फरक पारे पनि मेरो ज्याद्रो शरीरलाई केही फरक पार्दैन। शारीरिक ऊर्जाको निकास त खोज्नै पर्‍यो। कट्…..कट्…. सायद आभाले यो बजाइलाई आत्मसात् गर्ने कोसिस गर्दै होलिन्। उनी मेरा लागि जे गर्न पनि तयार छिन्। म पनि त निशासँग हुँदा पनि उनैसँग जोडिन पुग्छु। उसो त हप्तामा तीन रात म उनीसितै सुत्छु तर के गर्नु यो शरीरको शक्तिले तीन रात मलाई निशासँग सुताउँछ। आभासँगै सुतेको पचास वर्षको बानी न हो। एउटा पूरै जिन्दगी। जीवन जिउने एउटा तरिका।

कट्… कट्…. कट्…. उफ ! यो खाट फेरि बज्यो ! पल्लो कोठामा सायद आभा मलाई छेउमा सम्झेर निदाउने कोसिस पो गर्दै होलिन्…….।

कथा तीनः पात्र तीन

कट्… कट्… कट्… उफ ! फेरि बज्न थाल्यो यो खाट। हरे ! कुनै समय यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर अहिले विवशता पोख्‍ने ठाउँ भएको छ। पुरुषप्रधान समाजबाट अपहेलित एउटी आइमाई आफ्नो दोस्रो बिहेपछि विवशताबाहेक अरू के नै प्रकट गर्न सक्छे र? उसका सम्पूर्ण उत्साह, खुसी र आनन्द त पहिलो विवाहको असफलताले नै अँध्यारो खाडलमा हालिसकेका हुन्छन्। मसित अहिले चन्द्र हुनुहुन्छ र यो खाट यसरी बजिरहेको छ। म जति कोसिस गरे पनि उहाँप्रति समर्पित हुन सक्तिनँ। उहाँले मेरो शरीर भोगे पनि मेरो मनलाई केही गर्न सक्नुहुन्न। मेरो मनले नै मान्दैन मेरो शरीरलाई साथ दिन। त्यसैले म उहाँलाई खल्लो नहोस् भनेर आँखा चिम्लेर साथ दिन्छु वा भनौँ मेरो शरीरले साथ दिन्छ। मेरो निःस्पृहतालाई चन्द्रले सायद याद गर्नुभएको होला। तर खै केही भन्नुहुन्न। मेरो विवशताले मलाई चन्द्रसम्म ल्याइपुर्‍यायो। म अलिकति पनि आत्मनिर्भर भएको भए, मेरा बाबुआमाले मलाई स्वावलम्बी हुन सिकाएको भए मैले यसरी शरीर र मनलाई अलग पारेर बाँचिरहनुपर्ने थिएन। मैले चन्द्र र आभाका बीचमा पस्नुपर्ने थिएन।

केही क्षणलाई आँखा खोलेर पुलुक्क हेरेँ- भेन्टिलेसनबाट पूर्णचन्द्रको एउटा अंश देखियो। यो पनि गजब कै संयोग मान्नुपर्छ। चन्द्रमाको उज्यालो, पूर्णचन्द्र र त्यसको आभा चन्द्र, आभा र मलाई उत्तिकै मन पर्छन्। मैले चन्द्रकहाँ आईकन एउटा थप कुरा के जानेँ भने चन्द्रमाको उज्यालोले सबैलाई सधैँ सुख मात्र दिँदो रहेनछ। यसले दिने उज्यालोले विशेष मलाई र आभालाई पीर गर्छ। खै चन्द्रचाहिँ कत्तिको प्रभावित हुनुहुन्छ। शारीरिक सुखलाई मनबाट अलग्ग पारेर हेर्ने सामाजिक परिपाटीमा हुर्केका पुरुष न हुनुभयो उहाँ पनि। सायद त्यसको मिल्दो व्याख्या होला उहाँसँग।

सोह्र वर्षअगाडि मेरो बिहे विमलसँग हुँदा पनि चन्द्रमासँग, विशेष पूर्णिमाको चन्द्रमासँग थुप्रै सपनाहरू थिए मसँग। तर विमललाई राती बाहिर निस्कन पटक्कै मन नलाग्ने। म सोच्थेँ – हामी दुई पनि कोठा बाहिर निस्कौँ। म पलेटी कसेर बसूँ। मेरा काखमा विमलको शिर होस् र म उहाँको कपाल सुमसुम्याइरहूँ। पूर्णिमाको चन्द्रमाले हामीलाई भिजाओस् र हामी प्रेमालाप गरिरहौँ। तर सपना र विपनामा फरक त हुँदो नै रहेछ। तैपनि दुईजना पात्र भएको सपना। सपनाको एउटा पात्र त आफ्नो नियन्त्रणमा हुन्छ तर अर्को ? अर्को पात्रको पनि सपना एउटै हुन्छ र ? अब अहिलेको स्थिति नै हेरूँ न, जब म चाहन्थेँ त्यस बेला साथीले चाहेनन्, अहिलेका साथीले चन्द्रमा मन पराउँछन् तर यहाँको स्थिति नै यस्तो छ। बन्धुत्वको जालभित्र म बुनिन सकिरहेकै छैनँ। पारिवारिक स्थिति टाट पल्टेरै म यो स्थितिमा आइपुगेकी हूँ। मेरा दुईजना छोराहरूको जिम्मेवारीले मलाई यहाँसम्म ल्याइपुर्‍यायो।

बिहेपछिका पाँच वर्ष त विमलसँग खुसीसाथ बिते। विमल बाबुआमाको एक्लो छोरो हुनुहुन्थ्यो। बाबुआमाले पुलपुल्याएर पालेकाले र सम्पत्ति प्रशस्त भएकाले पढ्नेलेख्‍ने आवश्यकता नठानेका उहाँसँग बिहे गर्दा त मैले आफ्नो यो दुर्गति होला भनेर सोचेकी थिइनँ। तर दुई छोरा जन्मेपछि विमल मबाट विस्तारै टाढिन थाल्नुभयो।

ए ! चन्द्रले बत्ती बाल्नुभएछ। बत्ती बालेपछि देखेँ अगाडिको भित्तामा मेरो बिहेको माला उदास-उदास झुन्डिरहेको छ। मैले यस मालालाई माया मार्नै सकिनँ। बिहेमा विमलले लगाइदिएको मेरो जिन्दगीको अमूल्य निधि हो। तर त्यसमा मैले हाम्रो फोटो राखिनँ, निकालेर फ्याँकिदिएँ। फोटो नभएको रित्तो माला यस घरमा भित्र्याउन मैले चन्द्रसँग विशेष अनुरोध गरेकी थिएँ। विमलले कुलतमा लागेर सबै सम्पत्ति सखाप पार्नुभयो र मलाई बिचल्लीमा पारेर कतै हराउनु भयो।उहाँको फोटो त्यहाँ राखिराख्‍नु भनेको घाउ दुखाइरहनु थियो। मालालाई चाहिँ मैले कसै गरे त्याग्न सकिनँ। विमलको लापरबाही जेजस्तो भए पनि त्यो माला हाम्रो संस्कारको चिनो थियो। आफ्नो संस्कारको अवहेलना गर्न मैले सकिनँ र सँगै त्यस मालालाई चन्द्रका घरमा लिएर आएँ।

दुई छोराहरूको र आफूलाई सम्हाल्दासम्हाल्दै समयको कुन मोडमा म यस गाउँमा डेरा बस्न आइपुगेँ मलाई हेक्का रहेन। एक दिन चन्द्रसँग परिचय भयो। हेर्दा उहाँ चालीस-पैँतालीसको जस्तो देखिए पनि उहाँ पैँसठ्ठी वर्षको भन्दा मलाई विश्वास गर्न गाह्रो भएको थियो।

चन्द्रसँग मेलजोल बढ्दै गयो। उहाँको सहयोगी र राम्रो व्यवहारले मैले आफूलाई केही सुरक्षित अनुभव गर्न थालेँ। लाग्यो भलामानिसहरू भएका ठाउँमा मैले डराउनुपर्दैन। दुई छोरा हरू पनि उहाँसँग राम्ररी झ्याम्मिन थाले। अचानक उहाँले एक दिन मसँग बिहेको प्रस्ताव राख्‍नुभयो। आफूले अभिभावक ठानेका व्यक्तिबाट त्यस्तो कुरो आउँदा मलाई सोचिनसक्नुको पी़डा भयो। केही दिन त केही सोच्नै सकिनँ। घरेलु कामकाजमा पनि हातखुट्टाहरू फतक्क गल्थे। सोच्थेँ – स्त्री भएर जन्मिनु नै अभिशाप रहेछ। पहिले एउटाले मनलाग्दो खेलाएर छाडेर गयो भने अहिले अर्काले खेलाउन खोज्दै छ। यस्तै मानसिक उथलपुथलले चारपाँच दिन अन्यौलमै बिते, त्यसपछि केही गम्भीर भएर सोचेँ। चन्द्रले उहाँसँग बिहे गरेदेखि दुई छोराहरूलाई राम्रो शिक्षा दिलाउने वाचा गर्नुभएको थियो। मलाई लाग्यो म बनीबुताले मेरा छोराहरूको मुखमा माड त लगाउन सक्छु तर मबाट उनीहरूको उच्च शिक्षा पूरा हुन सक्तैन। त्यसैले मैले आफूलाई भत्काएर छोराहरूको भविष्य निर्माण गर्नु छ। फेरि मजस्ती परित्यक्ता नारीलाई समाजका ब्वाँसाहरूले पनि दुःख दिने सम्भावना प्रशस्तै थियो। सयौँ ब्वाँसाहरूबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिथोरिनुभन्दा त बरू एउटा छहारीमै छिर्न उचित लाग्यो। त्यसैले मैले मेरा छोराहरूको भविष्य र सामाजिक सुरक्षाका लागि चन्द्रसँग बिहे गरेँ। मैले आफूलाई ब्याकमेल हुन दिएँ। मैले बेचेँ आफूलाई छोराहरूका निम्ति र आफ्नै निम्ति। अहिले मेरा छोराहरू यस विराटनगरको प्रतिष्ठित बोर्डिङ स्कुलमा होस्टलमा बसेर पढ्दै छन् र मेरो एउटा स्थान छ समाजमा। मैले आफूलाई छोराहरूको भविष्यमा र चन्द्रकी दोस्री श्रीमतीको रूपमा पाएकी छु।

चन्द्र फेरि हलचल गर्न लाग्नुभएछ। उफ् ! यो खाट फेरि बज्ने भयो …कट्…कट्…कट्…। लोग्ने मान्छेको स्वभाव पनि अचम्मकै हुन्छ, बुझ्नै नसकिने। पचास वर्षको आभासँगको वैवाहिक जीवन। हाम्रा लागि त पचास वर्ष भनेको पूरै जिन्दगी नै हो नि। किन मलाई उहाँले भित्र्याउनुभयो उहाँका पक्षबाट आफ्नै तर्कहरू होलान् तर मलाई यो कट्…कट्…. को कुनै अर्थ छैन। कट्… कट्…. कट्…। म फेरि अर्थहीन काममा अग्रसर हुन्छु।

Pravin Rai Jumeli – Gantokma Dui Hallowmen

प्रवीण राई जुमेली – गान्तोकमा दुइ हलोम्यान

तिनीहरुको उपस्थितिको पत्तोफाँट कसैलाई थिएन त्यहाँ। कताबाट हो एसटिएनएमको अघिल्तिर फुत्त निस्केर मेट्रोतिर तिनीहरुले पाइला चाल्न सुरु गरिसकेका थिए। गान्तोकका सडक, फुटपाथ र चेपचाप सबै ठाउँहरु रङ्गी-बिरङ्गी मान्छेहरुको सल्बलाहटले सक्सकाइरहेथ्यो। तर सधैँ झैं एमजी मार्गको रौनकता भने त्यही हिजको अनुकरण नै थियो भनिदिँदा खेर नजालाअनि वातावरणको त्यस अनुकरणात्मकताभित्र खबरकागज, लटरी, टेन्डर, युवा, नोकरी र यस्तै-यस्तैहरु पनि आफ्ना युगीन सामासर्जामसित घन्किरहेथ्यो। त्यस्ता घन्काइ सुन्नेहरुको भूमिकालाई भने हामी वुल्फग्याङ आइजरले नामाकरण गरे झैं वास्तविक पाठक र सुनाउनेहरुलाई चाहिं हामीले नै वास्तविक पात्रको नाम दिइराखौं होला ! तर यो पाठमा हुल्न लागिएको अदृश्य दुइको भूमिका भने गान्तोकमा सधैँ सल्बलाइरहने भीड भन्दा अलग नै छ। पल वरहोवनद्वारा निर्देशित २ घन्टा १० मिनेट लामो अङ्ग्रेजी सिनेमा हलोम्यानमा केविन बेकनले जस्तो गलाउने किसिमको अभिनय गरेको छ, यी अदृश्य दुइको अभिनय भने त्योभन्दा अलग नै हुनेछ। यति चाहिँ पक्कै हो कि हलोम्यानको केविन बेकन झैं तिनीहरु पनि अदृश्य छन्। तर तिनीहरु त्यसरी अदृश्य हुनु चाहिँ कुनै वैज्ञानिक परिक्षणको प्रतिफल अवश्यै होइन। त्यसैले पनि आज यहाँ यो पाठको आवश्यकता महशूस गरिएको छ भनौं। तिनीहरु टाइटेनिक बिसाउनी पुगेपछि हामी उनीहरुको सम्वाद सुनेर पाठलाई अघि बढाउनेछौं। तिनीहरुको सम्वादले नै यस पाठको निर्मितिमा मुख्य भूमिका बेहोर्नपर्नेछ। अब सम्वादतिर लागौं।

ऐ……हामी अगिदेखि यो बाटोमा हिंडिरहेछौं, तर यी मान्छेहरुले किन हामीलाई देखे झैं गर्दैन त? एउटाले सोध्यो।

तिनीहरु जस्तो होइनौं हामी। बुझेको छैनस् अझ्झै? अर्कोले भन्यो, हाम्रो नियति त नदेखिनु नै हो। नदेखिएर नै बाँचिरहनु बोधहरुमा!’ थप्दै।

के हाम्रो काया जस्तै हाम्रो स्वर पनि नसुनिने नै छ मान्छेहरुलाई? अघिल्लोले जिज्ञासा बोल्यो।

हो नी लठ्ठक

तिनीहरु फुटपाथमा हिंड्नेहरुसित ठिक्किँदा कुनै असर थिएन; गजब त यतिसम्म थियो कि तिनीहरु मान्छेका सरीरबाट वारपार छिर्न पनि सक्थे। त्यसो गर्दा मान्छेहरुले थाहै पनि पाउँदैन थिए। तर यो अनुभव तिनीहरुलाई पुरानो भएकोले त्यसमा कुनै चार्म बाँकी रहेको थिएन। बस् हिँड्दै बात मारिरहनु तिनीहरुको कार्यव्यापार थियो।

चुपचुप चुप……..’, तर तिनीहरुको बातचितको श्रृङ्खला अघि बढ्न पाएन। पछिल्लो अदृश्यले चुप बस्ने सतर्कता दिइहाल्यो; त्यसैका आँखाहरुलाई पछ्याउँदै अघिल्लोका आँखाहरु पनि टाइटेनिक बिसाउनीको एउटा पिठिकामा गएर रोकियो। त्यहाँ एकजना दाह्रीवाला मान्छे अर्को चस्मा लगाउने मान्छेसित गफिँदैथ्यो। ती दुइ ब. र प्र. थिए। दुवैले आफ्आफूलाई धुरन्धर लेखक हो ठान्थे र भेट्नसाथ आफ्आफ्ना महाविस्वासहरुको छाला उदार्ने कामतिर लागिहाल्थे। अब यी ब. र प्र.को उपस्थितिसित ती दुइ अदृश्यहरु त्रासित हुनुको कारण पनि ती दुइबाटै जानौं। साथसाथै ब. र प्र.को महाविस्वास बारे समीक्षा गर्न पनि ती अदृश्य दुइलाई नै लगाए हामी धेरै सन्तुष्ट हुन सकौंला! कसो त पाठकज्यू?

ब.का ओठहरुले सधैँको उसको परिहासपूर्ण मुस्कान टाँसेरै राखेको छ। प्र. सधैँ अट्कलिरहन्छ ब.लाई। ब.लाई मात्र होइन चिनिएका हरेकलाई नै। प्र. यस्तै नमुनाहरुबाट आफ्ना अलिखित कथाहरुको लागि पात्रत्वको जिस्ट बटुल्ने फिराकमा हुन्छ। यो उसको साहित्यिक धुर्त्याईं हो। नेपाली जनसमूह सद्दे साहित्यिक पाठकमा अनुवाद हुन नसक्नुले गर्दा उनीहरु यस धुर्त्याईंबाट अनभिज्ञ छन्। यसलाई हामी त्यस असमर्थताले जन्माएको प्रतिकूलता भनी अर्थ्याउन सक्छौं। यहाँ हामी रोमन याकब्सनसित साथ लागेर भन्नसक्छौं कि पाठ तबसम्म निरर्थक हुन्छ जबसम्म त्यसलाई पढिँदैन। पाठलाई अर्थ दिने पाठक नै हुन्छ किनकि अर्थ पाठमा निहित हुँदैन। प्र. इच्छाअनुरुपको पाठक अन्वेषण गर्न चाहन्छ। खै त्यो उसको इच्छा पूरा हुने हो/होइन भन्न चाहिँ यसै सकिन्न।

के यिनी दुइबाट भागेर बाँच्नसक्छौं हामी? पहिलो अदृश्यले साउतीमा सोध्यो।

किन सकिँदैन त, भन्न सक्छौ? दोस्रोले पनि प्रश्नै तेर्सायो।

यिनीहरुकै कलमले हाम्रो काया भर्ने गर्छ; स्वतन्त्र छौं लाग्छ हामीलाई स्वतन्त्र कहाँ छौं र हामी?’ प्रश्नैमा जवाब भन्यो पहिलोले फेरि। आँखैले नदेख्दा पनि यिनीहरुले खेलाउँछ हामीलाई। यिनीहरुको पाठ भर्ने पूरकहरु भइदिएका हामी त, दोस्रो नबोलिरहँदा अलिक भरै यति थप्यो पहिलोले, एउटा पाठ-लेखन तुरिँदा हाम्रो भूमिका तुरिँदैन। अर्को पाठ-लेखनको अवस्थासम्म मात्र हामी खाली भएका हुन्छौं; किनकि पाठ लेखनको समाप्तिसितै हाम्रो पात्रत्व पनि जढ भइसकेको हुन्छ त्यहाँ। त्यसोप्रान्त अर्थोत्पतिको जिम्मा पाठकको काँधमा पुग्छ। हाम्रो कायाले अर्को पाठको प्रतीक्षा गर्नपर्ने हुन्छ। बुझ्यौ?’

हामी दुइ मात्र किन त यस्तो वाद्यतामा?’ दोस्रो पोख्छ जिज्ञासा।

हामी जस्ता त कति छन् कति। अहिले प्र. एउटा पाठ तयार गर्ने तर्खरमा छ र हामीलाई उसैले यहाँ ल्याइएको बनाएको हो। हामी लेखक ब. र प्र.का महाविस्वास उधार्न यहाँ उपस्थित छौं। यी दुवै म को हूँ अथवा म यो हूँको समस्याले जेलिएका छन, बुझ्यौ?’ जवाब पहिलोको।

भन्नपर्ला की दोस्रोले पर्खिरहन्छ पहिलोको अरु स्पष्टिकरणलाई। पहिलो भने मज्जा मान्छ दोस्रोको जिज्ञासामा।

यी दुइको लडाईं वास्तवमा आफ्-आफ्ना विस्वासको हो; सङ्घर्ष त्यसैले उमारेको छ, पहिलो बोल्छ,प्र. आफ्नो विस्वासलाई भ्रम मान्छ। ब. त्यहाँ सापेक्षित यथार्थ्य देख्छ। विगतमा पनि यस्तै भ्रम खेती गर्ने कसैको छाला काढेको बहस ऊसित छ

यस्तै महाविस्वासमा रमिरहँदै आफ्-आफ्नो हिस्साको जीवन बाँचिजानु मानिसको यथार्थ्य हो भन्दै एउटा पाठ कोरेको छ जस्तो लाग्यो प्र.ले, होइन? अब दोस्रोले पनि एउटा अनुभव बोल्यो।

त्यस्तो पाठले केही नाप्दैन गठ्ठे! विस्वास भत्किनु भनेको मान्छे भत्किनु हो। जसरी सोह्रौं-सत्रहौं शताब्दीतिर देकार्तले आइ थिङ्क देयरफोर आइ एम भनी मानवको सर्वोच्चतालाई देखाउन खोजेका थिए त्यसैको विरोधमा नविन दर्शनको खेतमा उभेर लकाँले भने आइ थिङ व्हेर आइ एम नट, देयरफोर आइ एम व्हेर आइ डु नट थिङ् ढिलो-छिटो होला, तर पछिल्लो विस्वास उभिनुलाई अघिल्लो मर्नैपर्छ बुझिस्?’ पहिलो यसरी घन्किन्छ।

हन अन्योल त यहाँ पो भयो पण्डित की दुवै बराबर जस्तै उमेरका भएर पनि मान्यताको विभिन्नता कसरी बाँचिरहेछन् ती दुइले?’ दोस्रो भने जिज्ञासाको मूलधारामै छ भनी जानौं

कुरा प्र.ले उसको कथापाठ ऋतुखेलमा हामीलाई कथित भ्रमको निम्ति नचाएपछि उठेको हो। ब.ले कुनै समय भ्रमकै कुनै गायकलाई सापेक्षितताको डन्ठाले कुटेथ्यो अरे। उसले सम्झेथ्यो, भ्रम नमरे पनि त्यसका गायकहरु मरिसके। आज फेरि प्र.ले कुरा उठाएपछि ब.को स्वाभिमान दुखिउठेको होला! उसले प्र. लिखित एउटा पाठको खिल्ली उडाउँदै कथा पनि लेखेको छ पहिलोले बुझायो, वास्तवमा प्र.को भ्रम ज्ञानको सन्दर्भमा हो। ब.ले उसको कथामा जस्तो १. भ्रम जरा समातेको भए बगाउने तर धन्न यथार्थ जरा समातेको रहेछ, २. तर पानी देऊ भनिनु भ्रम पटक्कै थिएन त्यो त सापेक्षित सत्य थियो आदि लेखेर जतिनै आफ्नो महाविस्वासको ढोल पिटोस् र प्र.को भ्रमको खिल्ली उँडाओस, ती सब मानिसको अस्तित्वलाई सङ्घर्षका केही नमुनाहरु मात्र हुन्। बुझिस?‘

दोस्रो बोलेन। पहिलोका अरु स्पष्टिकरणहरु पर्खिरहनु उसको नियति भयो। प्र. नै उनीहरुसित त्यहाँ भएका भए के भन्नेथ्यो होला? सोंचिरह्यो उसले। प्र. लिखित ऋतुखेलका केही पाठहरु पढेपछि ब.ले पनि प्रतिक्रिया स्वरुप एउटा कथा पानी, भ्रम अनि आककातीपासिका प्र. लेख्ने जमर्को गरेको थियो। त्यस कथाको एउटा प्रतिलिपि प्र.लाई पनि दिऊँ भनी गोजीमा बोकेर हिंडेको धेरै दिनपछि मात्र किरण ड्राइक्लिनर्स अघिल्तिर उसलाई भेट्टाएर ब.ले त्यस कथाको प्रतिलिपि थम्याएथ्यो। यो हो १८.७. २००९को कुरा। त्यस अगि ब.ले लेखेको कथा कतै कसैले पढेको थिएन। आफ्नो अभिमानको रक्षाकै लागि उसले कथालेखनको दहमा हाम फालेको हो भने त्यो दुखाइले पार नपाउला! उनाइसौं शदीका वैज्ञानिक दृष्टिकोणहरु बीसौं शदीमा आइपुग्दा धेरैजसो परिवर्तित रुपमा थिए। ती दृष्टिकोणहरुले वस्तुनिष्ठ तथ्यहरुमाथि घडेरी बसालेको थियो। आइन्सटाइनको सापेक्षतावादले पनि खुबै विस्वाससित हुँकार गरेको थियो समयको त्यस खण्डमा। त्यो जानकारीबाट निश्चयनै प्र. पनि अलग थिएन। उ जान्दथ्यो कि प्रकृति सधैँ आफ्ना सत्यहरु लिएर स्थिर छ। मस्तिष्क, बोध र तर्कहरु लिएर मानिसले सिर्जेका ज्ञानहरु त्यसैले संशयको घेराभित्र गुँडुल्किएको हुन्छ। ती बोध र तर्कहरु मानिसदेखि मानिससम्म मात्र सिमित रहेको छ। पशुहरुले पनि आइन्सटाइन प्रदत्त वस्तुनिष्ठताको बोध गर्छन् तर तर्क र विमर्शमा हारेका छन्। ज्ञानका बोध र अर्थहरु सधैँ एकनास हुँदैन हरेक व्यक्तिलाई। सस्युर प्रदत्त लाङ्गमा जब फाल हान्छौं हामी त्यहाँ अर्थको उपस्थिति पढ्छौं, जुन कुरा विरचनामा आइपुग्दा फेरि अर्थको स्थगन भनी पढ्छौं। सस्युर र डेरिडाको प्रभाव आफ्आफ्ना कालखण्डहरुमा प्रभावशाली थिए र छन्। भन्न नपर्ला कि अर्को विमर्श र तर्कको बेसमेन्ट पनि तर अघिल्लोकै टाउकोमा उभिएर बढेको देख्छौं। ज्ञानहरु जो मानव अभिमानको रक्षार्थ उभिएका छन् एक कालखण्डपछि अर्कोमा पुग्दा-नपुग्दै टुक्रिएका छन्, शङ्काको घेराभित्र परेका छन्। साधारण मान्छेले भोग्ने, सुन्ने र पालन गर्ने व्यवहारिकताहरुमा त्यो ज्ञानको भूमिका कुन रुपमा हुन्छ त्यो यसै भन्न सकिन्न। बिइङ एन्ड टाइममा मार्टिन हाइडेगरले अस्तित्ववादको उकीलगिरी गर्दै भनेका छन् कि मानिसको अस्तित्व उसको प्रदत्त हुनुमा छ जसलाई उनले दाजाइन भनी नामाकरण गरेका छन्। यसले यो तर्कलाई अगि सार्छ कि त्यस प्रदत्त हुनुको अर्थले मानिसको स्वतन्त्रतालाई चुम्काइदिन्छप्रदत्तता त्यो अवस्था हो जहाँसम्म मानिसको बोधले छुनसक्छ र त्यसभन्दा उता उसको अधिकार समाप्तिएर जान्छ। व्यवहारिक रुपमा भन्नपर्दा हामी आफ्-आफ्नो बोधभित्र र बोधसित मात्र खेलिरन्छौं। यस्तै खेलहरुले भ्रमका खेतहरु उमार्छ।

यो भ्रम पाठकको दृष्टिकोणबाट पनि छर्लङ्गिन्छ, पहिलो अझ भन्दै हुन्छ, यसलाई हामी हन्स रोबर्ट याउसद्वारा कथित प्याराडाइमको परिवर्तित रुपहरुले पनि बुझौं। एउटा तर्क एउटा प्याराडाइमको निर्मिति-क्रममा हुन्छ जो अर्को प्याराडाइममा पुग्दा-नपुग्दै प्रश्नचिन्ह भित्र पसिसकेको हुन्छ। विज्ञानका इतिहासकार थमस कनले उनको किताब दि इस्ट्रक्चर अफ साइन्टिफिक रिवोल्युसन्समा यस प्याराडाइमको व्याख्या गरेका थिए। कनले अरु सामाजिक विज्ञानहरुमा प्याराडाइम हुँदैन भने तापनि प्रथमपल्ट फर्डिनान्ड डि सस्युरले भाषाका समान्तर तत्वहरुको वर्ग  छुट्याउन प्याराडाइम शब्द चलाएका थिए। कन मुताबिक विज्ञानको प्याराडाइमले अभ्यासहरुको त्यो समुच्चयलाई बुझाउँछ जहाँ एउटा खास समयभित्रको वैज्ञानिक पद्वति परिभाषित हुन्छ।

पहिलोले कुरा भनिसक्दैन। तर दोस्रो टाउको कन्याँउदै हुन्छ। जे भए तापनि प्याराडाइमहरु असङ्ख्य मात्रामा हुन्छन् भनी  बुझ्छ उसले र ती विभिन्न कालखण्डहरु हुन् पनि बुझ्छ। एउटा कालखण्डको आवेग, रुप र बोध जसरी अर्कोसित मिल्दैन त्यसरी नै प्याराडाइमका रङ्गहरु पनि भिन्न-भिन्नै हुने गर्छन्। यसैले प्याराडाइमहरु विरोधाभासी  हुन्छन्। यसको अनुरुपता हामी थिङ्किङ आउटसाइड दि बक्स भन्ने वाक्यांशबाट पनि बुझ्नसक्छौं भन्ने कनहरुको भनाइ छ। विज्ञानमा थिङ्किङ इन्साइड दि बक्सले साधारण विज्ञानलाई मात्र बुझाउँछ। जब हामी बक्सदेखि बाहिर जान्छौं त्यो रुप र बोध क्रान्तिकारी हुने गर्छ।

अब हामी ब.को तर्कको केन्द्रतिर पसौं।

प्याराडाइम सिफ्टलाई भौतिक-शास्त्रमा १९०० शदीको अन्ततिर नाटकीय रुपले बलियो भएको पाउँछौं हामी जब लर्ड केविनले छाती फुकाएर भनेका थिए: ‘देयर एज नथिङ निउ टु बि डिस्कवर्ड इन फिजिक्स नाउ। त्यसको लगत्तै पाँच वर्षपछि अल्बर्ट आइन्सटाइनले सापेक्षतावादमाथि उनको लेखन छपाएका थिए। त्यहाँ उनले न्युटनेली यान्त्रीकीलाई चुनौती दिँदै अति साधारण विधिका समुच्चयहरुलाई प्रस्तुत गरेका थिए जसले शक्ति र गतिलाई लगभग २०० वर्ष यसो व्याख्या गर्दै आइरहेको थियो यहाँ एउटा नयाँ प्याराडाइमले अर्को पुरानोलाई स्थानापन्न गऱ्यो। कनको भनाइलाई एक समाज-विज्ञानी मातिइ डोगनले पनि सकारे। जब बुद्धी र बोधले वर्तमान सोचाइको इलाकाभन्दा परतिर जान नकार्छ तब प्याराडाइम प्यारालाइसिसको उत्पति हुन्छ। उदाहरणको रुपमा ग्यालिलियोको हेलियोसेन्ट्रिक युनिवर्स, विद्युतिकृत फोटोग्राफी, जेरोग्राफी र क्वार्ज घढीहरुलाई लिनसक्छौं। यसरीनै नेपाली साहित्यमा इन्द्रबहादुर राई आदिका लेखनले लेखकीय प्याराडाइम सिफ्टलाई दर्शाउँछ भने वर्तमानमा सहजबुद्धी लेखन, रोमान्टिसिज्म नयाँ-आलोचनाको मोह प्याराडाइम प्यारालाइसिस हो। कनको नकार हुँदा-हुँदै पनि एक हन्डा एम.एल.(१९८६)ले समाजिक प्याराडाइमका घटकहरुलाई चिन्हित गरेका छन्। उनले समाजमा शैक्षिक संस्थानहरुसितै अरु समाजिक संस्थानहरु कसरी बदलिन्थन्, त्यो देखाए। हन्डाले समाजमा संस्कृति र ऐतिहासिक पलहरुले कसरी मुख्य प्याराडाइमहरु कप्छ भन्ने कुरा दर्शाएका छन्। यसका कारकहरुमा व्यवसायी संस्थाहरु, जीवन्त नायकहरु, जर्नल र यसका सम्पादक, सरकारी अधिकर्ताहरु, शिक्षकहरु, फलप्रद सभा-सम्मेलनहरु, मिडियाका सूचनाहरु आदिलाई लिन सक्छौं पनि भनिएको साँच्चै सरीर र मान्छेको जीवन्तता यसका सास र चालका नैरन्तर्यमा हुन्छ भने बदलाउहरु अनिवार्य भएर जान्छन्। गान्धी र मन्डेलाहरुलाई  हेरेर राजनीति श्रद्दा लाग्नु  एउटा कालखण्डको मोह मात्र हो, चौकमा उनीहरुका मूर्ति हेर्दा सहजता लाग्छ यसैले। आजका  राजनीतिज्ञहरु देख्दा कस्तो अनुभूति हुन्छ ? सुधीर क्षेत्री कविता फ्याँक्छन्:

के लेखिबस्नु

यी पाखण्डीहरुबारे

सालाहरु

सुधीरको लेखकीय अर्थ-प्रक्षेपणमा श्रद्धाका मोहीहरु प्याराडाइम-प्यारालाइसिसमा पछारिन  पुग्छन्। नयाँ समालोचनाको वकालती गर्दै जब आइ. ए. रिचर्ड्सले इट इज नेवर व्हाट पोएम सेज  व्हिच म्याटर्स, बट व्हाट इट इज भनेका थिए तब काव्यकृतिहरु पढ्न छाडिए र पुज्न थालिए। नेपाली कविताको युगान्तरले पनि तेस्रो-आयामी लेखनको दमनमा आफ्नो पठन-क्षमता हराउँदै  लगिरहेथ्यो। त्यसो त आयामी-लेखनले पनि अर्थ-प्रक्षेपणको दृष्टिकोणलाई अवहेलना त गरेन तर  नेपाली पाठकको अर्थ-अभिग्रहण क्षमता नै त्यहाँ निरस्त भएको थियो। अझै पनि अलङ्कार-शास्त्रमा  कविताका भग्नावशेष समाती हिक्का बाँध्नेहरु प्रशस्त भेट्छौं हामी। तर बदलाउको रङ्गमा वर्तमान  कविहरु पाठकलाई यथेष्ट ठाउँ दिन्छन्। रेमिका थापाका शब्दहरुले समाजिक हिपोक्रेसीलाई कसरी  उदाङ्गो देखाउँछ त्यो बोध गरौं:

मालिकहरु लन्च र डिनर बुझ्छन् भोक बुझ्दैनन्

सप्पै थरी ड्रिङ्कस बुझ्छन् तिर्खा बुझ्दैनन्

पर्फ्युम बुझ्छन् पसिना र माटोको गन्ध बुझ्दैनन्

तर यसको माने यो होइन कि पाठकमाथि पाठको सत्ता कायम हुन्छ। किताब लेखेर त्यसलाई आफ्नो सम्पति मान्ने मान्छे(अथर)को उपस्थिति जरुरी छैन भन्ने रोलाँ बार्थको व्याख्यानसितै पाठ एउटा नायकको रुपमा हुँकार गर्दै अगाडि आइहाल्दैन। लेखकीय व्याख्याले सम्पूर्ण अर्थ समेटेको  हुनसक्दैन। यसैले पाठकको अभिग्रहण-क्षमताले नै सम्पूर्ण पाठमा अर्थ-प्रक्षेपण गर्छ। सोही रुपले पाठले तयार पारेको सम्भावनाभन्दा पनि उता-उता जानसक्छ पाठक। इन्द्रबहादुर राई नामक पाठकले परालको आगो पाठमा अनेक अर्थहरु देखे। त्यसरी नै भानुभक्तले प्रेरणा अभिग्रहण गरेका घाँसीको जीवनमा अर्को अप्रेरक घाँसीको जीवन-पद्वति देखे। पाठमा(ज्ञानमा) भ्रम देख्नु पाठक इन्द्रबहादुर राईको जानकार-पाठक(स्टानले फिश)को भाषिक-सामर्थ्य(नाओम चम्स्की) हो। एक जानकारपाठकले कम्तिभन्दा कम्ति पाठको पदयोजना र अर्थगत ज्ञान मात्रै नराखेर साहित्यिक परम्परा, विधि र सिद्धान्तहरुको पनि ज्ञान राख्नु जरुरी हुन्छ। यसरी नै पाठभित्र निहित शब्द-समायोजनले पनि अर्थ-अभिग्रहण प्रणालीमा फरक पार्छ। जस्तै सुधीर लिखित चिसो मृत्युको खोला स्वाट्ट पस्यो सहरबाट त्यसको शरीरभित्रले पाठकको बोधमा अनेक अर्थहरु निकास्छ जो एउटा पाठकको अभिग्रहण-क्षमता र अर्को पाठकको अभिग्रहण-क्षमता हुँदै अनेक पाठकहरुको अभिग्रहण-क्षमताहरुमा अलग-अलग अर्थहरुसहित उपस्थित हुन्छ। पाठभित्र अर्थको  बोध पाउन  हामी  घरि भाषा, घरि पाठ र घरि पाठकको  त्रिकोणीय  वृत्तमा घुमिरहन्छौं।  ज्ञानको  केन्द्रहीनता  यही  हो  जो  अनिश्चितिमा  सास फेर्छ। त्यसरी  नै उज्जवल बम्जन लिखित छरपस्ट छन् जहीं-तहीं आस्था हाँडीका टुक्राहरु र जय क्याक्टस प्रक्षेपित गीत पड्किन्छ धरतीको छातीमा एक टुक्रा समयलाई रगतपच्छे पारेरले पनि विचलनको पथगामी हौं  भन्दै यस्तै प्याराडाइम-सिफ्टको कथा बोक्छ।

ब. जान्दछ कि आइन्सटाइनको सापेक्षतावाद निउटनेली व्याख्यानको प्याराडाइमसिफ्ट हो। सापेक्षतावाद स्वयं एउटा कालखण्डमा कैद भइसकेको छ भने यसमा हामीले एउटा ठाउँ राख्नैपर्छ कि अब जन्मिने सिफ्टहरुमा पनि हाम्रो जीवन्त उपस्थिति होस् यहाँ पहिलोले अगिकैमा थप्दै गरेको सुनिन्छ, कि कसो गठ्ठ?

‘म के जान्नु ती सब कुरा?’ दोस्रोले जवाब फर्काउँदै हुन्छ म ता प्र.ले जसरी खेलाउँछ त्यसरी नै नाचिरहन्छु मात्रै। मलाई लाग्दैछ यी कुराहरु बखान्ने जिम्मा तिम्रो थियो होइन?’

खै कहाँ छ त प्र? पहिलो यहाँ ठाडो प्रश्न गर्छ देखिएको त्यो प्र. होइन जो ब.सित बात मारिरहेछ। देखिएको त्यो ब. पनि ब. होइन, बुझिय?’

हन क भन्? दोस्रो असरल्ल पर्छ।

कुनै कुरा नजानेको हुनुमा जसरी मान्छेहरु मज्जा मान्छन् त्यो मज्जा यो पात्रको अनुहारमा पनि उभार्दा अलिकति प्र. प्याराडाइमको बदलाउतिर जाँदैन। अरु अरबौं जोहरुले अबदलाउलाई माया गरेका छन् त्यो भीड्मा अल्मलिनु उसलाई असजिलो लाग्छ। ब.को बुद्धी तीव्र छ। उ पनि  आइन्सटइनलाई  समाइराख्न चाहँदैन। ब. यहाँ वुल्फगाङ इजर प्रस्तावित अभिप्रेत-पाठकको रुप धरेर  त्यस्तै बदलाउका कुराहरु सोंचिरहेछ जसले पाठका अर्थहरुमा रङ्ग पोत्छ। इजरको प्रसिद्ध भनाइ दि  टेक्स्ट प्रोपोजेस अर् इन्सट्रक्ट्स, दि रिडर डिस्पोजेस अर् कन्ट्रक्ट्ससित मोह राखेरै सले दोस्रो  कथाको लागि केही वर्णहरु(अल्फाबेट्स) टिपेको छ जोहरुको त्रिकोणीय प्रेमको बखान प्र.ले अब  लेखिनेवाला कथामा गरोस् भन्ने उसको चाहना पनि छ। भन्न नपर्ला कि प्र.ले त्यो कथाको जिस्ट  ब.बाट लिइसकेको  छ।

अब यहाँ माथि कथाको पहिलो अदृश्य पात्रले एउटा रहस्य खोल्नेवाला छ। ्यो सुनेर  मात्रै  छुट्टिनपर्छ होला होइन ?

टाइटेनिक बिसाउनीमा बात मारिरहने यी दुइ प्र. र ब. कसरी होइन ?पहिलो अदृश्यको जिज्ञासा नमरेकै छ अझ पनि।

अब होइन नै चाहिँ भनेको होइन मैले। हुन त यी दुइ प्र. र ब. नै हुन् तर असली चाहिँ होइनन्। यी दुइ पनि हामी जस्तै हुन्। पात्रहरु मात्र। असली ब. त कुन्नी कहाँ छ अहिले त्यो भन्न सकिन्न तर असली प्र. चाहिँ उसको कोठामै छ काखे कम्प्युटरमा यो कथा लेखिरहेको। दोस्रोले पुष्टि गर्छ।

ओहो त्यसो भए त हामी त्यसै पो डराइरहेका थियौ? भन्दै पहिलो रमाउँछ।

त पाठकज्यू, यहाँ आइपुगेर त्यस टाइटेनिक बिसाउनीमा देखिएका प्र. र ब.हरु असली होइनन् भन्ने सत्य उजागर भयो। कथालाई अबउसो लम्बित नगरौं। ब.ले दिएको जिस्टबाट अर्को कथा दोहन गर्नुछ प्र.ले। त्यही कथामा भेट्ने वाचा गर्दै छुट्टौं अहिलेलाई।।

जनवरी  २०१०

Ramesh Bikal – Bishal Kirant Pradesh Ko Durdanta Shikari Shasak

रमेश विकल – विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक (पौराणिक कथा)
(मधुपर्क २०६५ माघ)

एकदिन किराँत प्रदेशको घना जङ्गलमा एउटा गौर वर्णको अत्यन्त तेजिलो सुन्दर युवकलाई विचरण गरिरहेको देखियो । शिकारी भेषमा देखिएको यो युवक त्यस भेगमा नौलो थियो । त्यसैले मानिसहरू खास गरी युवायुवतीहरू उसप्रति आकषिर्त भए तर उसको प्रखर तेज, दवङ्ग, व्यक्तित्व देखेर उसको नजिक जान हच्किरहेका थिए ।

उसको सुन्दर, आकर्षक व्यक्तित्वको विपरीत उसको भेषभूषा विचित्रको थियो । उसको सुपुष्ट, सुडौल देहयष्टीमा उसले स्कन्ध प्रदेशमा जङ्गली मत्ताहात्तीको छाला ओढेको थियो । कटी प्रदेशभन्दा तल घुँडासम्म आउने गरी बबर शेरको छालाको अधोवस्त्र धारण गरेको थियो । शिरमा पिङ्गल केशराशिको जटाजुट बाँधेको थियो र भाल प्रदेशमा एउटा जनावरको अर्धचन्द्राकार टुक्रा(चाँ) सिउरेको थियो, जुन उसले सागर तटको बगरमा विहार गर्दा भेटेको थियो ।

उसको शरीरमा आभूषण पनि विचित्र विचित्र थिए । उसले आˆनो सुनौला जटाजुटलाई मरेको सर्पको डोरोले बाँधेको थियो । कानका कुण्डल सुपुष्ट नाडी पाखुरा, पिडौँलाका बाजुबन्द, कण्ठहार, कल्ली आदि आभूषण सबै मृत विषधरकै थिए । चौंडा वक्षस्थल (छाती) मा रुद्राक्ष जातिका दानाहरूका साथमा अरू जङ्गली फलका दानाका मालाहरू थिए । समग्रमा उसको भेषभूषा, श्रृङ्गार आभूषण विलक्षण नै थियो ।

उसको यस विचित्रको अर्धसिल्ली भेष देखेर मानिसहरू खास गरी केटाकेटी र किशोर कि किशोरीहरू (अपवाद रूपमा केही बूढापाका वयस्कहरू पनि) उसको पछि लागेका थिए । को हो यो अनौठो युवा शिकारी ? कहाँबाट आएको हो यो ? उनीहरू सबै जान्न उत्सुक तर अगाडि सरेर उससँग प्रश्न गर्न हिम्मत गर्दैथे ।

त्यसै बेला त्यस गाउँ (क्षेत्र)का वृद्ध राई (किराँती मुखिया) घुम्दैघुम्दै त्यहाँ आइपुगे । उनले पनि त्यस नौलो र तेजिलो युवक शिकारीलाई देखेर आˆनो उत्सुकता दबाउन सकेनन् । उसको नजिकै गएर सोध्न थाले- “तिमी त यस भेगमा हिजो अस्ती कहिल्यै देखिएका थिएनौ! तिम्रो थात थलो कुन हो ? आमाबाबु कुन वंशका हौ ? कसको गोठ (गोत्र)का हौ ? यस्तो विचित्रको भेषभूषामा छँटाहा (सिल्लड) तालले किन हिँडेका हौ ?”

“मलाई थाहा छैन । घुम्दै फिर्दै, शिकार गर्दै त्यत्तिकै आइपुगेँ ।”- युवकले निर्लिप्त पारामा अबोध, अनुहारले भन्यो । वृद्ध किराँती राईले उसलाई आँखामा दयाको भाव भरेर भने- ”थात थलो थाहा छैन, जन्मेको तिथिमिति थाहा छैन, आमाबाबुको पत्तो छैन । कस्तो मान्छे हौ त तिमी ?”

“अहँ, मलाई केही थाहा छैन ।”- केटाले निर्बोध पाराले भन्यो । वास्तवमा उसलाई मात्र होइन त्यत्रो हिमाली भूमिदेखि तराईसम्म फैलिएको विशाल किराँत प्रवेशमा देव, दानव, मानव कसैलाई पनि थाहा थिएन- ऊ कसको छोरो हो । आमाबाबु को हुन्? कहाँबाट आयो ? कसरी आयो ?

विशाल किराँत प्रदेशको सुदूर उत्तर हिमालयपारिको देवभूमिको एउटा सानो बस्ती निवासी एक जना देव जातिको पुरुषले नुहाउन जाँदा खोलाको बगरमा असहाय मिल्किएको नवजात शिशुलाई भेटेर आफ्नो संरक्षणमा लिएर आए । अनि त्यस बस्तीका अरू गृहस्थहरूले पनि असहाय टुहुरो बच्चो ठानेर मिलीजुली पालन पोषण गरेर हुर्काए ।

तर ऊ बाल्यकालमा प्रवेश गरेदेखि नै स्वच्छन्द प्रकृति र डुलुवा स्वभावको भएर निस्क्यो । ऊ सानैदेखि हातमा गुलेली (बाँसको धनुकाण) र त्रिशूल लिएर जनावरहरूको शिकार गर्दै हिँड्न थाल्यो । उसको न सुत्ने बस्ने बास (घर)कै टुङ्गो भयो न खाने लाउने गाँस र कपास (लुगा)को । जुन बेला जहाँ रात पर्‍यो दिगम्बरझैँ लडिदियो, अनि भोक लाग्दा जहाँ जे भेट्यो भक्ष अभक्ष, मीठो नमिठो केही नभनी खाइदियो ।

यसरी ऊ कहिले वनका घाँस पत्कर बिछ्यौना बनाएर लडिदिन्थ्यो कहिले नाङ्गो धर्ती र ढुङ्गाको चट्टानकै तकिया, डसना बनाएर पसि्रदिन्थ्यो । उसका लागि मखमलको डसना र बगरको गिर्खामा कुनै अन्तर थिएन । कहिले निद्रा लाग्यो भने खोलाको बगरमा मस्तसँग दिगम्बर बनेर लडिदिन्थ्यो र कहिले शमशानमा मूर्दा पोलेेको थुप्रोलाई नै बिछ्यौना तुल्याएर सुतिदिन्थ्यो । कुनै बेला हिमाली हावा बोकेको चिसो स्याँठको अनुभव हुँदा ऊ शमशानको खरानी जिउभरि घसेर आङ्गका रोमकूपहरू सबै टालेर न्यानोको अनुभव गथ्र्यो ।

यसै गरी विस्तार विस्तार उसको बाल्यकाल, किशोरावस्था थितेर गयो । अब उसलाई विस्तार विस्तार जवानीको रुमानी सपनाले कुत्कुत्याउन थाल्यो । अब ऊ विस्तार विस्तार समवयस्क विपरीत लिङ्गी (आइमाई साथी)को चाहना गर्न थाल्यो । त्यसैले ऊ अब बगर, शमशान, पहरा पाखा छोडेर वन उपवन, उद्यानहरूमा भौँतारिन थाल्यो । त्यतिखेरका अभिजात वर्गका देव, दानव, मानव समाजका सुन्दरी किशोरी कन्याहरू आˆना सहेली सङ्गनिीहरूका साथमा क्रीडाकेली (मनोरञ्जन) गर्न त्यस्तै वन उपवन, उद्यान, सरोवर खोज्दै आउँथे ।

एक दिन त्यस्तै सुन्दरीहरूको विहारस्थलको खोजी गर्दै एउटा सुन्दर उपवनमा स्थित एउटा निर्मलजलयुक्त रमणीय सरोवरको नजिक पुग्यो । त्यस सरोवरमा नीलकमलहरू फुलिरहेका थिए र तिनमा भ्रमरहरू गुञ्जन गर्दै रस बटुल्दै घुमिरहेका थिए ।

त्यसै सरोवरको पल्लो किनारा नजिकै त्यहाँ त्यस क्षेत्रको राजा (प्रजापति) दक्षकी परम सुन्दरी कन्या राजकुमारी सती पनि आˆना सङ्गनिी-सहेलीसँग उन्मुक्त केली (क्रीडा) गरिरहेकी थिई । उनीहरूको उन्मुक्त हाँसो र पाउजुको झन्कारले शिवको मनलाई आकृष्ट गर्‍यो । ऊ उनीहरू तिरै जान बढ्यो ।

तर उसलाई ती एकभन्दा एक सुन्दरी, किशोर वयको सिँढी चढेर नवयौवनको सुन्दर वाटिकामा प्रवेश गर्न लागेका रमणी बालाहरूका सामु जाने आँट भएन । ऊ त्यहीँ नजिकैको एउटा कुञ्ज (झाडी) पछाडि लुकेर उनीहरूको फुट्तो सौन्दर्य, मुक्त हुन खोजिरहेको यौवन र उन्मुक्त क्रीडालाई मुग्ध आँखाले पिउन थाल्यो । नवयौवना सुन्दरीहरू माझ पनि एउटी पत्थरहरूको बीचमा आफ्नो विशिष्ट गरिमा लिएर चम्किरहेको कौस्तभमाणी… …… समान सुन्दरीमा गएर उसका आँखा टाँस्सिएझैँ भए । ऊ सम्मोहितझैँ भएर मनमा नाना खालका भावना र सपना खेलाउन थाल्यो ।

कसरी ऊ आˆनो सपना र भावनाको सन्देश त्यस सुन्दरीसम्म कसको हातबाट पुर्‍याऊँ ? भनेर छटपटिन थाल्यो । त्यसैबेला देव समाजको लोकपि्रय सन्देशबाहक (हुलाकी) ऋषि नारद घुम्दैघुम्दै त्यहाँ आइपुग्यो । ऊ एक घडी पनि एक ठाउँमा स्थिर भएर बस्न नसक्ने, डुलुवा छुस्के -दुई जना वा दुई पक्षका बीच विग्रह पारिदिने उसको चरित्रलाई लिएर लोकमा एउटा उक्ति नै चलेको छ- ‘नारदजस्तो कुराउटे, छुस्के’ यसरी ऊ सन्धी विग्रह दुवैमा निपुण थियो ।

अनि यसै परिप्रेक्ष्यमा ऊ वरवधुको जोडी मिलाउने लमी काम पनि गथ्र्यो । उसकै प्रयत्नबाट समाजमा कुनै गृहस्थकी विवाह योग्य कन्या छ र उपयुक्त वर मिलेको छैन वा वधुको प्रत्यासी केटो छ र उपयुक्त विवाह योग्य कन्या मिलेकी छन् भने नारदमुनिको शरणमा गएपछि त्यो काम फत्ते हुन्थ्यो । यसरी उसको प्रयत्नमा कैयौँ यस्ता जोडीको घरजम भएको थियो । त्यसैले धेरै गृहस्थहरू उसप्रति कृतज्ञ थिए ।

तर कति विवाह हुन ठीक भएका जोडीहरूको फाटो पनि भएको थियो, उसैको कारणबाट त्यसैले केही उसदेखि रुष्ठ पनि थिए तर त्यस्तो विग्रहको परिणाम अन्ततोगत्वा सामाजिक र यदाकदा व्यक्तिको हकमा सकारात्मक नै हुनपुग्थ्यो । त्यसैले यस्ता परिणामका उपभोक्ताहरू पनि उसको गुनै मान्थे ।

यस्तो बहुउपयोगी ऋषि नारदलाई टुप्लुक्क अगाडि देख्दा शिवको मनमा आˆनो काम बन्ने विश्वास पलायो । अनि उसलाई सम्बोधन गर्दै अति प्रशन्नताको उद्गार व्यक्त गर्‍यो- ”अ हो मुनि नारद! आज कस्तो सुखद संयोग जुरेको यो । कुशल मङ्गल त छ होइन ?”

“प्रभो! जसमाथि हजुरजस्तो देवाधिदेव आशुतोष कल्याणस्वरूप शिवको कृपा दृष्टि छ त्यसको कुशलमङ्गल नहुने त कुरै भएन प्रभो !” नारदले शिवलाई ‘देवाधिदेव’ को अत्यन्त उच्च सम्मानको सम्बोधन गर्‍यो । यसो गर्नुमा ठूलो ऐतिहासिक पृष्ठभूमि छ ।

वास्तवमा शिवको जन्म, गोत्र, थात, थलो, माताका बारेमा कसैलाई केही थाहा थिएन । विशाल किराँत भूमिअन्तर्गतको सुदूर उत्तर हिमाली क्षेत्रको देवसमूहको एक जना सज्जन गृहस्थले एकदिन नदीमा नुहाउन जाँदा उसलाई सद्यजात शिशु (भर्खरै जन्मेको बालक) का रूपमा नदीको बगरमा असहाय, परित्यक्त अवस्थामा पाएर आफ्नो संरक्षणमा लिएर घर ल्याएको थियो । यी दुई देव दम्पतीले उसलाई उचित पालनपोषण गरेर हुर्काएका थिए र शिक्षादीक्षा दिएका थिए, संस्कार दिएका थिए ।

तर ऊ बाल्यकालदेखि नै स्वच्छन्द प्रकृतिको निस्कन्थ्यो । ऊ कुनै पनि किसिमको सामाजिक अनुशासनमा नबस्ने भयो- न व्यक्ति (पालनकर्ता आमबाबु)को न त समाजको। ऊ जहाँ मन लाग्यो हिँडिदिने- न बस्ने ठेगान, न खाने सुत्ने नै । भोकको अनुभव भएपछि जहाँ जे भेट्यो त्यही खायो । मीठो नमिठो, भक्ष अभक्ष कुनै कुराको भेद नगर्ने ।

अनि सुत्न पनि जहाँ निद्रा लाग्यो त्यहीँ दिगम्बर लडेझैँ लडिदियो । कहिले ऊ जङ्गलको घाँस-पात-पतिङ्गरलाई नै बिछ्यौना बनाएर लडिदिन्थ्यो । कहिले नदीको बगरमा बालुवा-गिर्खालाई नै बिछ्यौना बनाएर मस्तसँग सुतिदिन्थ्यो । खाली धर्ती होस् वा पहराको चट्टान, उसको शरीरका लागि कुनै फरक पर्दैनथ्यो ।

शिव एउटा दुर्दान्त शिकारी भएर पनि ऊ निर्मम र संवेदनहीन थिएन । उसमा विशिष्ट मानवीय संवेदनशीलता र सम दृष्टि थियो । ऊ दुईथरि समूह वा दुई व्यक्तिबीचमा भएको झगडा अथवा द्वन्द्व, सङ्घर्षमा सदैव दुर्वल जनको पक्ष लिन्थ्यो । अनि दुष्ट, दुराचारी, अन्यायी, शोषक, दुराचारीलाई दमन गरेर निर्वलको बल दुर्वलको त्राता बन्थ्यो ।

ऊ वन जङ्गलमा गएर शिकार गर्दा पनि निरीह, निर्वल मृग जतिको शिकार (हत्या) गर्दैनथ्यो । उसका शिकार बडे बडे हिंस्रक जनावरहरू- बाघ, भालु, अर्ना, मत्ता हात्तीजस्ता साना, निरीह मृग जातिलाई मारेर आˆनो उदरपूर्ति गर्नेलाई मात्र माथ्र्यो । यिनै हिंस्रक जनावरहरूलाई मारेर तिनैका छालाहरूले आˆनो पूर्ण शरीर ढाक्थ्यो । त्यसैले त उसले जङ्गली हात्तीको छाला काँधमा उपर्ना (ओढ्ने)का रूपमा र हिंस्रक बाघको छाला कटी प्रवेशमा अधोवस्त्रका रूपमा धारण गरेको हुन्थ्यो । अनि विष धर साँपलाई मारेर तिनैको आभूषणमा सजाएको हुन्थ्यो ।

ऊ देव, दानव, मानव कसैमाथि पनि व्यक्तिगत अथवा सामूहिक सङ्कट पनि आयो भने र उनीहरू उसका शरणामा ‘त्राहिमाम’ हुँदै आए भने ऊ त्यो सम्पूर्ण शङ्कट आˆनो उपर लिएर समग्र प्राणीजगत्लाई रक्षा गर्दथ्यो । यसको ज्वलन्त उदाहरण समुद्र मन्थनको त्राशदीपूर्ण घटना नै थियो ।

अग्निदेव, दानव र मानव तीनै समूह मिलेर अमृत प्राप्तिको उद्देश्यले समुद्र मन्थनको भव्य आयोजना गरे तर सागरको गर्भबाट अमृतभन्दा पहिले कालकुट विष निस्केर चराचर प्राणीजगत्लाई नै दग्ध गर्न थाल्यो । समस्त प्राणी मात्रमा हाहाकार मच्चियो । अरू कसैबाट त्राण पाउने नदेखेपछि समस्त देव, दानव, मानवसहित अरू इतर जातीय समूह त्राहिमाम! त्राहिमाम! भन्दै आखिर शिवकै शरणमा आए- “हे देवाधिदेव शिव! हे आशुतोष शिव! समुद्र मन्थन यज्ञमा सागरको गर्भबाट निस्केको कालकुट हलहल विषले तीन त्रिलोक, चौधै भुवन (चराचर प्राणीजगत्) दग्ध गर्न थाल्यो । तिमीबाहेक हाम्रो रक्षा गर्न समर्थ कोही छैन । तिमी नै हाम्रा रक्षक तिमी नै हाम्रा तात्रा! हामी सबै तिम्रो शरणमा आएका छौँ । त्राहिमाम ! त्राहिमाम । हाम्रो रक्षा गर!”

देव, दानव, मानव र समस्त प्राणीहरूको आफ्नै पुकारबाट द्रवित भएर शिवले त्यो अग्नि ज्वालाका लप्का बने र फैलिन थालेको हलाहल विषलाई आˆनो शङ्खमा समेटेर पिइदियो । हुनत उसले प्रकृतिमा जडीबुटीका रूपमा पैदा भएका विष, भाङ, धतुरो र विषधर सर्पका विषजस्ता सामान्य विष त कति कति पचाएको थियो । यस्ता पदार्थ त उसका नित्य भोजनका रूपमा रहेका थिए तर यो हलाहल अत्यन्त कडा थियो उसले यसलाई पचाउन सकेन यसले अग्नि ज्वाला बनेर उसको अन्तर दग्ध गर्नथाल्यो ।

अनि उसले उल्टी गरेर त्यसलाई बाहिर ओकल्ने उपक्रम गर्‍यो तर त्यो बाहिर आएर फैलिन थाल्यो भने त झन् चराचरलाई दग्ध गर्नेछ । यो सोचले गर्दा उसले त्यसलाई आˆनो कण्ठको माझमा रोकेर राख्यो ।

तर त्यसको अन्तर दहन, खप्न नसकी ढुनमुनिँदै उत्तर दिशा हिमालतिर लाग्यो । त्यहाँका हिमराशि पग्लिएर बनेका एक सय आठ कुण्ड (सरोवर)मध्ये एउटा कुण्डमा पसेर डुबेर सुत्यो । यसरी अत्यन्त कडा विषबाट जगत्को रक्षा गरेकोले उसलाई उत्तर हिमालयदेखि दक्षिण तराईसम्म फैलिएको विशाल किराँत प्रदेशका देव, दानव, मानव पक्ष गन्धर्व किन्नर पिशाच सबै समूहले उसलाई देवाधिदेव महादेवको उच्चतम पदवीका साथ सम्पूर्ण किराँत प्रदेशको शासक तुल्याएर राखे ।

अनि त्यो कालकूट विषलाई कण्ठमा धारण गरेर नीलो घाँटी भएकोले उसलाई नीलकण्ठ पनि भन्न थाले र जुन हिमाली कुण्डमा सुतेर उसले आˆनो अन्तर डाह साम्य गर्‍यो त्यो कुण्ड ‘गोसाइँकुण्ड’ नाउँबाट लोकमा प्रख्यात भयो ।

त्यसैले उसलाई देखेर देवसमूहको ऋषि नारदले उसलाई अगाध श्रद्धाले देवाधिदेव शिव भनेर सम्बोधनका साथमा वन्धना गर्‍यो । शिवले पनि त्यस सर्वोपयोगी फक्कड ऋषिलाई आˆनो अगाडि पाएर आˆनो मनोकामना पूर्ण हुने आशा भरियो र उद्गार व्यक्त गर्‍यो- “ओ नारदजी! आज यो अपूर्व संयोग भयो! म तिमीलाई नै सम्भिmइरहेथेँ । यो तिमी नै त हौ ? कतै म भ्रममा त छैन ?”

“होइन प्रभो ! यो हजुरको अगाडि उभिएको म हजुरकै अकिञ्चन सेवक हुँ ।”- नारदले अत्यन्त भक्तिभावले निवेदन गर्‍यो । “तर प्रभो ! हजुरको कान्ति आज किन अलि मलीन देखिएको छ ? कतै यो पनि मेरो भ्रम त होइन ?”

“होइन, नारद! तिमीले ठीक ठम्यायौ । आज म अलि चिन्तित नै छु । आज मलाई एउटा समस्या परेको छ । “भनेर उसले अलि पर उद्यानमा साथी-सङ्गनिीहरूका माझ उन्मुक्त केली क्रीडामा तल्लीन अनिन्ध सुन्दरी प्रजापति दक्ष कन्या सतीतिर इङ्गति गर्दै सोध्यो- “यो सुन्दरी कन्या को हो ? कसको छोरी हो ? तिमीलाई त पक्कै थाहा होला किनभने तिमी त तीन त्रिलोक, चौध भुवनको एक-एक सूचना राख्छौ! कसो ?”

“किन नचिन्नु ख्वामित! यो त किराँत प्रदेशको यस क्षेत्रको एउटा सामान्य शासक (प्रजापति) दक्षकी कन्या सती हो । ऊ यस क्षेत्रको सम्पूर्ण देव, दानव, मानव समुदायका युवाहरूको मुटुको धुकधुकी भएकी छ ।”

अनि एकछिन अडेर गहिरोसँग शिवको अनुहारको भावलाई पढेर अलिअलि कटाक्षको मुस्कान ओठका कुनामा फैलाएर भन्यो- “के हो ? आज यत्रो देवाधिदेव योगी भएर पनि मन अलि विचलित भएझैँ छ नि! कतै मनको काँडो उसको पछ्यौरीमा गएर अल्झेको त होइन ?

“ठीक ठम्यायौ तिमीले ।” -शिवले आँखामा अलि सङ्कोच भरेर स्वरमा अलिकति खुसामदको चिल्लो मिलाएर भन्यो- “पि्रय नारद ! तिमी त यस्तो कार्यमा निपुण मानिन्छौ । लौ न! मेरो पनि एउटा कार्य गरिदेऊ । मेरो मनको भावना उससम्म पुर्‍याएर उसमा मेरो प्रणय निवेद लगिद्यौ । म तिम्रो आभारी हुनेछु । म उसलाई आˆनी अर्धाङ्गनी तुल्याएर आˆनो अधुरो जीवनलाई पूर्णता दिन चाहान्छु ।

“ए, किन नहुनु ख्वामित । यो त अत्यन्तै राम्रो कुरा हो ।”- नारदले भन्यो । अनि एकछिन अडिएर अलि हास्यपूट मिलाएर भन्यो- “हामी त अब सृष्टि प्रक्रिया नै बन्द हुने हो कि भनेर चिन्तित भएका थियौँ । शिवको पुत्रलेबाहेक अरू कसैले तेरो संहार गर्न सक्ने छैन भन्ने ब्रहृमदेवको आश्वासन पाएको त्रिपुरको मालिक दानव उन्मत्त भएर देवसमूहमाथि मन लागि थिचोमिचो गर्न थालेको थियो तर हजुरको यस अठोटले अब देव समाज आश्वस्त हुने भयो । अब म तत्काल दक्ष दरबार गएर उसकी छोरी सतीका हात हजुरका लागि माग्छु । यस्ता कुरा त चुट्कीमा फत्ते गरिहाल्छु ।”

नारद बडो दम्भ मिसिएको आत्मविश्वासाथ दक्ष दर्बारतिर लाग्यो । सानो एउटा प्रान्तको प्रजापति भए पनि दक्ष अत्यन्त अहङ्कारी थियो । नारदको प्रस्ताव सुन्नासाथ ऊ भड्कियो । उसले आˆनो भृकुटी (आँखीभौं) खुम्च्याएर रातारात आँखाले नारदलाई भष्म गरौंलाझैँ गरी हेरेर कुल्र्यो- “तिमीले मेरी अनन्य सुन्दरी, बत्तीस लक्षणले युक्त छोरीका लागि “के कुरा गर्न आएका तिमी नारद ? तिमी बौलाउन त बौलाएनौ ? मेरा अरू छोरी एक से एक सुन्दर, लायक देवकुमारहरूलाई बिहा गरेर दिएको छु । छोरो नहुनाले सो एउटी जेठी छोरीलाई बुढेशकालको सहारा होली भनेर राखेको छु । त्यसको बिहाको प्रस्ताव लिएर आयौ तिमी त्यो पनि कस्तो पात्रका लागि ? नजन्मको ठेगान, न कुल गोत्रको, न त आमाबाबुकै ठेगान त्यस्तो एउटा वासस्थानसम्मको पनि ठेगान नभएको शमशानवासी, सर्वभक्षी अघोरीका लागि लौ तिमी तुरुन्त मेरा आँखा सामुबाट गैहाल नत्र …. । यति मात्र होइन, अरू पनि भन्नु नभन्नु भन्यो । त्यो सब सुन्न नसकेर नारद त्यहाँबाट गयो ।

तर नारदले दक्षबाट गरिएको शिवको घोर अपमान र आफूसितको त्यो तिरस्कारलाई चुनौतीका रूपमा लियो । सतीलाई कुनै पनि उपायले शिवकी पत्नी तुल्याएर दक्षको अहङ्कारलाई चूरचूर गर्ने दृढसङ्कल्प बोकेर हिँड्यो ।

ऊ त्यहाँबाट क्षीरसागर क्षेत्रको अधिपति अनन्त वैभव (लक्ष्मी)को एक मात्र मालिक, चतुर कूटनीतिज्ञ विष्णुकहाँ पुग्यो । त्यो देव योनीको कूटनीतिज्ञ अत्यन्त मृदुभाषी (महको चास्नीमा डुबाए जस्तै मीठो स्वर र विनम्र व्यवहारले गर्दा मोहनीरूप पनि भनिन्थ्यो ।) देवपुत्र के नर के नारी सबैलाई मोहित गराउँथ्यो र जस्तै बिग्रँदो काम पनि पट्याउँथ्यो ।

उसको यो गुणलाई कति त उसको छुत्र्याई र छलकपटपूर्ण इन्द्रजालका रूपमा पनि हेर्ने गर्थे । ऊ आˆनो दुनो सोझ्याउन खुसामद -चापलुसी)को हदसम्म पनि ओर्लन सक्थ्यो । उसको यो चरित्र बुझेकाहरू पनि ऐन मौकामा उसको मोहनी वाणीमा लठ्ठइिहाल्थे र पछि थक्कथक्क हुन्थे ।

नारद ऋषि आˆनो अभीष्ट साधनका लागि यही विष्णुको शरणमा पुग्यो । विष्णु स्वयं पनि शिवको आशुतोष -सरल र चाँडै नै प्रशन्न हुने स्वभाव) महा बलशाली भएर पनि कत्ति घमण्ड नभएको, देव, दानव, मानव कसैमा भेदभाव नराखी सदैव निर्धार्दुब्ला प्राणीको पक्ष लिएर दुष्टहरूको दमन गर्ने व्रत लिएको देवदानव सबैका एक नासले पूज्य व्यक्ति शिवप्रति श्रद्धा राख्थ्यो ।

नारदबाट शिवको सहायता गर्ने अनुरोध सुनेर ऊ तत्कालै तत्पर भएर दक्षको दर्बारमा पुग्यो । प्रजापति दक्षका सामु उसको जेठी छोरी सतीको हात माग्यो तर कसका लागि ? भन्ने कुरा चाहिँ रहस्यको गर्भमा राख्यो । उसले नितान्त कूट भाषा प्रयोग गरेर- “म त तपाइर्ंकी जेठी छोरी सुन्दरी सती विवाह योग्य भएकीले तपाईं उसका लािग सुयोग्य वरको खोजीमा हुनुहुन्छ भन्ने सुनेर आएको- वरको प्रस्ताव लिएर तपाईंले खोजेजस्तै सुयोग्य वरको प्रस्ताव लिएर।”

तर मूर्ख दक्षले यताउति केही नसोची यो प्रस्ताव विष्णुले आˆनै लागि राखेको ठानेर तुरुन्त स्वीकार गर्‍यो । त्यत्रो विशाल सागर क्षेत्रको एक छत्र अधिपति, अपार वैभव -लक्ष्मी)को मालिक, त्यसमाथि एउटा कहलिएको कूटनीतिको महापण्डितले ऊ जस्तो एउटा सानो प्रान्तको अधिपति (प्रजापति)की छोरीसँग विवाह गर्न किन खोजेको

होला ? न सामाजिक हैसियत न आर्थिक र बौद्धिक र अरू कुनै हैसियतमै समकक्षी । यस प्रस्तावका पछाडि कुनै उसको कूट अभिसन्धि पनि त हुन सक्छ, भन्ने सोच्नै सकेन ।

“देव! हजुरजस्तो यति महान् व्यक्तिसँग सम्बन्ध जोड्न पाए, मलाई अरू के चाहियो ? “के खोज्छस् काना आँखो ।” उत्तम मुहूर्त, शुभलग्न जुराएर वरियात लिएर पाल्नुहोला ।” दक्षले गद्गद् हुँदैभन्यो । विष्णुले अझै पनि वास्तविकतालाई ओठको कुनामा खेल्ने मुस्कानको रहस्यमै लुकाएर राख्यो र त्यहाँबाट आˆनो स्थानमा फक्र्यो ।

अनि अक्षय तुतीयाको शुभसाइत पारेर बाजागाजा, रथ, घोडा, हात्ती, व्योमयानसहितको विशाल जुलुस (जन्ती) लिएर दक्ष-दरबारको विस्तृत प्राङ्गणमा सजाइएको भव्य विवाहमण्डपमा पुग्यो तर पूर्वयोजनाअनुसार उसले आˆनो साथमा शिव र नारदलाई लान भुलेन ।

विवाहमण्डपमा बीचमा बाँसका लिङ्गा गाडेर बीचमा यज्ञकुण्ड बनाएर त्यसमा अग्नि प्रज्वलित गरिएको थियो । पाश्र्वमा र मध्य भागमा योग्य आशनहरूमा एकातिर ब्राहृमण -ऋषिहरू बसेर विवाहका मन्त्रोच्चारणका साथ हवि (घ्यू र चरुको आहुति होम) हालिरहेका थिए । अर्को पाश्र्वमा दक्षका आˆना नाता कुटुम्ब र परिजनका साथ स्वयं पत्नी विरणी बसेको थिइन् ।

अनि बीचको भागमा दुलहादुलहीका लागि भव्य आशन राखिएको थियो । विष्णु गएर यौटा आशनमा बस्यो । दायाँबायाँ वरवधु केही आशनमा वरवधुका अन्तरङ्ग साथीहरू र सङ्गनिी सहेलीहरूका लागि भनेर व्यवस्था गरिएको थियो । विष्णुले निकटमा शिव र नारदलाई बसायो । शिवलाई ‘वर’ को साथमा देखेर दक्षको भृकुटी टेढो भयो- यो देख्तैमा अघोरी, अशोभा शिवलाई यो विष्णुले आˆनो साथैमा किन राख्यो ?”

तर उसले समयको नाजुकतालाई हेरेर र जन्तीको मर्यादाको ख्याल गरेर (अझ विष्णुको व्यक्तित्वको सामु बोल्ने विरोध गर्ने साहस नगरेर) चुप लाग्यो ।

सबैले स्थान ग्रहण गरिसकेपछि ब्राहृमणहरूले कन्यादानको मन्त्रोच्चारण गर्नथाले । दक्षले तिलकुशसहितको सतीको हात समातेर दुलहाको आशनमा बसेको विष्णुको हातमा दिन खोज्दा त्यहाँ एउटा चमत्कार भयो सतीको त विष्णुको हातबाट फुत्केर शिवको हातमा पर्न गयो । अब भने अहङ्कारी दक्षले विष्णुले शिवलाई आˆनो पाश्र्वमा राखेको रहस्य बुझ्यो ।

विष्णुको यो कपट चाल बुझेको अहंकारी प्रजापति दक्ष क्रोधले ज्वालामुखी बनेर अन्धो हात्तीझैँ बौलाएर चिच्याउन थाल्यो- “तिमी दुष्ट कपटी विष्णु ! तिमी अत्यन्त नीच पाखण्डी रहेछौ तिमीले आज छल गरेर मेरी अत्यन्त वैभव सुख शयलमा पालिएकी अनन्य सुन्दरी, सुशील कन्यालाई यस्तो आमाबाबु घरबास, थितिथलोको ठेगान नभएको शमशानवासी, सर्वभक्षी, गँजडी, भँगेडी, बौलाहा, विरूपाक्षको हातमा परिदियौ । तिमी महापापी हौ ।

तर कपटको विवाहलाई स्वीकार गर्दिन, म तिमीलाई श्राप (दण्ड) दिन्छु । तिमी… तर बाबुको अन्धो क्रोधलाई देखेर बुद्धिमती सतीले शान्त संयमित स्वरमा भनी बाबा! मलाई आज नियतिले नै यस्तो गराएको छ । हजुरले र हामीले स्वीकार नगरे पनि शास्त्रोक्त विधि र समाजले त यसलाई नकार्न सक्दैन । तपाईं शान्त हुनुहोस्, छलकपटले भए पनि राजीखुसीले भए पनि मेरो विवाह देव शिवसँग भइसक्यो । जे छन्, जस्ता छन् मैले यिनैलाई आˆनो पति, आˆना स्वामी मानिसकें । अब यसमा अन्यथा हुन सक्दैन ।

छोरीको यति बुद्धिमत्तापूर्ण कुरा सुनेर आमा विरणीले पनि लोग्नेलाई सम्झाउन प्रयत्न गरिन् तर छोरीको दृढ विचार र पत्नीको त्यसमा समर्थन देखेर अहंकारी प्रजापति (राजा) झन् नै उग्र भयो । ऊ अवज्ञा अपमानबोधको पीडाले तिलमिलाउँदै पुच्छर कुल्चिइएको विषधर साँप (गोमन) झैँ फुँकार्दै सुसायो- “ओहः तँ तँ मेरी छोरी । यति निर्लज्ज भएर मेरो इच्छाविपरीत यो बौलाहाको पक्ष लिएर यसैको साथमा जान उद्यत हुन्छेस् भने आजदेखि तेरो र मेरो सम्बन्धको अन्त्य भयो । जा, यसै बौलाहा भिखारीसँग ।

“तर यौटा अर्को कुरा सुनेर जा । मेरो यो अगाध सम्पत्ति, शक्तिशाली राज्यको उत्तराधिकारबाट वञ्चित हुनुपर्छ । मेरो यो अकुत सम्पत्तिबाट तैँले एउटा फुटेको खपटो पनि पाउन्नस् ।”

विष्णुले पनि दक्षको त्यो अहंकार त्यो क्रोध देखेर अब त्यहाँ बसिरहनु उचित देखेन । ऊ आˆना सम्पूर्ण लावालक्सर (जन्ती) लिएर आˆनो राज्यमा फक्र्यो । अनि सती पनि आमासँग बिदा भएर बाबुलाई नमस्कार गरेर आˆना स्वामी शिवको हात समातेर त्यहाँबाट प्रस्थान गरी । शिवले उसलाई अगि लाएर हिमालको सुन्दर काखमा बसेको आˆनो शिकार क्षेत्रमा लिएर गयो ।

त्यस रमणीय शिकारगाहको एक छेउमा उभिएको यौटा जीर्ण छाप्राको आँगनमा लगेर शिवले निर्दोष स्वरमा भन्यो- “कल्याणी सती! लौ हाम्रो घर यही हो । हुन त तिमी आˆना पिताको अपार वैभवको मनोरम विलाश पुष्करिणी (तलाउ) मा क्रीडा गर्दै भव्य राजप्रासादमा हुर्की बढी, खेली खाई आएकी यो म जोगीको जीर्ण छाप्रोमा के मन लाग्दो हो तर के गछ्र्यौ । तिम्रो नियति र मेरो तपस्याले गर्दा यस्तोमा पार्‍यो । अब जे जस्तो छ, त्यसैमा सन्तोष गर ।”

पहिले त राजमहिषी सती बाबुको भव्य महल र त्यहाँको दिव्य भोग सम्झेर अत्यन्त दुःखी भै । उसका आँखा रसाए तर आˆनो नियति सम्झेर उसले पिंढीको कुनामा ठडिएको खरेटो (कुचो) उठाएर छाप्रोभित्र पर चौतर्फी जेलिएका माकुरोका जालाहरू हटाउन थाली उसको सम्पूर्ण क्रियाकलापलाई गहिरोसँग हेरिरहेको शिवको मन एक्कासि द्रवित भएर आयो । उसलाई सतीमाथि अत्यन्त माया र दया लागेर आयो । स्वरमा करुणाको मीठो ध्वनि साँधेर उसले भन्यो- “पख सती । दुःख नगर । हाम्रो घर यो होइन । यो त शिकारमा आउँदा कहिलेकाहीँ रात पर्दा रात बिताउनु भनेर बनाएको अस्थायी छाप्रो हो । हाम्रो घर त ऊ त्यो हो ।”

उसले उत्तर शिरमाथि सन्ध्याको सुनौलो घाममा अमोल रत्न जवाहरात जडित स्वर्णमुकुटझैँ चम्किइरहेको कैलाश शिखरको दर्शन गरायो । सतीले यसलाई शिवको ठट्टा ठानेर सोच्न थाली- यो मेरा बाबुको भन्दा पनि भव्य र सम्पन्न देखिने दरबार कुन राजाको होला ?

यो कैलाश दरबार उसलाई समुद्रमन्थनबाट निस्किएको त्रिलोक दग्धकारी कालकूट विषलाई आफैँले कण्ठमा धारणा गरेर चराचरको रक्षा गरेकोमा कृतज्ञ भएर देव-दानव र मानवका विविध समाज समूहले देवाधिदेव नीलकण्ठ शिवको सर्वोच्च उपाधिसहित सम्पूर्ण किराँत प्रदेशको राज्य सुम्पिंदा उपहारमा चढाएका थिए ।

शिवले बडो प्रेमले पत्नीको हात समातेर कैलाश दरबारमा प्रवेश गरायो । अनि त्यहाँ शिवका नन्दीभृङ्गी आदि र भूत, प्रेत, पिशाच र यक्ष गन्धर्व, किन्नर नाग जातिका असङ्ख्या पार्षद (सेवक) हरूद्वारा पुजिँदै सेविंदै धेरै कालसम्म कैलाश परिसरको अति सुन्दर र भव्यकञ्चन जलपूर्ण मानः सरोवरमा आनन्द क्रीडामा बिताए । त्यस्तैमा एकदिन सतीले परैबाट अनेक रत्नमणि माणिक्यका गहना गुटियाले झरिझुट्ट भएर दिव्य यानमा सवार भएर दक्षिणतिर गइरहेका अनेक देव देवाङ्गनाहरूलाई देखि । अलि गौरसँग हेर्दा उसले चिनी यी त देवसमूहसँग विवाह भएका आˆनै बहिनीहरू र उनीहरूका पतिहरू थिए ।

यसरी कतै जान लागेका आˆना बिहनी, बहिनी ज्वाईंहरूलाई देखेर सतीको मनमा । एउटा खुल्दुली मच्चियो । यी मेरो बहिनीहरु आˆना स्वामीहरूका साथमा कुनै भव्य समारोहमा जान लागेझैँ कहाँ जान लागेका ? मलाई किन थाहा नदिएका ? उसको मनमा अनेक जिज्ञाशाका तरङ्गहरू उठ्न थाले ।

अनि त्यसैको जवाफमा आएझैँ गरी त्यहाँ डुलुवा नारदमुनि उभिन आइपुग्यो । सतीलाई अलि चिन्तित देखेर उसले सोध्यो- “माते Û हजूर अलि चिन्तित झैँ देखिनुहुन्छ । के कुरा पर्‍यो त्यस्तो ?”

“नारद जी! तपाईंत तीन त्रिलोक चौधै भुवन निर्वाध चहारेर हिँड्नुहुन्छ । तपाईंलाई सबै कुराको एक एक सूचना रहन्छ । यी स्वयं मेरा बहिनीहरू र ज्वाईंहरूसहितको सम्पूर्ण देवगण लावालस्कर लिएर कहाँ जान लगेका होलान् ? मलाई बडो खुल्दुली मच्चिएको छ । यसको समाधान गर्न तिमी अवश्यै समर्थ छौँ । भन कहाँ कस्तो मेला समारोहको अनुष्ठान हुँदैछ ।”

“मात! के हजुरलाई थहा छैन

र ? हजुरका बाबा प्रजापति दक्षले धुमधाम ठूलो यज्ञ गर्दै हुनुहुन्छ के हजुरलाई सूचना गर्नुभएन ? यो कसरी सम्भव भयो ?” नारदको कुरा सुनेर सतीका मनमा महाभूकम्प गयो । मस्तिष्कमा अनेक तर्क-वितर्क चल्न थाले । पक्कै उसलाई पिताले डाक्न बिर्सनुभो होला । उसले शिवसँग बिन्ती गरी- “स्वामी मेरो बाबाकहाँ ठूलो यज्ञ समारोहको आयोजना भएको रहेछ । मेरा बाबाले मलाई डाक्न बिर्सनुभएछ । म जान्छु, मलाई आज्ञा दिनुहोस् ।

शिवले हाँसेर भन्यो- “प्रिय! तिम्रा बाबाले तिमीलाई बिर्सिएर होइन जानीजानी नबोलाएका हुन् । तिमी त्यसै पनि परित्यक्ता छोरी अनि म मन नपरेको ज्वाईं । त्यसैले जानीजानी हामी ननिम्तिएका । जाने कुरा नगर । नबोलाएको ठाउँमा जाँदा अपमानित होइन्छ । जाने कुरा नगर ।”

“माइतीले नबोलाए पनि छोरीचेलीले आफ्नो माइतीघर जानमा अपमानित होइन्न म त जान्छु ।” सतीले लाख सम्झाउँदा पनि मानिन र ऊ दक्ष दरबारमा गै र बाबासँग आफूलाई नबोलाएकोमा गुनासो गरी – “बाबा! तपाईंको यज्ञको महायज्ञमा स्वर्ग-मत्र्य-पाताल तीनै लोकका पाहुनाहरू र मेरा बहिनीहरूलाई पतिसमेत बोलाइँदा म एउटी मात्र किन छुटाइएँ ? किन मलाई मात्र बिर्सनुभएको ? म त्यतिसारो अपहेलित किन हुन पुगें ? म छोरी त हुँ नि!”

“चित्त नदुखा छोरी। मैले तँलाई उपेक्षा गरेर नबोलाएको पनि होइन र बिर्सिएको पनि होइन तर के गर्नु ? यत्रा-देव-दानव-मानव समाजका बडेबडे प्रतिष्ठित पाहुनाहरूका बीचमा तेरो त्यो अघोरी बहुला न कुलगोत्रको ठेगान भएको, आमाबाबुकै ठेगान नभएको त्यस्तालाई कसरी बोलाउनु भनेर उसलाई बोलाउन सकिएन । अनि तलाई मात्र बोलाउँ भने त्यो निर्लज्ज बहुरूपी पछि लागेर आइदेला भनेर नै तँलाई पनि नबोलाएको । तँ आˆनी छोरी । तँ आइहालिस । मलाई पनि सन्तोष भयो, तेरो पनि आˆनी आमा सारा बहिनीहरू, आˆना सँगिनी-सहेलीहरूसँग भेट हुने भयो धित मारेर कुराकानी-भलाकुसारी हुने छँदैछ । त्यसैले तँ अन्यथा नमान् ।”

यत्रो हिमाच्छादित कैलाश शिखरदेखिका किराँतप्रदेशमा पूज्य, अधिपति, देवाधिदेव पदवीबाट विभूषित, शान्त, सरल, अत्यन्त दयालु सदैव निर्धा, शोषितपीडित जनताको पक्षमा उभिएर दुष्ट अहङ्कारीहरूको दमन गर्न तत्पर, देवदानव र मानवमा फरक नगरी समान न्याय गर्ने, भेदभावरहित समानरूपले दण्ड र पुरस्कारले न्याय गर्ने आशुतोष शिव, आˆना पि्रय स्वामीको आˆनै बाबुले गरेको घोर निन्दालाई सहन नसकेर देवी सतीले आˆनै बाबुको यज्ञकुण्डको धकधकाउँदो अग्नि ज्वालामा समाहित प्राण विसर्जन गरी ।

यो अप्रत्यासित बिघ्न पर्दा साह्रा, देवदानव, मानव, निम्तालु, पाहुनाहरूमा हाहाकार मच्चियो । अब के उपद्रो हुनेहो भन्ने शङ्काले धेरै पाहुनाहरूमा भीषण आतङ्क मच्चियो । अधिकांश निम्तालुहरू जता गोडाले डोर्‍याएछ उतै आँखा चिम्लेर भागाभाग गर्नथाले । यसरी तँछाडमछाड गर्दै भागाभाग गर्दा एकआपसमा जुधेर लडेर एकअर्काको गोडामुनि दबेर घाइते भए । नारी र बालबालिकाहरूको रुवाबासीले दिगन्त थर्कियो ।

तर त्यसैबेला अर्को उत्पात मच्चियो । एक्कासि मेघ गर्जनसहित मुशलधारे पानी बर्सेर बाँकी प्रज्वलित यज्ञाग्निलाई पनि निभाइदियो र बाँकी बचेका वरिष्ठ पाहुनाहरू र परिमार्जन मिलेर फेरि अग्नि प्रज्वलित गराएर यज्ञको आहुति दिने प्रयत्न गर्न थाले ।

अर्कोतिर कैलाश दर्बारमा चिन्तित हुँदै मनमा अनेक शङ्का उपशङ्काका गरिरहेको महादेव शिवको अगाडि एक्कासि ऋषि नारद पुगेर दक्षयज्ञमा भएको हृदयविदारक दुर्घटना र सतीको देहत्यागको खबर सुनायो । यसरी महा अभिमानी दक्षद्वारा आˆनो घोर निन्दा भएको र त्यो निन्दा सहन नसकी आˆनी पि्रयतमा सतीले यज्ञकुण्डमा हाम्फाली प्राण त्यागेको चित्रात्मक वर्णन सुनाए पछि शिवले रुद्ररूप धारण गर्‍यो उसको तेस्रो आँखाबाट प्रलय ज्वाला निस्किएर तीनैलोक भष्म गरौँलाझै भयो ।

अनि उसले आˆनो अति पि्रय र आज्ञाकारी पार्षद् महावली वीरभद्र किरातीलाई बोलाएर दिगन्त थर्काउने गर्जन गर्दै आज्ञा दियो- “वीरभद्र, आज महादुष्ट प्रजापति दक्षले मेरी प्राणेश्वरी देवी सतीको बीभत्स हत्या गर्‍यो । तँ तुरुन्त आˆना केही सैन्य लिएर त्यो यज्ञस्थलमा गएर त्यसको कलुषित यज्ञलाई विध्वंश गरेर आइज ।”

शिवको आज्ञा सुनेर वीरभद्र किराँती आˆना चुनिएका किराँती फौजलाई लिएर यज्ञस्थलमा गएर त्यहाँ बाँकी रहेको यज्ञ समारोहलाई तहस नहस पार्‍यो । दक्षका लडाकु देव-सैन्यहरूलाई ध्वंस गर्‍यो । अनि अन्त्यमा दक्ष स्वयंलाई उसैले आयोजना गरेको अग्निकुण्डमा होमेर मारिदियो ।

यो महा विनाश देखेर आˆनो पतिको त्यति बीभत्स अन्त्य भएको आˆना राज्य सेनाको विनाश भएको देखेर दक्ष पत्नी विरणी अत्यन्त कातर भएर विलाप गर्दै वीरभद्रका अगाडि नतमस्तक प्रार्थना गर्न थाली- “महावली वीरभद्र । मेरो पति महाअभिमानी हुँदा आज उसको यति भीषण अन्त्य भयो तर म निर्दोष नारी आज अनाथ भएँ । मलाई यसरी नारकीय बैधव्य जीवन बाँच्न नछोड्नोस् । म या त मेरो स्वामीलाई जीवनको वरदान दिएर प्राण दान देऊ, कि त मलाई पनि उनैको सँगै मृत्यु देऊ ।”

विरणीको यो कातर विलापले वीरभद्रको मन पग्लियो । हो त यसको लोग्ने दुष्ट र पशुथियो । उसको विनास् हुनै पथ्र्यो, भयो तर लोग्नेको अपराधका लागि यस निर्दोष नारीले दण्ड पाउनु त मनासिप थिएन तर के गर्ने । यसको मुख्य शिर नै अग्निीमा डढेर भष्म भइसक्यो । अब पुनर्जीवन दिन तत्पर भयो ।

तर दक्ष्यको शिर त यज्ञकुण्डमा जलेर भष्म भइसकेको थियो । त्यसैले यज्ञमै बलिदिएको पशु (बोको) को टाउको लिएर दक्षको गर्दनमा हिमाली संजीवनी बुटीको लेप दलेर जोडिदियो ।

तर जोड्दा मुखकण्डा (पछाडि) तिर पर्न गएछ । त्यसैले प्रजापति दक्ष्य पशुको उल्टो टाउको भिरेर जीवनभर पशु बोली बोल्दै पशुतुल्य भएर आˆनो अहङ्कारको फल भोग्दै प्रायश्चित गर्दै बाँची रहृयो तर उसको प्रायश्चित आजका हाम्रा राजनेताहरूको जस्तो हात्तीको देखाउने दाँतजस्तो मात्र थियो । त्यसले उसको अहङ्कार नाम संसारका अभिमानी, अहङ्कारी दुष्ट प्रजापित -राजा महाराजाहरू, बाँचेर निमुखा निरीह जनता जनार्दनमाथि निरङ्कुश निर्मम शासको तण्डब चलाइरहेछ ।

-२०६५ मङ्सिर

आरुबारी

Anwika Giri – Bepatta

आन्विका गिरी – बेपत्ता
(Source of this story: हिमाल खबरपत्रिका)

उसको एउटा तस्बिर पनि थिएन। म कहिलेकाहीँ उसको बाक्लो आँखीभौं सम्झ्न्थें र त्यसै त्यसै गल्थें। उसलाई आफ्नो आँखीभौं त्यतिविधि बाक्लो भएकोमा सारै पीर थियो। आमाको, बुबाको, मेरो, काकाको कसैको पनि आँखीभांै त्यस्तो थिएन। हजुरबुबाको पो थियो कि? ऊ आमाबुबा दुवैलाई कचकच गरिरहन्थ्यो। अब तँलाई कोही केटीले बिहे गर्दैनन्, म उसलाई चिढ्याइरहन्थेँ। शुरुमा ऊ रुन्थ्यो, पछि-पछि त यही आँखीभौं देखेर ज्यान फालेर आउने छन् भन्थ्यो। हामी मरी-मरी हाँस्थ्यौं। ऊ हाँसेको सम्झदा अहिले भक्कानो फुट्छ।

म एसएलसी परीक्षाको तयारीमा थिएँ। उसले भर्खर नौ कक्षा पास गरेको थियो। कसले बहकायो कुन्नि, एक दिन अचानक भन्यो, “बुर्जुवा शिक्षा बेकार हो।”

“कसले भन्यो तँलाई यस्तो वाहियात कुरा हँ?”

ऊ केही बोलेन। तर, मेरो परीक्षा सकिएको भोलिपल्ट आधा रातमा उठाएर बरण्डामा ल्यायो अनि भन्यो, “दिदी, तेरो एसएलसी बिग्रन्छ भनेर आजसम्म कुरिरहेको थिएँ। अब म क्रान्तिमा हिँडेँ।”

वैशाख यसै पनि गर्मी महिना। उसको कुराले मलाई लोथ बनायो। जूनको उज्यालोमा उसको अनुहार नियाल्न खोजेँ, बाक्लो आँखीभौं मुनि निख्खर कालो आँखा चम्किएको थियो। मैले उसको हात समाएँ। उसले झोला भिरिसकेको रहेछ। तैपनि, सोधेँ, “के भनेको?”

“दिदी, देशलाई हाम्रो खाँचो छ”, ऊ मान्नेवाला कहाँ थियो र!

ऊ अचानक मेरोसामु यसरी प्रस्तुत भयो कि मैले केही भन्नै सकिनँ। यसलाई कसरी सम्झउँ भनेर सोच्दासोच्दै ऊ आमाबुबाको ख्याल गर्नू भनेर आँगनमा झ्रिसकेको थियो।

त्यस दिनबाट म राम्ररी निदाउन सकेकी छैन।

चारजनाको सानो परिवार। बुबा-आमा आफ्नै खेतबारीमा काम गर्नुहुन्थ्यो। के हो शोषण, के हो भेदभाव, के हो वर्गीय विभेद थाह भएन। आमा चाहनुहुन्थ्यो, म नर्स बनूँ। ऊ पनि इन्जिनियर हुने कुरा गर्थ्यो। बुबाले त्यस्तो केही भन्नुभएको थिएन। अचानक उसको दिमागमा देशका लागि लड्ने कुरा कहाँबाट आयो मैले कसरी थाहा पाउनु? तर, आमाबुबालाई ममाथि शङ्का भयो।

बिहान आमाले उसलाई धेरै पटक बोलाउनुभयो। उसलाई चिया खुब मन पर्थ्यो। आमा निकैबेर कराएपछि मैले भनें, “अब जति बोलाए पनि भाइ आउँदैन, राति नै घर छाडिसक्यो।”

आमाबुबालाई पत्यार लागेन। केही समयपछि मध्यरातमा ऊ आफैँ आएपछि मात्र पत्याउनुभयो। मध्यरातमा पनि आमाले पहिला चिया नै पकाउनुभो। दुब्लाएर हड्डी मात्र बाँकी थियो। मैले उसलाई धेरैबेर हेर्न सकिनँ। आमाछोरा भान्छामा धेरैबेर कुरा गरिरहे। म आफ्नो कोठामा चुपचाप बसिरहेँ।

“आजभोलि तेरो खुट्टा दुख्दैन?” आफैँ आएर सोध्यो। म उसलाई खुट्टा दुख्यो भनेर मिच्न लगाइरहन्थेँ। कहिलेकाहीँ त रोएपछि मात्र पत्याउँथ्यो।

“आजभोलि मुटु दुख्छ” म भक्कानिएँ।

उसले मेरो खुट्टा मिच्न थाल्यो।

“दिदी, हाम्रो देशको बेहाल छ। हामीले लड्नैपर्छ। एकदिन जितेरै आउँछु।”

उसका आँसु मेरा खुट्टामा झ्रे। बुबाले भोलिपल्ट घरमा भएको दशहजार चन्दा दिएर पठाएँ भन्नुभो। त्यसपछि उसलाई देखेको छैन।

सङ्कटकाल लागेको एक सातामा सेनाले हाम्रो घरमा छापा मार्‍यो। म फुपूको घर गएकी थिएँ। भाइको सबै फोटो लगेछ। कति न थियो र फोटो! उसले र मैले जम्माजम्मी दुईपटक स्टुडियो गएर खिचेका थियौं। त्यो पनि सेनाले लगेपछि सम्झ्नलाई उसको आँखीभौं मात्र बाँकी रह्यो।

करिब एक वर्षसम्म उसको चिठी आइरह्यो। पछिल्लो चिठीमा पश्चिम पहाडलाई कार्यक्षेत्र बनाएको लेखेको थियो। आमाबुबाका आँखा सुकिसकेका थिए। हरेक पल्ट चिठी पढेर सुनाउँदा म गल्थेँ, आमालाई हेर्न सक्दिनथेँ। शुरुमा त आमा यसरी भक्कानिएर रुनुहुन्थ्यो कि घरमा म चिठी पढ्नै सक्तिनथेँ। घरपछाडिको कागतीको झयाङमा आमाछोरी अँगालो हालेर रुन्थ्यौँ। पछि आमा रुन छाड्नुभएको थियो। बुबा चिठी पढ्दापढ्दै मेरो कपाल मुसारेर बरर्र आँसु झर्नुहुन्थ्यो। अनि म झन जोडले रुन्थेँ। पछि बुबा पनि रुन छाड्नुभो। बुबाआमा मलाई देखाएर रुन छाड्नुभो।

उसले पाउने नपाउने टुङ्गो नभए पनि एकपटक घर आउन भन्दै म चिठी लेखिरहन्थेँ। एक-दुई वटा उसले पाएको पनि थियो। ऊ आउँछु, आउँछु भनेर लेख्थ्यो। तर, लेख्यो मात्र आएन। उसका साथीहरू “कमरेडलाई पश्चिम फापेको छ, मोटाउनुभएको छ” भन्थे। म मुश्किलले पत्याउँथे। आमा कहिल्यै पत्याउनुहुन्नथ्यो।

“घरमा मैले नै पकाएर ख्वाउँदा त लिखुरे थियो” आमा सप्कोले आँसु पुछ्दै भन्नुहुन्थ्यो, “मधेशको मान्छे पहाडमा कसरी बसेको होला!” बर्खामा पहाडमा हिँड्न नजानेर ऊ कति लड्यो होला भन्ने चिन्ता आमा गर्नुहुन्थ्यो।

मैले चिठीमा उसलाई फोटो पठाइदिन भनेकी थिएँ। तर, त्यसपछि उसको कुनै चिठी आएन। माघको एकदिन भात खान आएको केटाले भाइ पक्राउ परेको सुनाएर गयो। कुहिरो लागेको त्यो दिन म कागतीको झयाङमा गएर बेस्सरी रोएँ। अब भाइ ठीकै छ भनेर आमाबुबालाई ढाँट्न सक्ने स्थिति थिएन। चैतको एक बिहान मैले कुरा खोलेँ। त्यो दिन आमा रोएको म कसैगरे पनि बिर्सन सक्दिनँ। उहाँका आँखा यसरी फाटेका थिए मानौं त्यो अब सधैँ त्यसैगरी खुला रहन्छ।

घरमा आउनेहरू सेनाले धेरैलाई पक्राउ गरेर मारेको सुनाउँथे। अब मैले पार्टीमा लागेर बदला लिनुपर्ने उनीहरूको भनाइ हुन्थ्यो। बेपत्ता हुनेहरूको सूचीमा मेरो भाइ मात्र थिएन। आफन्तहरू खोजेका खोज्यै थिए। फेला परेको एउटा पनि समाचार आएको थिएन। घरमा आउने केटाहरू पार्टीले खोजी राखेको छ भन्थे। उसलाई पार्टीले कुनै दिन अवश्य भेट्टाउनेेछ भन्ने आशा आमाबुबामा थियो।

पत्रपत्रिकामा भैरवनाथ गणको कुरा आउन थालेपछि आमाबुबालाई काठमाडौं गएर खोजे भाइ भेटिन्छ भन्ने लाग्न थाल्यो। उहाँहरू ऊ मरेकै भए पनि थाहा पाउन चाहनुहुन्थ्यो। म पनि थाहा पाउन चाहन्थेँ, तर मरेको होइन, बाँचेको। अनि उसको कान समातेर भन्नेथेँ, “किन यसरी रुवाइस्?”

पार्टी पनि खुल्ला भइसकेकाले अब पक्कै खोज्छ भन्ने आमालाई लागेको थियो। हाम्रामा भात खान आउने पार्टीका मान्छेहरू भने बिस्तारै हराउँदै गए। आमा तीमध्ये कसैको साथमा मलाई भाइ खोज्न काठमाडौं पठाउने विचारमा हुनुहुन्थ्यो। कोही नभए पनि आखिरमा आमाको मन राख्न म काठमाडौं आएँ।

भाइको चिठीमा पार्टीले क्रान्ति सफल भएपछि बलिदान गर्ने कार्यकर्तालाई सम्मान गर्नेछ भनेर लेखिएको हुन्थ्यो। तर, क्रान्ति अधुरै हुँदा खुल्ला भएकाले होला पार्टीले आफ्ना बेपत्ता कार्यकर्ता खोजेको थिएन। एकदिन धेरै किचकिच गरेपछि मलाई बेपत्ताहरूको सूचीमा कमरेड आरोहणको नाम देखाइयो। १९० नम्बरमा रहेको भाइको नाम मैले यसरी छोएँ मानौं म उसको कपाल मुसार्दैछु।

पार्टी कार्यालय गएपिच्छे मलाई कुन कमिटीको भनेर सोधिन्थ्यो। तर, म पार्टीमै थिइनँ। पार्टीमा किन भइनँ भन्ने कुरा आजसम्म आफैँले बुझन सकिनँ। पार्टीमा नभए पनि म अन्याय, असमानता, भ्रष्टाचारको पक्षमा भने थिइनँ। तर, पार्टीलाई पार्टीकै सदस्य हुनु जरुरी थियो।

पार्टी सरकारमा गएपछि आमा निकै आशावादी हुनुभयो। मलाई पनि अचानक आश पलाएर आयो। आखिर विनोद पो मेरो भाइ थियो, कमरेड आरोहण त पार्टीकै कार्यकर्ता थियो। बेपत्ता भएको पनि कमरेड आरोहण नै थियो।
पार्टीलाई समय लाग्छ भनेर म दुई महिनापछि त्यहाँ जाँदा फेरि तिनै जुँगावाला कमरेड शिवसँग भेट भयो। उनी पत्रिका पढ्दैथिए।

“खोज्दैछौँ”, उनले मतिर नहेरी भने।

“हराएको पाँच वर्ष भयो, कहिलेसम्म खोजिरहनुहुन्छ?”

“पार्टी भर्खर सत्तामा आएको छ”, उनले पत्रिका बन्द गरे, “चिन्ता नगर्नुस्।”

मैले चिन्ता नगर्ने प्रयत्न धेरै गरिसकेकी थिएँ। पार्टी कार्यालय जान्न भन्ने पनि सोचेकी थिएँ। तर कहाँ जाउँ्क? आखिर भाइ त्यही पार्टीको कार्यकर्ता थियो। केही दिनपछि फेरि गएँ।

“पार्टीको अरू पनि काम हुन्छ”, कमरेड शिव झोक्किए।

“के के काम छ पार्टीको?” म पनि झोक्किएँ।

“को हो तपाईं?”

“आज तपाईं यहाँ बसेर जुन सास फेरिरहनुभएको छ, त्यसका लागि मेरो भाइ लडेको छ।”

“तपाईं त लड्नुभएन नि!”

“म पनि हराएकी भए आज मेरो भाइको पक्षमा को लड्थ्यो?”

“पार्टी छ।”

“कहाँ छ पार्टी?” मैले सोधेँ, “सिंहदरबार, बालुवाटर वा लैनचोरमा?”

“चुप लाग्नुस्”, उनी चर्किए, “तपाईंको काम छैन?”

“छ, धेरै ठूलो काम छ”, म औंलो ठड्याउँदै गर्जिएँ, “बेपत्ता कार्यकर्ता नखोजेर सत्तामा रम्ने तपाईंहरू सबलाई लाइन लगाएर गोली हान्न बाँकी छ।”

म यसरी गर्जिएँ कि आफ्नो गर्जनले आफैँ कामेकी थिएँ। कार्यालयमा भएका सबै एकछिन स्तब्ध भए। त्यसपछि मलाई बाहिर निकालियो।

आमालाई यी सब बेहोराका साथ लेखेँ, “यो शहरमा आलुको त कुरै नगरौं, भिन्डी पनि छोई नसक्नु छ। साग पनि उस्तै छ। गाडीका धुवाँले मलाई कहिल्यै सञ्चो गरेन। म यहाँ बस्न सक्दिनँ। भाइको अन्तिम संस्कार गरौं।”

आमाले काक्रो, भिन्डी, सागसँगै कसलाई हो लेखाएर एउटा चिठी पनि पठाउनुभएछ, “केही दिनलाई पुग्ने तरकारी पठाइदिएकी छु। शहर महँगो छ, तर त्यही महँगो शहरले मेरो छोरा, तेरो भाइ जिउँदो वा मरेको के छ भन्न सक्छ। तँ त्यो जवाफ नलिइकन फर्कने कुरा नगर। अलि दिन धुवाँ निल, विस्तारै पचाउँछेस्। एकदिन पार्टीले पनि आफ्नो कार्यकर्ताबारे जवाफ नदिई धर पाउने छैन।”

म शहरको धुवाँ पचाउँदै विनोदलाई खोज्दैछु। पश्चिम पनि जाने निर्णय गरेकी छु जहाँबाट ऊ हराएको थियो। बूढा आमाबुबा पैसाको बन्दोबस्त गर्दै हुनुहुन्छ।