Babita Basnet – Kshatipurti

बबिता बस्नेत – क्षतिपूर्ति
(Source: Himal Khabar)

“हामी देशमा आमूल परिवर्तन ल्याउन चाहन्छौं, नयाँ नेपाल बनाउनबाट हामीलाई कसैले रोक्न सक्दैन।” कमरेडको मुस्कानले भरिपूर्ण मुहार देखेपछि ऊ हतारहतार टेलिभिजन बन्द गर्दै बत्ती निभाएर ‘छ्यानमा पल्टी र व्यङ्ग्यको शैलीमा कमरेडको बोली दोहोर्‍याई― परिवर्तन!

परिवर्तनको पछाडि लाग्दालाग्दै विगतका घटनाले जिन्दगीको उमङ्गलाई निराशामा बदलेपछि उसलाई यो शब्द नै व्यङ्ग्यात्मक लाग्न थालेको हो। परिवर्तनकै चाहनामा उसले रङ्गीन सपनाहरूले भरिएको किशोरावस्थालाई दुःख र भागदौडमा बिताई। त्यही क्रममा धेरैले सुख भनेर परिभाषित गर्ने यौन उसको बर्बादीको कारण बन्यो।

ऊ अहिले पनि सम्झ्िन्छे― भावी प्रेमीको रोमाञ्चकारी स्पर्शको कल्पना गर्दागर्दै एक्कासी उसको शरीरमाथि आक्रमण भएको। कसैको अगाडि नाङ्गो हुनु स्वास्नीमान्छेका निम्ति शायद सबैभन्दा ठूलो कुरा हो। आफ्नो प्रेमीसँग बिताउने सुमधुर साँझ्हरूको कल्पनामा पनि ऊ त्यो हदसम्म पुगेकी थिइन। तर युद्धका नाममा हिँड्दा हिँड्दै आफ्नै सहकर्मीहरूबाट पटक पटक नाङ्गिनु परेपछि उसले निकै तनाव र पीडा भोग्नु पर्‍यो, जुन अहिले पनि निरन्तर भोगिरहेकी छ।

आफूमाथि भएको अन्यायलाई पार्टीमा राख्दा उल्टै पार्टीलाई बद्नाम गरेको आरोपमा ऊ निष्कासित भई। त्यतिबेला शान्ति वार्तामा व्यस्त पार्टीका ठूला नेताहरूलाई भेट्न धेरै कोशिश गरी तर ठूला ठूला बैठक र निर्णयका अगाडि उसको समस्याले त्यति महत्व पाएन। त्यसबीचमा विभिन्न पदमा पुगिसकेका नेता पत्नीहरूले पनि उसका कुरा सुनेपछि भने, “हाम्रा कामरेडहरूले सुधार गर्नुपर्ने कुरा धेरै छन्, केही दिनयता पार्टीभित्र सांस्कृतिक समस्या अलि बढी नै देखिएको छ।” आफू माथि जे भएको छ त्यो सांस्कृतिक समस्या होइन भनेर बुझ्ाउन जति हारगुहार गरेपनि खासै फरक नपर्ने देखेपछि अहिले ऊ आफ्नै गाउँमा गएर बसेकी छ।

मुलुकमा शान्ति प्रक्रिया शुरु भएपछि द्वन्द्व पीडितहरूका निम्ति राहतका कुरा आए। शान्ति कायम गर्न होला, सिङ्गो शान्ति मन्त्रालय नै गठन भयो। उसले नजिकबाट चिनेका कमरेड त्यसको मन्त्री पनि भए। एक दिन घरमा आएका एक नातेदारले बिर्सिएर छोडेको गोरखापत्र पढ्दै जाँदा उसले एउटा सूचना देखी, जसमा द्वन्द्व पीडितहरूले आफू पीडित हो भन्ने प्रमाण बोकेर क्षतिपूर्तिका लागि मन्त्रालयमा निवेदन दिन सक्ने उल्लेख थियो।

शुरुमा त यो सूचनाले उसलाई खुसी तुल्यायो। क्षतिपूर्ति शब्दले न्यायको आश जगायो। तर जब आफूले भोगेको वास्तविकता आँखा वरिपरि आयो, ऊ खुम्चिई। जीवनको परिधि असाध्यै साँघुरो भएझ्ैं लाग्यो। सूचनामा धन वा जन के को क्षति भएको हो र अङ्गभङ्ग भएको भए के भएको हो, त्यो खुलाउनुपर्ने थियो। सम्झ्ी, उसको जीवनमा जुन प्रकारको क्षति भयो के त्यो पूर्ति हुने प्रकारको छ? ऊसँग क्षतिको विवरण पेश गर्ने कुनै प्रमाण थिएन। उसले आफँैलाई प्रश्न गरी― के तेरो जीवनमा भएको शारीरिक र मानसिक क्षतिको प्रमाण हुन सक्छ? के मनमा पुगेको चोट र पीडाको भर्पाई हुन सक्छ?

घर छोडेर युद्धमा होमिँदा उसले मानिसहरूको दृष्टिकोण मात्र होइन समाज र राष्ट्रलाई नै परिवर्तन गर्ने सपना देखेकी थिई। त्यतिबेला धर्म, संस्कृति, परम्परा, अन्धविश्वास, विभेद खै के के, के के परिवर्तन गरेर बन्धनरहित स्वतन्त्र जीवन बाँच्न भनी घर छोडेर अनेकौं हण्डर खाएकी ऊ अहिले त्यही घर, त्यस्तै समाजमा फर्किनु परेपछि अहिले आफैंसँग प्रश्न गरिरहेकी छे― साँच्ची त्यतिका वर्ष मैले के गरें? र, किन गरें?

उपयोगिता सकिएर होला पार्टीले पनि फ्याँकिदिएपछि गाउँमै दुःख गरिरहेकी उसलाई कतिले द्वन्द्व पीडितका रूपमा लिएका थिए। यद्यपि गाउँमा उसले आफूले भोगेको वास्तविकता कसैलाई भनेकी थिइन। शायद ऊ पार्टीमा लागेपछि जिन्दगीको सपना देख्न शुरु पनि नगरेको १३ वर्षको कलिलो भाइ सुरक्षाकर्मीद्वारा मारिएकोले मानिसहरूले उसलाई द्वन्द्व पीडित ठानेका थिए। जिल्ला शान्ति समितिमा बसेका गाउँकै एक छिमेकीले मन्त्रालयबाट पीडितहरूका निम्ति बनाइएको फारम ल्याइदिएर भने, “चाँडै भर्नु म फेरि जाँदा पुर्‍याइदिन्छु, क्षतिपूर्ति लिन चाहिँ तिमी आफैँ जानुपर्छ।” उसले फारम हेरी, न त्यसमा उसले भोगेको पीडा लेख्ने ठाउँ थियो, न त्यो फारम त्यसअनुरुपको ढाँचामै थियो।

गाउँमा बत्ती आइपुगेकाले हिजोआज घरघरमा टेलिभिजन छ। टेलिभिजनबाट उसले धेरै पटक युद्धका बेला ध्वस्त संरचनाहरूको पुनर्निर्माण हुने कुरा सुनेकी छ। तर उसले भाइ मारिएपछि मानसिक सन्तुलन गुमाएकी आमालाई हेर्दै कति पटक टेलिभिजनमा बोलिरहेका मान्छेसामु एक्लै प्रश्न गरेकी छे― पुनर्निर्माण? प्रहरी चौकी, अस्पताल, पुलपुलेसाहरू त बनाइएलान्, तर छोरो मारिएपछि जिन्दगी बाँच्नै बिर्सिएकी मेरी आमाको भत्किएको मनको पुनर्निर्माण कसरी होला? बमका छर्राले बनाएका खाल्डाखुल्डी त पुरिएलान्, टाउकोमा कालो कपाल हुँदै हराएको छोरो आज आउला, भोलि आउला भनेर बाटो हेर्दाहेर्दै सेतै फुलेकी पल्लो घरकी बडीआमाको जीवनमा समयले बनाएको यो खाडल कसले पुर्न सक्ला?

Babita Basnet – Hamro Andolan Jaari Chha

बबिता बस्नेत – हाम्रो आन्दोलन जारी छ …!
(नेपाल साप्ताहिक)

ऊ… त्यही हो उसको घर तर अहिले घरमा मान्छे छन् कि छैनन् म यसै भन्न सक्दिनँ । एक अधवैँशेले बाँसको झ्याङनेरीबाट हातले इसारा गर्दै एउटा फुसको छानो भएको सानो झुपडी देखाइदिएपछि जेठ महिनाको त्यो मध्यगर्मीमा पसिना पुछ्दै हामी त्यता लाग्यौँ । केही दिनअघि मात्र आएको मुसलधारे वषर्ाले बाटो बिगि्रएकाले गाडी चल्न नसक्दा लहानबाट करबि तीन घन्टाको पैदल यात्रापछि हामी त्यो गाउँमा पुगेका थियौँ । ‘मझौरा गाउँ कता पर्छ ?’ सोध्दै गाउँ पुगेपछि त्यो घरको खोजी गरएिको थियो । भित्री मधेसको प्रचण्डगर्मीले बाटैमा ढलिने हो कि झैँ भएको थियो । मेरो साथमा थिए सन्तोष र असीम त्यस क्षेत्रका सक्रिय पत्रकार । सुरुमा त लहानबाट त्यो गाउँसम्म जाने अनुमति नै दिएका थिएनन् साथीहरूले तर मेरो जिद्धीका कारण उनीहरूको केही चलेको थिएन ।

मधेस र मधेसीका नाममा खुलेका अनेक स-साना समूहहरूले पहाडी मूलका मानिसहरूमाथि हमला गररिहेका कारण पनि साथीहरू डराएका थिए । उनीहरूसँग मैले भनेकी थिएँ, “म कुनै युद्धग्रस्त परदेशमा जान लागेकी होइन, मेरो देशको कुनै पनि भू-भागमा निर्धक्कसँग टेक्ने अधिकार मलाई छ, किन डराएका तिमीहरू ?” उनीहरूले भनेका थिए, “त्यो त हो तर समय र परििस्थति ठीक छैन ।” “हामी आफँै ठीक हुनसकेका छैनौँ भने समयलाई किन दोष दिने ?” यसो भन्दै म बाटो लागेकी थिएँ । नभन्दै जङ्गलछेउको खोला किनारमा भेटिएको एउटा सशस्त्र जत्थाले हामीलाई रोक्यो र सोध्यो, “कहाँ जान लागेका ?” पुग्नुपर्ने गाउँ र परविारका बारेमा बताएपछि जत्थाले भन्यो, “पहाडी समुदायका मानिसलाई त्यता जाने अनुमति छैन, यो भूभाग मधेसीहरूको हो ।” उनीहरूका कुराले झनक्क रसि उठे पनि सम्हालिँदै मैले भनेँ, “मलाई पहाडमा गणित र विज्ञान पढाउने शिक्षक मधेसी हुनुहुन्थ्यो । हामी कति इज्जत गछौर्ं उहाँलाई । उहाँ अहिले पनि म पढेकै स्कुलमा पढाइरहनुभएको छ । यस्तो कुरा नगर्नूस्, आफ्नै देशमा हिँड्न पनि कस्तो अनुमति ? हामी के उद्देश्यले त्यहाँ जान लागेका हौँ, त्यो पो ठूलो कुरा हो ।” “तपाईं अलि बढी नै कुरा गर्नुहुँदो रहेछ,” हेर्दा अलि ‘स्मार्ट’ लाग्ने एक युवकले मपट्ट िहेर्दै भन्यो । “यी छोकडी के ठीक करक पड्ते,” -यो केटीलाई ठीक पार्नुपर्छ जस्तो छ ।) हेर्दै अलि डरलाग्दो जुँगामुठे अधवैँशेले मैथिलीमा भन्यो । मैले आफ्नो परचिय दिँदा अलि ‘स्मार्ट’ जस्तो लाग्ने त्यो युवकले भने खुसी मानेझैँ गरी प्रश्न गरेको थियो, “ए ! तपाईं नै हो ?” मैथिलीमा फेर िउनीहरूले केही क्षण कुरा गरे र निष्कर्षको भाषामा भने, तपाईंहरू जान सक्नुहुन्न, पहाडीहरूलाई अनुमति छैन ।” अति भएपछि मैले भनेँ, “हेर्नुस्, म पहाडी समुदायमा निवेदन हालेर जन्मिएकी होइन, न त तपाइर्ंहरू नै आफ्नो इच्छाले मधेसी समुदायमा जन्मिनुभएको हो । हामी मात्रै होइन, संसारका कुनै पनि व्यक्ति आफूखुसीले कुनै परविार या जातिविशेषमा जन्मिएका हुँदैनन् । मधेसी हुनुमा तपाइर्ंहरू स्वयम्को कुनै योगदान छैन, न त पहाडी हुनुमा नै मेरो कुनै दोष छ । त्यसैले हामीले कुनै जाति, समुदाय वा स्थानविशेषमा जन्मिएकै कारण गर्व या हीनताबोध गर्नुपर्ने कुनै कारण छैन । हो, अवसरको बाँडफाँटमा विगतमा अन्याय भएको छ । जाति, वर्ग सबैमा समानता भइदिएको भए अहिले यस्तो हुने थिएन । यसमा त तपाईंहरूले मात्र होइन, हामी सबैले एकसाथ मिलेर आवाज उठाउनुपर्छ ।”

युवक मेरा तर्फबाट ‘कन्भिन्स’ भएझैँ देखियो तर अरूहरूले जान दिन नहुने तर्क गरे । अन्तमा बढीमा दुई घन्टामा सोही बाटो भएर र्फकने सर्तमा हामीले त्यो गाउँसम्म पुग्ने अनुमति पायौँ । सन्तोष र असिम अलि डराएका झैँ देखिएका थिए ।

यसरी निरर्थक, झन्झटिलो र बोझिलो करबि एक घन्टाको बहसपछि हामी त्यो घरको पेटीमा पुगेका थियौँ । मधेसको खैरो र सेतो मिसिएको रङको माटोले पोतिएको चिल्लो पेटी हुँदै सुनसान आँगनमा पुगेपछि मैले वरपिर िहेरँे, दलानमा रहेको बाँसको खाटमा एउटा बुट्टेदार दरी ओछ्याइएको थियो । जहाँ एउटा बिरालो वर्तिरपर्तिर गररिहेको थियो । बाहिर कसैलाई नदेखेपछि मैले ढोकाबाट त्यो सानो झुपडीभित्र चिहाएँ । जस्केलो हुँदै घिरौला र लौकाका लहराहरू धुरीतिर लागेकाले भित्र अलि अँध्यारो थियो । “घरमा को हुनुहुन्छ ?” मेरो आवाज सुनेर ४५ आसपासकी एउटी महिला सारीको सप्कोले आँसु पुछ्दै बाहिर निस्किइन् । लाग्यो, आगोमा खाना पकाउने क्रममा उनी धूवाँले आँसुसरी भएकी होलिन् । उनले हरयिो भुइँमा स-साना सेता बुट्टा भएको सुतीको सारी लगाएकी थिइन् र हरयिै चोलो थियो शरीरमा । “कसलाई खोज्नुभएको ?” अलि शङ्कास्पद र भयभीत स्वरमा मैथिलीमा उनले सोधिन् । “हामी तपाइर्ंहरूलाई नै भेट्न आएका, तपाइर्ं राजेशको आमा होइन र ?” प्रश्नको जवाफ ‘हो’ मा फर्काउँदा उनको आवाज ठूलो स्वरको रुवाइमा परण्िात भयो । श्रीमती रोएको आवाजले घरभित्र सुतिरहेका उनका पति झस्किएर उठे । सेतो कुर्ता र धोती लगाएका उनले काँधमा रातो र सेतो रङ मिसिएको गम्छा ओढेका थिए । दबिएको आवाजमा उनले यति मात्र भने, “के भयो ?” तर, उनको आँखा भने धेरै कुरा सोधिरहेको थियो, तिमीहरू को हौ ? किन यहाँ आएका ? मेरी श्रीमतीलाई तिमीहरूले के भन्यौ ? यो किन रोएकी ? आदि, इत्यादि । सन्तोषले मैथिलीमा मेरो परचिय दिँदै भन्यो, “काठमाडौँबाट आउनुभएको, नाम मान्यता हो, पत्रकार हुनुहुन्छ, तपाईंहरूलाई भेटेर केही लेख्न चाहनुहुन्छ ।” यो सुनेर ती महिलाले मलाई अँगालोमा च्यापेर यसरी रोइन्, मानौँ उनीहरूको घरमा साक्षात् भगवान् नै पुगेको छ । अनि, उनले हामीलाई भित्रै जान आग्रह गरनि् ।

भित्र पस्नासाथ मेरा आँखाहरू सानो झ्यालसँगै रहेको आँटमा फूलको माला पहिर्‍याइएको एउटा युवकको ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटोमा गएर अडिए । १४ वर्षजतिको त्यो युवक फोटोमा बोलिहाल्लाजस्तो गरी मुस्कुराइरहेको थियो । फोटोका अगाडि स्टिलको ग्लास थियो, मैले नजिक गएर हेरेँ, ग्लासमा दूध हालेको चिया चिसो भएर तर जमिसकेको थियो । अलि पर चुलोमा माटो दलेको कसौँडीमा उम्लिरहेको भाततर्फ हेर्दै मैले भनेँ, “आगो निभ्न लागेजस्तो छ ।” झसङ्ग हुँदै महिलाले आगुल्टा ठोसठास पारनि् र भात चलाइन् । “पहिला तपाइर्ंहरू खानाको काम सक्नुस् अनि कुरा गराँैैला ।” उनका पति अँगेनाछेउको ओछ्यान मिलाइरहेका थिए । ओछ्यान मिलाइसकेपछि उनी चिसो अँगेनाको छेउमा निरास अनुहार लिएर टुक्रुक्क बसे । हेर्दाहेर्दै उनले फर्सीका स-साना गट्टाको झोल हालेको तरकारी र भात पकाइन् ।

“के गर्नु छोराले यति कलिलै उमेरमा छाडेर जाला भनेर सोचेका थिएनौँ, त्यसले धेरै पढेर सुख देला भन्ने सोच्दासोच्दै शोकमा डुब्नुपर्‍यो,” बाबुले भने । मधेसी आन्दोलनको सुरुवातमै अर्थात् ०६३ माघ महिनामा उनीहरूका छोराको लहान बजारमा गोली लागेर मृत्यु भएको थियो । “मेरो छोरा खेतमा काम गर्दागर्दै जन्मिएको थियो, राम्रो स्कुल पढाएर ठूलो मान्छे बनाउने चाहनाले लहान पठाएकी थिएँ । बनिबुतो गरेर भए पनि छोरालाई पढाइरहेकी थिएँ तर आन्दोलनको सिकार भयो ।” उनले सारीको सप्कोले आँसु पुछिन् र चुलोछउमै खप्ट्याएका थालहरू निकालेर खाना पस्किइन् र एउटा गोलो परेको स्टिलको थालमा पस्किएको खाना र थालको एक कुनामा कचौरामा तरकारी राखेर फोटोका अगाडि राखिन् । अनि, छोराको फोटोलाई हातले सुम्सुम्याइन् । “हेर्नुस् न पहिला म चुलामा खाना पकाउँदै गर्दा मेरो छोरा भोकले आत्तिएर आउँथ्यो र आमा खाना पाकेन भन्थ्यो । तर, अहिले मैले अगाडि राखिदिएर के गर्नु, जति मीठो पकाए पनि मेरो छोराले खाँदैन ।” उनको कुराले अनायासै आँखा रसाए । तर, झारहिाल्न सकिनँ, रोइदिँदा उनीमाथि गुजि्रएको पीडामा अझ पीडा थपिन्थ्योे । मैले खालि यत्ति भनेँ, “खाना चिसो भयो, तपाइर्ंहरू खानूस् ।”

अँगेनाका छेउको ओछ्यानमा बसेका राजेशका बाबुले दबिएको स्वरमा भने, “हुनु नहुनु त भइसक्यो, अब छोरालाई सहिद बनाइदिए हुन्थ्यो ।” सहिदको परभिाषा र मापदण्डका विषयमा पूर्णतः अनभिज्ञ उनीतिर हेर्दै मैले भनँे, “अँ… हो नि !’ आफ्नो छोरालाई सहिद घोषणा गरििदए लहान चोकमा सालिक रहने थियो भन्ने उनीहरूको विश्वास रहेछ ।

“राजेश मरेपछि हामीलाई १० लाख रुपियाँ दिइएको छ,” आमाले भनिन्, “तर, त्यो पैसा म कसरी खर्च गर्न सक्छु ? त्यो त मेरा छोराको अर्को रूप हो, उसको सट्टामा दिइएको हो, म बाँचुञ्जेल ब्याङ्कमै रहोस्, म मरेपछि जेसुकै होस् । आफ्नो छोरालाई म पैसाका रूपमा खर्च गर्न चाहन्नँ ।” चरम गरबिीबीच जीवन गुजाररिहेकी उनको सोच देखेर लाग्यो, अभावलाई ममताले थिचिरहेको छ । उनीहरूका अन्य दुई छोराहरू बिहान-बेलुका टार्नका लागि काम गर्न कतै गएका थिए । उनको फोटो खिच्न लाग्दा मलाई ठूलो आत्मग्लानि भयो । खाटा बस्न लागेको उनको घाउलाई आलो बनाएकोमा आफैँसँग दिक्क लाग्यो । उनले भोगेको वास्तविकताले ती तमाम आमाहरूको प्रतिनिधित्व गररिहेको थियो, जसले ठूला-साना झिना-मसिना सबैखाले द्वन्द्वहरूले आफ्नो काख रत्ियाएका छन् । चरम मानसिक पीडाबाट जीवन अगाडि बढाइरहेका ती आमाहरू विक्षिप्त मनस्थितिबाट गुजि्ररहेका छन् । तर पनि कतिपय आमाहरू भनिरहेका छन्, यो मुलुकमा शान्ति छाए त हुन्थ्यो । तर, उनीहरूको यति महान् मनलाई ‘सलाम’ गर्नुको साटो अझ छिया-छिया पार्ने काम भइरहेको छ ।

पत्रकार हुनुका अनेकौँ चुनौती र जोखिमहरूसँगसँगै अर्को पक्ष यस्ता असहज परििस्थतिहरूमा आफूलाई संवेदनहीनझैँ बनाउनुपर्ने बाध्यता पनि हो । एउटा कठोर र भावनाविहीन व्यक्तिझैँ ती आमाका अगाडि हात जोडेर म भनिरहेकी थिएँ, “आफ्नो ख्याल गर्नुहोला, हामी गयौँ है त !” लाग्यो, उनको छोराको मृत्युपछि चर्किएको मधेस आन्दोलनले कतिलाई कहाँबाट कहाँ पुर्‍यायो, राष्ट्रिय-अन्तर्राष्ट्रिय समुदायले चिन्ने नाम, पहिचानसहितको सार्वजनिक व्यक्तित्व बनायो । तर, आन्दोलनमा होमिएर जीवन उत्सर्ग गर्ने व्यक्तिका पहिचानविहीन ती तमाम आमाहरू मानसिक विक्षिप्तताबीच जीवन गुजाररिहँदा ‘कस्तो छ ?’ भनेर सोध्नेसम्मको फुर्सद पनि सायद कसैलाई छैन । र, यस्तो परििस्थतिबाट आमाहरूले कहिलेसम्म गुजि्रनुपर्ने हो भन्ने पनि कुनै निश्चित छैन । त्यो घरबाट निस्किएर १० मिनेटको बाटो हिँडिसक्दासम्म छोरो गुमाएर संसार रिित्तएको अनुभव गररिहेको दम्पती घरपछाडि खेतको डिलमा उभिएर हामीलाई नै हेररिहेको थियो ।

बाटोमा मैले सन्तोषहरूलाई त्यस्ता अन्य केही आफूले देखेका आमाहरूका वास्तविकता सुनाएँ । एकपटक द्वन्द्वपीडित महिलाका ‘केस स्टडी’ गर्ने क्रममा कास्कीको लेखनाथ नगरपालिका पुग्दा माओवादी आन्दोलनका बेला आफ्नो छोरा बेपत्ता भएकी एउटी आमा भेटेकी थिएँ मैले, जो आफ्नो घरसँगैको मूलबाटो हिँड्ने जो-कोहीलाई रोकेर भन्ने गर्थिन्, “बाबु हो ! मेरो छोरा देखेनौ ? कत्ति दिन भइसक्यो घरै आएको छैन, के खायो होला ? लुगा पनि लगेको थिएन ।” मलाई पनि उनले त्यही कुरा दोहोर्‍याइन् । म उनैलाई भेट्न गएको भन्ने थाहा पाएपछि उनले मलाई अँगालो हालेर सुम्सुम्याउँदै भनेकी थिइन्, “तिमी कतै मेरी बुहारी त होइनौ ? छोराले मलाई भेट्न पठाएको हो ? ऊ किन आएन ? मेरो छोराले तिमीलाई छोएको होला…। आऊ म तिमीलाई छोएर मेरो छोराको स्पर्श महसुस गर्छु… ।” उनको यो मानसिक विक्षिप्तताले मेरो पूरै शरीर चिसो र नीलो बनाएको थियो । तर, उनलाई आफ्नो छोरा बेपत्ता हुनासाथै मारसिकिएको छ भन्नेचाहिँ थाहा थिएन । यस्तै विषयमा कुरा गर्दागर्दै हामी लहान बजार पुग्यौँ । चोकमा एक हूल मानिसहरू हातमा प्लेकार्ड र लठ्ठी बोकेर प्रदर्शन गररिहेका थिए । मैले यसो प्लेकार्डतिर हेरेँ, लेखिएको थियो, हाम्रो आन्दोलन जारी छ…!

Babita Basnet – Rajkumari Sampada

बबिता बस्नेत – राजकुमारी सम्पदा
(हिमाल खबरपत्रिका)

बगैंचामा लास… लौ न, बगैंचामा स्वास्नीमान्छेको लास…

एकाएक माली चिच्याएपछि दरबारभरि सनसनी फैलियो। अनुहार घोप्टो परेकोले तत्काल चिन्न कसैले सकेन। मानिसहरू जम्मा हुँदै गएपछि भीडबाट कसैले भन्यो― सम्पदा सरकार! लौन सरकारलाई के भयो?

बगैंचामा लडिरहेको स्वास्नीमानिसको मृत शरीरलाई ठूलो सुरक्षा घेराबीच एम्बुलेन्समा राखेर अस्पताल लगियो। उनलाई नजिकबाट चिनेका र उनको जिन्दगीको वास्तविकता बुझेकाहरूले पनि यसै हो भन्न सकेनन्। नेपाल देशकी एउटी राजकुमारीको कथा हो यो। कथा यसरी सुरु भएको थियो।

बाइपङ्खी घोडा लिएर एक दिन राजकुमार आउनेछन्… मुस्कुराउँदै हातभरि फूलका गुच्छा र अँगालाभरि माया बोक्दै हाम्री राम्री राजकुमारीलाई भेट्नेछन्… परीको भेषमा घोडामा चढाएर लानेछन्… राजकुमारलाई भेटेपछि राजकुमारीले मलाई बिर्सनेछिन्… म दुःखी मन लिएर यही बगैंचाको वरिपरि घुमिरहेकी हुनेछु…। धाईआमाले यति भनिसकेपछि मुख थुनिदिँदै राजकुमारीले भनिन्― नाइँ… त्यसो भन्न पाइन्न… म आमालाई बिर्सिन्न। त्यतिबेला धाईआमाले भन्थिन्― हेरौंला…!!

दिन बित्दै जाँदा राजकुमारी ठूली हुँदै गइन्। केटीहरू मात्रै पढ्ने स्कूलमा उनको पढाइ शुरु भयो। धाईआमाले प्रत्येक बिहान काखमा राखेर बगैंचा नजिकको बाटो देखाउँदै भन्न छोडेकी थिइनन्― ऊ… त्यही बाटो भएर एकदिन राजकुमार आउनेछन्… सलक्क परेको शरीर… मायालु मुहार… फूलैफूलको बीचमा मेरी राजकुमारीलाई दुवै हातमा समातेर भन्नेछन्― राजकुमारी सम्पदा, म तिमीबिना एक्लो-एक्लो भएको छु, तिमीबिनाका हरेक क्षण मेरा लागि शून्य-शून्य भएका छन्, तिमीलाई भेट्न म कति अधीर थिएँ भन्ने कुरा कसरी बताउँ्क?

आफूले जानेबुझ्ेदेखि यही संवाद सुनेर हुर्किएकी राजकुमारी किशोरावस्थामा भने अलि प्रतिवाद गर्न थालेकी थिइन्― तपार्इं सधैं यसो भन्नुहुन्छ, खै त राजकुमार अहिलेसम्म आएनन्? उमेर र कक्षा बढ्दै गएपछि साथीहरू आ-आफ्ना ब्वाइफ्रेन्डको कुरा गर्न थाले, उनी उही राजकुमारको प्रतीक्षा! धेरै पछि थाहा भयो― यो देशमा कुनै राजकुमार उनलाई लिन आउने छैनन्, किनभने यहाँ एउटै राजा र तिनका छोरा, आफ्नै दाजुभाइ, मात्रै राजकुमार छन्। यो वास्तविकतालाई आत्मसात् गर्न उनलाई निकै समय लागेको थियो।

फुपूहरूको विवाह प्रायः भारतमा भयो― राजपूत खान्दान या पूर्वराजा-महाराजाका सन्तानसँग। जिन्दगीलाई बुझन थालेपछि असहज लाग्ने धेरै कुरा देखिए। दाजुभाइहरू कुनै पनि बेला दरबार बाहिर निस्किन र भित्र छिर्न सक्थे, उनी भित्रै अत्यन्त कडा अनुशासनका बीच रहन्थिन्। साथीहरूसँग कहीँ जाँदा पनि ठूलो र सम्भ्रान्त लाग्ने वा ठानिने परिवारमा मात्रै जान पाउँथिन्, सर्वसाधारणका घरमा जान सक्दिनथिन्। आफ्नै देशका गाउँघर, वन-जङ्गल, खोला-नाला, भीर-पहरा उनका निम्ति अपरिचित थिए। स्कूल, पढाइ, दरबारमै शिक्षिका आएर पढाउने ट्युसन, चाडबाडमा बाबुआमाको सामीप्यता, अरू बेला उही धाईआमा, सुसारे केटीहरू र त्यही बगैंचा भएर उनको किशोरावस्था बित्यो।

केटाहरू मन नपरेका होइनन्। कोही आफन्तका विवाहमा, कोही स्कूले साथीकहरूकहाँ, कोही राजकीय समारोहहरूमा भेटिन्थे, तर उनीसँग आँखा जुध्नेबित्तिकै सबै आँखा झ्ुकाउँथे। राजकुमारीसँग सामीप्यता बढाउनु उनीहरूका लागि रोमाञ्चकारी जोखिम हुनसक्थ्यो। त्यसैले उनीसँगको भेट अत्यन्तै प्रिय लागे पनि प्रेम अभिव्यक्त गर्ने हिम्मत कसैले जुटाउन सकेनन्। आफ्नो राजकुमारको छवि केही केटाहरूमा उनले पक्कै देखेकी थिइन्, तर ती एक झ्लकमै सीमित रहे। सम्बन्ध भन्ने कुरा एउटा देखभेटमै अगाडि बढ्ने पनि होइन।

एक्लै हुँदा प्रायः उनी उही राजकुमारको बारेमा सोच्ने गर्थिन्। जीवनमा पुगीसरी आएपछि सोच्ने कुरा धेरै हुँदैनन्। एकदिन धाईआमासँग उनले सोधिन्- आमा, खै मलाई भेट्न राजकुमार आएनन् त? आमाले भनिन्― अब चाँडै आउनेछन्, सरकारहरूबाट हुकुम भएको― हजुरको विवाहको कुरा चलिरहेको छ रे।

मेरो विवाह? कोसँग? आश्चर्य मान्दै उनले भनिन्। आफूले जिन्दगी बिताउने कुरा आफैंलाई थाहा नहुँदा नरमाइलो लाग्यो। पछि फेरि चित्त बुझाइन्― हाम्रो खुसीले यहाँ के नै पो चल्छ र? के अर्थ राखेको छ र? महारानी सरकारको इच्छा महाराजको इच्छामा कैद छ। मुमा, जिजुमुमा महारानीहरूको चाहना पक्कै बुबा, जिजुबुबा सरकारहरूमै निहित थियो होला। भोलि भाउजू महारानीहरू भित्रिनेछन्, उनीहरूले पनि मेरा राजकुमार दाजुहरूको इच्छामा आफ्नो जिन्दगी समर्पण गर्नुपर्नेछ। पशुपतिको मन्दिरमा जान उनीहरूले तीज पर्खिनुपर्नेछ। राजकीय समारोहहरूमा चिटिक्क परेका पुतलीझै बनेर सहभागी हुनुपर्नेछ। मनमा जे भए पनि अरूका अगाडि मुसुक्क मुस्कुराउनु उनीहरूको धर्म हुनेछ। म राजकुमारी यो दरबारको मान, मर्यादा र अदब नै मेरो कर्तव्य हो। यसबीचमा यस्ता थुपै्र कुरा बुझ्िसकेकी थिइन् उनले।

विवाहको निम्ति कुरा छिन्ने समारोहमा आफ्नो जीवनसाथी देख्दा झ्सङ्गै भइन्। खै बझ्ाङ, बाजुरातिरका पहिलेका राजाका सन्तान रे, फुपूज्यूहरू एकातिर बसेर कुरा गरिरहेका थिए। छोटो-छोटो कदको, मुस्कुराहट पनि व्यङ्ग्यझै लाग्ने तिनलाई देखेपछि उनको सपनामा पहिरो मात्रै गएन बाल्यकालदेखि वरिपरि घुमिरहेको राजकुमारको मृत्यु पनि भयो।

कुरा छिनेको दिनदेखि नै दरबारमा तिनलाई कुमार रूपकका नामले पुकार्न थालियो। कुरा छिनेदेखि राजकुमारीको हाँसो हराएको महसूस गरिरहेकी धाईआमाले एक साँझ् भनिन्― सम्पदा महारानी, कुमारसाहेव हेर्दा त्यति राम्रा नभए पनि मनको एकदमै राम्रो होइबक्सिन्छ जस्तो छ। दुःख नमानिबक्स्योस्, हजुर खुसी होइबक्सिन्छ। त्यसअघि आमा महारानीले पनि भनेकी थिइन्― राजकुमारी सम्पदा, केटा राम्रै हो भन्ने सुनिएको छ। तिम्रो इच्छाअनुसारको महल बन्नेछ। चाहेका सुसारेहरू लान पाउनेछ्यौ। दुःख हुनेछैन।

सानैदेखि आफूअगाडि आउने राजकुमारको छविको मृत्यु स्वीकार्न उनलाई निकै समय लाग्यो। आफ्नोपन र पे्रम होइन, मलाई डर लागिरहेको छ आमा, एक साँझ् सम्पदाले धाईआमासँग भनिन्। उनी आमा महारानीसँग भन्दा खुलेर कुरा गर्थिन् धाईआमासँग। आफूले बाल्यकालदेखि देखाइदिएको सपनाप्रति ग्लानिबोध भइरहेको थियो धाईआमालाई। तैपनि भनिन्― माया त सँगै बसेपछि हुने हो, अब कुमार रूपक नै हजुरको पे्रम हो, जिन्दगी हो।

राजकीय शानसँग राजकुमारीको विवाह सम्पन्न भयो। दरबारको विशाल कम्पाउन्डमा चरणबद्ध रूपमा विभिन्न पेशा र व्यवसायका मानिसहरूलाई छुट्टाछुट्टै निमन्त्रणापत्र गए। विभिन्न प्रकारका फूलहरूसहित धुपीका रूखले झ्पक्कै ढाकेको दरबार परिसरमा भएको पार्टीमा कुनै कुराको कमी रहेन। राजकुमारीलाई उनकै नाममा निर्माण गरिएको सम्पदा सदनमा भित्र्याइयो। विवाहको पहिलो रात आम दुलहीहरूलाई जस्तै राजकुमारीका निम्ति पनि सङ्कोच, भय, उत्साह लिएर आएको थियो। कुमार रूपक भित्र पसेपछि उनले मुस्कुराएर भनिन्― राजहोस् न। रुखो आवाजमा ठीक छ भन्दै छ्यानमा पल्टिएर उनले राजकुमारीसँग जे-जे गरे त्यसमा कुनै आफ्नोपन भने भएन।

रूपकका निम्ति मनोरञ्जन बनेको सुहागरात राजकुमारीका निम्ति पीडादायी बन्यो। राति दुईजनाबीच खासै कुरा भएन। उनले यति भने, दरबारको अदप राख्न सकिएन भने अन्यथा नलिइयोस्। त्यो रात बाल्यकालदेखि आफ्नो मनमा धाईआमाले राखिदिएको राजकुमारले ढोकाबाट छिर्नासाथ मुस्कुराउँदै हात समातेर छुँदा पनि दुख्ला कि झ्ैं गरेर सतर्कतापूर्वक बिस्तारो-बिस्तारो स्पर्श गर्दै हजुर त मेरो जिन्दगी हो सरकार भनेको कुराहरू सम्झ्िएर उनले अनिँदो रात बिताइन्।

बिहान रूपक ढिलो उठे, गुडमर्निङको आदान-प्रदानपछि उनलाई लाग्यो― एटिच्युड नै खराब भएको मान्छेचाहिँ होइन जस्तो छ, जसरी भए पनि मैले अपनाउनु नै छ। विवाहको पहिलो हप्ता भोज, दुल्हन फर्काउने आदि कुराको रमझ्ममै बित्यो।

धाईआमाबाहेक उनलाई कसैले उनी खुशी छन्, छैनन् भनेर कसैले सोधेन। यस्तो सुविधासम्पन्न घर, मोटर, सुसारे, नोकरचाकर, धनसम्पत्तिजस्ता सम्पन्नताबीच कोही दुःखी हुनसक्छ भनेर कसैलाई लाग्ने कुरा पनि भएन। राजकुमारी आफैंलाई पनि त्यति दुःख महसूस भएको थिएन, यद्यपि जिन्दगी सम्झ्ौता हो भन्नेचाहिँ शुरुको दिनमै लागेको थियो।

दिनहरू बित्दै गएपछि राजकुमारीलाई जीवन सम्झौताभन्दा अलि बढी नै लाग्न थाल्यो। दरबार या अन्य नातेदारका घरमा हुने पार्टीहरूमा कुमारसाव नम्र र संयमित रूपमा प्रस्तुत हुन्थे। राजकुमारीलाई सम्बोधन पनि सरकार भनेरै गर्थे। तनावपूर्ण रातहरू चाहिँ स्वाभाविक जीवनशैली बनिसकेको थियो। मदिरा पिएपछि कुमार सुत्न दिँदैनथे। मदिरा नपिएको दिन हुँदैनथ्यो। पिएपछि प्रायः उनका शब्दहरू उस्तै-उस्तै हुन्थे― तैंले के भन्ठानेकी छेस् आफूलाई, म पनि आफ्नो ठाउँको राजाकै छोरा हुँ…! राजकुमारीले केही भनेकी हुन्नथिन्, आफैंमा कम्प्लेक्स भरिएको थियो उनको दिमागमा। राजकुमारीका दिदीबहिनी पनि थिए। नजिकै बस्थे पनि, तर उनले आफ्नो दुःख कहिल्यै बाँडिनन्। बाबुआमा र दाजुभाइले यो कुरा थाहा पाए भने केसम्म गर्लान् भन्ने भयले उनले मौनता साँधिरहिन्।

यसैबीच उनका छोराछोरी जन्मिए। पहिलोपटक गर्भवती हुँदा उनलाई लागेको थियो, पे्रमबिनाका सम्बन्धहरूबाट त छोराछोरी नभइदिएको भए हुन्थ्यो नि! तर, बच्चा पाएपछि सुखद् अनुभूति नै भयो। तिनीहरूलाई आफ्नो बाँच्ने सहाराका रूपमा लिइन्। पारिवारिक र अन्य समारोहहरूमा उनी हाँसिरहेकी हुन्थिन्, तर मन हाँस्न सकेको थिएन। शारीरिक दुर्व्यवहार र कुटपिट सहनु नयाँ कुरा थिएन।

हुँदाहुँदा कतिसम्म भयो भने, एकदिन कुमारसावका केही गाउँलेहरू उनलाई भेट्न सम्पदा निवास आइपुगे। त्यस्तै ११ बजेको हुँदो हो, बिहानदेखि नै रूपक मदिरामा रमाइरहेका थिए। गाउँलेहरूले दर्शन टक्र्याएपछि उनले राजकुमारीलाई बैठककक्षमा बोलाए। राजपरिवारको त्यत्रो शान, सौकत छाएको बेला राजकुमारीलाई भेट्न पाइनेभो भनेर गाउँलेहरू खुसी भए। उनी आएपछि सबैले उठेर दर्शन मात्र के भनेका थिए, रूपकले लात्ताले राजकुमारीको पछाडिको भागमा हाने। गाउँलेहरूको जीउ सिरिङ्ग भयो। राजकुमारी रुँदै भित्र गएपछि उनले भने, देख्यौ, तिमीहरूले सोचेका होलाऊ, म राजाकी छोरी विवाह गरेर उसको अण्डरमा बसेको छु। तर होइन, मैले यसलाई यसैगरी राखेको छु। उनी बोलिरहे पनि वातावरण स्तब्ध बनेको थियो। केही छिनपछि गाउँलेहरू उठेर हिँडे, बाटोमा कसैले भन्यो, खै मलाई त आफ्नै दिदीबहिनीमाथि अत्याचार भए जस्तो लाग्यो। कसैले त्यस्तो दृश्य देख्दा पनि केही गर्न नसकेकोमा ग्लानि प्रकट गरे।

बिस्तारै-बिस्तारै आमा र दिदीबहिनीले उनको तनावपूर्ण सम्बन्धको खोजी गर्न थाले। एक दिन त मुख फोरेरै सोधे पनि। सधैँ कहाँ तयार हुन सकिन्छ र?, शुरुमा उनले यति मात्रै भनिन्। केही दिनपछि बिस्तारै भनेकी थिइन्- एउटै कुरा दोहोर्‍याइरहेको र जतिबेला पनि मनपरी बोलिरहेको मलाई एकदमै मन पर्दैन। जब म सुत्न खोज्छु, उसले के-के भन्न शुरु गर्छ। आनन्दले सुत्न पाउनु पनि सपनाजस्तै भएको छ।

छ्यानको सम्बन्ध नै तनावको प्रमुख कारण भएको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो। सँगै बस्न सक्ने अवस्था नरहे पनि छुट्टिन उनलाई दरबारको इज्जतले दिँदैनथ्यो। त्यसैले त्यतातिर उनले सोच्ने हिम्मतसम्म पनि गरिनन्। तर, बेलाबेलामा मनमा लाग्थ्यो― यदि म साधारण परिवारकी छोरी भएकी भए आफ्नो जिन्दगीका बारेमा सोच्न सक्थें, पर्दाभित्रका सम्बन्धहरूलाई जबर्जस्ती लुकाउनुपर्ने थिएन। यता, समारोहहरूमा उनलाई देख्ने उनकै उमेरका कतिपय महिलाहरू भने कल्पना गर्थे― म पनि यस्तै राजकुमारी भएकी भए…!

दिनहरू बित्दै गए, छोराछोरी हुर्कंदै जाँदा उनलाई तिनका अगाडि चाहिँ लोग्ने नकराइदिए हुन्थ्यो जस्तो लाग्न थाल्यो। तर, अभ्यस्त बानी छुट्न सजिलो थिएन। धेरैजसो अवस्थामा उनलाई लाग्थ्यो― हाम्रो मानसिक स्तर नै मिलेन। तर जे-जस्तो भए पनि राजकुमारीले कुमारलाई अपनाउने कोशिश भने गरिरहिन्।

यता बच्चादेखि राजकुमारीलाई सपना देखाउने धाईआमाको मृत्यु भयो। त्यसअघि नै आमा महारानी र बुबा महाराजको मृत्युले उनलाई एक्लो झ्ैं बनाइसकेको थियो। छोराछोरी र नातिनातिनाहरू थिए, तर उनीहरूसँग सबै कुरा खुलेर गर्न सक्दिनथिन्। उनका अत्यन्तै लामो जिन्दगीका दिन र रातहरू कहिल्यै आङमा घाम नलागी बिते।

फुलेको कपाल, जीर्ण शरीर र अधुरा सपनाहरू लिएर एकदिन उनी आफ्नो माइतीघरको उही पुरानो बगैंचामा पुगिन्। कुनैबेला जिन्दगीको रोमाञ्चकारी सपना देखाउने त्यो बगैंचा र ती फूलहरू फुङ्ग उडेका आकृति झ्ैं लागे। उही आकार, प्रकार र रङमा प्रकृतिभन्दा बाहिर जान नसकेर धेरै निराशाहरूबीच पनि जबर्जस्ती फक्रिरहेका। राजकुमारीलाई आफ्नो जीवन र ती फूलहरूबीच तुलना गर्न मन लाग्यो।

बगैंचामा बूढा रूखहरू छक्रक्क परेर हिउँद काटिरहेका थिए। ती बाल्यकालमा उनले देख्दा झै कल्कलाउँदा बिरुवा र फक्रँदा फूलहरू थिएनन्। कठ्याङ्ग्रिँदा हिउँद हुन् या मुसलधारे वर्षा, तिनले फुल्नै पर्थ्यो। उनको पनि रहरलाग्दा सपनासहितको कल्कलाउँदो बैंस जिन्दगीको बाटोमै कतै छोडिएको थियो, पीडादायी सम्बन्धका बीच पनि छोराछोरी भएका थिए। टुक्रिएर जति कोशिश गर्दा पनि जोडिन नसकेको मन र थकित शरीर लिएर उनी पनि आफू जाने दिनहरू पर्खिरहेकी थिइन्।

स्वर्गीय बाबुआमा, शुरु नै नभई सकिएका जीवनका आकाङ्क्षा, आफूलाई अत्यन्त माया गरेर हुर्काउने धाईआमा, जिन्दगीभर अपनाउन कोशिश गरिरहेको आफ्नो पति, समग्रमा उपलब्धिविहीन जिन्दगी…! सोच्दासोच्दै उनलाई आकाश घुमेझै भयो। बगैंचाका फूलहरू र्तिर-पर्तिर गर्न थाले। त्यो धर्मरका बीच उनले यति मात्रै भन्न पाइन्- हे ईश्वर अब मलाई अपनाऊ!!

Babita Basnet – Camera Man

बबिता बस्नेत – क्यामेरा म्यान

चकमन्न रातको मौनतालाई चिर्दै श्रीमतीले प्रश्न गरी, “अहिले म यति राती घर आएर तपाईंजस्तै टोलाएर बसेकी भए, तपाईं के भन्नुहुन्थ्यो – के अर्थ लगाउनुहुन्थ्यो -,” प्रश्नले ऊ झसङ्ग भयो । “केही होइन, भोलि बिहान चा“डै हि“ड्नु छ, कार्यक्रमस्थलको लोकेसनका बारेमा सोचिरहेको छु,” प्रश्नको जवाफ होइन, उसले आफू मौन रहनुको कारण बतायो । ऊ टेलिभिजनको क्यामराम्यान जो करिब दुइ दशकदेखि टेलिभिजन च्यानलको समाचारकक्षमा काम गरिरहेको छ । समाचारको क्षेत्र नै त्यस्तो छ, जहा“ कतिबेला कहा“ पुग्नुपर्छ, कुनै टुङ्गो हु“दैन । कहिले एकाबिहानै सुरु हुने नेताहरूका ‘बे्रकफास्ट मिटिङ्’ भ्याउनुपर्छ त कहिले राज्यस्तरीय बैठकहरू । शिलान्यासदेखि उद्घाटनसम्म, जुलुस, धर्ना, अन्तरक्रिया, प्रदर्शन हु“दै अस्पतालदेखि आर्यघाटसम्म जानु नपर्ने भन्ने ठाउ“ कही“ छैन । सरकारी टेलिभिजनमा कार्यरत भएकाले प्रायः मन्त्रीहरूका कार्यक्रमले पिछा छोड्दैन । त्यसमा पनि त्यतिबेला त समय नै त्यस्तो थियो, मुलुक शान्ति प्रक्रियाको चरणमा प्रवेश गरेपछि विभिन्न सम्झौताहरूका क्रममा प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसिरहेको थियो । बिहानदेखि सुरु भएको बैठक राती १० बजेसम्म लम्बिएकाले ऊ घर आइपुग्दा त्यस्तै साढे ११ बजेको हु“दो हो । श्रीमती धेरैबेरसम्म खाना कुरेर केही नलागेपछि सुतिसकेकी थिई । छोराछोरीलाई उसले राम्ररी नदेखेको धेरै दिन भइसकेको थियो । बिहान ऊ हि“ड्दा तिनीहरू उठेकै हु“दैनथे, राती र्फकंदा सुतिसकेका हुन्थे । दिनभरि बैठककक्षबाहिर उभि“दा र कुनै नेता बाहिरि“दा वा भित्र पस्दा दृश्यहरू लिनलाई यता र उता गर्दा त्यस दिन ऊ कति थाकेको थियो भन्ने बयान नै गर्न सक्दैन । बालुवाटारको एउटा सानो पसलमा एकमुठी चिउरा र चनाका भरमा दिन काटेको उसको रातीसम्ममा भोक पनि टरिसकेको थियो । तर पनि घर पुगेर अलिकति चिसो भात खायो । श्रीमती समझदार भएकीले थप मानसिक तनाव झेल्नुपरेन । मिडियामा काम गर्नेहरूका लागि समझदार श्रीमती या श्रीमान् पाउनु भनेको पूर्वजन्मको असल कामकै प्राप्तिझै“ हुन्छ । ऊ स्कुलमा पढाउ“छे, घरबाट निस्कने र र्फकने उसको समय निश्चित छ । काममा रह“दा उसलाई कतिबेला अफिस पुगेर क्यामरा थन्क्याउ“दै न्युजरुममा क्यासेट जिम्मा लगाई घर पुगेर ओछ्यानमा पल्टिऊझै“ भएको थियो । तर, धेरै थाकेकाले न्रि्रा परेन । अनि त मनमा कुरा खेल्ने नै भयो । भोलि पनि जुरुक्क उठेर हि“ड्नु छ, मन्त्रीज्यूको कार्यक्रम रे स्वयम्भू छेउमा, कहा“निरबाट छिर्ने हो…† गाडी त पक्कै जान्छ होला…† यस्तै कुरा सोचिरहेका बेला श्रीमतीले यो प्रश्न गरेकी थिई ।

प्रश्न फालेर निदाइसकेकी श्रीमतीलाई हेर्दै उसले सोच्यो, सा“च्चि ! कसको मनमा के कुरा खेलिरहेको छ भन्ने थाहा हुने भए के हुन्थ्यो होला – मानिसहरूबीचको व्यक्तिगत सम्बन्धलाई कति फरक पाथ्र्यो होला † यो सोचाइ निष्कर्षा पुग्नै नपाई उसले अघिल्लो दिन दिउ“सो अकस्मात् भेटिएकी स्कुलकी साथीलाई सम्भिmयो, ऊ ट्राफिकको डे्रसमा थिई, उसले त चिन्नै सकेन । डे्रस लगाएपछि सबै ट्राफिक उस्तै लाग्छन्, त्यसमा पनि महिला ट्राफिकको अनुहार के हेरिन्छ र – पुतलीसडकमा हि“ड्दै गर्दा उसले नै बोलाएकी थिई, “अशोक…-” ट्राफिक प्रहरीले एक्कासि नाम लिएर बोलाउ“दा यसले हतारहतार पकेटमा लाइसेन्स छाम्यो, हत्तेरी † हाम्रो मानसिकता पनि कस्तो † मोटरसाइकल चलाउने क्रममा चेकिङ्का बेला मात्रै ट्राफिक प्रहरीस“ग जम्काभेट हुने गरेकाले त्यस्तो हुनु स्वाभाविकै थियो ।

शर्मिला -ट्राफिक प्रहरी) र ऊ राधिका मावि उर्लाबारीमा स“गै पढेका थिए । स्कुल सकिएपछि भेट नै भएको थिएन । त्यस दिन उसले सोधी, “कहा“ छौ, के गर्दैछौ -” ऊस“गै टेलिभिजन छिरेका कतिपय पत्रकार र कार्यक्रम निर्माताहरू सडकमा जसले देखे पनि चिनिने भइसकेका थिए तर उनीहरूको कामलाई पछाडिबाट सघाउने ऊ भने परिचयविहीन थियो । वर्षौंदेखि धेरैको पहिचान बनाउ“दै आएको उसको परिचय आफ्नै क्यामरामा अदृश्य रूपले कैद भइसकेको थियो । तथापि, उसले भन्यो, “म टेलिभिजनमा काम गर्छु” त्यसपछि केही समय उसले शर्मिलालाई सोचेर बितायो, श्रीमतीले अघिल्लो दिन भनेको सम्भिmयो, “महिनावारी हुन लागेकाले असाध्यै जीउ दुःखेको छ, दुवै बे्रस्ट दुखेर असाध्यै पीडा भएको छ ।”

प्रत्येकपल्ट महिनावारी हु“दाको यस्तै पीडा उसले श्रीमतीबाट सुन्दै आएको छ । उसले सोच्यो, ओहो ! यदि सबै स्वास्नीमान्छेलाई उस्तै हुने हो भने शर्मिलालाई झन् कति गाह्रो हु“दो हो, ऊ त दिनभरि सडकमा उभिएर काम गर्छे शरीरबाट रगत बग्नु भनेको सानो कुरा हो र – सडकमा अरू सबै पुरुष ट्राफिकहरू छन्, यस्तो भयो, उस्तो भयो भन्न पनि मिलेन । अझ सडकमा यता र उता गर्दा उसको जीउ कति दुख्दो हो ।

शर्मिलास“गको भेटले आज उसलाई अनायासै विगतमा धकेलिदिएको छ, सा“च्चि अहिले मीठु कहा“ होली…- के गर्दै होली…- भेट भयो भने हामी के कुरा गथ्र्यौं होला…† ९ कक्षाको शैक्षिक भ्रमणमा जा“दा स्कुलमै नजानि“दो पे्रम भएको थियो उसको मीठुस“ग । तर, त्यो पे्रम त्यति हुर्किन भने पाएन । धेरैपछिसम्म श्रीमतीको छवि अगाडि आउ“दा मीठुकै मुहार सम्भिmन्थ्यो ऊ । पहिलोपटक मीठुको हात समाउ“दा उत्पन्न कम्पनसहितको तातोपन अहिले पनि उसले बिर्सन सकेको छैन । त्यस्तै भयो, ऊ थप अध्ययनका लागि काठमाडौ“ आयो, दुइ वर्षछि गाउ“ जा“दा मीठुको विवाह भइसकेको थियो झापाको सुरुङ्गामा । ऊ पनि आमा बनिहोला…। के उसले मलाई सम्भिmरहेकी होली…- अब त कपाल पनि अलिअलि फुले होलान्…। सलक्क परेका उसका ती हातका औ“लाहरू…। ठूला आ“खा, ह“सिलो तर गम्भीर प्रकृतिको अनुहार…। कस्ती देखिएकी होली…- मनमनै प्रश्न गर्‍यो । शर्मिला र मीठु एकदमै मिल्ने साथी भएकाले उसलाई शर्मिलाको भेटले करिब २२ वर्षगाडि पुर्‍याइदिएको थियो । मीठुलाई पुनः नदेखुन्जेल पहिलेकै रूपमा उसको कल्पनामा आइरहनेछे ऊ । विगतको एउटा मीठो र अधुरो स्मृति…। कहिलेकाही“ उसलाई जीवन रित्तो-रित्तोझै“ लाग्छ…। श्रीमतीस“ग उसको नराम्रो छैन तर राम्रो सम्बन्ध हुनुको अर्थ जीवन पूर्ण भएको अनुभव हुनु भने होइन रहेछ । ऊ आफ्नो विगतले अरूलाई दुःख पुर्‍याओस् भन्ने चाह“दैन, त्यसैले श्रीमतीलाई मीठुका बारेमा कहिल्यै बताएन । के थाहा !- श्रीमतीले पनि उसलाई दुःख दिन नचाहेका अनेक घटनाक्रमहरू हुन सक्छन् । विश्वास टुट्न सक्ने सम्भावनामा कति धेरै अविश्वासहरूबीच चलिरहेको हुन्छ यो लोग्ने-स्वास्नीको सम्बन्ध पनि !

शर्मिला दिमागबाट पूरा हट्नै नपाई ऊ पुग्यो आफ्नै कार्यालय । सम्भिmयो, उसकै आ“खाअगाडि कति मन्त्री फेरिए, मन्त्री नै पिच्छे जीएम र अध्यक्ष फेरिए, थरीथरीका बोर्ड-सदस्यहरू आए । तिनको सान, फुर्ति कतिपय त त्यही“ जिन्दगी बिताउन आएझै“ गर्थे तर खै अहिले तिनीहरू कहा“ छन्, कुनै अत्तोपत्तो छैन । पर्दामा देखिने कति कार्यक्रम निर्माता र रिपोर्टर,

समाचारवाचकहरूको आफ्नै नाम, पहिचान भयो तर पर्दापछाडिबाट असाध्यै महत्त्वपूर्ण योगदान गर्ने उसको प्रमोसन हुन पनि कति गाह्रो छ ! स“गै छिरेका पर्दामा देखिने कतिपय व्यक्तिहरू भनसुनकै कारण आफूभन्दा निकै माथिल्लो तहमा पुगिसके, ऊ भने जहा“को त्यही“ छ । यसबीचमा जम्मा दुइपटक विदेश गएको छ, एकपटक राजाको औपचारिक भ्रमणमा चीन र अर्कोपटक प्रधानमन्त्रीको भ्रमणमा भारत । “विदेश जा“दा झन् कहा“ सुख पाइन्छ र – सातो जालाजस्तै गरी दौडधुप गर्नुपर्छ, दृश्यहरू खिच्न र समाचार पठाउनकै चटारो, समारोहस्थलहरूबाहेक घुम्न, देख्न केही पाइएको होइन । उपलब्धिका नाममा क्यामरापर्सन फलानोका साथ म… भनेर रिपोर्टरले बोलिदि“दा नाम आउने हो, आफ्ना परिवारका सदस्य र निकटवर्तीहरूबाहेक कसले सम्भिmने हुन् र त्यो नाम † अझ पहिलापहिला त क्यामराम्यान भन्ने चलन थियो, हिजोआज महिलाहरू पनि क्यामरा चलाउन थालेकाले क्यामरापर्सन भन्न थालिएको छ ।

आज उसलाई लागिरहेको छ, क्यामरा पत्रकार भनेको भए के हुन्थ्यो र – पत्रकारहरूको इज्जत त घट्दैनथ्यो । उनीहरूको कर्म पनि पत्रकारिता नै त हो । अझ अरू पत्रकारिताजस्तै जोखिम र जिम्मेवारीपूर्ण छ । अब त यो विषयमा कुरा उठाउनुपर्ला जस्तो छ, क्यामरापर्सन किन भन्नुपर्‍यो, फोटो या दृश्य पत्रकार भने पनि त हुन्छ नि !
श्रव्यदृश्य मिडियामा काम गरेर पनि अदृश्य जीवन बा“च्नुपर्दा आज उसलाई पहिलोपल्ट दिक्दारी लागेको छ । उसले खिचेका दृश्यका पात्रहरू आज कहा“बाट कहा“ पुगे † तर, ऊ …- आज पनि एउटा अदृश्य र परिचयविहीन दिनचर्या बा“चिरहेछ । उसको योगदानको मूल्याङ्कनको चर्चासम्म छैन । फोटो सिच्नेसिवाय उसको महत्त्व पनि खासै छैन । मिडियामा सक्रिय रह“दारह“दै सीमान्तीकृत महसुस भएको छ आज उसलाई ।

श्रीमती अइय्या भन्दै अर्कोतिर फर्किई । “निकै जीउ दुःखेजस्तो छ,” उसलाई लाग्यो तर, सोधेन । बरु र्सतर्क भएर मस्त निदाएझै“ गर्‍यो । उसलाई डिर्स्र्टब होलाझै“ गरेर ऊ विस्तारै उठी र ट्वाइलेट गएर फर्किई, फेरि सुती उसै गरी । उसले घडी हेर्‍यो, बिहानको ४ बज्नै लागेको थियो । कस्तो न्रि्रा नआएको † अब ऊ गाउ“ पुग्यो, जहा“ उसले चञ्चल बाल्यपन बिताएको थियो, दिवङ्गत आमाबाबु सम्झ्यो । उहा“हरू भएको भए – आफै“स“ग प्रश्न गर्दै कोल्टे फर्कियो, आमाले भनिन्, “कति सोचिरहेको बाबु ! अब सुत्…, बिहान चा“डै उठेर काममा जानुपर्छ फेरि…†” आमाका यी काल्पनिक वाक्यस“गै ऊ लुटुक्क निदायो, बिहान टेलिफोनको घन्टीस“गै बिउ“झि“दा टेलिभिजनकी पत्रकार साथी भनिरहेकी थिइन्, “चा“डै गर्नूस्, कार्यक्रम सुरु हुन लागिसक्यो, लोकेसन पनि थाहा छैन ।” हस्याङ्फस्याङ् गर्दै तयार भएर सिंहदरबारतिर लाग्यो ऊ । पर पुगुन्जेलसम्म श्रीमतीको आवाज कानमा गुन्जिरहेको थियो, “ए, चिया त खाएर जानूस्… †” छोराछोरी भनिरहेका थिए, “बुबा आज हाम्रो प्यारेन्ट्स डे हो…। जसरी भए पनि आउनुपर्छ है ११ बजे †” तर, उसलाई थाहा छ, आज पनि उनीहरूलाई आश्वासनबाहेक केही दिनसक्ने अवस्था छैन । र, यो पहिलोपल्ट भएको पनि होइन ।

उसको पेसा नै यस्तै हो । उसका सहकर्मीहरूबीच उसको प्रतिष्ठा एउटा जाबो क्यामराम्यानको छ, कुनै महत्त्वको छैन । तर, घरपरिवारलाई पनि समय निकाल्न सक्तैन । मन्त्रीको तस्बिर खिच्दाखिच्दै एक्कासि उसको मुटु चसक्क दुख्यो ।

नेपाल साप्ताहिक
अंक २९६