Buddha Chemjong – Tin Ko Nakacharo Poi

बुद्ध चेम्जोंग – तिनको नकचरो पोइ (मनोवाद कथा)

सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन l दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टी आउदा सबितासंग मागी बिहे भएको हो l आमा बुवाले नै केटा हेरेर दिपकलाइ छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो l सबिताको दिपकसंग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म संगै बसे होलान, के गर्नु दिपक दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो l घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भै रहने आमा बाहेक कोहि थिएनन् l

सबिता निकै खुशी थिइन दिपक देखि, उ निकै रोमान्टिक अनि हसिलो थियो, बिहे भएको पहिलो दिन नै सविताको मन जित्न सफल थियो उसले l ती बिहे पछिका दिनहरु अनि दिपकसंग बिताएका सम्झनाहरु सविताको मनमा ताजै छ l दिपकसंग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाइ ज्यादै प्रभाब परेको छ l त्यसैले अझ पनि सासु ससुरालाई स्याहार्दै पनि सबिता बि.कम. पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन, सासु ससुरा पनि बुहारी सबितालाइ आफ्नो छोरी झैँ माया गर्छन l

सबिता आज अलिक दिक्दार छिन कारण फोनमा कुरा गर्दा दुबईबाट दिपकले पैसा धेरै खर्च नगर्नु, इकोनोमिक हुनु जान्नु पर्छ भनेको कुरा मनमा गुन्जी रहेको छ, त्यसैले सबितालाइ निन्द्रा लागिरहेको छैन l आखिर मैले त्यस्तो के नै खर्च गरे होला, खालि क्याम्पस फी, किताब कापी अनि केहि लुगाहरु अनि स्रिंगगार पटारका सामानहरु त होनी l अरुका लोग्नेले आफ्नो श्रीमतीलाइ निर्धक्क पैसा चलाउन दिन्छन, आफ्नो लोग्ने चाही यस्तो, सबिता आफै गुनासो गरिरहेकी छे l उ चाही त्यहा मस्ती गर्दो हो, मनमनै शंका गरी आफ्नो लोग्नेलाइ, हुन पनि नाना भाति कुराहरु सुनेकी छे, दुबई सहरमा गएर धेरै मान्छेहरु बिग्रिएको, बिहे भएको केटाहरु पनि अरु बिदेशी केटीसंग लाग्छन रे, संगै बस्छन रे इत्यादी l के थाहा मेरो दिपक पनि, आफ्नो आँखाले देखेको होइन झन शंकालु बन्छे, यति सोच्दा सोच्दै झन सबिता भावनामा बग्छे, कल्पना गर्न थाल्छिन l आज दिपक आफुसंगै काम गर्ने कम्पनिको एउटा फिलिपिना केटीलाइ लिएर अंग्रेजी सिनेमा हेर्न गएको छ, दिपक र त्यो केटी एक अर्कालाइ अँगालो मारेर बसेका छन् l त्यो अंग्रेजी फिलिम निकै उतेजक छ, हिरो र हिरोनी एक अर्कामा चुम्बनका दृश्यले दिपक निकै रोमान्चित छ l डु यु लाइक इट? फिलिपिना केटी साथीको प्रश्नले दिपक झस्किन्छ, ” एस एस, इट्स नाइस मुभी” उसले उतर दियो l

अब सबिता रिसले चुर हुन्छे, तिनी आफै दिपकसंग बदला लिन चाहन्छिन, उ भन्दा म के कम, जाबो आइ. कम. त पास गरेको छ दिपकले l म त बि.कम. पढ्दै छु, सबितामा घमण्ड आयो, कोहि मन मिल्दो हेन्डसम केटा भेटेमा साथी बनाउनु पर्ला l के दिपकले मात्रै केटी खेलाउनु मिल्ने, मैले केटा साथी बनाउनु मिल्दैन? म पनि मजाले घुमाउला, रमाइलो गरौला l अहिले जमाना नै आधुनिक भएको छ, सकेको मोज त गर्नु पर्छ भन्छन क्याम्पसका साथीहरु l यसरी नै निकै राति सम्म सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् l

बिहान, एई! बुहारी ल ल उठ! घाम उदाईसक्यो, भनेर सासुले बोलाउदा पो सबिता झसंग बिउझीन् l अनि सासु ससुरालाइ चिया बनाई दिइन्, र बिहानको खानाको लागि तयार गर्न थालिन् l सबिताको दिउसोको क्लास थियो पदमा कन्या क्याम्पसमा, दिउसो क्याम्पसमा साथीहरुले सोधे सबितालाइ एई! सबिता के छ अनि तिम्रो बुडोको हाल खबर, कतै अरु केटीसंग त लागेको छैन, अलि विचार गर है l विदेशमा त जे गरे पनि हुन्छ रे, कसैले चिन्दैन रे, यहा नेपालमा बिहे गरे पनि, म अन म्यारिड छु भनेर भनेर केटी घुमाउछन रे l ” खोइ! ठिकै छ, हिजो फोन गर्नु भएको थियो उहाले” सबिताले छोटकरीमा उतर दिइन् l

आज पनि किन हो सबितालाइ हिजो जस्तै निन्द्रा नै लाग्दैन, त्यो माथि क्याम्पसमा साथीहरुले “अलि विचार गर है” भन्ने शब्द सबिताको मनमा गुन्जीरहेको छ l सबिता सोच्न थाल्छे, दिपक त्यो बिदेशी केटीलाई लिएर समुन्द्रमा घुम्दै होला, अनि समुन्द्र नजिकैको बालुवामा पल्टेर तातो घाममा पल्टिदै त्यो बिदेशी केटीसंग हास्दै होला, तिनले कहिले कही सिनेमामा यस्तै बालुवा अनि समुन्द्र देखेको कुरालाइ मनमनै कल्पना गरी l यो छोरा मान्छेको जात नै यस्तो, किन मलाई यहा बिहे गरी राखेर विदेश गएको होला, आफु चाही मोज गर्ने, यता म चाही तड्पिरहेको छु, आफ्नै जवानी देखि, खोइ मेरो जवानी यतिकै खेर जाने हो कि क्याहो, सबिता झस्किन्छे l तिनलाई अचानक रिस उठ्छ, दिपक अर्को बर्ष नेपाल आएन भएन भने मैले पनि सोच्नै पर्ला, मेरो यौबन त्यतिकै खेर जान त दिनु भएन नि l तिनले सम्झी, आफ्ना क्याम्पसका साथीहरु अनि तिनीहरुको बोय फ्रेन्डहरु, कति मोज गर्छन, घुम्छन, संगै बस्छन, आफु चाही सासु ससुरालाइ स्याहार गर्यो बस्यो, सविताले इर्श्या गरी आफ्नो साथीहरुसंग पनि l सबिता दोधार परी, आखिर दिपक मेरो लोग्ने हो सबथोक हो तर उ मेरो साथमा छैन भने, के यो नै जिबनको सार हो र? लोग्नेको बाहुपासमा बाधिनुको मजा नै अर्कै छ, कतिन्जेल यसरी बस्नु? सबितालाइ यौबन, जवानीको मजा लिने बानी परिसकेको छ दिपकसंग बिहे भए पछि, आखिर बिहेको मुख्य उदेश्य नै त्यही हो अनि यौबन र जवानीको मजा लिदै प्राकृतिक रुपमा सन्तान उत्पादन गर्दै जानु l “हे! मेरो मन पनि” सबिता आफैलाइ सम्हालिन्छे, जे भए पनि उहा मलाई माया गर्नु हुन्छ, भन्दै सबिता आफैलाई शान्त्वना दिन्छे l

शनिबारको दिन सबिताको साथी रिनाको जन्मदिनको पार्टीमा सामेल हुन गइन्, साझ ७ बजे बोलाएको थियो, निकै अरु साथीहरु पनि रहेछन l आधुनिक परिबेस पहिलेको जस्तो होइन अहिले, त्यहा केटी साथीहरु पनि वाइन पिउदै रहेछन, सबितालाई पनि वाइन पिउन कर गरे, आ! सबै पिउछन भने म चाही नपिएर के नै हुन्छ र, सविताले पनि वाइनको गिलास समाइन् l वाइनको साथ साथै केहि मासुका टुक्राहरू खाइन्, पछि बर्थ डे केक काटियो, केक रिनाले पहिला आफुले टोके अनि आफ्नो बोय फ्रेन्ड ज्याकलाइ खुवाए l सबै जना वाइनले मातिदै गए, केटाहरु चाही कोहि व्हिस्की अनि बियर पिउदै थिए, सबितालाई पनि वाइनले केहि दिमाग रिन्गाएको जस्तो लाग्यो l त्यहा संगीतको धुनसंगै मधुरो प्रकाशमा पार्टी चल्दै थियो, सबिताका साथीहरु आफ्नो बोय फ्रेन्डसंग कम्मरमा पक्रेर नाच्दै, कोहि कुरा गर्दै थिए, सबितालाई पनि अब मन लागेको थियो, कुनै केटा भए पनि यसो हात समातेर अंगालिन्दै नाचे जस्तो गर्नु मन लाग्यो l साएद वाइनको नशामा त्यो आँट आयो होला सबितालाई, आखिर संगत न हो, ” एई सबिता आइज न नाच्न” रिनाले कर गरी, ज्याकसंग भिडाई दिइ, अब सबिता ज्याकसंग नाच्न लागि, ज्याकले हातमा पक्रेर घरीघरी फनक्क घुमाउदा सबितालाई निकै मजा आयो, अनि नाच्दा नाच्दै छासछुस हात या औलाले सबिताको नितम्ब छुदा तिनी लाजले रातो हुन्थिन l आखिर निकै समय पश्चात छोरा मान्छेको सामिप्य पाएकी थिइन् सविताले, निकै बेर नाची रहे, ज्याक र सबिता l साझ १० बजे तिर ज्याक अनि रिनाले सबितालाई घर सम्म पुर्याउन आए l

अब घर आए पछि वाइनले अलि अलि छोडी सकेको थियो, सबिता ओछ्यानमा पल्टी, सोच्न थाली दिपकको बारेमा l दिपक आज साझ त्यो बिदेशी केटीसंग डिस्कोमा नाच्दै होला, नकचरी केटी मेरो लोग्नेलाई अँगालोमा हालेर मस्किन्दै हास्दै होलिन् l दिपक पनि खुशीले त्यो केटीसंग मस्की मस्की कम्मरमा पक्रेर घरीघरी नितम्ब छुदै होला, छोरा मान्छे यस्तै नै स्वार्थी हुदा हुन् अघि ज्याकले सबितासंग नाच्दाको मिठो कल्पना गरिन्, ज्याकले पनि जान अन्जान सविताको शरीर छुदा पक्रिदा तिनलाई निकै रोमान्चित बनाएको थियो, शरीरमा करेन्ट पैदा भएको सम्झीन् l दिपक बियर पिउदै त्यो बिदेशी केटीलाई वाइन पिलाउदै होलिन्, त्यो बिदेशी केटी पनि पातिन्दै मेरो दिपकलाइ च्याप समातेर लाडीन्दै ” आइ लभ यु दिपक, डोन्ट लिभ मि अलोन” भन्दै होलिन् l दिपक पनि ” एस बेबी, आइ लभ यु टू” भनेर चुम्बन गर्दै होला l आफ्नो यस्तो नकचरो लोग्नेको यो ताल देखेर सबिता पनि अब एउटा निर्णय गर्न पुगी, अब म पनि बोय फ्रेन्ड बनाउछु l आखिर कतिन्जेल म तड्पिनु, सोची त्यो क्याम्पस जाने बाटोमा क्यासेट पसले सधै मलाई घुरेर हेरी रहन्छ, आखिर उ पनि हेन्डसम अनि जवान छ, यति सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् l

यस्तैमा एक दिन घरमा दिपकको फोन आयो, म नेपाल फर्कदै छु, यहा हामी काम गर्ने कन्स्ट्रक्सन कम्पनि बन्द भयो, आर्थिक मन्दीले गर्दा सबै कामदारलाइ घर पठाउदै छ l कम्पनिले तलब पनि ३ महिना देखि दिएको छैन, म संग बचेको केहि पैसाले ” सबिता! म तिमीलाई एउटा मोबाइल अनि राम्रो घडी ल्याई दिन्छु, मैले तिमीलाई एकदमै मिस गरिरहेको छु” भनेर दिपकले भन्दा सबिताको मुटु छिया छिया भएर आयो, कन्स्ट्रक्सनमा काम गर्न कति गाह्रो भयो होला, त्यस्तो बाहिरको गर्मीमा, साएद पैसा कम कमाएर नै अलि इकोनोमिक हुनु जान्नुपर्छ, भनेर फोनमा भनेको कुरा याद गरिन् l मलाइ यति माया गर्ने श्रीमानलाइ नाना भाति कुरा सोचे, साथीहरुको लहलहैमा कुरा सुनेर, सबिता आफैलाई दोषी ठानी, तिनलाई पश्चाताप भएर आयो अनि हतपत कोठामा गएर हुक्क हुक्क गर्दै रुन थालिन् l

अस्तु:

Atmaram Sharma – Bighatit Sapana

आत्माराम शर्मा – विघटित सपना
(मधुपर्क बैशाख, २०६७)

उसले बलिन्द्रधारा आँसु झार्यो० ।

धेरैको मुखबाट मैले सुनेको थिएँ- ‘मनको पीडा पखाल्न मानिसलाई रून दिनुपर्छ । मनमा थेगि्रएर रहेका वेदना र उकुसमुकुस आँसुले पखाल्छ । आफ्नो आँसुले आफ्नै पीडालाई पखालेपछि मान्छेको मन हलुङ्गो हुन्छ ।’

ऊ निकै समयसम्म घुँक्कघुँक्क गरेर रोइरहृयो । मैले टुलुटुलु हेर्दै उसलाई सुमसुम्याई रहेँ । उसका आँखाबाट साउनको झरीजस्तै आँसु बर्सिरहेका थिए ।
“मलाई माफ गर्नुहोस् अङ्कल ! तपाइँलाई देख्ने बित्तिक्कै बुबाको सम्झनाले सतायो र एक्कासि मन भक्कानियो ।” उसले आफू रूनुको कारण प्रस्ट्याउँदै भन्यो । बाबु समीर ! छोरा मान्छे भएर आफूलाई कमजोर बनाउनु हँुदैन । जे नहुनु थियो त्यो भइसक्यो । अब पीर गरेर के फाइदा ? तिमी पनि २०/२२ वर्षको लक्का जवान भइसक्यौ, आफूलाई सम्हाल बाबु ! सम्हाल । बोल्दाबोल्दै मेरो गला अवरुद्व भयो र आँखा रसाए । मैले भन्न खोजेको कुरा घाँटीमा अड्कियो ।
अचानक बदलिएको मेरो भावुकतालाई देखेर नै हुनुपर्छ उसका आँखामा पुनः आँसु टल्पलाए । मैले सम्झाउन खोज्दा समीर सम्हालिई सकेको थियो । मत्थर भइसकेको वातावरण फेरि भावुकतामा बहकिएकोले आफूलाई सम्हाल्दै उसलाई प्रश्न गरेँ-
समीर तिम्रो पढाइ कहाँ पुग्यो ?
पकेटबाट रुमाल निकालेर आँसु पुछ्दै उसले भन्यो- बी.बी.एस. दोस्रो वर्ष सकियो ।
तिम्रो आमाको हालखबर के छ ? व्यापार गर्नुहुन्छ भन्ने सुनेको थिएँ हो ? गम्भीर परिस्थितिलाई सहज बनाउँदै मैले पुनः प्रश्न गरेँ ।
“उपत्यकाको काँठबाट मौसमअनुसारको तरकारी साग, फर्सीको मुन्टा, हरिया मकै, ल्याएर बजारमा बिक्री गर्नुहुन्छ । धपेडीले होला आजभोलि उहाँको स्वास्थ्य धेरै बिगि्रएको छ । दुब्लाएर ख्याउटी हुनु भएको छ” । एकै सासमा समीरले आˆनी आमाको बारेमा बतायो ।
छोरीले हामी दुवैलाई टेबुलमा चिया राखिदिइन् । मैले हातमा चिया समाउँदै समीरलाई पनि चिया पिउन भनेे । उसले टेबुलबाट चियाको कप उठाउँदै मेरी कान्छी छोरीले एस.एल. सी. मा डिष्टीङ्सन ल्याएकोमा छोरी र मलाई बधाइदियो ।
बाबु समीर के कति कामले यो साँझमा आयौ ? वातावरणलाई सहज बनाउँदै मैले सोधेँ । एक हप्तादेखि आमा निकै बिरामी हुनुहुन्छ । अङ्कललाई भेट्न आफै आउन खोज्दै हुनुहुन्थ्यो, सक्नु भएन । उहाँले भेट्न खोज्नु भएकोले खबर गर्न आएको । फुसर्दमा एकपटक कोठामा आउन आमाले हजुरलाई अनुरोध गर्नुभएको छ ।” उसले मेरो घरमा आउनुको कारण प्रस्ट्याउँदै भन्यो ।
अफिसको क्लोजिङले थकित भएर म पिएर र्फकेको थिएँ । परिस्थितिलाई अरू जटिल हुन नदिन मैले उसलाई थप केही सोधिन । उनले मलाई भेट्न खोज्नुको धेरथोर कारण मनमनै अनुमान गरिसकेको थिएँ । केही हप्ता अगाडि माथिल्लो टोलमा डोकोभरी साग बोकेर डुल्दै गरेको मैले भेटेको थिएँ । त्यतिखेर छोरो बेरोजगार भएकोमा उनले गुनासो गरेकी थिइन् । दुई महिना अगाडि समीरले ज्यामी काम गर्छ भन्ने मैले थाहा पाएको थिएँ । विश्रामनगरमा बन्दै गरेकोे नयाँ घरमा उसकी बहिनीले बालुवा चाल्दै गरेकी र समीरले इँटा बोकेको मेरी जेठी छोरीले देखेर मलाई सुनाएकी थिइन् । यसैले के काम गर्दैछौ समीर भनेर मैले उसलाई सोध्ने आँटै गरिन । आज पनि ऊ कतै ज्यामी कामबाट फर्केको मैले अनुमान गरेको थिएँ ।
केही समय सोचेर मैले समीरलाई भनेँ- बाबु म भोलि बिहान आउँछु । मैले यति भनिसकेपछि चप्पल लगाउँदै उसले मलाई बिदाइको नमस्कार गर्योम । उ मूलगेटबाट निस्किएपछि मैले भनेँ- भाउजूलाई मेरो नमस्कार सुनाइदिनु । उसले टाउको हल्लाउँदै ‘हस अङ्कल’ भन्यो ।
समीर गएपछि हातगोडा धोएर मैले खाना खाएँ । त्यो साँझ मलाई टेलिभिजन पनि हेर्न मन लागेन । एउटा पार्टीको सरकार ढलेर त्यही दिन अर्को पार्टीको सरकार बनेको थियो । श्रीमती छोरा, छोरी, काम गर्ने केटो सबै बैठक कोठामा बसेर नयाँ सरकार गठन भएको समाचार हेर्दै हाँस्दै थिए ।
छोराले टिप्पणी गरेको सुनंेँ- “चुनाव हारेका पनि मन्त्री भएछन्” । समाचार सुनेर छोरो अट्टाहास हाँसो गर्दै थियो । बाबा बाबा चुनाव हारेकी ……नेताकी छोरी/श्रीमती पनि मन्त्री भएछन् समाचार हेर्न आउनुहोस् न यता, सपथ खाएको देखाउँदैछ- छोरीले चिच्याउँदै मलाई समाचार हेर्न बोलाइन् ।
नानी मेरो टाउको दुःखेको छ, म समाचार हेर्दिन । जवाफ फर्काउँदै मन मनले भने- “के हेर्नु भताभुङ्ग देशको लथालिङ्ग चाला ।”
समीरको गरिबी झल्किने लवाइ र उदास अनुहार देखेर उ गएदेखि नै मेरो मन उद्वेलित भइराखेको थियो । सम्झनाबाट हराउँदै गएका कतिपय घटना चलचित्रको दृश्यजस्तै आँखा अगाडि नाचिरहेका थिए । स्मृतिबाट हराइसकेका घटनाको नायक बनेर मेरो सामुन्नेमा- हरिबोल टुप्लुक्क आइपुग्यो ।
दस वर्षपछिको हाम्रो भेटलाई लिएर मैले खुसी व्यक्त गरेँ तर उसको अभिव्यक्तिमा कुनै उमङ्ग र उत्साह थिएन । हेराइ र बोलाइमा निराशाको भाव मात्र थियो । उसले एक्कासि मलाई प्रश्न गर्योर- अविराम के भन्न आएको रहेछ छोरो ?
हरिबोल तिमी अचानक आज कताबाट आयौ ? उल्टै प्रश्न गरेँ । उसले मसँग कसिलो हात मिलायो । दह्रोसँग हात मिलाएकोले मेरा हातका औँला नै दुःखे । कुनै समय हामी यसैगरी कडासँग हात मिलाउथ्यौँ, बानी छुटेर होला मेरो हातै दुःख्यो ।
जिङरिङ्ग कपाल, लामा दाह्री र दुब्लो अनुहारलाई पटक्कै नसुहाउने गरी, ङििचक्क हाँस्दै उसले भन्यो- “तिमीलाई नै भेट्न आएको । अँ भन त- के भेनर गयो समीरले ?” उसले पुनः उही प्रश्न दोहोर्या-यो ।
तिमीले छोडेर गएपछि विचरा टुहुरो भयो । मलाई देख्नासाथ बाबाको सम्झना आयो भन्दै डाँको छोडेर रोयो । उसलाई फकाउन मलाइ दस मिनेटभन्दा बढी लाग्यो । तिमीले परिवारको विचल्ली पारेर यसरी घर छोड्न नहुने हरिबोल क्यान्सरले पीडित भएर तिम्री आमा त्यही वर्ष बित्नुभयो । त्यसको दुई वर्षपछि तिम्रा बाबुले पनि यो संसार छोडे । त्यसपछि त उनीहरूको विजोग नै भयो नि मैले रिसाउँदै भने ।
समीरले मलाई गाली पनि गर्योय ? अँध्यारो मुख लगाएर हरिबोलले मलाई सोध्यो ।
त्यसो त उसले तिम्रो बारेमा नराम्रो कुरा केही गरेन । उसकी आमाले दुःख पाएकोमा मन अलि खिन्न पारेको थियो । उसको पछिल्लो प्रश्नको जवाफ दिँदै मैले भनेँ ।
“अविराम म देश र जनताको मुक्तिको अभियानमा हिँड्दाहिँड्दै ढलेँ । मैले व्यक्तिगत स्वार्थ र महत्त्वकाङ्क्षाको लागि कुनै काम गरिन । तसर्थ म आफू ढलेकोमा मलाई कुनै पछुतो छैन ।” हरिबोलले आफूलाई गर्व गर्दै भन्यो ।
किन पछुतो छैन ? मैले उसलाई प्रश्न गरेँ ।
हाम्रो आस्था, निष्ठा र विश्वासबाट मैले कहिल्यै तल झर्नु परेन । जुन उद्देश्यको लागि मैले यात्रा गरेको थिएँ, त्यही बाटोमा हिँड्दाहिँड्दै म ढलेँ । त्यसैले मलाई गर्व छ । मेरो छोरो कुनै दिन तिमीलाई फेरि भेट्न आयो भने सुनाइदिनु- “जीवनको अन्तिम क्षणसम्म मुक्तिको आन्दोलनमा निष्ठापूर्वक म अडिग रहेँ ।”
तिमीलाई के फाइदा भयो ? यो त अभिमानी कुरा भएन र ? मैले झोक्किदै प्रश्न गरेँ ।
“मेरो स्वाभिमानलाई अभिमान नसम्झ । स्वाभिमानलाई नबुझ्दा अभिमान हुन्छ । ” अविराम राम्रोसँग सुन- “राजनीति व्यापार होइन । यसमा नाफा र नोक्सान हुँदैन, त्याग र बलिदान मात्र हुन्छ ।” उसले गर्व गर्दै भन्यो ।
वर्तमान राजनीति तिमीले भनेजस्तै निःस्वार्थ र नाफारहित छ ?
यो प्रश्नले हरिबोल अलि ओइलायो । उसले लामो सास फेर्योा र उदास अनुहार पार्दै भन्यो- “तिमी वर्तमान नेपालका नेताहरूलाई खुइल्याऊ, होच्याउ, ताछ जे गर त्यो तिम्रो इच्छा र अधिकार हो, किनकि तिमी सार्वभौम सम्पन्न नागरिक हौ । तिम्रो चेतना र बुझाइअनुसार टिप्पणी गर तर मलाई अरूसँग नदाँज । हेर मैले बाँचेर मर्नु परेन र तिम्रो आँखाबाट खस्नु पनि परेन । यसैले मलाई गर्व छ” ।
जेलबाट छुटेको दिन तिम्रो बाले कसैलाई पनि नभन्नु भन्दै हामीलाई भन्नुभएको
गोप्य कुरा तिमीलाई सम्झना छ कि छैन ? हरिबोल मैले उसलाई गम्भीर भएर प्रश्न गरेँ ।
“सम्झना छ मलाई ती कुराको राम्रो सम्झना छ । बाले सुनाउनु भएका तिनै कुराले तिमीले राजनीति छोड्यौ मैले घर छोडे”- उसले अलि चर्को स्वरमा भन्यो ।
आश्चर्यको कुरा गर्यौघ नि उहाँको तिनै कुराले घर छोडेको हो र ? मैले उसलाई खोतल्दै पुनः प्रश्न गरेँ । “मलाई पूर्णकालीन कार्यकर्ता बन्न उहाँले बताएका घटनाले उत्प्रेरित गरायो । वर्गशत्रु र वर्गमित्रु छुट्याउन सजिलो भयो । उहाँले भनेका तिनै कुराले सामन्तवादको मूल नाइकेप्रति घृणा र प्रतिशोधको आगो छातीमा दन्कियो र म भूमिगत भएँ ।” उसले कोठाबाट निस्कँदै हतारहतार भन्यो ।
किन चट्पटाएको हरिबोल ? केही समय त बस । हरिबोल… हरिबोल
निद्रामा च्याठिँदै कराएको सुनेर श्रीमतीले घचघचाइन् र म बिउझिएँ । बिहानीको साढे चार बजेको रहेछ । सपनामा हरिबोललाई देखेको र उसँग भएका कुरा श्रीमतीलाई सुनाएँ । “सपनामा मरेको मानिससँग कुरा गरेको राम्रो होइन” भन्दै श्रीमती उठेर बाथरुमभित्र पसिन् ।

देब्रे कोल्टो सुतेको रहेछु । बिऊझिएपछि दाहिने कोल्टो फर्किएँ । उठ्न मन पटक्कै लागेन । आँखा चिम्लिएर सुतिरहेँ । दिमागमा अनेकौँ घटनाका दृश्य र तरङ्ग उठे । अञ्चलाधीश कार्यालयमा ३५ वर्ष जागिर खाएर छोडेका हरिबोलको बाबु श्यामबोललाई सम्भिmएँ । २०४६ सालमा जेलबाट छुटेको दिन उनले आˆनो कोठामा चुकुल थुनेर हामीलाई बताएका गोप्य कुरा सम्भिmएँ ।

“अविराम बाबु तिमीहरूले देशको राजनीति पटक्कै बुझेका छैनौ । राणाशासन फालेर चुनाव जितेका वी.पी., गणेशमान, तुलसीलाल, पुष्पलालले त यो देशमा केही गर्न सकेनन् । तिमी र हरिबोलले के गर्न सक्छौ ?”

किन र बुबा ? मैले प्रश्न गरेँ ।

उनले मसिनो आवाजमा हाम्रो कान नजिकै मुख जोडेर भनेका थिए-“चुनाव जितेर प्रधानमन्त्री, मन्त्री बनेका नेताहरूलाई जेलमा कोच्दा कसैले चुइक्क बोल्न सकेन । विचरा नेताहरू कयौं वर्ष जेलमै सडे । १७ साल काण्डको चर्चा नहोस् भनेर १८ साल माघमा ज्योतिषहरूबाट भूकम्प आउँदैछ भन्ने हल्ला चलाइयो । खुल्ला चउर र बारीका पाटामा छाप्रा बनाउनु र हरिकीर्तन गरेर बस्नु भन्ने माथिको आदेश लिएर म चार जिल्लाको दौडाहामा गाउँगाउँ खटिएको थिएँ । मेरो साथमा चार जना पुलिस, एक जना हवलदार र मुखिया पनि थिए “।

बोल्दाबोल्दै उनले लामो स्वास फेरे । डराएर थरर्र काम्दै झ्याल बाहिर कसैले सुनेको छ कि भनेर चियाएर पल्याकपुलुक हरेर झ्यालका सबै पर्दा लगाएँ । अगिको भन्दा पनि मसिनो आवाजमा उनले भनेँ-“१७ सालको काण्डलाई छायाँमा पार्न भुइँचालोको हल्ला चलाएका थिए । राजनीतिको चर्चा नहोस् भनेर शासकहरूले जनताको ध्यान अन्यत्रै मोडेका रहेछन् । यो कुरा पछि मलाई थाहा भयो ।”
जनताले यस्ता कुरामा विश्वास गरे त ? उनी बोल्दाबोल्दै मैले बीचमै प्रश्न गरेँ ।

“रैतीहरूको माया र चिन्ताले सरकारले हामीलाई गाउँगाउँमा बुझ्न पठाएको खबर थाहा पाएर जनताले सरकारको जयजयकार गरे । खुसीले गद्गद् भएर बारीका पाटामा छाप्रा बनाएँ ।” उनले अलि ठूलो स्वरमा भने- “सरकारको नक्कली सन्देश लिएर चार जिल्ला घुम्न हामीलाई ठ्याक्कै ४५ दिन लाग्यो ।”
कुरा गर्दागर्दै बसिरहेको ठाउँबाट उनी जुरुक्क उठे । पर्दाको होडे परेको भागबाट बाहिरको चाल बुझ्दै पल्याकपुलुक हेरे । “हेर बाबु हो चानचुने मानिसले राजनीति जान्दैन र बुझदैन” उनले हाम्रो कानमै मुख जोडेर साउतीको स्वरमा भने- “३६ सालको जनमत सङ्ग्रहमा पूर्वको क्याम्पमा बसेर मैले तीन दिन तीन रातसम्म निर्दलमा छाप लगाएँ । त्यसरी छाप लगाउने अरू पनि दुई जना थिए । त्यसै हारेको छ बहुदलले ? त्यसै जितेको छ निर्दलले ?”

उनले अलि अँध्यारो मुख लगाउँदै भनेका थिए- “बाबु हो यो कुरो तिमीहरूले बाहिर कतै, कसैलाई भन्यौ भने मेरो पेन्सन खोसिन्छ । त्यति मात्र होइन हातगोडा बाधेर मलाई नारायणीमा फालिदिन्छन् । के बुझेका छौ तिमीहरूजस्ता उरन्ठेउलाहरूले राजनीति ?”

“ल हेर हेर ६ बजी सक्यो अहिलेसम्म सुतिरहेको । नराम्रो सपना देखे भनेको होइन ? नुहाएर पीपलमा पानी चढाएर आउनुहोस् । शनिबार पीपलमा पानी चढाएर दर्शन गर्यौा भने दिनदशा बिगि्रएका रहेछन् भने पनि टरेर जान्छन् ।” श्रीमतीले कचकच गर्दै मलाई आदेश दिइनँ ।

मन भारी भएको थियो । बिछौना छोड्न पटक्कै इच्छा थिएन । शरीरमा अघिपछिको जस्तो फूर्ति पनि थिएन । आलटाल गर्दै उठेर नित्य कर्म सकेर नुहाएँ । श्रीमतीले चिया दिँदै फेरि कराउँदै भनिन् -“खुरुक्क गएर पीपलको बोटमा पानी चढाएर आउनुहोस् ।” मैले हुन्छ भन्दै टाउको हल्लाएँ ।
कोठाबाट निस्कँदै श्रीमतीलाई भने – म र्फकदा अलि अबेर हुनसक्छ नयाँ बस्ती गएर आउँछु ।
के काम छ ? उनले झोक्किदै सोधिन् ।

हिजो साँझ हरिबोलको छोरा समीर आएको थियो । उनकी आमाले मलाई भेट्न खोजेकी छन् भन्दै थियो । बिरामी परेर ओछ्यान परेकी छन् रे भेट गरेर आउँछु मैले प्रस्टीकरण दिएँ । “ए…कठैबरा ” श्रीमतीले लेब्रो तान्दै भनिन्- जानोस् जानोस् बिरामीलाई भेट गरिहाल्नुपर्छ । विचरा हरिबोलको हत्या भएको कति वर्ष भयो ? उनले दोहोर्यााएर सोधिन् ।

यसरी सोध्नुको कारण थियो- कुनै समय उनीहरू कलेजका सहपाठी थिए । हरिबोल विद्यार्थी युनियनको सभापति हुदा मेरी श्रीमती जया कोषाध्यक्ष थिइन् । भूमिगत पार्टीको विद्यार्थी सङ्गठनको उतिखेर जया क्रान्तिकारी नेता नै थिइन् ।

उनले फेरि सोधिन् – कति वर्ष भयो हरिबोल बितेको ? पाँच वर्ष पुग्नै लाग्यो- मैले कपडा फेर्दै भने ।
“देश र जनताको लागि भनेर दुनियाँका छोराछोरीले बलिदान दिए । स्वार्थी र लुच्चा नेताहरूले त्यही बलिदानमा मोज गरे । विचरा सहिद परिवारको विचल्ली भयो । तै हामीले समयमै राजनीति छोडेछौँ ।” उनले वर्तमान राजनीतिको टिप्पणी गर्दै भनिन् । म कोठाबाट निस्कँदै थिएँ । एकैछिन पर्खनुहेास् है भन्दै उनी कोठाभित्र पसिन् । ए अलि चाँडो गरन मलाई ढिलो भइसक्यो । मैले झोक्किदै कराएपछि मेरो हातमा एउटा झोला थमाउँदै उनले भनिन् -“यसमा मेरा पुराना धोती, चौबन्दी चोला, ब्लाउज र हजुरका पुराना सर्ट पाइन्ट छन् । समीरको आमालाई लगेर दिनुहोला । आफू अब कýुर्था र पाइन्ट लगाउन थालियो यी कपडाको के काम ? मोटाएर लगाउनै नहुने भए ।”

श्रीमतीले थमाइदिएको झोला च्यापेर म चुपचाप समीरको घरतर्फ लागेँ । मूल सडकमा पुगेपछि चुरोट सल्काएँ र नयाँ बस्तीतर्फ लम्किए । करिब ३५ मिनेट लाग्ने बाटोमा चुरोटको धुवाँ उडाउँदै म एक्लै हिँडिरहेको थिएँ । फेरि मन अतितमा रूमलिन थाल्यो । आˆनो पालाका जल्दाबल्दा, समाजमा अब्बल प्रतिष्ठा र प्रभाव जमाएका सुब्बा श्यामबोलको विगठित परिवार र अतितको सम्झनामा चुर्लुम्मै डुबेँ । घर परिवारमा बढेको जेठोबाठो छोरोले लत्तो छोडिदिएपछि र परिवार सम्हाल्ने अरू कोही नहँुदा सम्पन्न परिवार विघटन हुन कति समय लाग्दोरहेछ र ? निर्माण हुन मात्र समय लाग्छ, भत्किन र बिग्रन त कुनै समय नै लाग्दो रहेनछ ।

मैले पुनः अर्को चुरोट सल्काएँ ।

हरिबोल भूमिगत भएर हिँडेपछि सुब्बा साबले मलाई बोलाएर भनेका थिए- “बाबु अविराम अधर्म गरेर मैले कहिल्यै सम्पत्ति कमाइन । पसिनाको आर्जनले दुई छोरीको बिहा दान गरेँ । श्रीमतीको क्यान्सरको उपचार र छोराको लेखाइ, पढाइ र बिहादानले म त थला नै परंँ । अब त छोराले पढाइ सक्यो जागिर खाला र कमाएर घर व्यवहार हेर्ला भन्ने सबै सपना भताभुङ्ग भयो । जे भए पनि छोरो देश र जनताको मुहार उज्यालो बनाउँछु भनेर लागेको छ । कतै उसको सपना पूरा होला कि भन्ने पनि यो मनमा लागेको छ । कुनै दिन आउला घर परिवार र व्यवहार सम्हाल्ला भन्ने झिनो आशा यो मनमा अझै बाँकी छ बाबु तर के गर्नु आफूलाई अहिल्यै चोट्टे परिसक्यो ।

Prem Chapagain – Ajhai Baljhindai Chha Ghau

प्रेम चापागाईं – अझै बल्झीदै छ घाउ

पुस महिनाको जाडोमा पनि एकाबिहानै आज किन मानिसहरूको चहल पहल छ ? बुझ्दा कुरो राम्रो चाहिं होइन रहेछ । माथ्लो घरको मुकेशको श्रीमती सीतादेवी र पल्लो गाउँको धनबहादुर घर छोडी पोखरातिर लागेछन् । कुरो दुख लाग्दो छ सीतादेवीको घरमा साना साना तिन बच्चा र धनबहादुरको घरमा पनि दुइ जना छोरीहरू छन् । सीता देवीका श्रीमान कतार मा तातो हावा सगै आफ्नो जिबनलाई चौथो पटक होमीरहेका छन् धन कमाउने आसै आसमा । सपुर्ण गाउँ सन् सानी पूर्ण भयो त्यो हल्ला बिदेस मा पनि तुरुन्तै पुगिहाल्यो।

केहि दिनसम्म त सीतादेवी र धनबहादुर पोखरा, काठमाडौँ सहरतिर घुमे छन् । त्यस पछि घर फिर्ता भए धनबहादुरले सीतादेवी र जेठी श्रीमती रमा कुमारीलाई मिलाएर राख्न सफल भयो । मुकेसको घर मा दुखका दिनहरू थपीदै छन् ममा घर पुग्दा आफ्नी पोइल गायकी आमा सित भेट हुन्छ छोरो तिलक र छोरि सनिताको ।मामलीले पनि के गर्नेर भान्जा भान्जीको पनि माया आफ्नी दिदी सीताको पनि माया दुवैलाई हेर्यो हेरिसक्नु छैन ,समय बित्तै गयो हुदा हुदै तिलक पनि एस यल सी पास भयो अब कलेज जाने बेलाभयो ,खोइ बाबुको पनि घर फर्कने केहि अत्तो पत्तो छैन ।

तिलकको दिमाखमा बिस्तारै बिस्तारै नराम्रा कुरहरू आउन थाल्छन। मानिस, मानिसकै दुख, आपत् बिपत हेर्न कति लालाइत हुन्छ । तिलकलाई आफ्नी आमा पर्ती नराम्रा कुरा लगायर रिस उठाउने काम हुन्छ आफ्नै साथी संगती बाट । एक दिन तिलकले रिसको आवेगमा निको हुदै गरेको घाउ फेरी बल्झाउने कम गर्यो । छुरा प्रहर गरी सौतनी बाबुको हत्या ,हत्या पछि फरहार । अब घरमा सनिता मात्र बाकी छिन पिडा पनि कति हुन्छ जिन्दगिमा उनी त्यहाँ बस्न नसकेर ममाघरमा नै बस्न थालिन ।त्यो कलिलो मुटुमा ठुलो चोट पर्यो ।बाबुत थियो त्यो पनि घर औदैन, मरे बाराबर भयो ,आमा- बाबु नमरी कनै टुहुरो जिबन जिउदै छिन सनिता ।हत्या पछि भागेको तिलक कहाँ पुग्यो केही अत्तो पत्तो छैन पुलिसका मान्छेहरूले खोजि कार्यलाई तिब्र बनाए तर पनि केहि पत्तो लागेन आखिर मा गाउँ नै सोका कुल भयो दुइ जना बिधवा भय एकै घरमा । सीतादेवीको सानो बच्चो काखैमा टुहुरो भयो ।चोइटा खान गया कि बुडी झोलमा डुबेर मरी भयो ।जिन्दगि नै तहस नहस भयो, के गर्ने के नगर्ने सीतादेवी बिचलित मा छिन् ।समय बित्तै गयो आलो घाउमा केहि खाटो बस्न खोज्छ फेरी बल्झिन्छ। आमा छोरीको भेट हुनु हुदैन रुवा बासी सुरु हुन्छ ,कहाँ जाने र दुवै जनाको जाने ठाउँ नै तेही त हो मुकेश माझी पनि बिदेस बाट फर्कियका छन् भर्खरै, उनि पनि विह गर्नेरे अब, मुकेश घर आए पछि तिलक पनि साउदी माछ रे भन्ने आस्पस्त समाचारहरू आउदै छन् ।मुकेशले छोरीलाई त्यो ममा घर मा जानु हुदैन , पोइल गएकी आमासग भेट गर्न हुदैन भन्ने तर्कहरू गर्दै छन् र छोरीलाई त्यो आमा सग नभेट्ने बनाउन कोसिस गर्छन ।उता तिलकको पनि यति का समय पछि पत्र आयो उसको पत्र मा पनि त्याही कुरा उलेख गरिएको छ, आमा सग नभेट्नु रे । तर किन ?

मनिसको जिन्दगीहो गल्ति त भैहाल्छनि/ त्यो बाबुलेपो अर्को महिला ल्याउदा श्रीमती हुन्छ त , ति बच्चाको लागि जन्म दिने आमात हुदैननि सनितालाई आमा देख्दा भकानो फुटेर आउछ, संगै अंगालो हालेर रुन मन लाग्छ तर यो समाजको डर हो या किन हो त्यो आट दुवैमा छैन ।जिन्दगि त धनबहादुरको गयो ,हत्याराले पनि सजाय पायको छैन। बिचारा त्यो सीतादेवी आफ्नो गुमेको माया सित केहि मात्रमा भए पनि बिस्राम गर्न चाहन्छिन

भगवानले त्यो सक्ति पर्दान गरुन , सनिताले आमासग भेटगर्न कुनै डर मान्नु नपरोस किनकी आमा कसैको दाइजो होइन। आमा सितको सन्बन्धलाई कसैको अलग गर्ने अधिकार छैन

Khagendra Lamichhane – Dambare Ra Batuli Ko Sapana

खगेन्द्र लामिछाने – डम्बरे र बाटुलीको सपना
(कान्तिपुर)

अशोक रत्नपार्कबाट वीर अस्पतालपट्टबिाट हिँडिरहेको थियो, बिनाउद्देश्य । घाम नलागेकाले दिन चिसो थियो । धूवाँ र तुवाँलो मिश्रति धमिलो वातावरणमा रंगीचंगी ज्याकेट, स्वीटर र ऊनीका टोपी लगाएका मानिसहरू आफ्ना दुवै हत्केलामा मुखबाट तातो श्वास फुक्दै हातहरू रगड्दै थिए । एकतमाससँग हिँडिरहेको अशोकसँग अचानक कोही ठोक्कियो । झस्केर हेर्दा अपरििचत एक युवती, राम्री थिई । बाहिरी आवरण सहरयिा भए पनि स् वभावले ऊ गाउँले हो भन्ने कुरा अशोकले ठम्याइहाल्यो । खिस्स हाँसेर युवतीले भनी, ‘सोरी !’ अशोक मुस्कुराउन नपाउँदै त्यो केटी फटाफट आफ्नो गन्तव्यतर्फ हिँडिहाली । पछाडि फर्केर हेर्दा ऊ अशोकबाट लगभग दस मिटर पर पुगिसकेकी थिई । त्यो केटीले फर्केर अशोकतर्फ हेरी, अशोक मुस्कुरायो । त्यो युवती लाजमिश्रति हाँसो हाँस्दै आफ्नो गन्तव्यतर्फ छिटोछिटो हिँडी । अशोकले एकपटक आफूलाई नियाल्यो । पुरानो जिन्सको पाइन्ट, मैलो सेतो सर्टमाथि कालो स्वीटर, खैरो ऊनीको टोपी, थोत्रो झोला र चमक हराएका छालाका काला जुत्ता उसको आकर्षण थियो । आफ्नो आकर्षणलाई खिल्ली उडाउँदै अशोक हिंड्यो ।

आकाशे पुल चढेर अशोक सडकमा तँछाड-मछाड गर्दै कुदिरहेका मोटर गाडीहरू हेर्न थाल्यो । उसका आँखा टुँडिखेलमा अडिए । त्यहाँ घोडे जात्राको तयारी भइरहेको थियो । सलक्क परेको जीउसहितका घोडाहरू रंगीचंगी बारहरू नाघिरहेका थिए । यत्रतत्र छरएिका सैनिकहरू चनाखा थिए । टुँडिखेललाई फलामे बारले घेर्ने काम टाढाको एक भागमा सुस्त गतिमा चलिरहेको थियो । अचानक अशोकका आँखा टुँडिखेलको सुन्धारापट्टकिो कुनामा रहेको राणा साहेबको सालिकमा अडिए । आक्रामक शैलीमा रहेको त्यो सालिकको तलपट्ट िदुईजना साना केटाकेटी बढो मिहिनेतका साथ काम गररिहेका थिए । अशोकको मन त्यतैतिर तानियो ।

अशोक टुँडिखेलको सुन्धारापट्टकिो कुनामा पुग्यो । केटाकेटीहरू तनमन दिएर काम गररिहेका थिए । उनीहरू आठ-दस वर्षका जस्ता लाग्थे तर शरीर भने हृष्टपुष्ट थिएनन् ।

‘बाबुहरूको नाम के नि ?’ अशोकले सोध्यो । दुवैले अशोकको मुखमा पुलुक्क हेरे अनि आफू-आफूमा हेराहेर गरेर आफ्नै काममा व्यस्त भए । अशोकले यताउता आँखा डुलायो । मानिसहरूको भीडलाई चिर्दै डालोभर िबदाम लिएर एउटी युवती उसको नजिक आएर हाँस्दै भनी, ‘बदाम खानुस् न दाइ ।’

‘नखाने ।’ अशोक खिस्स हाँस्यो ।

‘खानुस् न खानुस्, मीठो छ । त्रिशूलीको कान्छी बदाम हो ।’ युवतीले मलाई कर गरी । अशोकले ऊतर्फ फर्केर हाँस्दै भन्यो, ‘त्यसै दिने भए खाने ।’ युवतीले आँखा तर्दै भनी, ‘फिरीमा त आफ्ना मान्छेलाई त दिइन्न ।’ र, हाँसेर भागी । अशोकको ध्यान पुनः केटाकेटीहरूतर्फ नै गयो । अशोकले उनीहरूलाई फेर िसोध्यो, ‘अंकललाई नाम नभन्ने ?’

‘डम्बरे ।’ आफ्नो काम सुचारु गर्दै केटोले भन्यो ।

‘अनि तिम्रो ?’

‘बाटुली ।’ बाटुली मुस्कुराई । मुस्कुराउँदा उसको दाहिने गालामा परेको डिम्पल देखेर अशोक पनि मुस्कुरायो । बाटुलीले फेर िभनी, ‘थाहा छ ? यहाँ आएपछि दिदीले मेरो नाम ‘आभा’ राख्दिनुभएको छ ।’ बाटुलीले हरेक शब्द छुट्टाछुट्टै भनी । बाटुलीले आफ्नो कुरा सक्दा नसक्दै डम्बरेले भन्यो, ‘ मेरो आभास ।’

‘अनि आभा नभनेर किन बाटुली भनेको त ?’ आधा बसेर अशोकले भन्यो ।

‘बिर्सिहाल्छु । अनि फेर,ि भनेपछि सम्भिmन्छु ।’ बाटुली लाजले हाँस्दै भुइँतिर हेरी । डम्बरे बाटुलीलाई हेरेर हाँस्यो ।

नाताले उनीहरू दाजुबहिनी थिए । उनीहरूले त्यहाँ आफ्नो कल्पनाको घर बनाइरहेका थिए । वरपिरकिा स-साना इँटका टुक्राहरू र टुँडिखेल वरपरका रूखबाट खसेका स-साना छेस्काहरू बटुलेर बनाइएको उक्त खेलौना घर साँच्चै राम्रो थियो । अशोक उनीहरूको नजिक पूरै बसेर भन्यो, ‘त्यो के हो नि ?’ उनीहरू दुवैले एक-अर्कालाई हेरेर हाँसे । र, लाज मानीमानी आफ्नै काममा व्यस्त भए । अशोकले फेर िभन्यो, ‘भनन् ।’

‘यो ?’ खेलौना घरलाई देखाउँदै डम्बरेले मसँग प्रश्न गर्‍यो । मैले ‘हो’ भने । डम्बरेले बाटुलीलाई हेरेर खितित्त हाँसेर भन्यो, ‘घर ।’

‘अनि यो ?’

‘घर जाने बाटो । घर भएपछि बाटो चाहिएन ?’ बाटुलीको कुराले अशोक हाँस्यो र फेर िभन्यो- ‘एऽऽऽ अनि यो ?’

‘यो फूल सार्ने ठाउँ । अनि यो, दूबो सारेर चौर बनाउने ठाउँ ।’ डम्बरेको बेलीविस्तारलाई रोकेर अशोकले उक्त नमुना घरको नजिक रहेको सानो कोठा, जुन गोठजस्तो लाग्थ्यो, त्यसलाई देखाउँदै भन्यो, ‘अनि त्यो के नि ?’

‘भनौं ?’ बाटुलीले डम्बरेसँग अनुमति मागी । लाज मानेर डम्बरेले टाउकोले सहमति दियो । बाटुलीले भनी, ‘योऽऽऽ गाडी राख्ने ठाउँ ।’ बाटुली अगाडिको तुलनामा छिटो बोली र उसको अनुहार लाजले रातो भयो । हाँस्दै अशोकले फेर िभन्यो, ‘गाडी पनि किन्ने ?’

‘होइन,’ दुवैजना एकैसाथ छिटो बोले र आफ्नो काममा व्यस्त भए ।

उनीहरूले खेलौनाका रूपमा बनाएको घर देख्दा यस्तो लाग्थ्योे, उनीहरू भविष्यका आर्किटेक्ट हुन् । इँटाका टुक्राहरू र स-साना छेस्काहरूद्वारा निर्मित दुईतले घर जसमा करडिर, टेरेस, मिटिङ रुम, बेडरुम, किचन, बाथरुम, डाइनिङ रुम, झ्यालढोकाहरू सबै थिए । काठका छेस्काहरूद्वारा उनीहरूले घरमा कम्पाउन्ड पनि लगाएका थिए । ठूलो गेट, गेटको सामुन्य मोटर ग्यारेज, फूल सार्ने क्यारी अनि बगैंचाका लागि उनीहरूले ठाउँ छुट्याएका थिए । अशोकले आफ्नो बालापन सम्झ्यो । अशोकले पनि त्यसरी नै मिहिनेत गरेर बनाएका खेलौना घर उसका आफ्नै बाउले कैंयौंपटक भत्काइदिएका थिए, पढ्ने बेलामा यस्तो गर्नु हुन्न भनेर । पढेर पनि बेरोजगार भइन्छ भन्ने कुरा त्यतिबेला नै थाहा पाएको भए बाउसँग झगडा गरेरै भए पनि त्यही काम सिक्थें । अशोकले मनमनै सोच्यो । उसले डम्बरेको चिउँडो मायाले समातेर आफूतिर फर्काएर भन्यो, ‘ठूलो भएपछि यस्तै घर बनाउने हो ?’

‘होइन’ आफ्नो चिउँडोबाट अशोकको हात हटाउँदै डम्बरेले भन्यो ।

‘हो हो ब्यारे । अघि भनेको होइनस्    ?’ हाँस्दै डम्बरेको मुखमा हेरेर बाटुलीले भनी । डम्बरे लाजले रातो भयो । ‘बाबुहरू कोसँग आएको नि ?’ अशोकले भन्यो ।

‘दिदीले ल्याएर छोडिदिनुभएको, भरे लिन आउनुहुन्छ ।’ बाटुलीले भनी ।

‘हामीलाई खेल्न मन लाग्दा दिदीले यहीं ल्याएर छोडिदिनुहुन्छ,’ डम्बरेले भन्यो । माटो हराएको सहर, विचरा काठमाडौं । धन्न टुँडिखेल भए पनि बाँचेको छ र कहिलेकाहीँ माटोलाई स्पर्श गर्न पाइन्छ । अशोक मस्तिष्कमा घरहरूको जंगलजस्तो काठमाडौं सहर एकझल्को आयो । अशोकलाई उनीहरूसँग गफ गर्न अलि बढी नै रहर लाग्यो ।

‘घरमा कोको छन् त ?’ अशोकले भन्यो ।

‘दिदीमात्रै ।’ डम्बरे र बाटुलीका हातहरू अनायासै सुस्ताए ।

‘अनि बुबा-आमा नि ?’ अशोकले फेर िसोध्यो ।

दुवैले एक-अर्कालाई भावुक दृष्टिले हेरे र खेलौना घरतर्फ हेरेर चोरी औंलाले भुइँ कोर्न थाले । अशोकले धेरै अड्कल काट्यो । एकैछिन् अगाडि उनीहरूको अनुहारमा देखिएको बालसुलभ हाँसो, उमंग र आशा हराएको महसुस अशोकले गर्‍यो । रोकिएका उनीहरूका हातहरू विस्तारै खेलौना घर बनाउनतिर लागे । खेलौना घर निर्माणप्रतिको उनीहरूको लगाव साँच्चै नै मोहक लाग्थ्यो । आफ्नै घर हो भन्ने विश्वासका साथ उनीहरूले त्यसलाई सिंगाररिहेका थिए । अशोकको दाहिने हात डम्बरेको निहुरएिको टाउको सुम्सुम्याउन पुग्यो । उसले उनीहरूप्रति गहिरो माया प्रकट गरेर भन्यो, ‘अंकललाई नभन्ने ?’

दुवैका मलिन आँखाले अशोकलाई हेरे र अल्छी लागेजस्तो गरी आफ्नो काम सुचारु राखे । अशोकले उनीहरूको उत्तरको प्रतीक्षा गररिह्यो । केही समयकोे सन्नाटापछि इँटाको टुक्राले भुइँमा विस्तारै हान्दै डम्बरेले भन्यो, ‘आमा मर्नुभयो वा हराउनुभयो ।’

दुवैले लामो श्वास लिए र बिनाहलचल भुइँतर्फ हेरेर बसिरहे । अशोक स्तब्ध भयो । उनीहरूको दुःखद् विगत कोट्याएकोमा उसलाई ग्लानि भयो । उनीहरूसँग फेर िकुनै प्रश्न गर्ने अशोकलाई आँट आएन । त्यहाँबाट हिँड्ने विचारले अशोक उठ्यो । र, घोडे जात्राको तयारी भएतर्फ आँखा डुलाउन थाल्यो । मानिसहरूको भीड बढिरहेको थियो । टुँडिखेलको बारको चेपबाट लामबद्ध मानिसहरूले घोडे जात्राको दृश्य नियालिरहेका थिए । अशोकले भुइँमा फ्याँकिएको बदामको खोस्टो टिप्यो र चोरी र बूढी औंलाले त्यसलाई मिच्दै घोडे जात्राको दृश्य हेररिह्यो । वरपिरकिो दृश्य उसलाई धमिलो, कताकता अस्पष्ट र अनौठो लागिरहेको थियो । मानिसहरू आवतजावत गररिहेका थिए । कोही हाँसिरहेका थिए, कोही घोत्लिएर घोडे जात्रा तयारीको दृश्य हेररिहेका थिए । अशोकका चोरी र बूढी औंलाले भने बदामको खोस्टोलाई एकतमाससँग मिचिरहेका थिए ।

‘अंकल हामीसँग कुरा नगर्ने ?’ बाटुलीको आवाजले अशोकको मन फेर िउनीहरूतर्फ तानियो । बाटुलीले उसलाई हेररिहेकी थिई । डम्बरे आफ्नै सुरमा खेलौना घर बनाउन तल्लीन थियो । बाटुलीको आग्रहलाई स्विकारेर अशोक पुनः उनीहरूको छेवैमा बस्यो ।

‘के कुरा गर्ने त ?’ अशोकले भन्यो । तर उनीहरू बोलेनन् । अशोकले फेर िभन्यो, ‘यहाँ कोको बस्छौ त ?’

‘दिदी अनि हामी दुईजना । दिदीले टीभी पनि किन्नु भन्नुभएको छ । अनि हामीलाई स्कुल पनि पठाउने भन्नुभएको छ ।’ हाँसेर बाटुलीले भनी । उनीहरूसँग कुरा गर्न अशोकलाई अलि सजिलो भयो ।

‘दिदीले के गर्नुहुन्छ ?’ अशोकले भन्यो ।

‘कुन्नि !’ बाटुलीलेे तल्लो ओठ लेप्राएर भनी । डम्बरेले बाटुलीको कुरा तत्काल सच्याउँदै भन्यो- ‘जागिर खानुहुन्छ ।’

‘दिदीले कति पढ्नुभएको ?’

‘तीन ।’ डम्बरेले भन्यो । ‘जागिर’ र ‘तीन’ शब्दले अशोकको दिमागमा विभिन्न कुराहरू खेले । अशोकले फेर िभन्यो, ‘साँच्चै तिमीहरूको घर कहाँ हो मैले सोधेकै छैन ।’

‘रु…’

बाटुलीले पूरा शब्द भन्न नपाउँदै डम्बरेले आफ्ना माथिल्ला दाँतले तल्लो ओठ टोक्दै खबरदारी गर्‍यो । बाटुली अलमलमा परी । अशोकले डम्बरेको आशय बुझ्यो । उनीहरूले आफ्नो खेलौना घर चिटिक्क पारसिकेका थिए । उठेर माथिबाट हेर्दा साँच्चै नै त्यो घर कुनै भव्य महलको नमुनाभन्दा कम थिएन । उनीहरू त्यो घरलाई अझ आकर्षक बनाउन प्रयत्नशील थिए । अचानक अशोकका आँखा वीर अस्पताल नजिक ऊसँग ठोक्किएकी केटीमाथि परे । ऊ एउटा युवकसँग गफ गररिहेकी थिई । युवकको शारीरकि हाउभाउले उसले उक्त युवतीलाई जिस्क्याए जस्तो लाग्थ्यो । संयोगवंश युवती र अशोकका आँखाहरू ठोक्किए । उसले अशोकलाई थोरै समय नियाली र लाज मानेजस्तो गरी मुस्कुराएर युवकसँग गफ गर्न थाली । वरपिरकिो हल्लाले उनीहरूले बोलेका शब्द सुनिएको थिएन ।

अकस्मात् मानिसहरूको चीत्कार सुनियो तर त्यो त्यति भयानक थिएन । अशोक संयमित भयो । सैनिकहरूले तालिम दिइरहेका मत्त घोडाहरू फुत्केर उनीहरू भएतर्फ नै दौडेर आइरहेका थिए । मानिसहरू छेउ च्याप्दै थिए । अशोकले हत्तपत्त बाटुली र डम्बरेको हात समातेर सुरक्षित ठाउँतर्फ जान खोज्यो । वीर अस्पताल नजिक अशोकसँग ठोक्किएकी युवती हत्तपत्त आई र बाटुली र डम्बरेलाई ऊबाट खोसेर छेउ च्यापी । तिनको मन भने आफूहरूले बनाएको खेलौना घरमा नै थियो । घोडाहरू दौडदै आएर उनीहरूले बनाएको त्यो नमुना महल कुल्चेर गए । युवतीले बाटुली र डम्बरेलाई आफूतिर तानिरहेकी थिई तर आँसुले टिल्पिलाएका उनीहरूका आँखा भने भग्नावशेष भइसकेको खेलौना घरतिर नै थिए ।

Narayan Tiwari – Ek Din

नारायण तिवारी – एक दिन

यहाँ जन्कुको दोकान थियो । म ठम्याउन खोज्छु । घरहरू पहिलेका जस्ता छैनन्, अब । उः बेला सबै घरहरू प्रायः फुसका थिए । अहिले देख्दै छु— प्रायजसो टिनका घर छन् । एकाध पक्का पनि । अनि फुसका घर ? रुग्ण अवस्थाका फुसका जर्जर घरहरू पनि छन् । म त्यतातिर ध्यान दिन्नँ । आजभन्दा २५/३० वर्षअघिको एउटा बनियाँ आज पनि त्यस्तै फुसकै घरमा होला त ?

पहिले सीतागन्ज पनि हेलिएर जानुपथ्र्यो, वर्षामा । केसलियामा पुल थिएन । ठाउँठाउँमा केसलिया नदीको बाढीले पारेका ठूलठूला गड्ढाहरू । अनि शिवहरिको पैनी । ब्रह्मपुराको होली । यो जन्कुको दोकान भएको भीमपुर । यहाँ पनि धाँजा फाटेर ठूलठूला खाडलहरू थिए । डुबिएला कि भन्ने कत्रो पीर । हामी वर्षामा एक्लै हिँड्दैनथ्यौँ । ठूला मान्छेका साथ लगाएर मात्रै पठाउनुहुन्थ्यो, बाले । कहिले आपैmँ काँधमा राखेर हेलिँदै पु¥याउनुहुन्थ्यो । पढ्नलाई राखिएको थियो, विराटनगरमा । छुट्टी भयो कि खुरुरु कुदेर घर जान खोज्ने हामी दाजुभाइ वर्षाको समयमा भने ट्वाल्ल पथ्र्यौं र सीतागन्ज जाने कोही छन् कि ठूला मान्छे ? ढुकेर केसलिया रोडमा बस्थ्यौँ ।

यसरी पुग्दा पनि बा चिन्तित बन्नुहुन्थ्यो र हकार्नुहुन्थ्यो, “किन आउनुप¥यो, एक दिन छुट्टी हुँदै !”

हामीलाई बारम्बार घर आउन आमाको स्नेहमा लुटपुटिने वा बाको काखमा लडीबुडी गर्ने लालसाले धकेल्ने गर्थेन, बरु कताकता यही जन्कु र जन्कुको सेर–तराजुले चुम्बकले झैँ तान्ने गर्दथ्यो ।

हामीलाई भीमपुर हुँदै घर जाँदै गरेको देख्नै हुन्थेन, कराइहाल्थ्यो— “है बौवा ! छुट्टीमा घर आइगयो ?” अनि घर पुगेको केही घण्टा पनि बितेको हुन्थेन, एउटा सानोसानो घोडामा सेर–तराजु र बोरा लट्काएर जन्कु हाजिर भइहाल्थ्यो ।

हामी हल्ला गर्न थालिहाल्थ्यौँ, “पैसा दिनू आमा ! पैसा दिनु न आमा !”

“भौजी ! ल्याउनु ने त के छ तोरी–धान ?” ऊ झटपट सेर–तराजु लिएर तौलिन तयार भइहाल्थ्यो ।

आमाका कान र आँखा चनाखा हुन्थे । साउती मार्नुहुन्थ्यो, “एइ बिस्तारो बोल् ! तेरो बाले थाहा पाउनुभयो भने मार्नुहुन्छ ।”

अनि हतारहतार तोरी, धान जे छ बेचेर पैसा हाम्रा हातमा हालिदिनुहुन्थ्यो र जन्कुलाई कराउनुहुन्थ्यो, “भाग छिटो ।”

जन्कु पनि पल्याकपुलुक गर्दै टाप ठोक्थ्यो । यस्तो होइन कि बाले हामीलाई पैसै दिनुहुन्थेन, दिनुहुन्थ्यो तर अत्यन्त कम । भन्ने गर्नुहुन्थ्यो, “पैसा लिने बानी राम्रो होइन ।” अनि घरका अन्नहरू बेच्ने कुरामा सख्त मनाही गर्नुहुन्थ्यो, “आपैmँलाई खान नपुग्ने अन्न यसरी जथाभाबी बेच्नु हुँदैन ।”

सम्झिन्छु— एकपल्ट विराटनगरबाट घर जाँदा जन्कु बनियाँ भीमपुरमा देखिएन । राम्रो मौका थियो— बा विराटनगरमै हुनुहुन्थ्यो । घर पुगेर पनि बाटैतिर आँखा डुलाइरह्यौँ, तर अहँ ! जन्कु आएन । त्यो दिन पनि आएन । भोलिपल्ट पनि आएन । आमाले पर्सिपल्ट एउटा झोलामा तोरी हालिदिनुभयो, “ला यो भीमपुरमा लगेर बेच्नू ।”

फेरि त्रास देखाउनुभयो, “बाले फेरि बाटामा भेट्नुहोला र मार्नुहोला नि ।”

मायाले कन्जुसी नगरी ठूलो झोलामा हालिदिनुभएको तोरी निकै गहुँगो लाग्यो ।

हामी दाइभाइ निकै खुसी भयौँ र मुन्टो अररो हुने भए पनि खुसी हुँदै पालैपालो बोक्दै अघि बढ्यौँ ।

हामी बा विराटनगरबाट यही बेला आउँदै गरेको नहुनुहोस् भनेर राजाजी थान र संसारी माइथानसित भाकल गर्दै अघि बढ्दै थियौँ ।

ट्याङ्ग्राको पुल यसो के उक्लिएका थियौँ— बा त प्रत्यक्ष सामुन्ने पो !

हामी भयले त्रस्त भयौँ— अवाक् । बाले मेरो मुन्टोबाट केही नभनी एक हातले झोला उठाउनुभयो र, ‘ल हिँड’ भन्दै घरतिर पाइला चाल्नुभयो । हामी स्वचालित यन्त्रझैँ पछिपछि डोरियौँ ।

त्यो दिन घर पुगेर आमाको सातो खानुभएको अझै स्मृतिमा ताजा छ, मेरो । बाले हामीलाई केही भन्नुभएन । घर पुगेर दुवैको टाउको सुमसुम्याउनुभयो । अनि दुवैका हातमा एकुन् रुपियाँ राखेर ‘लौ जाओ’ भनेर हाम्रो डरलाई धपाइदिनुभयो । हामी त्यसपछि हृदयमा बाप्रति स्नेह उमार्दै खुसीखुसी विराटनगरतिर लागेका थियौँ ।

म झसङ्ग हुन्छु, खोइ जन्कु ?! खोइ जन्कुको दोकान ?! भीमपुर पहिलेजस्तो छैन अब । वरिपरिका खाल्टाखुल्टी, ठूलठूला गड्ढा अब एउटै छैनन् । बाटो ग्य्राभेलिङ भइसकेछ । अब पिच बन्न मात्र बाँकी छ ।

एउटा बाटोमै बाँसको खुट्टा र पन्नी हालेको छाना भएको टेम्प्ररी चियादोकानको, बस्दा पनि हल्लिने बाँसकै भाटा खप्ट्याएर बनाएको ‘टेम्प्ररी’ बेन्चमा बस्दै चियाको आदेश फर्माउँछु ।

मैले परशु दाइलाई भनेँ, “मेरो सम्भावित कथाको पात्र यही ठाउँमा छ— जन्कु बनियाँ ।”

मैले आफ्ना बाल्यकालका कुराहरू उहाँलाई सुनाएँ । बाल्यअवस्थामा सधैँ हिँड्ने मेरो बाटो यही हो भन्दै बाटोसितको स्नेह प्रकट गरेँ ।

चिया खाँदै हामीले गफ गर्दै ग¥यौँ ।

चियादोकानमा एउटी आइमाई थिई । केटाकेटी पनि थिए । ऊ मेरो अनुहार निकै चाख मानेर हेर्दै थिई ।

“कथि देखै छी ?” म ऊतिर उन्मुख भएँ र फेरि बोलेँ— “हम्रा चिनै छी ?”

“कथिला नै चिन्बे ! रामजी भैयाके बेटा नै छे तुँ ?” म छक्क पनि परेँ, तर तत्कालै अनुभूत गरेँ— मैले परशु दाइसित गरेको कुराकानीका आधारमा यसले मलाई चिनिछ । नत्र कहाँ बीस÷पच्चीस वर्षअघिको केटाकेटी अनि कहाँ यो उमेरको सुटेड–बुटेड सहरिया बाबु !

अचानक म झस्किएँ— यो को हो नि ? ऊ मुसुमुसु हाँस्दै थिई ।

“जन्कु बनियाँ कहाँ छ हँ आजकाल ? उसको घर त उः त्यो ठाउँमा थियो ।” मैले फुसको उही पुरानो आदिम घर भएकै ठाउँतिर औँलाले सङ्केत गरेँ ।

तर, मैले त्यो फुसको घरलाई नै जन्कुको घर हो भनेर एक मनले पनि औँल्याउन चाहेको थिइनँ । किनभने एउटा घोडा र सेर–तराजु लिएर गाउँगाउँ हिँड्ने ‘गामलाल’ को कथा मलाई थाहा थियो । ऊ अहिले अरबपति छ र नेपालको एक नम्बरको लब्धप्रतिष्ठित व्यापारी ।

विराटनगरकै निमको गाछीमुन्तिर सेर–तराजु लिएर बस्ने भवँरलाल आज सहरकै एक नम्बर काँटावाल करोडपति बनेको छ । अनि हाम्रो जन्कु बनियाँ यो २५÷३० वर्षमा केही बनेन होला त ?

“त्यही त छ हाम्रो घर !” म फेरि झस्किएँ ।
“कसको घर ? को हाम्रो ?” म अटपटाएर बोलेँ ।
“जन्कुको घर, मेरो घर हो बौवा !” ऊ हाँस्दै बोल्दै थिई ।
“ए जन्कुको घरवाली तिमी, भौजी ?”
“हँ !” उसले टाउको हल्लाई ।
“मैले त चिन्नै नसकेको !”
“कहाँ चिन्नुहुन्छ त ! अब त तपाईंंहरू सहरिया भयो, ठूलो मान्छी भयो । हामी गरिब मान्छीलाई कहाँ चिन्नुहुन्छ ?”

छिनभर अघिको उसको उज्यालो अनुहार अब केही मलिन भएको अनुभूत भयो मलाई ।
‘गरिब’ शब्दले मलाई बेसरी चिमोट्यो । कहाँ म त हाम्रो जन्कुलाई पनि गामलाल र भवँरलालसँग तुलना गर्दै थिएँ । अब त हाम्रो जन्कु पनि अरबपति नभए पनि करोडपति नभए पनि लखपति त भइसक्या होला भन्दै गुन्दै थिएँ, म । भीमपुरमा देखिएका एक÷दुई पक्काका घरमध्ये कुनै
एक त पक्कै हाम्रै जन्कुको होला भन्दै थिएँ म । उसकी जहान यसरी एउटा मामुली चियादोकानमा मैलो सारी लगाएर चिया घोट्दै होली भन्ने के कल्पना ?
“अनि खोइ त जन्कु भैया ?” मैले अधीर हुँदै बोलेँ ।
“उहाँ बिरामी छ ।” उसले उही फुसको घरतिर सङ्केत गरी ।
“के भएको ?”
“के हुनु ! खोकी छ, ज्वरो पनि छ ।”

मैले अनुमान गरेँ— गरिबीको रोग हो, उसलाई लागेको रोग ! गामलाल र भवँरलालले झैँ पैसा कमाउन सकेको भए ऊ यसरी ओछ्यानमा बिरामी भएर लम्पसार हुने थिएन ।

परशु दाइ र म उसलाई भेट्न त्यही फुसको घरतिर लाग्यौँ । एउटा सानी बच्ची भौजीले हाम्रो साथ लगाइदिई ।

ओसरामा नै एउटा बूढो रुग्ण मानिस लम्पसार, देख्दा सास फेरिरहेछ । हाम्रो पदचापले ऊ आँखा खोल्छ । हामीलाई देख्दा ऊ आश्चर्यमा परेको कुरा उसका आँखाले बताउँछन् । ऊ सकीनसकी उठ्न खोज्छ । म लम्किन्छु र उसलाई ‘पर्दैन उठ्न’ भन्दै टाउकानेर समातेर पुनः सुतिरहन मद्दत गर्छु । ऊ यसो कोल्टे परेर हामीतिर हेर्दै आँखैले प्रश्न फाल्छ, मानौँ परिचय पाउने अपेक्षा गर्दै होस् ।
“मलाई चिनेनौ जन्कु भैया ?” म मुसुमुसु हाँस्दै प्रश्न फाल्छु ।
“चिन्नै सकेन मैले !” ऊ अलमलिन्छ । धसेका आँखा, भित्र पसेका गाला, झुस्स परेका दाह्री— मैले पनि कहाँ चिन्न सकेको हुँ र जन्कुलाई ?!
“म उही प्रमोद क्या त रामजीको छोरा !”

ऊ मेरो अनुहारमा आँखा गाड्छ र फुसफुसाउँछ— “रामजी भैयाको बेटा परमोद ! भाग थियो मेरो, जो भेट भइगो । अब तो मर्ने बेरमा बाबूहरूसित कहाँ भेट हुने !”

उसका आँखाका कुनाबाट आँसु चुहुन उद्यत भइरहेछन्— म देख्छु ।
“अनि रवीन्दरबाबू कता छ आजकाल ?” ऊ मेरो दाजुबारे सोध्छ र परशु दाइतिर खुबै नियालेर हेर्छ ।

म उसको आशय बुझ्छु । ऊ परशु दाइलाई मेरो रवीन्द्र दाइ हो कि भनेर चिन्ने प्रयत्न गर्दै छ ।
“उहाँ मेरो छिमेकी दाइ हुनुहुन्छ !” ऊ सकीनसकी दुवै हात जोड्छ ।

त्यसपछि ऊ हाम्रो परिवारका बारेमा धेरै कुरा सोध्छ । दिदीबहिनी कहाँकहाँ छन् ? भाइहरू के गर्छन् ? अनि रवीन्द्र दाइ के गर्नुहुन्छ ?
“रामजी भैया र भौजीसिते त कुनेकुने बेला भेट भइहाल्छ तर तपाईंंहरू कहिले यता आएन !”

वास्तवमा हामीहरू राम्रै गरी सहरिया भएछौँ । आफ्नो गाउँको मायाले कहिल्यै हामीलाई तानेन । म नै पनि कसोकसो आज यता आइपुगेँ । त्यो पनि परशु दाइको जोडले । बाआमा अझै खेती धाउनुहुन्छ । त्यसैले उहाँहरूसित भने उसको भेट भइरहँदो हो ।

म पनि उसका बारेमा धेरै कुरा सोध्छु । छोराछोरीहरू के गर्छन् ? कतिकति पढ्न सके ? सबैको पक्का र टिनका छाना भएका घरहरू छन्, किन तिम्रो मात्रै फुसको ? यावत् कुराहरू सोधेँ मैले ।

उसले बतायो— “एउटा छोरो ‘लफुवा’ भएर निस्कियो, पढ्ने त कुरै छाडिदिऊँ । काम पनि केही गर्दैन खालि जिन्दाबाद र मुर्दावादको नारा लगाई हिँड्छ । ऊ भन्छ, एक दिन म देखाउनेछु बाबू ! गरिबको पनि पालो आउँछ एक दिन देखाउनेछु !”

ऊ खुइय सुस्केरा काढ्छ “बेटी सबको पनि बिहे गरिदिएँ । दहेज र बिहेको भार बोक्दाबोक्दा त अब धेरै गलिसक्यो,” ऊ शून्यमा हेर्छ ।

‘जन्कु भैया ! एउटा टिनको छाना पनि हाल्न सकेन?’
‘कहाँबाट हाल्ने ? बाबूलाई थाहै छ, म कसैलाई ठग्दैन, कसैलाई ढाँट्दैन । त्यस्तो मान्छेले कताबाट टिन हाल्ने ?’

ऊ उल्टो प्रश्न ठड्याउँछ ममाथि । मार्मिक लाग्छ, मलाई उसको प्रश्न । अचानक म पुनः विगतमा फर्किन्छु । ऊ कहिलेकाहीँ विराटनगर आउँदा स्वयम् हाम्रा हातमा एक÷दुई रुपियाँ राखिदिएर जान्थ्यो । तर, त्यो पैसालाई ऊ कहिल्यै हिसाब गर्थेन ।

आमालाई हामी घर गएको बेला भन्थ्यौँ, “जन्कुले हामीलाई पैसा दिएको छ । उसलाई फर्काइदिनू ।”

“के फर्काउनु ! लिनै मान्दैन,” आमा व्यग्र हुँदै भन्नुहुन्थ्यो ।

साँच्चै उसले कसैको केही खाएन बरु, ख्वायो । आज टिनका छाना भएको र पक्काका घरमा बस्नेहरू अधिकांशले नै बरु उसलाई खाए । ऊसित धान दिने, तोरी दिने भनेर रुपियाँ लिनेहरूले कसैले बिर्सिएको अभिनय गरे र कसैले यति कहाँ हो, यति मात्रै पो हो भनेर कसैले उल्टै उसलाई झपारेर बर्बाद पारे ।

म चिन्तित हुन्छु— ऊ साह्रै सहृदयी छ, इमानदार छ, समाजसेवी छ । त्यसैको गलत फाइदा गाउँका भद्रभलादमीभनाउँदाहरू र ठूलाठालुले उठाएका छन् ।

सबै बनियाँले लुट्छन् भन्ने पनि कहाँ हो रहेछ र ! कुनैकुनै त बनियाँहरू पनि लुटिँदा रहेछन् । इमानदार र सत्यवादी मानिसहरूको जहाँसुकै पनि बर्बादी रहेछ । यो कस्तो समाज हो ? मभित्र संवेदना जागिरहन्छ कुरा खेलिरहन्छन् ।
“जाऊँ अब !” परशु दाइ घचघच्याउनुहुन्छ । म झसङ्ग हुन्छु ।
“ए चिया सोध्ने पनि बिर्सियो !” जन्कु स्नेह ओकल्छ ।
“तिम्रै दोकानमा त भौजीले हामीलाई चिया ख्वाइसक्यो ।”

हामी उठ्यौँ । ऊ उठ्न बल गर्छ ।

म पुनः लम्केर “पर्दैन उठ्न बिरामी मान्छे” भन्दै उसलाई सुतिरहन मद्दत गर्छु ।

जन्कुका दुवै हात जोडिन्छन् र स्वर फुट्छ, “बौवासित मर्ने बेलामा भेट भइगयो ।”

मेरो मन भारी हुन्छ । बोली फुट्दैन । आँखा रसाउन खोज्छन् मेरा ।

त्यति बेलासम्म घरको पिँढीमा भौजी र अन्य ससाना केटाकेटीहरू पनि आइसकेका हुन्छन् ।

यसो भौजीका आँखातिर हेर्छु र बिदाइको हात जोड्छु । भौजीका आँखा पनि रसाएका छन् ।

त्यसै बेला एउटा जुलुस पनि जिन्दाबाद र मुर्दावादको नारा घन्काउँदै बाटोबाट गुज्रिन थाल्छ ।

अचानक भौजीको रुन्चे अनुहार पनि धपक्क बल्छ र उच्च स्वर सुनिन्छ, “उः त्यही छ हाम्रो बेटा । जुलुसमा सबैभन्दा अगाडिको उः त्यही छ मेरो बेटा ।”

म अनुभव गर्छु उसको स्वरमा खुसी छ आशा छ । मानौँ, उसको छोराले घामको सुनौलो प्रकाश छर्नेछ, एक दिन । उसको पोल्टामा उज्यालो पोखिदिनेछ एक दिन ।

हामी त्यहाँबाट जुलुस पछ्याउँदै अघि बढ्छौँ । टाढा पुगेर यसो फर्किन्छु । सबै हामीतिरै अझै हेर्दै छन् । जुलुसतिरै अझै हेर्दै छन् ।