Babita Basnet – Rajkumari Sampada

बबिता बस्नेत – राजकुमारी सम्पदा
(हिमाल खबरपत्रिका)

बगैंचामा लास… लौ न, बगैंचामा स्वास्नीमान्छेको लास…

एकाएक माली चिच्याएपछि दरबारभरि सनसनी फैलियो। अनुहार घोप्टो परेकोले तत्काल चिन्न कसैले सकेन। मानिसहरू जम्मा हुँदै गएपछि भीडबाट कसैले भन्यो― सम्पदा सरकार! लौन सरकारलाई के भयो?

बगैंचामा लडिरहेको स्वास्नीमानिसको मृत शरीरलाई ठूलो सुरक्षा घेराबीच एम्बुलेन्समा राखेर अस्पताल लगियो। उनलाई नजिकबाट चिनेका र उनको जिन्दगीको वास्तविकता बुझेकाहरूले पनि यसै हो भन्न सकेनन्। नेपाल देशकी एउटी राजकुमारीको कथा हो यो। कथा यसरी सुरु भएको थियो।

बाइपङ्खी घोडा लिएर एक दिन राजकुमार आउनेछन्… मुस्कुराउँदै हातभरि फूलका गुच्छा र अँगालाभरि माया बोक्दै हाम्री राम्री राजकुमारीलाई भेट्नेछन्… परीको भेषमा घोडामा चढाएर लानेछन्… राजकुमारलाई भेटेपछि राजकुमारीले मलाई बिर्सनेछिन्… म दुःखी मन लिएर यही बगैंचाको वरिपरि घुमिरहेकी हुनेछु…। धाईआमाले यति भनिसकेपछि मुख थुनिदिँदै राजकुमारीले भनिन्― नाइँ… त्यसो भन्न पाइन्न… म आमालाई बिर्सिन्न। त्यतिबेला धाईआमाले भन्थिन्― हेरौंला…!!

दिन बित्दै जाँदा राजकुमारी ठूली हुँदै गइन्। केटीहरू मात्रै पढ्ने स्कूलमा उनको पढाइ शुरु भयो। धाईआमाले प्रत्येक बिहान काखमा राखेर बगैंचा नजिकको बाटो देखाउँदै भन्न छोडेकी थिइनन्― ऊ… त्यही बाटो भएर एकदिन राजकुमार आउनेछन्… सलक्क परेको शरीर… मायालु मुहार… फूलैफूलको बीचमा मेरी राजकुमारीलाई दुवै हातमा समातेर भन्नेछन्― राजकुमारी सम्पदा, म तिमीबिना एक्लो-एक्लो भएको छु, तिमीबिनाका हरेक क्षण मेरा लागि शून्य-शून्य भएका छन्, तिमीलाई भेट्न म कति अधीर थिएँ भन्ने कुरा कसरी बताउँ्क?

आफूले जानेबुझ्ेदेखि यही संवाद सुनेर हुर्किएकी राजकुमारी किशोरावस्थामा भने अलि प्रतिवाद गर्न थालेकी थिइन्― तपार्इं सधैं यसो भन्नुहुन्छ, खै त राजकुमार अहिलेसम्म आएनन्? उमेर र कक्षा बढ्दै गएपछि साथीहरू आ-आफ्ना ब्वाइफ्रेन्डको कुरा गर्न थाले, उनी उही राजकुमारको प्रतीक्षा! धेरै पछि थाहा भयो― यो देशमा कुनै राजकुमार उनलाई लिन आउने छैनन्, किनभने यहाँ एउटै राजा र तिनका छोरा, आफ्नै दाजुभाइ, मात्रै राजकुमार छन्। यो वास्तविकतालाई आत्मसात् गर्न उनलाई निकै समय लागेको थियो।

फुपूहरूको विवाह प्रायः भारतमा भयो― राजपूत खान्दान या पूर्वराजा-महाराजाका सन्तानसँग। जिन्दगीलाई बुझन थालेपछि असहज लाग्ने धेरै कुरा देखिए। दाजुभाइहरू कुनै पनि बेला दरबार बाहिर निस्किन र भित्र छिर्न सक्थे, उनी भित्रै अत्यन्त कडा अनुशासनका बीच रहन्थिन्। साथीहरूसँग कहीँ जाँदा पनि ठूलो र सम्भ्रान्त लाग्ने वा ठानिने परिवारमा मात्रै जान पाउँथिन्, सर्वसाधारणका घरमा जान सक्दिनथिन्। आफ्नै देशका गाउँघर, वन-जङ्गल, खोला-नाला, भीर-पहरा उनका निम्ति अपरिचित थिए। स्कूल, पढाइ, दरबारमै शिक्षिका आएर पढाउने ट्युसन, चाडबाडमा बाबुआमाको सामीप्यता, अरू बेला उही धाईआमा, सुसारे केटीहरू र त्यही बगैंचा भएर उनको किशोरावस्था बित्यो।

केटाहरू मन नपरेका होइनन्। कोही आफन्तका विवाहमा, कोही स्कूले साथीकहरूकहाँ, कोही राजकीय समारोहहरूमा भेटिन्थे, तर उनीसँग आँखा जुध्नेबित्तिकै सबै आँखा झ्ुकाउँथे। राजकुमारीसँग सामीप्यता बढाउनु उनीहरूका लागि रोमाञ्चकारी जोखिम हुनसक्थ्यो। त्यसैले उनीसँगको भेट अत्यन्तै प्रिय लागे पनि प्रेम अभिव्यक्त गर्ने हिम्मत कसैले जुटाउन सकेनन्। आफ्नो राजकुमारको छवि केही केटाहरूमा उनले पक्कै देखेकी थिइन्, तर ती एक झ्लकमै सीमित रहे। सम्बन्ध भन्ने कुरा एउटा देखभेटमै अगाडि बढ्ने पनि होइन।

एक्लै हुँदा प्रायः उनी उही राजकुमारको बारेमा सोच्ने गर्थिन्। जीवनमा पुगीसरी आएपछि सोच्ने कुरा धेरै हुँदैनन्। एकदिन धाईआमासँग उनले सोधिन्- आमा, खै मलाई भेट्न राजकुमार आएनन् त? आमाले भनिन्― अब चाँडै आउनेछन्, सरकारहरूबाट हुकुम भएको― हजुरको विवाहको कुरा चलिरहेको छ रे।

मेरो विवाह? कोसँग? आश्चर्य मान्दै उनले भनिन्। आफूले जिन्दगी बिताउने कुरा आफैंलाई थाहा नहुँदा नरमाइलो लाग्यो। पछि फेरि चित्त बुझाइन्― हाम्रो खुसीले यहाँ के नै पो चल्छ र? के अर्थ राखेको छ र? महारानी सरकारको इच्छा महाराजको इच्छामा कैद छ। मुमा, जिजुमुमा महारानीहरूको चाहना पक्कै बुबा, जिजुबुबा सरकारहरूमै निहित थियो होला। भोलि भाउजू महारानीहरू भित्रिनेछन्, उनीहरूले पनि मेरा राजकुमार दाजुहरूको इच्छामा आफ्नो जिन्दगी समर्पण गर्नुपर्नेछ। पशुपतिको मन्दिरमा जान उनीहरूले तीज पर्खिनुपर्नेछ। राजकीय समारोहहरूमा चिटिक्क परेका पुतलीझै बनेर सहभागी हुनुपर्नेछ। मनमा जे भए पनि अरूका अगाडि मुसुक्क मुस्कुराउनु उनीहरूको धर्म हुनेछ। म राजकुमारी यो दरबारको मान, मर्यादा र अदब नै मेरो कर्तव्य हो। यसबीचमा यस्ता थुपै्र कुरा बुझ्िसकेकी थिइन् उनले।

विवाहको निम्ति कुरा छिन्ने समारोहमा आफ्नो जीवनसाथी देख्दा झ्सङ्गै भइन्। खै बझ्ाङ, बाजुरातिरका पहिलेका राजाका सन्तान रे, फुपूज्यूहरू एकातिर बसेर कुरा गरिरहेका थिए। छोटो-छोटो कदको, मुस्कुराहट पनि व्यङ्ग्यझै लाग्ने तिनलाई देखेपछि उनको सपनामा पहिरो मात्रै गएन बाल्यकालदेखि वरिपरि घुमिरहेको राजकुमारको मृत्यु पनि भयो।

कुरा छिनेको दिनदेखि नै दरबारमा तिनलाई कुमार रूपकका नामले पुकार्न थालियो। कुरा छिनेदेखि राजकुमारीको हाँसो हराएको महसूस गरिरहेकी धाईआमाले एक साँझ् भनिन्― सम्पदा महारानी, कुमारसाहेव हेर्दा त्यति राम्रा नभए पनि मनको एकदमै राम्रो होइबक्सिन्छ जस्तो छ। दुःख नमानिबक्स्योस्, हजुर खुसी होइबक्सिन्छ। त्यसअघि आमा महारानीले पनि भनेकी थिइन्― राजकुमारी सम्पदा, केटा राम्रै हो भन्ने सुनिएको छ। तिम्रो इच्छाअनुसारको महल बन्नेछ। चाहेका सुसारेहरू लान पाउनेछ्यौ। दुःख हुनेछैन।

सानैदेखि आफूअगाडि आउने राजकुमारको छविको मृत्यु स्वीकार्न उनलाई निकै समय लाग्यो। आफ्नोपन र पे्रम होइन, मलाई डर लागिरहेको छ आमा, एक साँझ् सम्पदाले धाईआमासँग भनिन्। उनी आमा महारानीसँग भन्दा खुलेर कुरा गर्थिन् धाईआमासँग। आफूले बाल्यकालदेखि देखाइदिएको सपनाप्रति ग्लानिबोध भइरहेको थियो धाईआमालाई। तैपनि भनिन्― माया त सँगै बसेपछि हुने हो, अब कुमार रूपक नै हजुरको पे्रम हो, जिन्दगी हो।

राजकीय शानसँग राजकुमारीको विवाह सम्पन्न भयो। दरबारको विशाल कम्पाउन्डमा चरणबद्ध रूपमा विभिन्न पेशा र व्यवसायका मानिसहरूलाई छुट्टाछुट्टै निमन्त्रणापत्र गए। विभिन्न प्रकारका फूलहरूसहित धुपीका रूखले झ्पक्कै ढाकेको दरबार परिसरमा भएको पार्टीमा कुनै कुराको कमी रहेन। राजकुमारीलाई उनकै नाममा निर्माण गरिएको सम्पदा सदनमा भित्र्याइयो। विवाहको पहिलो रात आम दुलहीहरूलाई जस्तै राजकुमारीका निम्ति पनि सङ्कोच, भय, उत्साह लिएर आएको थियो। कुमार रूपक भित्र पसेपछि उनले मुस्कुराएर भनिन्― राजहोस् न। रुखो आवाजमा ठीक छ भन्दै छ्यानमा पल्टिएर उनले राजकुमारीसँग जे-जे गरे त्यसमा कुनै आफ्नोपन भने भएन।

रूपकका निम्ति मनोरञ्जन बनेको सुहागरात राजकुमारीका निम्ति पीडादायी बन्यो। राति दुईजनाबीच खासै कुरा भएन। उनले यति भने, दरबारको अदप राख्न सकिएन भने अन्यथा नलिइयोस्। त्यो रात बाल्यकालदेखि आफ्नो मनमा धाईआमाले राखिदिएको राजकुमारले ढोकाबाट छिर्नासाथ मुस्कुराउँदै हात समातेर छुँदा पनि दुख्ला कि झ्ैं गरेर सतर्कतापूर्वक बिस्तारो-बिस्तारो स्पर्श गर्दै हजुर त मेरो जिन्दगी हो सरकार भनेको कुराहरू सम्झ्िएर उनले अनिँदो रात बिताइन्।

बिहान रूपक ढिलो उठे, गुडमर्निङको आदान-प्रदानपछि उनलाई लाग्यो― एटिच्युड नै खराब भएको मान्छेचाहिँ होइन जस्तो छ, जसरी भए पनि मैले अपनाउनु नै छ। विवाहको पहिलो हप्ता भोज, दुल्हन फर्काउने आदि कुराको रमझ्ममै बित्यो।

धाईआमाबाहेक उनलाई कसैले उनी खुशी छन्, छैनन् भनेर कसैले सोधेन। यस्तो सुविधासम्पन्न घर, मोटर, सुसारे, नोकरचाकर, धनसम्पत्तिजस्ता सम्पन्नताबीच कोही दुःखी हुनसक्छ भनेर कसैलाई लाग्ने कुरा पनि भएन। राजकुमारी आफैंलाई पनि त्यति दुःख महसूस भएको थिएन, यद्यपि जिन्दगी सम्झ्ौता हो भन्नेचाहिँ शुरुको दिनमै लागेको थियो।

दिनहरू बित्दै गएपछि राजकुमारीलाई जीवन सम्झौताभन्दा अलि बढी नै लाग्न थाल्यो। दरबार या अन्य नातेदारका घरमा हुने पार्टीहरूमा कुमारसाव नम्र र संयमित रूपमा प्रस्तुत हुन्थे। राजकुमारीलाई सम्बोधन पनि सरकार भनेरै गर्थे। तनावपूर्ण रातहरू चाहिँ स्वाभाविक जीवनशैली बनिसकेको थियो। मदिरा पिएपछि कुमार सुत्न दिँदैनथे। मदिरा नपिएको दिन हुँदैनथ्यो। पिएपछि प्रायः उनका शब्दहरू उस्तै-उस्तै हुन्थे― तैंले के भन्ठानेकी छेस् आफूलाई, म पनि आफ्नो ठाउँको राजाकै छोरा हुँ…! राजकुमारीले केही भनेकी हुन्नथिन्, आफैंमा कम्प्लेक्स भरिएको थियो उनको दिमागमा। राजकुमारीका दिदीबहिनी पनि थिए। नजिकै बस्थे पनि, तर उनले आफ्नो दुःख कहिल्यै बाँडिनन्। बाबुआमा र दाजुभाइले यो कुरा थाहा पाए भने केसम्म गर्लान् भन्ने भयले उनले मौनता साँधिरहिन्।

यसैबीच उनका छोराछोरी जन्मिए। पहिलोपटक गर्भवती हुँदा उनलाई लागेको थियो, पे्रमबिनाका सम्बन्धहरूबाट त छोराछोरी नभइदिएको भए हुन्थ्यो नि! तर, बच्चा पाएपछि सुखद् अनुभूति नै भयो। तिनीहरूलाई आफ्नो बाँच्ने सहाराका रूपमा लिइन्। पारिवारिक र अन्य समारोहहरूमा उनी हाँसिरहेकी हुन्थिन्, तर मन हाँस्न सकेको थिएन। शारीरिक दुर्व्यवहार र कुटपिट सहनु नयाँ कुरा थिएन।

हुँदाहुँदा कतिसम्म भयो भने, एकदिन कुमारसावका केही गाउँलेहरू उनलाई भेट्न सम्पदा निवास आइपुगे। त्यस्तै ११ बजेको हुँदो हो, बिहानदेखि नै रूपक मदिरामा रमाइरहेका थिए। गाउँलेहरूले दर्शन टक्र्याएपछि उनले राजकुमारीलाई बैठककक्षमा बोलाए। राजपरिवारको त्यत्रो शान, सौकत छाएको बेला राजकुमारीलाई भेट्न पाइनेभो भनेर गाउँलेहरू खुसी भए। उनी आएपछि सबैले उठेर दर्शन मात्र के भनेका थिए, रूपकले लात्ताले राजकुमारीको पछाडिको भागमा हाने। गाउँलेहरूको जीउ सिरिङ्ग भयो। राजकुमारी रुँदै भित्र गएपछि उनले भने, देख्यौ, तिमीहरूले सोचेका होलाऊ, म राजाकी छोरी विवाह गरेर उसको अण्डरमा बसेको छु। तर होइन, मैले यसलाई यसैगरी राखेको छु। उनी बोलिरहे पनि वातावरण स्तब्ध बनेको थियो। केही छिनपछि गाउँलेहरू उठेर हिँडे, बाटोमा कसैले भन्यो, खै मलाई त आफ्नै दिदीबहिनीमाथि अत्याचार भए जस्तो लाग्यो। कसैले त्यस्तो दृश्य देख्दा पनि केही गर्न नसकेकोमा ग्लानि प्रकट गरे।

बिस्तारै-बिस्तारै आमा र दिदीबहिनीले उनको तनावपूर्ण सम्बन्धको खोजी गर्न थाले। एक दिन त मुख फोरेरै सोधे पनि। सधैँ कहाँ तयार हुन सकिन्छ र?, शुरुमा उनले यति मात्रै भनिन्। केही दिनपछि बिस्तारै भनेकी थिइन्- एउटै कुरा दोहोर्‍याइरहेको र जतिबेला पनि मनपरी बोलिरहेको मलाई एकदमै मन पर्दैन। जब म सुत्न खोज्छु, उसले के-के भन्न शुरु गर्छ। आनन्दले सुत्न पाउनु पनि सपनाजस्तै भएको छ।

छ्यानको सम्बन्ध नै तनावको प्रमुख कारण भएको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो। सँगै बस्न सक्ने अवस्था नरहे पनि छुट्टिन उनलाई दरबारको इज्जतले दिँदैनथ्यो। त्यसैले त्यतातिर उनले सोच्ने हिम्मतसम्म पनि गरिनन्। तर, बेलाबेलामा मनमा लाग्थ्यो― यदि म साधारण परिवारकी छोरी भएकी भए आफ्नो जिन्दगीका बारेमा सोच्न सक्थें, पर्दाभित्रका सम्बन्धहरूलाई जबर्जस्ती लुकाउनुपर्ने थिएन। यता, समारोहहरूमा उनलाई देख्ने उनकै उमेरका कतिपय महिलाहरू भने कल्पना गर्थे― म पनि यस्तै राजकुमारी भएकी भए…!

दिनहरू बित्दै गए, छोराछोरी हुर्कंदै जाँदा उनलाई तिनका अगाडि चाहिँ लोग्ने नकराइदिए हुन्थ्यो जस्तो लाग्न थाल्यो। तर, अभ्यस्त बानी छुट्न सजिलो थिएन। धेरैजसो अवस्थामा उनलाई लाग्थ्यो― हाम्रो मानसिक स्तर नै मिलेन। तर जे-जस्तो भए पनि राजकुमारीले कुमारलाई अपनाउने कोशिश भने गरिरहिन्।

यता बच्चादेखि राजकुमारीलाई सपना देखाउने धाईआमाको मृत्यु भयो। त्यसअघि नै आमा महारानी र बुबा महाराजको मृत्युले उनलाई एक्लो झ्ैं बनाइसकेको थियो। छोराछोरी र नातिनातिनाहरू थिए, तर उनीहरूसँग सबै कुरा खुलेर गर्न सक्दिनथिन्। उनका अत्यन्तै लामो जिन्दगीका दिन र रातहरू कहिल्यै आङमा घाम नलागी बिते।

फुलेको कपाल, जीर्ण शरीर र अधुरा सपनाहरू लिएर एकदिन उनी आफ्नो माइतीघरको उही पुरानो बगैंचामा पुगिन्। कुनैबेला जिन्दगीको रोमाञ्चकारी सपना देखाउने त्यो बगैंचा र ती फूलहरू फुङ्ग उडेका आकृति झ्ैं लागे। उही आकार, प्रकार र रङमा प्रकृतिभन्दा बाहिर जान नसकेर धेरै निराशाहरूबीच पनि जबर्जस्ती फक्रिरहेका। राजकुमारीलाई आफ्नो जीवन र ती फूलहरूबीच तुलना गर्न मन लाग्यो।

बगैंचामा बूढा रूखहरू छक्रक्क परेर हिउँद काटिरहेका थिए। ती बाल्यकालमा उनले देख्दा झै कल्कलाउँदा बिरुवा र फक्रँदा फूलहरू थिएनन्। कठ्याङ्ग्रिँदा हिउँद हुन् या मुसलधारे वर्षा, तिनले फुल्नै पर्थ्यो। उनको पनि रहरलाग्दा सपनासहितको कल्कलाउँदो बैंस जिन्दगीको बाटोमै कतै छोडिएको थियो, पीडादायी सम्बन्धका बीच पनि छोराछोरी भएका थिए। टुक्रिएर जति कोशिश गर्दा पनि जोडिन नसकेको मन र थकित शरीर लिएर उनी पनि आफू जाने दिनहरू पर्खिरहेकी थिइन्।

स्वर्गीय बाबुआमा, शुरु नै नभई सकिएका जीवनका आकाङ्क्षा, आफूलाई अत्यन्त माया गरेर हुर्काउने धाईआमा, जिन्दगीभर अपनाउन कोशिश गरिरहेको आफ्नो पति, समग्रमा उपलब्धिविहीन जिन्दगी…! सोच्दासोच्दै उनलाई आकाश घुमेझै भयो। बगैंचाका फूलहरू र्तिर-पर्तिर गर्न थाले। त्यो धर्मरका बीच उनले यति मात्रै भन्न पाइन्- हे ईश्वर अब मलाई अपनाऊ!!

Kumud Adhikari – Mero Baranda Ko Kukur

कुमुद अधिकारी – मेरो बरन्डाको कुकुर
(मधुपर्क २०६६ माघ)

कुनै सम्प्रदाय विशेषमा श्राप दिनुपरे भन्छन् रे ­ “लौ, तैँले घर बनाउनुपरोस् ।” घर बनाउनेले भोग्नुपर्ने पीडाको सहज अभिव्यक्ति हुँदो हो त्यो । मैले पनि घर बनाएँ यसपालि र भोगेँ ती सबै पीडाहरू जो मेरोजस्तो हैसियत राख्नेका लागि शाश्वत थिए । घर बनाउने हैसियत मेरो थियो कि थिएन, त्यसमा बहस जरुरी भएन किनकि मेरो घर बनिसक्यो ।

घर बनाउने भगीरथ प्रयत्नमा जम्मा भएका थरीथरीका व्यक्ति­-व्यक्तित्वहरूसँगको भलाकुसारी र उहाँहरूको राय-सुझाव, सरसल्लाह र प्रशस्त नकारात्मक अभिव्यक्तिहरू छन् मसँग । तिनले कहीँ कतै मलाई प्रेरणा नै दिइरहेका छन् ।

घरलाई बस्न सक्ने तुल्याएर साइत गरेको दोस्रो दिन एक जना आफन्त आएर भन्नुभयो­ “ल, ठीकै छ । तर कोठाचाहिँ साना भए । अनि यो बरन्डा । बेकारमा ठाउँ खेर फाल्नु भएछ । यसलाई पनि कोठामै गाभेको भए कति राम्रो हुन्थ्यो । बरन्डा त कुकुर सुत्ने ठाउँ त हो नि । कुकुरलाई यत्रो ठाउँ ?”

म झसङ्ग भएँ । उत्तर के दिने ? केही सोच्न सकिनँ । मैले त बरन्डा मेरै लागि बनाएको थिएँ । कुकुरका लागि त बनाएको थिइनँ । कुकुर देखुञ्जेल त म धपाउँला तर मैले नदेखी आएर सुत्छ भने मैले त्यसमा के गर्न सक्छु र ।

अचानक केही विचार आयो । हेरेँ त्यहीँ बरन्डालाई । कुकुर सुत्ने बरन्डा । भित्रबाट खाट ल्याएँ, दरी ओछ्याएँ र पल्टिएँ । आहा मेरो घरको मेरो बरन्डा र म….. ।

बरन्डाको प्रयोग नितान्त वैयक्तिक हुँदोरहेछ, मलाई केही आभास हुँदैछ । मलाई ती कुरा सुनाउने सज्जनलाई बरन्डा ठाउँ, समय र पैसाको बर्बादी हुन सक्ला तर मेरालागि मेरो बरन्डाले धेरै अर्थ राख्छ ।

त्यही बरन्डामा बसेर वैशाखे गर्मीमा बिहानै कफीको सुर्को तान्दै काठमाडौँ पोस्टका पन्नाहरू पल्टाएर मेरो दिनचर्या सुरु हुन्छ । त्यहीँबाट छिमेकीहरू टाइगर अङ्कल र नारायणजीलाई अभिवादन गर्छु र पूर्वैयाले यही बरन्डामा मलाई शीतलता दिन्छ ।

म घरमा सर्नुभन्दा अघि बसेको रमा बहिनीको घरको छत यही बरन्डाबाट देखिन्छ । उहाँ त्यहाँबाट केही भन्नुहुन्छ र म जवाफ र्फकाउँछु । गोविन्दभाइको डेढबर्से छोराले मैले यसै बरन्डाबाट ‘ए…..भाइ…….!’ भनेर बोलाउँदा खित्का छाडेको सबैलाई मन पर्छ ।

यही बरन्डामा बसेर म सम्झिरहेको छु, घर बनाउनका लागि गरेका प्रारम्भिक दौडधुपहरू । कतै सुनेको थिएँ भुवनेश्वर गएर आएपछि घर नहुनेको पनि घर बन्छ

रे ! विश्वासको एउटा त्यान्द्रो समातेर घर बन्ने आसमा भुवनेश्वरबाट किनिल्याएको सादा कागजमा चार जना परिवार- सदस्य मिलेर महिनौँ लगाएर बनाएका घरका प्रारम्भिक नक्साहरू । रुपियाँ-पैसाको मेलोमेसो र कामको निरन्तरताको चासो ।

उत्तरपट्ट िलिम्बूदाइको सुँगुरको खोरमा त्यसको घुँकघुँकसँगै मेरा मनमा पनि कहीँ कतै दिक्दारीहरू हल्लिन्छन् र तिनकै दुर्गन्धले मेरा नाकका पोरा पनि थुनिन्छन् । चारो खाने ठाउँमा बिस्ट्यायो भनेर ती निर्दोष जोडी सुँगुरलाई लिम्बूदाइ भाटा बर्साउँछन् । हामी सपरिवार तिनको ती सुँगुरहरूमाथि गरिएको दुव्र्यवहार या अनुशासनको कारबाहीका मूकदर्शक छौँ । यो बरन्डा साक्षी छ । हेर्नोस्, नकुट्नुस तिनलाई । तिनले खाने ठाउँमा फोहोर गर्नुहुँदैन भन्ने जानेको भए तिनीहरू सुँगुर नै हुने थिएनन् । मान्छे भइहाल्थे नि । भनी अनेकन् पटक लिम्बूदाइलाई भन्न चाहेको पनि हुँ तर मुख फोरिएन । ती लिम्बूदाइलाई झोक मात्र चल्छ । प्रायः चौबीसै घण्टा आफ्नो नियन्त्रणमा नरहने तिनलाई पशु सद्भावको कागजी कुराले कतै समाउन सक्तैन भन्ने मेरो अड्कल छ । फेरि केही भनियो भने त्यही भाटो आफ्नै टाउकामा आइलाग्यो भने ! मेरो मनले फेरि गम्छ किन लिम्बूदाइ मात्र यहाँ यस्ता मान्छे कति छन् कति, टाउको दुखेको दवाइ नाइटामा लगाउने ।

यो त्यही बरन्डा हो जहाँबाट छिमेकी कविताकी छोरी फुच्ची रञ्जनाले अङ्ग्रेजी पढेको सुन्छु । उनकी देउरानी तुलसाले आफ्नो छोरो राजले अटेरी गर्दा वात्सल्यले भरिएको सजाय दिएको, तिनका फूलबारीमा फूल फुलेको र तिनकै तुलसीको मोठमा दियो बलेको, कविता र तुलसाका आँखाहरूमा रहेको प्रतीक्षा देख्छु । रञ्जना र राजले भोलिपर्सि परदेशबाट आउने बुबाहरूबाट थाप्ने कोसेलीको कल्पना पनि मलाई यही बरन्डामा मात्रै आउँछ ।

घर बनाउने प्रारम्भिक दौडधूपका कुराहरू, रड, सिमेन्ट, इँटा, ढुङ्गा, बालुवा, गिटी, भरोट, काँटी, तार, रुपियाँ-पैसाको मेलोमेसो आदि-इत्यादिका हरेक झमेलाहरूका हरहिसाबको साक्षी छ यो बरन्डा । सिमेन्ट र रड राख्ने ठाउँको अभाव र दक्षिणका छिमेकीलाई गरिएको अनुरोध सम्झँदा म अझै विचलित हुन्छु । मेरी पत्नी र मैले उनीहरूको खाली गोठमा ती सामान राख्न कमसेकम दर्जनपल्ट अनुरोध गर्‍यौँ तर उहाँहरूले घर बनाइहाल्ने बहानाले दिनुभएन । पहिले पनि तीन छिमेकीहरूले त्यो ठाउँ प्रयोग गरेको हुनाले मैले पाउँदिन भन्ने कतै लागेन । मेरो बरन्डामा बसेर दक्षिण र्फकंदा पहिलो दृष्टि त्यही गोठ पर्छ, जुन अहिलेसम्म जस्ताको तस्तै छ । त्यसमा पलाएका ढुँडी र काइमा म उहाँहरूकै चित्र देख्छु र मेरो मन प्रत्येक पल्ट अमिलिन्छ । त्यस अर्थमा यो मेरो सच्चा साथी भएको छ ।

म यहीँ बसेर मेरो घरलाई आफ्नो जसरी बनाउने मिस्त्री र मजदुरहरूलाई मनमनै अभिवादन गर्छु । तिनीहरू दिनका दिन अरूका सपनाको महल उभ्याउन पसिना चुहाउँछन् । आफ्ना सिर्जनात्मक हातहरूले चोटा­ कोठालाई जीवन्तता दिन्छन्, र महिनौँ दिनपछिको श्रमपछाडि घर जिम्मा लगाएर आफ्नै फुसका झुपडीहरूमा रात गुजार्छन् । सायद आफूले दिनका दिन मेहनत गरेर बनाएको महल ती सपनामा देख्ता हुन् । तिनले मेरा घरका चोटा­कोठा सिँगारिरहँदा, आफू त्यहाँ भएको, आफूले कोठाहरूको उपभोग गरेको र आफ्नो जीवन नै त्यहीँ बित्ने कल्पना गर्दा हुन् र नै यी चोटा­कोठा यति सुन्दर भएका छन् । जिन्दगी गुजार्ने नियमितताका लागि अर्काको महल बनाएको बनायै गर्ने यी महान् शिल्पीहरूभन्दा ठूला कलाकार को हुन सक्लान् र ? तिनले यस बरन्डामा ढल्किएर शीतल ताप्दै चाँदनी हेर्ने कल्पना पनि त गरेका होलान् ।

हो, यही बरन्डामा ढल्किएर म पूणिर्माको चन्द्रमामा मेरो सुन्दर नेपालको मानचित्र खोजी हिँड्छु । त्यहीँ कहिले मेरो देश भेटिन्छ, कहिले मेरा देवकोटा भेटिन्छन् । पशुपतिनाथको गजुरले मलाई त्यहीँबाट आशीर्वाद दिन्छ । उहीले विद्यार्थी छँदा दार्जीलिङमा कोठाको झ्यालमा बसेर चन्द्रमा नियाल्दा गान्धीले खबरदार गरिरहन्थे । अहिले मेरो बरन्डाबाट बी.पी. र मदन भण्डारीको आँसुले भरिएका अनुहार मात्र देखिन्छन् । तारा र बादलहरूको लुकामारीमा कतै बिजुली चम्केझैँ बिस्फोट हुन्छ, कतै रोदन र चित्कारका छहराहरू देखिन्छन् त कतै मान्छेका शवहरूका थुप्रामा बनेका भव्य महल देखिन्छन् ।

हो, यही बरन्डामा बसेर कल्पना गर्छु, ती महिला र पुरुषहरूलाई दिने ओठे जवाफहरू जुन मैले त्यसबेला दिन सकेको थिइनँ । ‘सटर खोइ त ? घर त बिगि्रगएछ नि ।’ ‘प्यासेज नराखेको, अब यो, यो,…कोठा कसरी भाडा लगाउने ?’ ‘यत्रो कोठालाई भान्सा बनाएर बिगारेको ? छतमा सानो बनाउँदा भइहाल्थ्यो नि ।’ आदि आदि । यी सबै कुराका जवाफहरू मलाई त्यही बरन्डाले दिएको छ ।

मेरो त जीवन हो बरन्डा । यही बरन्डामा बसेर मैले श्रमिक पर्शुराम उर्फ सप्तरीयाको कथा लेख्नु छ, लमतन्न सुतेर उन्मुक्तताको सास फेर्नु छ, आँखाहरू तल र माथि पार्दै आकाशमाथि उडिरहेका सपनाहरू पक्रिनु छ । मेरो घर ताकेर आउने हरेक पाहुनाहरूलाई देवतालाई झैँ स्वागत गर्नुछ ।

मेरो बरन्डा मेरो विगत, आगत र भविष्यको दर्पण हो, मेरा परिवारसँग र बुढेसकालमा जीवनसाथीसँग जिउने थलो । म यही बरन्डामा बस्न चाहन्छु, यहीँ आराम गर्न चाहन्छु । म र मेरो बरन्डा नै ठीक, तपाईं……… ।

-इटहरी

Sirjana Dahal – Prem Sagar Ka Lahar Haru

आयुष्मा सुन्दर र सरल छे । पाश्चात्य सभ्यताको प्रभावले उसमा देखिँदैन । साधारण परिवारमा हुर्के बढेकी आयुष्मा सामाजिक परिवेश र रीतिरिवाजमा बाँधिएकी छे । नारी जातिमाथि समाजले लगाएको लक्षमणरेखाभित्र उ बसेकी छ त्यसैले उसका केटा साथीहरू छँदै छैनन् भने पनि हुन्छ । जति छन् ती पनि ‘हाइ-हेलो’ मै सिमित छन् ।

स्कुलको पढाइ पछि नौलो जोश-जाँगरसँगै उ कलेज भर्ना भएकी छे । केटी साथी पनि थोरै छन् उसका । थोरै तर आत्मीय साथी बनाउन मनलाग्छ उसलाई । घरदेखि कलेज, कलेजदेखि घर उसका दिनहरू यसैगरी बितिरहेका छन् । कलेजमा भर्खरै एसएलसी दिएर आएका नवयुवायुवतीहरू स्कुलको अनुशासित वातावरणबाट मुक्त भएर होला उनीहरूको हाउभाउ निकै फेरिएको छ । कलेजमा पढाइ भन्दा गफगाफ, क्यान्टिन, पिकनिक, रमाइलो गर्ने तर्फ नै धैरैको मन गएको छ । तर, आयुष्मा भने यस्तो वातावरणमा घुलमिल भएकी छैन । त्यसैले एकान्त वा पुस्तकालयमा बसेर पुस्तक पढ्छे या घर फर्कन्छे ।

एकदिन कलेज जाँदा उसले कार्ड किन्नेहरू धेरै देखी । कलेजमा पनि निकै चहलपहल थियो कार्ड साटासाटगर्नेहरूको । विषेश गरी केटाहरूले केटीहरूलाई कार्ड दिइरहेका थिए । उसले साथीलाई सोधी आज के रहेछ भनेर । उसको साथीले अचम्म मान्दै भनी – तिमीलाई थाहाछैन आज भ्यालेन्टाइन डे अर्थात प्रेमदिवश हो नि ! आजको दिनमा प्रेमप्रस्ताव राख्यो भने सफल हुन्छ रे । त्यसैले आफ्नो मनको कुरा राख्न आज प्रेमी प्रेमिकाहरू फूल या कार्डले एकअर्काको मनको कुरा राख्ने गर्छन् । तिमीलाई पनि कोही मनपरेको भए प्रस्ताव राख्न ढिला नगर नि ! तिमीलाई दिने चाहीँ छन् कि छैनन् ?

साथीको कुराले उसको मन के के सोच्न बाध्य भयो । त्यसदिन क्लास पनि भएन। त्यसैले उ चाँडै नै घर फर्की । बाटोमा उसले साथीका हुराहरू सम्झिरही – तिमीलाई कार्ड दिने छन् कि छैनन् ? यही कुरा उसको कानमा तरङ्गित भइरह्यो । उ सुन्दर छे, स्कुलमा पनि कति केटाहरूले मनपराउँथे । उसले तर कसै प्रति चासो देखाइन । कसैका आँखाले उसलाई आकर्षित पार्न सकेन । तर, कलेजमा आएपछि उसको आँखा कहिलेकाहीँ आभुषणसँग जुद्धा भने मन नै सिरिङ्ग हुन्थ्यो । किनकिन उसको मनले नहेरौँ भनेपनि आँखाहरू आभूषणको सिटतिरै दौडन्थे । मानौँ त्यहाँ कुनै जादु थियो । आभूषण पनि निकै रसिले स्वभावको थियो । सबैसँग मिल्ने, हाँसेर बोल्ने गर्थ्यो । आयुष्मासँग पनि ऊ ‘हाइ-हेलो’ भन्दै बोल्थ्यो । लजालु स्वभावकी आयुष्मा पनि मीठो मुस्कान छोड्दै उसँग गफगर्न मनपराउँथी । उसलाई आभूषको बोल्ने शैली असाध्यै राम्रो लाग्थ्यो ।

प्राय: साथीहरू त्यसदिन कलेज आएका थिएनन् – डेटिङ गएका थिए । बाटोमा पनि आयुष्माले थुप्रै युवायुवतीहरू प्रेमालाप गर्दै हिँडेको देखी । आज उसको मन पनि चञ्चल भइरहेको छ । सोच्दै छे मलाई पनि मनपराइदिने कोही भएको भए कार्ड साटासाट गर्न, मनको कुरा पोख्न अनि टाढा कतै एकान्तमा घुम्न जाँन कति रमाइलो हुन्थ्यो होला । यस्तै सोच्दै उ हिँडिरहेकी हुन्छे । अचानक बाटोमा उसको भेट आभूषणसँग हुन्छ । उ झसङ्ग हुन्छे र भन्छे – हाइ । आभूषण पनि हाइ भन्दै एउटा कार्ड दिन्छ र अरु केही नबोली आफ्नो बाटो लाग्छ । उ छक्क पर्छे । उसको मनमा कौतुहल भइरह्यो । हत्तपत्त घर पुगेर कार्ड हेर्छे । कार्डमा प्रेम प्रस्ताव थियो । आयुष्माको तन-मन सिरिङ्ग हुन्छ । जाडो भए जस्तो गर्मी भएजस्तो खै कस्तो कस्तो हुन्छ । उ केही सोच्नै सक्तिन मन कहाँ कहाँ उडेजस्तो हुन्छ । उसलाई के गरूँ के गरूँ जस्तो हुन्छ र थचक्क बस्छे । त्यो प्रस्तावको के उत्तर दिने – उ सोचमा डुब्छे । एक मनले भन्छ यो उमेर प्रेममा फस्ने होइन आफ्नो व्यक्तित्व बनाउने हो । तर, अर्को मनले भन्छ यो उमेरमा प्रेम नगरे कुन उमेरमा गर्ने ? जसलाई उसका आँखाले उसैलाई छक्याएर हेर्छन् । जसको अनुहार उसको मनको कुनै कुनामा कुँदिएको छ उसैले प्रेम प्रस्ताव राख्दा किन नाइ भन्नु । उसको मनमा अनेकौँ प्रश्नहरूको ज्वारभाटा उठ्छ । बाहिर जान्छे, त्यहाँको वातावरणमा रमाउन खोज्छे तर मन कता कता उड्छ । फेरि भित्र जाँन्छे कहिले उठ्छे , कहिले बस्छे, यताउति गर्छे , मन स्थिर छैन । के सोच्ने के नसोच्ने अलमलमा पर्छे । बाथरुम जान्छे र चीसो पानीले नुहाउँछे । ऐना अगाडि आफूलाई नियाल्छे । कताकता लाज लागेर आउँछ । आफैँ मुस्काउँछे र कोठामा फर्किन्छे । फेरि कार्ड हेर्छे र दङ्ग पर्छे । कार्डमा आभूषणले यदि तिमीलाई मेरो प्रेमप्रस्ताव स्वीकार भएमा बेलुका पार्कमा आऊ भनेर लेखेको थियो । त्यसैले आयुष्मा ऐना अगाडि बसेर आफ्नो मुहार सुन्दर बनाउन थाल्छे । जसलाई आफूले मनपराकी थिइ उसैले प्रेम प्रस्ताव राख्दा त सोच्नु पर्ने कुनै कुरा थिएन । निकै हर्षित थिइ आयुष्मा । त्यसैले सजिएर उ बेलुका पार्कमा जान्छे ।

पार्कको गेटमा आभूषण उभिइरहेको हुन्छ । आयुष्मा त्यहाँ पुग्नासाथ म तिमीलाई नै पर्खिरहेको, तिमी आउँछौ भने मेरो हृदयमा पक्का थियो भन्दै उसले आयुष्माको हात समाउँछ । आयुष्मा मुस्काउँछे । आभूषणले उसको हात समातेर पार्क भित्र लैजान्छ । त्यहाँ उसका साथीहरू आदित्य, राजन, अनि रेखा थिए । आयुष्मालाई हात समातेर ल्याएको देखेर सबै हाँस्छन् । मुखामुख गर्छन् । एकले अर्कोलाई धापमार्दै हाँसेको देखेर आयुष्मा छक्क पर्छे । केहीबेरमा अब आभूषण पनि मुर्छा परेर हाँस्न थाल्छ । सबैजना हाँसेको देखेर आयुष्मालाई नराम्रो लाग्छ । उ जिल्ल परेर उनीहरूको अनुहार हेरिरहन्छे । केहीबेर पछि आभूषणले साथीहरूसँग भन्छ – देख्यौ त केटीहरूलाई फसाउन कस्तो सजिलो हुन्छ । आयुष्मा झसङ्ग हुन्छे । राजनले भन्छ – हो यार तिमीलाई त मान्नै पर्छ । आयुष्मा जस्तो केटीलाई पनि फसाउन सफल भयौ । आयुष्मा झन् झसङ्ग हुन्छे । आभूषण फेरि भन्छ – मैले एउटा पत्र के पठाएँ तिमी त पछि लागेर आयौ । के म तिमी जस्तो केटीलाई आफ्नो गर्लफ्रेन्ड बनाउँछु होला । मेरो गर्लफ्रेन्ड त रेखा हो रेखा । उसैले आज तिमीलाई झुक्याउन सक्तैनौ भनेर बाजी राखेकीले तिमीलाई कार्ड पठाएकी हुँ बुझ्यौ तिमीलाई उल्लु बनाउन । तिमी जस्ता केटीहरूलाई म कति सजिलै फसाउन सक्छु । देख्यौ त मेरो जादु । ऊ झन् अट्टाहाँस गर्न थाल्यो । सबैजना हाँस्नथाले । आयुष्माको आँखाभरि आँसु आयो । सोध्न मनलागेको थियो – तिमीहरूले हाँस्ने अरु कुनै बहाना भेटेनौम, अरुको मुटुदुखाएर हाँस्नु पर्छ ? तर फेरि लाग्यो यस्तै हो यहाँ अरुलाई रुवाएर आफू सफल भएँ भन्ठान्नसँग, अरुको दुखमा हाँस्नेसँग के लाग्छ । उ फरक्क फर्किएर गई । उनीहरूको हाँसो परसम्म गुञ्जिरहेको थियो । कानथुन्दा पनि त्यो हाँसो प्रतिध्वनित भइरह्यो उसको अन्तरमनमा । छियाछिया परेको मुटुलिएर उ घर फर्की ।

रात भरि उनीहरुको आवाज उसको मनमा गुञ्जिरह्यो । सिरानीले कान थुन्दा पनि त्यो अट्टाहास, ती शव्दहरू बारम्बार तरङ्गित भइरहे । भोलिपल्ट उ कलेज नै गइन । टाउको दुखेको बहाना बनाएर सुतिरही । मनमा अनेक कुराहरू खेलिरहे । उनीहरूले के पाए मलाई उल्लु बनाएर । एकछिन हाँस्न त अरुकुराले हाँसेको भएपनि हुन्थ्यो नि । मेरो मुटु टुक्रयाउनु पर्थ्यो त ? मान्छेहरू खै किन अरुको दुखमा रमाउन थालेका होलान् ? अर्काको मुटु दुखाएर के के न गरे जस्तो लाग्दो हो । यस्तै यस्तै सोच्छे । उसलाई कलेज नै जान मन लाग्दैन ।

मन नलागी नलागी केही दिन पछि उ कलेज जान्छे । सबैले आफूलाई हेरेर हाँसे जस्तो लाग्छ उसलाई । कसैको अनुहार हेर्दिन उ । सरासर कक्षाकोठामा गएर बस्छे । पढाइतिर ध्यान थिएन । उसको साथीले भनी – आयुष्मा हिजोअस्ती किन कलेज नआएको ? उसले त्यसै भनेर टारी । त्यतिनै बेला राजेश सबैको अगाडि आएर भन्यो – साथीहरू म अब यस क्यामपसको केही दिनको पाहुना मात्र हुँ । म छिटै अमेरिका जाँदैछु । आजको साँझ सबैजनालाई मेरो तर्फबाट पार्टी ! सबैजना बेलुका मेरो घरमा आउनु है । राजेशको खुसीमा सबैजना रमाए । सबै साथीहरू बेलुकाको पार्टीमा जाने भए । तर आयुष्मालाई पार्टी-सार्टीमा जान मन लागेन, उ गइन पनि।

भोलिपल्ट उसको साथीले भनी – आयुष्मा तिमी हिजो पार्टीमा किन नआएको ? कस्तो रमाइलो भयो । थाहा छ तिमीलाई राजेश केही दिनमा उड्दै छ नि । अनि उसले जीवनसाथीलाई पनि अमेरिका लान पाउँछ रे । पार्टीमा तिमी बाहेक सबै साथीहरू थिए । आभूषण र रेखा पनि हातमा हात राखेर डान्स गर्दै थिए । पार्टी निकै रमाइलो भयो । पछि के भयो तिमी सोच्न पनि सक्तैनौ । राजेशको बिहे नभएको कारण उसले पार्टीकै दौरान रेखासँग एकैचोटी विवाहको प्रस्ताव राख्यो । राजेशको बेहुली बनेर अमेरिका जान पाउने भएपछि रेखा पनि आभूषणको हात छोडेर राजेशसँग अङ्कमाल गर्न पुगी । सबै साथीहरू हेरेको हेर्यै भए । आभूषणको अनुहार देखेको भए तिमी कति हाँस्थ्यौ होला । उसको मुख त खुलेको खुल्यै भयो । ऊ रेखालाई एकटक हेर्दै थियो । पछि नशाले चुर भएर घर फर्केछ । साथीको कुराले आयुष्मा छक्क पर्छे । रेखा, जसको कारण आभूषणले कति केटीहरू, स्वयं आयुष्मालाई पनि त्यस्तो ब्यवहार गर्यो । त्यही रेखाले अमेरिका जान पाउने लोभमा आभूषणलाई छाडी । हे भगवान, कति स्वार्थी छ यो संसार । यहाँ मायाको कुनै मुल्य छैन । केवल स्वार्थ छ ।

त्यो दिन घर फर्कँदै गर्दा बाटोमा उसले आभूषणलाई भेटी । आभूषण उसैलाई पर्खेर बसेको थियो । आयुष्माले उसको वास्तै नगरी आफ्नो बाटो लागी । आभूषण पछ्याउँदै आयो – आयुष्मा मलाई माफ गर । मैले तिम्रो मन दुखाएँ । सायद त्यसैको फल मैले रेखाबाट पाएँ । प्लिज मलाई माफ गर । मलाई विचलित हुनबाट रोक । मलाई तिम्रो खाँचो छ । तिम्रो मायाको खाँचो छ । मैले बुझ्न सकिँन पहिला तिम्रो मायालाई । आजकल तिमी जस्तो निस्वार्थ मायागर्ने मान्छे कहाँ पाइँदो रहेछ र । मलाई माफ गर । आयुष्मा प्लिज मेरो हात थामिदेऊ । आयुष्माले फर्केर हेरी । आभूषणको आँखामा आँसु थियो । तर त्यसले आयुष्मालाई छोएन । यो पनि कतै उसको उल्लु बनाउने नौलो तरिका त होइन ! उ केही नबोली बाटो लागी । आभूषण पछि लाग्दै – प्लिज आयुष्मा मेरो कुरा त सुन, मलाई माफ गर भन्छ ।

आयुष्मा फर्कन्छे । आभूषण कुन मुटुले तिमीलाई माया गरौँ, जुन मुटुले तिमीलाई माया गर्थेँ, त्यो मुटु त तिम्रो व्यवहारले छियाछिया भइसक्यो । तिमीलाई माया गर्न मसँग अब अर्को मुटु छैन । यति भनेर उ सरासर बाटो लाग्छे । आभूषण टक्क उभिएर उ गएको हेरिरहन्छ कतै फर्केर आउँछेकी भनेर । तर आयुष्मा फर्केर हेर्दिन । उ सोच्दै हिँड्छे यो समयले चालेको गोटी हौँ हामी । म, आभूषण, रेखा, राजेश एक-अर्कालाई धोका दिलाएर समयले हामीसँग यो कस्तो खेल खेल्यो । बुझ्नै नसकिने । आभूषणले रेखाको लागि मेरो मुटु दुखायो, रेखाले अमेरिका जाने स्वार्थले आभूषणलाई माया मारी । त्यसतै धोका रेखाले नपाउली भन्न सकिन्न । तर रेखाले धोका नपाओस् । कसैबाट उसको मुटु नचुँडियोस् । टुक्रिएको मुटु लिएर जिउन साह्रै गाह्रो हुने रहेछ । यस्तै यस्तै सोचेर उ ओझेल परी । आभूषण हेरेको हेर्यै भयो ।

Ajaya Dixit – Kathmandu : Tin Bimba Haru

“ठूलोकान्छा, यसपालि त सतबीज छर्न पशुपतिनाथ लगिदे न है !” हजुरआमाले दोस्रोपटक नातिलाई पुकारिन् । हजुरआमाले कुरो गरेको बुझेपछि मोबाइल बन्द गर्दै ठूलोकान्छाले सोध्यो, “के भन्या आमा ?” “सतबीज छर्न लग्दे भन्या !”

“ए भइहाल्छ नि, अघिल्लो दिन बसस्टपमा आएर फोन गर्नु म अफिसबाट लिन आउँला ।”

काठमाडौँमा आन्दोलनका कारण बस नियमित स्थानभन्दा निकै पर रोकियो, सबै यात्रुहरू उत्रिए । हजुरआमा पनि उत्रिइन् । नातिले मोबाइल फोन दिएको थियो र नम्बर थिच्न सिकाइदिएको पनि । बसबाट ओर्लेपछि हजुरआमाले फोन थिचिन् तर लागेन । दोस्रोपटक ‘सम्पर्क हुन सकेन’ भन्ने जवाफ आयो । एकछिन त अलमल्ल परिन् । सँगै छेउमा एक जोडी युवक-युवती उभिरहेका थिए । हजुरआमाले युवतीलाई अनुरोध गरिन्, “ए नानी यो लाग्दै-लाग्दैन, एकपटक हेरदिेऊ न बा !” सँगै उभिएकी युवतीको साथीले सोध्यो, “आमा कता जाने ?…..” “ए हामी पनि त्यतै जाने हो, हामी पुर्‍याइदिउँला, हिँड्नूस् ।” ‘ओहो कस्ता फरासिला रहेछन्’ भन्दै हजुरआमा ट्याक्सीको पछिल्लो सिटमा बसिन् । एकापट्टि केटा र अर्कोतिर युवती बसे ।

हजुरआमाको फोन नआएपछि ठूलोकान्छा छटपटाउन थाल्यो । मोबाइल थिच्दा जवाफ आयो, “स्वीच बन्द गरएिको छ ।” साँझ पर्‍यो तर अत्तोपत्तो भएन । बस स्टप, बसले ओरालेको ठाउँमा पुगे तर हजुरआमा भेटिइनन् । प्रहरीमा रपिोर्ट गर्दा रात अबेर भइसकेको थियो । गह्रौँ मनमा अनेक डर-त्रासका ज्वारभाटा भोग्दै ठूलोकान्छा र साथी घर र्फकंदै थिए । चिसो हुन थालिसकेको राजधानीको बाटोमा बन्द रहेको सटरको बाहिरपट्ट िगुँडुल्किएको एउटा आकृति देखियो र केही नजिक पुग्दा महिला रोएको आवाज पनि सुनियो । यति राती को किन रुँदैछ भन्दै दुवै जना आकृतिछेउ पुगे । चिसोमा काम्दै एउटी महिला रुँदै थिइन् । यत्तिकैमा लोडसेडिङ् सकिएर पिलिक्क बत्ती बल्यो । सटरमाथि बलेको बत्तीको उज्यालोमा आफ्नी हजुरआमा देखेर ठूलोकान्छा अत्तालियो । हजुरआमाले गम्लङ्ग नातिलाई अँगालो हालिन् ।

घर पुगेर खाना खाएपछि हजुरआमाले बताइन्, “ट्याक्सीमा बसेपछि सुइले घोचेकोसम्म सम्झन्छु । त्यसपछि एकैपल्ट त्यो पसलबाहिर आफूलाई पाएँ ।” मोबाइल, कानको मुन्द्रा र ३ हजार ५ सय रुपियाँ लगेछन्, ज्यानचाहिँ बाँच्यो ।

साँझ हुन थालिसकेको थियो । सार्वजनिक सवारीका एउटा पनि साधन थिएनन् र ट्याक्सीहरू पनि सबै भरिभराउ । टाढा पुग्नुपर्ने, स्कुलबाट घर आइपुगेकी छोरी के गर्दै होली, ट्याक्सी पनि छैन, पार्वती चिन्ता मान्न थाली । कुर्नुको अर्थ नहुँदा हिँड्न बाध्य भई ऊ । केहीबेरपछि छेउमा एउटा ट्याक्सी आएर रोकियो, झ्यालको ऐना झार्दै ड्राइभरले सोध्यो, “दिदी कता जाने ?” जवाफै नदिई पार्वतीले ढोका खोली र भित्र बसी । चालकले केही भनेन । गन्तव्य सुनेपछि भन्यो, ठीक छ तर डेढ सय रुपियाँ बढी लाग्छ । पार्वतीले विरोध गर्नुअघि नै ऊ बोल्न थाल्यो, “के गर्नु दिदी ! हिजो दिनभर िकुरेर १० लिटर पेट्रोल भरेको । हिजो दिनभर ित चलाउने कुरै भएन । पाए पनि १० लिटरले के गर्नु ? सानो-तिनो खेती छ, बाआमा किसानी गर्छन् । खडेरी पर्न थालेको छ, खानै पुग्दैन । पढाइ छाडेर यता आएँ, बल्ल ट्याक्सी चलाउने काम पाएँ । लाइसेन्स लिन धेरै पापड बेल्नुपर्‍यो । लुच्चागिरी पाउँछु, राज्य प्रतिनिधित्व गर्नेबाट ठगिन्छु, सुन्ने कोही छैनन् । त्यस्ताको मात्रै कदर भएको देख्छु । बाले भाइको पढाइलाई पैसा पठाइदे भन्छन्, कुन पैसा पठाउनू, छाप्ने मेसिन भए पो ! अब त म पनि इमानदारगिरी छाडेर लुच्चागिरीमा लाग्छु ।” पार्वतीले ढाडस दिने शब्द पनि पाइनँ ।

होटलको पार्किङ् क्षेत्रमा रमेशले गाडीको स्वीच अन गर्दा अरुणदेव चन्द्रागिरीपछाडि निकै अघि लुकिसकेका थिए । होटल परसिरभित्रको बाटो जति चिल्लो थियो बाहिर त्यति नै जर्जर, खाल्डाखुल्डी जताततै । बाटो छेउछाउका एक-दुईवटा घरमा मात्रै इन्भर्टरले बत्ती बालेको थियो । लोडसेडिङ्को अँध्यारोलाई गाडीका हेडलाइटले चिर्दै थिए । क्रसिङ्मा पुग्दा गाडीहरूको तँछाडमछाड थियो । दुई जना प्रहरी जेनतेन प्रयास गर्दै थिए, ट्राफिक व्यवस्थापनमा । दुवै घर जान आतुर भएको प्रस्ट देखिन्थ्यो । केही दिनअघि ट्राफिकमा कार्यरत एक अधिकारीले एउटा गोष्ठीमा धूवाँ र धूलो खाँदाखाँदा हत्तु भइसकिएको बताएको रमेशले सम्झ्यो ।

आफ्नो पालो नआउन्जेल कुर्नुको विकल्प थिएन । केहीबेरपछि पालो आउने मेसो भएपछि ऊ क्लच थिच्दै, गियर लगाउँदै अगाडि जान तयार भयो । पछाडिका गाडीहरू ट्याँ-ट्याँ र टुँ-टुँ हर्न बजाउन थाले । त्यत्तिकैमा आफ्नो आमाका हात समातेर गाडी छिचोल्दै रमेशको गाडीअगाडि दुई बालक आइपुगे । अघिल्लो बालकले एक्कासि आमाको हात छाड्यो, बु्रसली स्टाइलमा गाडीलाई धम्क्यायो र काता स्टाइल देखाउँदै अघि लाग्यो । बालकको अप्रत्यासित एक्सन देखेर छक्क परेको रमेश, पछिपछि आउँदै गरेको बालकले ठ्याक्क त्यस्तै गरेको देखेपछि त वाल्लै पर्‍यो । हर्न थिचिरहेको पछाडि आउँदै गरेको मिनी ट्रकको गुरुजीले झ्यालबाट घाँटी निकालेर धम्क्यायो, “ओ मिस्टर गाडी अगाडि लाने कि, तान्दिउँ ।”

माथिका घटना यस पंक्तिकारले चिनेकाहरूले राजधानीमा गतसाता भोगेका अनुभवहरू हुन् । हिजोआज यस्ता घटनाहरू धेरै नै हुन थालेका छन्, राजधानी सहरमा । आशा गरौँ, यी विम्ब मात्रै हुन्, हाम्रो राजधानीको परविेश प्रतिनिधित्व गर्दैनन् । तथापि, जताततै र धेरैथरीले भोग्दै गरेका यस्ता घटनाले भन्न बाध्य गराउँछ, आधुनिकताको यात्रामा हिजोआज हाम्रो नागरकि चेतना ओझेलमा पर्दैछ ।

नेपाल साप्ताहिक ३७१

Shree Om Shrestha Rodan – Sabhyata (Nepali Short Story)

श्रीओम रोदन – सभ्यता
(Source: शनिवार)

“घर-आँगन सफा छैन, सडक, खेत त मलमुत्र त्याग गर्ने ठाउँ नै भइहाल्यो । जनस्वास्थ्यप्रति अलिकति पनि ध्यान दिन नसकेका गवाँरहरू “सहरमा नआइकन कसैले सभ्यता पनि नसिक्ने भए” तराईको एउटा गाउँबाट फर्किएपछि एनजीओ मास्टरले साथीहरूसँग कुरा गरे तर रिपोर्टमा भने गाउँमा स्वास्थ्यसम्बन्धी चेतना फैलाउन जागरण कार्यक्रम, गोष्ठी, सम्मेलन गर्नुपर्ने र केही अगुवाहरूलाई काठमाडौँको अवलोकन भ्रमण गराउनुपर्ने लेखे ।

रिपोर्टअनुसार विभिन्न कार्यक्रमको परिणाम सकारात्मक देखिन थाल्यो । केही अगुवाहरूलाई काठमाडौँको अवलोकन भ्रमणको लागि ल्याइयो । त्यही बेला नगरपालिकाका कर्मचारीहरूको हडताल चलिरहेको थियो । सडकमा थुपि्रएको फोहरले हिँड्नै नहुने गरी दुर्गन्धित भएको थियो । सडकबाट फोहर नउठाइए पनि सहरका सभ्य नागरिक भने घर सफा गर्न सडकको फोहरमाथि फोहर थुपार्दै थिए ।

सफाइ सम्बन्धी अवलोकन भ्रमणमा भएका केही अगुवाले देखेपछि एकले भने, “हामी पनि पहिले घर सफा गरेर सडक फोहर गथ्यौर्ं तर सहरका सभ्य मानिसहरू अहिलेसम्म पनि त्यस्तै गर्दा रहेछन् ।” अर्कोले थप्यो – “हामीलाई सिकाउँदा सिकाउँदा यताकालाई सिकाउन नभ्याका होलान् ।”

फेरि अर्कोले थप्यो – “हामीले भन्दा यिनीहरूले पहिले सिकेका भएर बिर्सेका होलान् ।”