Narayan Tiwari – Biparit

नारायण तिवारी – विपरीत

मैले उसको पसलमा प्रवेश गर्दा उसले मुण्टो उठाएर हर्ेदा पनि हेरेन । उसको आ“खाले मलाई देखिसकेको थियो । किनभने मेरो आ“खा निमेषभर उसको आ“खासित जुधेका थिए । मैले साविकझै“ मुस्कान फाले“ । उसले नचाहेर ओठ खुकुलो पार्‍यो । तर, साविकझै“ मुस्कान फालेन । पहिलेपहिले ऊ दर्ुइ हात जोडेर ‘नमस्कार’ को लेघ्रो तान्थ्यो, “भन्नुहोस् हजुर केके सेवा गरौ“ …†” लाग्थ्यो, साहूनी मृदुभाषी छ, कोमल छ र छ मानवीय व्यवहारयुक्त …† तर, अहिले उसको मुखबाट बोली फुटेन । मैले नै पहल गर्दै अभिवादनस्वरूप एक हात उठाए“ । उसले मरेर एक हात ‘हाफ्’ उठायो ।

उसको पसलमा प्रवेश गर्दा मसित थिए मेरा दर्ुइ लालाबाला र एक श्रीमती … । श्रीमतीले भन्दै थिई, “जाउ“m अरू दोकान पनि हेरौ“ । त्यही सोध्नेकहा“ जानु भन्ने के छ †”

“होइन त्यो दोकानदार असल छ । त्यसकहा“ नै किन्नर्ुपर्छ । फेरि केही रुपिया“ नपुगे यसो उधारो पनि राखिदिन्छ ।” श्रीमती चूप लागेकी थिई ।

श्रीमतीले लहरै टा“गेका लुगाहरूमाथि दृष्टि पुर्‍याई । छामी । हेरी । केटाकेटीले लुगा छामे ।

होइन यो राम्रो होला

होइन यो राम्रो होला

मलाई त यो मनपर्‍यो

छिः मलाई त कुनै मन परेन

यस्तै उस्तै कुरा चले । मैले भने“, “यस्तो अरू पनि देखाइदिनुस् न साहूजी ”

“र्एइ, देखाइदे और …।” बोली टर्र्रो पारेर कारिन्दालाई आदेश दियो उसले ।

र्’र्एइ’ नाम गरेको कारिन्दाले एकपटक साहूजीलाई र अर्कोपटक मलाई हेर्‍यो । सायद ऊ मालिकको टर्र्रोपन बुझ्न खोज्दै थियो । मेरा आ“खामा आफ्ना आ“खा गाडेर मानौ“ सोध्दै थियो, पहिला त तपाईंलाई देख्नासाथ साहूजी भगवान्लाई देखेझै“ गर्नुहुन्थ्यो । आजकाल के भयो – के हाम्रो साहूजीसित तपाईंले झगडा गर्नुभयो –

मैले उसको आ“खैको प्रश्नलाई ओझेलमा पार्दै, प्रसङ्ग अनुकूल पार्दै भने“, “देखाऊ न भाइ † अरू राम्राराम्रा लुगा … ।”

फेरि श्रीमतीले लुगा छामी । हेरी । कति दाम – केरी । केटाकेटीले लुगा छामे । हेरे । रोजे ।

श्रीमतीले मसित खासखुस गरी, “पैसा त घटाउ“दैन होला †”

मैले भने रुन्चे हा“सो हा“स्दै, “सोधन साहूजीलाई” भनेर सुन्नेगरी भने“ । साहूजीले भाउ घटाउ“दैन भन्ने ज्ञान हु“दाहु“दै पनि भाउ घटाइदिए हुन्थ्यो भन्ने रुन्चे चाहना मभित्र समेत उब्जिएको थियो । तर, साहूजीले नसुनेझै“ गर्‍यो ।

फेरि अचानक बम पड्किएझै“ गरी बोल्यो, “हाम्रो दोकानमा एक दाम हुन्छ । तपाईंहरूलाई लिन मन छ त लेनु, नभए नलेनु … †”

पहिले पहिले पनि मसित श्रीमती यस पसलमा आएकी थिई । उसलाई पनि अनुभूत भइरहेको थियो साहूजीको यो परिवर्तन र आ“खैबाट मलाई ‘व्रि्रँेही’ हुन घच्घच्याइरहेकी थिई । ‘नत्र त…’ आ“खैले भन्दैथिई, “नत्र त यसको बोलीलाई मै ठेगान लगाइदिन्छु … । यसको कर्जा खाएको छ कि क्या हो हाम्ले … ।”

“कर्जा खाएको छैन तर अब खानुपर्ने हुनसक्छ । चूप लाग न † नकराउ न †” म मानौ“ आफ्नो हाउभाउबाट श्रीमतीलाई मत्थर हुन अनुनय गरिरहेको थिए“ ।

“उहा“को दोकानमा एक दाम हुन्छ । दाममा तलमाथि हु“दैन । कसैले ठगिनुपर्दैन । अनि किन जाने अरूकहा“ …†” मैले साहूजीको चाकरीमा यसो भनिरह“दा पनि साहूजीमा लचकता आएन । पसलमा उस्तो भीड नभए पनि अरू पनि एक/दर्ुइ ग्रँहक आउ“दै जा“दै थिए । साहूजी उति ‘बिजी’ नभए पनि बिजी भएको अभिनयमा व्यस्त बनिरह्यो । मैले साहूजीको चाकरीमा व्यक्त गरेका शब्दहरू सुनेर श्रीमतीले ओठ लेप्र्‍याई ।

ठूल्ठूला भइसकेका लालाबालाले आ-आफ्ना लागि ‘रेडिमेड’ बस्त्र छानी सिध्याए । पसलको नाम नभएको र्’र्एइ’ कारिन्दाले प्याकिङ् गरिसिध्यायो ।

श्रीमतीले आफ्ना लागि ‘ब्रा’ प्याक गर्न लगाई ।

आमा बालाई धोती, कमिज र साडीचोलो जोगबनीमा गएर केही दिनअघि नै किनिसकिएको थियो ।

“मलाई यसपल्ट लुगा चाहि“दैन,” मैले घोषणा गरेको थिए“ ।

“मलाई एउटा सुतीको साडी भए पुग्छ,” श्रीमतीले सन्तोकी भई, “व्यवहार धान्न म हजुरको साथमा नै थिए“, छु र रहिरहनेछु सदार्सवदा” भन्ने किसिमको अभिव्यक्ति दिई नै सकेकी थिई ।

बाह्रौ“ कक्ष्ँामा अध्ययन गर्दै गरेको छोरोले पनि बाबुआमाप्रति सदासयता प्रकट गर्दै घोषणा गरिसकेको थियो, “मेरो पनि लुगा छ“दैछ । मलाई पर्दैन ।”

जागिरबाट निवृत्त भएपछिको यो मेरो पहिलो दसै“ थियो । स्वाभाविक रूपमा जागिरमा रह“दा र नरह“दा आर्थिक अवस्थामा फरक पर्ने नै भयो । मासिक प्राप्त हुने ‘पेन्सन’ ले सबै कुरा धान्न कठिनाइ पर्ने स्वतः सिद्ध नै थियो । कहिले कसैको उधारो नखाने बरु थोरै खाने, तामझाम र उत्ताउलो जीवनशैली भन्दा प्राप्त आयले जे जति पुग्छ खस्रो मसिनो खा“दै सरल जीवन बिताउने बानी मेरो र मेरा परिवारका सबै सदस्यको थियो । भ्रष्ट आचरणपट्ट िनलागी इमानदारीको कमाइबाट दुःखसुख, सकिनसकी जीवन व्यतीत गर्दै थियौ“ हामी । ‘स्वेच्छिक अवकाश योजना’ अर्न्तर्गतको चार साढे चार लाख रुपिया“को प्रलोभनमा फ“सेर असमयमा नै जागिर छोडिदिएको थिए“ मैले । एकमुष्ठ नलिएर मासिक पेन्सन लिने रोजाइ गरेर भने अलिकति राहत महसुस गरेको थिए“ । “स्वेच्छिक अवकाश योजना’ अर्न्तर्गत जागिर छोड्दा प्राप्त भएको अतिरिक्त चार/साढे चार लाख रुपिया“ चार महिनामा नै फुसको घर उढेझै“ खरानी भएको थियो । हुन त पक्की घरमा बस्ने लालसालाई तिलाञ्जली दिन नसक्दा पनि जागिर छोड्न पुगिएको थियो । बाबुआमाको जिन्दगी फुसको झोपडीमै बित्ने भयो, आफ्नो -श्रीमतीसमेत) झोपडीमै बितिरहेको छ र लालाबालाको झोपडीमै जीवन बित्ने होला …† एकैपल्ट हामी तीन पुस्तालाई स्वेच्छिक अवकाशबाट प्राप्त रकमबाट निर्मित ससानो पक्की घरले भने ठूलै मुक्ति यही जुनीमा दिएको छ भन्ने बुझाइले भने हषिर्त बनेकै छु म, आउ“दा दिनहरू र दैनिक जीवनयापन कठिन बन्नेछन् भन्ने भित्री आत्मज्ञान भए पनि … ।

विगत सम्भिmन्छु, पसलेले भनेको, “हजुर † पछि दिनु भए भइहाल्छ नि, नपुगेमा …†”

फेरि सम्भिmन्छु, प्याकिङ् गरेर झोलामा हालिसकेको लुगा पनि झिकेर आफूसित भएको रकमले पुग्ने कपडाजति मात्र लिएर मैले भनेको, “यो मेरो सिद्धान्तविपरीत हुन्छ साहुजी, तपाईं त उधारो दिनुहोला तर म उधारो खान्न †”

तर, अहिले परिस्थिति फेरिएको छ । म भित्रभित्रै कामना गर्दैछु, केटाकेटीको मन नदुखोस्, प्याकिङ् भइसकेको लुगाफाटा फिर्ता गर्नु नपरोस्, हे भगवान् † पैसाले पुगिहालोस् । नभए पनि पसलेले उधारो दिइहालोस् । हे भगवान् † केटाकेटीको चित्त दुखाउनु नपरोस् … †

पसलेले टाकटाक, टुकटुक क्यालकुलेटरमा हात दौडाउ“दै जोड्यो र बिल तेर्स्याइदियो । मलाई चिटचिट पसिना आउन खोज्यो । श्रीमतीले पनि बिल हेरी र मेरो मुख र मेरो हाततर्फहेरी । म दोहोर्‍याइतेहर्‍याई पैसा गन्दै थिए“ ।

केही नलागेपछि पैसा साहूजीको हातमा राखी दिए“ र भने“, “साहूजी † अलिकति पुगेन । अर्को महिनाको पेन्सन पाएपछि …†”

मेरो वाक्य पूरा नहु“दै साहूजी बोल्यो, “हु“दैन । उता हर्ेर्नुस् ।” साहूजीले भित्तामा टा“गिएको ‘अक्ष्ँर पोस्टर’ तर्फइसारा गर्‍यो जहा“ लेखिएको थियो, “उधारो प्रेमको कै“ची हो ।”

मलाई झन् चिटचिट पसिना आयो । छोरा बोल्दैथियो, “मैले भनेको थिए“ नि बुबा † मलाई पर्दैन ।” र, उसले बोकिराखेको उसका लुगाको झोला पसलेको काउन्टरमाथि राखिदियो । मैले मायालु पाराले छोरालाई हेरे“ । आ“खा रसाए । श्रीमतीका आ“खा पनि टिलपिल भएर भरिएका देखिए ।

नौ कक्षामा पढ्ने सानी पुतलीजस्ती मेरी छोरी झोलालाई बेस्सरी अ“ठ्याउ“दै बोल्दैथिई, “नाइ“ म त दिन्न †”

श्रीमतीले छोरीको हातबाट झोला खोसी र भनी, “हि“ड्नुस् जाउ यो पनि फर्काउ” श्रीमतीले आफूलाई संयम तुल्याइसकेकी थिई र परिस्थितिसित जुझ्ने प्रयत्नमा पाइला अघि बढाउ“दै मलाई हौसला दिन थालिसकेकी थिई ।

छोरीले झगडा गरे पनि अर्को पसलबाट अलिक सस्तो पर्ने गरी दुवै जनालाई नै लुगा किनिदिन सकिने हुनसक्थ्यो । सायद श्रीमतीले यस्तै सोची र मैले पनि ।

यसैबीच श्रीमतीले साहूजीको हातबाट साहूजीले गन्दै गरेको हामीद्वारा प्रदत्त रुपिया“ झम्टेर खोसी र प्याच्च बोली, “अवसरवादी …”

“ल हिड्नोस् जाउ” श्रीमतीले हामी सबैलाई घचेडी ।

मैले पसलबाट बाहिर निस्कनुअघि पसलेको आ“खामा आ“खा गाडेर भने“, “उधारो प्रेमको कै“ची भनेर मलाई के देखाउनु हुन्छ हाम्रो बीचमा पनि पहिले कहिल्यै प्रेम थियो र … -”

नेपाल साप्ताहिक
अंक १२९

Laxmi Guragain – EDV

लक्ष्मी गुरागाईं – यी !!! डीभी !

न्युयोर्कमा हिउँ परेको बिहानी । सडक छेउछाउका पार्कमा जताततै हिउँ नै हिउँ!
“यी !! डीभी ! यी !! डीभी ! यी ! डीभी !!” भनेर चिच्याउँदै, एउटा हातले लोप्पा खुवाउँदै अर्को हातले जमिनको हिउँ शरीरमा दलिरहेकी एक निःवस्त्र महिलामाथि सबैका आँखा थिए । एउटी खैरीले भनी “अ म्याड ओमन !”

सुनिताले झ्याल बाहिर हेरिन् ।

“आम्मै ! भाउजू त !!” उनले जिब्रो टोकिन ! “बिचरा ! दाइ पनि काममा गका होलान् ! हेर भाउजूको हरि विजोग ! होटलको काम छाडेर फर्केका दिनदेखि बिरामी भन्ने सुन्थे ! खुस्कीसकेछ, बिचरा !”

ब्ल्याङ्केट च्यापेर त्यतै कुदिन सुनिता । ब्ल्याङ्केटले छ्याप्प छोपिन् । तान्दै कोठमा ल्याइन । “ल, लुगा लाउनुस् !! के नाटक हो यो !!”
महिला चिच्याइन् “यी !! डीभी ! यी !! डीभी !”

“भाउजू, यसो नगर्नुहोस् न, दाजु काममा जानुभा छ क्यारे । तपाईंलाई चाँडै नेपाल लाने कुरा छ रे उहाँले भन्या । हेर्नुहोस्, नेपालीको आज कत्रो बेइज्जेत भयो । हामीजस्तो त होइन नि । काठमाडौँमा घर, गाडी, नोकरचाकर त्यत्रो ठूलो जागिर भएर पनि तपाईंहरूले दुःख बेसाउनु भो । अहिले यस्तो भयो । उपचारै गराउन पर्ने भएछ । म दाइलाई फोन गरेर बोलाइदिन्छु ।”
सुनिताका कुरालाई वास्तै नगरी उनी भने चिच्याइरहिन् “यी !! डीभी ! यी ! डीभी !”

युवामञ्च २०६७ असोज

Narayan Tiwari – Nidayen (Nepali Laghu Katha)

नारायण तिवारी – निदाएँ (लघुकथा)
(Source: Gorkhaptra/शनिवार)

मृगौलाको डायलसिस गर्दा-गर्दा मरणतुल्य भएको छु । आर्थिक हैसियत छैन, गरिब छु । कतिदिन अझ बाँच्ने छु – केही ठेगान छैन । श्रीमतीका आँखामा हेर्छु – त्यहाँ आँसु छन् । अबोध छोराछोरी, हुर्कि नसकेका छोराछोरीका आँखामा हेर्छु – त्यहाँ एकसाथ आँसु र विछोडको भय छ । आफ्नो शिरबाट अभिभावकको हात सदाका लागि छुट्दा के होला – सोचेर, कलिला नानीहरूको हृदयमा तूफान छ, चोट छ, व्यथा छ ।

श्रीमतीले सबै गरिसकिन् – बेचिसकिन् सबै चल-अचल ज्यथा ! अब केही त छैन, यो एउटा दुःखगरी सिर्जना गरेको १० धुर जमिन र दुई कोठाको ससानो घर बाहेक । उनी यो पनि बेच्न भन्दैछिन् । म अड्डी लिंदैछु – अहँ हुँदैन । मेरो शेष पछि उनीहरूलाई फुटपाथमा मैले पुर्‍याउनु हुँदैन…।

त्यसैले उनीसित मेरो कलह छ । आँखामा आँसु त उस्तै हो, मेरो पनि छ, उनको पनि छ…।

एउटा ससानो जागीर रोगी भएकैले छुट्यो – प्राइभेट जागिरमा त्यस्तै हो । मालिकले समर्थहुँदा सम्म काम लियो असक्त भएपछि माखो झिकेर फ्याँकेझैं फ्याँकिदियो ।

गरिब भनेर निम्न वर्गीय गरिबको कोटीमा पनि परिन – जहाँ यो रोग भन्ने पनि पत्तो नपाई दिनहुँ कति-कति मरिरहेका होलान् । म त्यस्तो गरिब भएँ, अलि-अलि पढेलेखेको, अलि-अलि हातमुख जोड्न समर्थ, अलि-अलि सभ्य, जसलाई सजिलै मरिदिन पनि कठिन भयो ।

”के दियो यो परिवर्तनले तपाईंलाई…? खूब लोकतन्त्र गणतन्त्र भन्नुहुन्थ्यो, कुद्नुहुन्थ्यो, यो रोगले च्याप्दा के दियो तपाईंलाई ?……!” श्रीमती रुन्छिन्, चिच्याउँछिन् । साँच्चै यो देशका गरिबहरूलाई के दियो राज्यले…जिउँदैमा के दियो ? मलाई पनि चिच्याई दिन मन लाग्छ । तर म ज्यानको बाजी थापेर ल्याएको लोकतन्त्रलाई,गणतन्त्रलाई ह्रृदयबाट सहजै मिल्क्याउन सक्दिन…।

आज बजेट भाषण सुनिरहेको छु । पछाडि परेका जातजातीलाई छ बजेट । कोही धनी नै भए पनि ‘दलित’ भए देखिन् उसलाई पनि अरे बजेट । तर म गरिब नै भए पनि, रोगी नै भए पनि बाहुन अरे, मलाई थिएन । दलितलाई, महिलालाई, अपाङ्गलाई, वृद्ध-वृद्धालाई छ बजेट तर अहँ, मैले ध्यान दिएर सुनें – म गरिब रोगीलाई एक पैसा छैन ।

अचानक मृगौला डायलासिस निशुल्क राज्यले गरिदिने सुनें र तत्काल बाँच्ने चाहना जागेर आयो । तर तत्काल मुर्झाएँ । किनभने त्यो ७५ वर्षको बूढोलाई अरे, म ४५ वर्षको, अझै बाँच्ने चाहना भइरहेको गरिब रोगीलाई होइन अरे ! म गरिब, परिवर्तनका लागि जतिसुकै जनआन्दोलनमा चिच्याई-चिच्याई निरंकुशताको विरोधमा सडकमा ज्यानको बाजी राखेर उपि|mए पनि केही-केही छैन अरे…!

बोल्दा-बोल्दै निदाउन थालें । श्रीमतीलाई भन्छु – पीर नगर्नु ! राम्ररी छोराछोरीको हेर-विचार गर्नु । मैले केही दिन सकिन । एकदिन यसैगरी सुतेको सुतेई सदाका लागि विदा हुन्छु…! उनी बोल्दिनन् । रून्छिन् केवल…! म बोल्दा-बोल्दै निदाउन लागें । नि..दा..एँ….!

Leela Raj Dahal – Bina Nishkarsha

लीलाराज दाहाल – बिना-निष्कर्ष
(Source:मधुपर्क, चैत २०६७)

नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो ।

पहिलेपहिले कुबेरप्रसाद झर्कोफर्को गरिरहन्थे । कारण अकारण उनी रिसाइरहन्थे । बाहिर फेर डुल्न, घुम्न पनि बिलकुलै छोडिसकेका थिए । पार्टी, बैठक, भेटघाट, अन्तक्रिर्या, छलफल आदि क्रियाकलापहरूमा पनि उनी निष्त्रिmयजस्तै थिए ।

तर आज उनी एकाएक खुसी भए । पहिलेजस्तो उदास देखिएनन् । उनको अनुहारबाट बेपत्ता भएको खुसी पुनः फर्केको थियो । उनको अनुहार भर्भराउँदो उज्यालो थियो । उनको अनुहार नै आज अर्कै देखिएको थियो ।

उनी शयनकक्षबाट उठेर सीधै शौचालयतिर लम्के । शौचालयबाट निस्केर बाहिर बरण्डामा आए । उनको घर कम्पाउन्ड भित्र रहेको फूलबारीको बीचमा ठूलो टेबल र टेबल वरिपरि लहरै कुर्सीहरू थिए । टेबलमाथि विभिन्न नामका दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू थिए । बिहान सबेरैका सूर्यको प्रकाशले टेवल माथिको सनमाइका र आल्मुनियम पाता टल्किरहेका थिए । नेताजी यी सबै कुराहरू नियाल्दै थिए । टेबल चम्केझैँ उनको अनुहार पनि चम्किरहेको थियो नेताजी एकपटक फेरि मुस्कुराए । काम गर्ने केटाले चिया ल्याइ पुर्‍यायो । आज चियाको कपभित्र अमृत नै भएको महसुस भयो उनलाई । चिया पिइरहँदा उनले अलौकिक आनन्द प्राप्त गरे । फूलबारीमा फूलहरू फुलेका थिए । फूलको सुवासले नेताजीको मन साह्रै आल्हादित भएको थियो । आज नेताजीले फूलको सुगन्धमा पनि ज्यादै मीठो खाने कुराको वास्नाको आभाष पाए ।

बिहानको सात बज्यो । बिस्तारै बिस्तारै नेताजीलाई भेट्न कार्यकर्ताहरू आउन थाले । उनी चुनाव सकेर विजयका साथ फूलमाला र अबीरमा सजिएर काठमाडौँ फर्केपछि गाउँतिर गएका थिएनन् । उनको बुझाइमा गाउँघरको अवस्था नाजुक थियो । आतङ्क र आन्दोलनले गर्दा गाउँतिर जान उनले उचित देखेका थिएनन् । उनको निवासमा आउने उनका क्षेत्रका मतदाता र कार्यकर्ता देखेर उनी रिसाउन थालेका थिए । उनीहरूलाई देख्नासाथ उनी बर्बराउन थाल्थे-खाली जागिर लाइदेउ, विदेश जानलाई कोटा मिलाइदेउ, खानेपानी छैन गाउँमा योजनामा पारिदेउ, विजुली बत्तीका पोल गाउँभरि ठड्याइदेउ, गाउँघरमा बाटोघाटो छैन बनाइदेउ । नेताजी भित्रैदेखि आफैँसँग र्झकन थालेका थिए- यी सबै काम गर्नलाई म माननीय बनेको हो र !

नेताजी सोचिरहेका हुन्थे-उनी माननीय बनेको त आफू र आफ्ना सात पुस्ता सपार्नलाई पो त ! उनले गर्ने काम त कमिसन, ठेक्कापट्टा, भाषण, आश्वासन पो हुन् त ! हैन, के भएका उनका कार्यकर्ता पनि ! खाली गर्न नसकिने, गर्न नहुने जनविरोधी काम पो गराउन आउँछन् । कमिसन लिने, ठेक्कापट्टा, भाषणजस्ता काम गर्न छोडेर फेरि त्यही पुरातनवादी खानेपानी, सडक, रोजगारीजस्ता दलदलमा फँस्न पुगे भने उनले अर्को चुनाव कसरी जित्नु !!

तर आज नेताजी रिसाएका छैनन् । उनको हृदयमा कठोरता छैन । उनलाई भेट्न आउने कार्यकर्तासँग पनि नम्रतापूर्वक बोलिरहेका छन् । सञ्चो, बिसञ्चो, गाउँको हालखबर सोधिरहेका छन् । कार्यकर्ता र मतदाताहरूलाई उनीहरू आउनुको कारण सोधिरहेका छन् ।

कार्यकर्ताहरू फर्केपछि आज नेताजीले आनन्दले बिहानको खाजा पनि खाए । उनलाई आफ्नो जिन्दगी नै बद्लिन आँटेको हो कि जस्तो लाग्यो । उनी अपार खुसीको लिस्नो चढेर आनन्दको शिखरमा पुगिसकेका थिए ।

श्रीमती गोमा आएर आफ्ना नेता श्रीमान्का छेउमा बसिन् । हिजो बेलुकादेखि आफ्ना श्रीमान् अचाक्ली खुसी हुन थालेको घटनाले उनलाई पनि छोएको थियो । नेताजी दुई वर्ष अघिदेखि ठ्याम्मै खुसी हुन छोडेका थिए तर हिजो बेलुकी नेताजीको मोबाइलमा फोन आउनासाथ नेताजीले आफूसँग भएका उदासिनता, छट्पटी, पीडा र ग्लानि सबै एकैचोटि मिल्काएका थिए । उनका नयनमा खुसीका तरङ्गहरू फैलन थाले । ओठभरि मधुर मुस्कान सलबलाउन थाल्यो । नेताजी अचानक हाँस्न थाले । आफ्ना श्रीमान् हाँस्न थालेको देखेर श्रीमती गोमा पनि हाँस्न थालेकी थिइन् ।

नेताजी नजिकै बसेकी श्रीमती गोमाले सोधिन् ”हिजो बेलुकीदेखि हजुरको चेहरामा खुसीको रङ देखिन थालेको मलाई महसुस हुँदैछ । हजुरको अनुहारमा मैले उहिल्यैदेखि नैराश्यताका अक्षर मात्रै पढिरहेकी थिएँ । आफ्नो खुसी मलाई सेयर गर्नुहुन्न ? हजुरको खुसीमा मैले पनि त साथ दिने मौका पाउँ !”

श्रीमतीको सोधाइले नेताजीलाई झन् कुतकुती लाग्न थाल्यो । उनले श्रीमतीका गाला मायाले चिमोटे । एक छिन कपालको चुल्ठो खेलाए । एकपटक कसिलोसँग अँगालो मारे श्रीमतीलाई गोमाले लाज मानेझैँ गरेर चारैतिर हेरिन् बगैँचामा कोही पनि थिएनन् । त्यसैले उनी ढुक्क भइन् ।

“म पनि अब पक्का नेता भएँ । मलाई पनि उच्चस्तरीय राजनीतिक संयन्त्रमा राखियो । सायद अब सरकारलाई पनि यही संयन्त्रले नियन्त्रण गर्नेछ । विदेशी कमिसन ठेक्का पट्टा पद मनोनयन यसै संयन्त्रले बाँडफाँड गर्नेछ । म अब ठूलै पावरफुल मन्त्री बन्न पनि सक्छु । नभए पनि कमिसन घूस ….आदि त कहाँ जाला ?” नेताजीले श्रीमती गोमासामु रहस्यको बिर्को खोले । नेताजीले सबै कुरा एकै सासमा भनी सिध्याए ।

उनले पुन थपेँ “भरे बेलुकी नै संयन्त्रको बैठक छ । मलाई खाना नबनाउन भन्नु केटालाई । भरे फिर्न पो कति बेर हुन्छ ।”

“विदेशी महँगा रक्सी त धेरै कडा हुन्छन् रे । धेरै नपिउनु होला नि ।” गोमाले नेता श्रीमान्लाई सम्झाउँदै भनिन् ।

“आ धेरै नसम्झाइ राख । बैठकमा पुगेपछि नै थाहा हुन्छ ।” नेताजीले खुइ्य गर्दै श्रीमतीको कुराप्रति दिक्दारी व्यक्त गरे । गोमाले पछुताएको जस्तो अनुहार पारिन् ।

बेलुकीको ४ः०० बज्नै अँाट्यो । नेताजी कपडा लगाइवरी संयन्त्रको बैठकमा जान तयार भए । आफूलाई अरू दिनभन्दा फरक देखाउन नेताजीले आफ्नो पहिरनमा विशेष ध्यान दिएका थिए । बाहिरी गेटसम्म पुर्‍याउन आएको श्रीमती गोमालाई बाइ ! गरेर नेता कुबेरप्रसाद हातमा ब्याग झुन्ड्याउँदै पर रोकिराखेको ट्याक्सितिर लम्के । गोमाले उनलाई निकैबेरसम्म हेरिरहिन् । नेताजी चढेको ट्याक्सीले मधुरो आवाजका साथ आफ्नो गति लिइसकेको थियो । गोमा फर्केर कम्पाउन्डभित्र प्रवेश गरिन् ।

नेताजी समयमै बैठक कक्षमा पुगे । अरू सदस्यहरू आइपुगेकै थिएनन् । कुबेरप्रसाद यस्तो संयन्त्रमा पहिलो पटक मनोनित भएकाले उनी छिटै पुगेका थिए । उनको निकैबेरको प्रतीक्षा पश्चात अरूअरू पनि आइपुगे । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरू भयो । बैठकमा अध्यक्षले सम्बोधन गरे र सबै सदस्यहरूलाई आ-आफ्ना आसनग्रहण गर्न आहृवान गरे । उनीहरूबीच छलफल भइरहेकै बेला आठ/दस जना मानिसहरू बैठक कक्षमा प्रवेश गरे अनि सबैको अगाडि टेबलमा विविध परिकारका खानेकुरा सजाउन थाले । दुई/तीन व्यक्तिहरूले सबैका अगाडि गिलास सजाए र विदेशी ब्रान्डका पेय पदार्थहरू सर्भ गर्न थालेका थिए । नेता कुबेरप्रसाद यी सबै कुरा मिहिनरूपमा अनौठोसँग नियालिरहेका थिए ।

यतिकैमा अध्यक्षले आ-आफ्ना इच्छाअनुसारको खानेकुरा लिन सदस्यहरूलाई आग्रह गरिसकेका थिए । सबैले आ-आफ्ना गिलास उठाएर ठोकाउँदै खुसी बाँडे र बैठकको विधिवत सुरूआत गरे । अनि अध्यक्षले कुटिल नेत्रले सबैलाई नियाले र सुस्तरी भन्न थाले, “साथी हो, १२ वटा देशमा राजदूतका पद रिक्त छन् । १६ वटा सार्वजनिक संस्थान महाप्रबन्धकविहीन छन् । १० वटा संस्थामा अध्यक्षको नियुक्ति गर्न बाँकी छ । २० वटा ठूल्ठूला परियोजनाहरूले टेन्डर आहृवान गरेका छन् । तिनमा पनि भाग मिलाउन बाँकी छ । सबभन्दा ठूलो कुरा त ११ वटा मन्त्रालय सचिवविहीन छन् । विवादरहित रूपमा सबै ठाउँमा भागबण्डा मिलाऊँ । हामीहरूबीचमै बिबाद भएमा मिडियाले खोतल्ने ठाउँ पाउँछ । यस्ता कुराहरू मिडियामा आउनु भनेको जनताको सामु हामीहरूको चरित्र नाङ्गिन्छ । त्यसैले आ-आफ्ना भनाइ राखौँ, नेताज्यूहरू !”

अध्यक्षका कुरा सुनेर सबै उज्ज्वल मुहारका साथ मुखामुख गर्न थाले । कोही केही बोली हालेनन् । नेता अध्यक्षको प्रस्तावको कसैले विरोध गरेनन् । मौन समर्थन गरे ।

बैठक कक्ष बाहिर भने महिनौंदेखि अल्भिmएको राजनीतिक गाँठो फुक्ला र समस्याको समाधान निस्केला भनेर विभिन्न पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू व्यग्र भएर पर्खिरहेका थिए ।

भित्र भने अध्यक्ष भनिरहेका थिए, ‘खै त, के थप्ने हो ! इच्छा मुताविक खाउँ, पिउँ है, साथी हो ! मेरो आयोजना कस्तो लाग्यो त यहाँहरूलाई ! अँ, अघि भनेका खाली ठाउँहरूमा पचास प्रतिशत भाग मेरो, बाँकी यहाँहरूको ! तपाईंहरू आपसमा मिलेर आउनोस् । एक साता भित्रै मिलाई हाल्नु पर्छ ।”

अध्यक्षका कुरा सकिने बित्तिकै नेता कुबेरप्रसादले कडा प्रतिवाद गरे, “अहँ, भएन । तपाईं एक्लैलाई ५० प्रतिशत अनि हामी सबैलाई चाहिँ जम्मा ५० प्रतिशत ! यो त अन्याय भो ! हामीलाई ७० प्रतिशत दिनोस्, बाँकी अध्यक्षज्यूलाई ।”

‘हो, हो । कुबेरप्रसादजीको भनाइ ठीकै हो । अध्यक्षलाई ३० हामीलाई ७० ।’ अर्का राजनीतिक दलका नेताले कुबेरप्रसादको कुरामा दृढ समर्थन जनाए ।

”अहँ, ५० प्रतिशत पद मलाई हुनै पर्छ । हैसियत अनुसार पो बाँडफाँड हुन्छ त । म पनि लारेलुरे मान्छे त होइन त, अध्यक्ष पो हुँ त !” अध्यक्षले अलिकता अहमता प्रकट गर्दर्ै भनेँ । सबैलाई भोज लागिसकेको थियो । सबैको बोली लरबराइरहेको थियो । अर्का दलका नेताले अध्यक्षतिर फर्केर भनेँ, ”अनि हामीचाहिँ चानचुने मान्छे हौँ र ! हामी पनि त आ-आफ्ना पार्टीका प्रतिनिधि नेता हौं । ७० प्रतिशत हामीलाई नभए कुनै कुरामा सहमति हुँदैन ।”

”तपाइर्ंहरूलाई मेरो कुरा मञ्जुर छैन भने यो विषय नै छोडौं अहिले ! तपाईंहरू बसेर ठण्डा दिमागले विचार गर्नोस् । पछि फेरि बसेर मिलाउँला ।” अध्यक्षले कुरा टुङ्ग्याए ।

नेताजीहरू खानपिनमा यति व्यस्त थिए कि कसैलाई पनि बोल्ने फुर्सद नै थिएन । सबै आ-आफ्नो सुरमा मस्त थिए । पछि भोज सकेर नेताहरू पालै पालो बैठक कक्षबाट बाहिरिए ।

भोलिपल्टका अखबारहरूमा उच्चस्तरीय संयन्त्रको बैठक फेरि विना निष्कर्ष टुङ्गिएको खबर प्रमुख समाचारका रूपमा पहिलो पानामै छापिएको थियो ।

नेता कुबेरप्रसादले पत्रिका सर्सर्ती पल्टाउन थालेँ । पत्रिकामा छापिएको समाचारले उनको अनुहारमा कुनै पनि प्रकारको प्रतिक्रिया उमारेको थिएन ।

– कर्मैया, सर्लाही

Mahesh Bikram Shaha – Cantonement

महेशविक्रम शाह – क्यान्टोनमेन्ट
(हिमाल खबरपत्रिका)

क्यान्टोनमेन्टमा छापामारहरू उत्सव मनाइरहेका थिए।

बन्द शिविरभित्र विद्रोही छापामारहरू खुसीले चिच्याइरहेका, हाँसिरहेका, गाइरहेका र उफ्री’उफ्री नाचिरहेका थिए। क्यान्टोनमेन्टको वरिपरि मसालहरू जलिरहेका थिए। मसालको उज्यालोमा विद्रोही छापामारका खुसीले उज्यालिएका अनुहारहरू न् चम्किला देखिएका थिए।

क्यान्टोनमेन्टभित्रको वातावरण राताम्मे थियो। विभिन्न नाराहरू लेखिएका राता तुल, राता न्डा, राता फेटा र रातै ध्वजा’पताकाले क्यान्टोनमेन्ट भरिभराउ थियो। रातो रङले उनीहरूको क्रान्तिकारी विचार र दर्शनको परिचय दिइरहेको थियो। छापामारहरू कम्ब्याट ड्रेसमा थिए। कम्ब्याट ड्रेसमा नै उनीहरू उत्सवमा सहभागी भइरहेका थिए।

छापामारहरूमध्ये कोही मादल ठटाइरहेका थिए, कोही क्रान्तिकारी गीत घन्काइरहेका थिए भने कोही मादलको ताल र गीतको लयमा हातमा बन्दूक नचाउँदै खुट्टा सारिरहेका थिए। हरेक गतिविधिले उनीहरू औधी खुसी भएका जनाउँथ्यो। मनभित्रको खुसी तिनको शरीरबाट ल्किरहेको थियो। एक छापामारले गीतको भाका हाल्दै उत्सवको गीत गायो। गीतले भनिरहेको थियो’ कसरी उनीहरूले युद्ध लडे, कसरी उनीहरूले जीवनको पनि पर्बाह नगरी शत्रुका शिविरमा धावा बोले, कसरी उनीहरूले विजयको उत्सव मनाए। यो गीतले अरू छापामारहरूलाई युद्धका दिनहरूको सम्ना ताजा गरायो। तिनीहरू न्’न् जोसिएर नाच्न थाले।

एउटी महिला छापामारले पनि गीत गुनगुनाइन्। गीतमा सुन्दर भविष्यका सपनाहरू थिए। गीतले भन्थ्यो— “हामीहरूले धेरै दुःख पायौँ तर आˆना सपनाहरूको यात्रा छोडेनौँ।” गीतमा अतीतको बलिदानले सुन्दर भविष्य सिर्जना गर्ने भावना थियो।

ऊ कोठाभित्रबाट नै आँगनमा साथीहरूले गाइरहेको गीत सुनिरहेको थियो। गीत सुन्दै ऊ पनि आˆना ओठहरू चलाउँथ्यो, गीतको भावअनुसार जोसिन्थ्यो, कहिले मुस्कुराउँथ्यो त कहिले धरधरी आँसु चुहाएर रुन थाल्थ्यो। उत्सवको रमाइलोमा आफू सहभागी हुन नसक्नुको पीडाले ऊ व्यथित बनिरहेको थियो।

उसको कानमा लगातार गीत गुन्जिरहेको थियो, गीतले उसको ‘कथा’ बताइरहेको थियो। गीत सुन्दै उसले वर्षौं पहिले छोडेको घर सम्झ्यो, आˆना आमाबाबु सम्झ्यो र भाइ’बहिनीका मायालु अनुहारहरू सम्झ्यो। कति ममतामयी र वात्सल्यपूर्ण थिए तिनीहरू उसका लागि’ उसले घर छोड्दा कति रोएका थिए तिनीहरू’तर उसका लागि तिनका आँसुभन्दा आˆनो सपनाको यात्रा प्यारो थियो। उसले मनमनै सोच्यो— त्यतिखेर आˆनो व्यक्तिगत सपनाभन्दा सुन्दर नेपाल सिर्जना गर्ने सपनाले उसलाई युद्धमा होमिने आँट दिएको थियो।

‘ओहो, युद्ध लड्दालड्दै दस वर्ष बितेछ!’ उसले लामो सुस्केरा छोड्यो। यस १० वर्षमा उसका भाइ’बहिनीहरू लक्का जवान भए। दुवैले कलेजको पढाइ सिध्याए। दुवै जना उच्च शिक्षाका लागि अमेरिका भासिए। आˆना भाइ’बहिनीहरू अमेरिका भासिएको खबरले ऊ मर्माहत बनेको थियो। ‘किन गए तिनीहरू अमेरिका! के छ अमेरिकामा!’

एउटा छापामारका भाइ’बहिनीहरूको अमेरिका’पलायनले उसलाई क्रोधित बनाएको थियो। ‘पढेको भए त म पनि बीए, एमए भइसक्थेँ होला!’ उसले आफूले सात कक्षा पढ्दापढ्दै स्कुल छोडेको क्षण स्मरण गर्‍यो। ‘मलाई नपढेर के फरक पर्‍यो र? म पढे पनि छापामार, नपढे पनि छापामार! तर अलिकति ज्यादा पढेको भए सायद छापामारको कमान्डर भइसक्थेँ कि!’ उसका आँखाअगाडि आए आˆना छापामार साथीका अनुहारहरू, जो ऊभन्दा धेरै पढेको हुनाले प्लाटुन कमान्डर बनिसकेका थिए। उसको मन तिनीहरूप्रति ईर्ष्यालु बन्न थाल्यो।

‘तिनीहरू कमाण्डर भए पनि मसँग युद्धको अनुभव बढी छ।’ उसले आˆनो मनलाई सान्त्वना दिँदै आफूले लडेका युद्धका घटनाहरूलाई एक’एक गरी सम्न थाल्यो।

‘सायद क्यान्टोनमेन्टभित्रको यो अँध्यारो कोठाभन्दा लडाइँको खुला मैदान नै जाती थियो कि!’ उसले कोठाबाहिर आˆना आँखा फैलायो। आगोको उज्यालोमा उसले देख्यो एउटा घर जहाँ छापामारका हतियारहरू भन्डार गरिएका थिए। ‘यी हतियारहरूसँगै कतै हाम्रा सपनाहरू पनि भण्डार गरिने त होइनन्।’ ऊ अब आˆनो भविष्यप्रति सशङ्कित हुन थाल्यो। उसले अचानक बिर्स्यो वीरतापूर्वक लडेका युद्धका अनुभव र अनुभूतिहरू। हतियार भण्डार गरेको घरमा हेर्दै उसले ठम्यायो— उसमा अन्तर्निहित छापामार युद्धकला र छापामार युद्धका सङ्घर्षपूर्ण गाथाहरू पनि हतियारसँगै त्यस घरमा कैद गरिएका छन्।

उत्सव जारी थियो। छापामारहरू अै गीत गाइरहेका, नाचिरहेका र रमाइरहेका थिए। तिनीहरूका गीत र नृत्यले क्यान्टोनमेन्टभित्रको वातावरण उल्लासमय बनिरहेको थियो।
“हामीले सपनाहरू देख्यौं

हाम्रा सपनाहरू सुन्दर र सत्य थिए ती सपनाहरूलाई हामीले हृदयमा बसायौं र आˆनो जीवनको उद्देश्य बनायौं।”

‘कमरेडहरू कति सुन्दर गीतहरू गुनगुनाइरहेका छन्, ती गीतमा कोमल भावना र सप्तरङ्गी सपनाहरू छन्।’ आफू बसेको स्थानबाट नै बाहिर चियाउँदै ऊ बुदबुदायो।

‘साँच्चै हामी भोलि यस क्यान्टोनमेन्टबाट मुक्त हुन्छौं त? के भोलिदेखि हाम्रो नयाँ भविष्य शुरु हुँदैछ?’ गीतमा अभिव्यक्त भावनाहरूैँ उसको मनमा पनि सुकोमल सपनाहरू फुर्न थाले। ऊ पनि बिस्तारै गीत गुनगुनाउन थाल्यो। गीत गुनगुनाउँदै ऊ भोलिको आˆनो भविष्यको सुन्दर सपना देख्न थाल्यो।

‘युद्ध पूर्ण रूपमा समाप्त भएको छ, हातबाट बन्दूक सधैँका लागि छुटेको छ, ऊ विद्रोहीबाट राष्ट्रसेवकका रूपमा परिवर्तित भएको छ, उसले जागिर पाएको छ, तलब पाएको छ, रासन पाएको छ, कानूनी अधिकार र अवसर पाएको छ। सबैभन्दा ठूलो कुरा उसले समाजमा सम्मान पाएको छ।’

ऊ एक्लै खितखित हाँस्यो। युद्धमा जुनसुकै बेला पनि मारिन सक्ने सम्भावनाका बाबजुद ऊ बाँचेको थियो। बाँचेर नै ऊ बाँच्नुको सार्थकता अनुभूत गरिरहेको थियो। युद्धमा मरेर लास बनेका आˆना साथीहरूलाई स्मरण गर्दै ऊ भावुक बनिरहेको थियो, ‘तिनीहरू पनि बाँचेका भए आज कति खुसी हुन्थे होलान्।’ उसले बाहिर चियायो। आगोको उज्यालो मन्द हुँदै गइरहेको भए पनि गीतहरू अै गुन्जिरहेका थिए। उसले गीतका शब्दहरू टिप्यो। गीतमा उनीहरूको जीवन’यात्राको गाथा समेटिएको थियो। गीतले उनीहरूको दुःखको, पीडाको, सङ्घर्षको, बलिदानको र उज्ज्वल भविष्यको गाथा भनिरहेको थियो।

‘नयाँ नेपालको निर्माणका लागि मैले घर छोडें, परिवार त्यागें, टाउकामा कात्रो बेरेर युद्धमा होमिएँ, रातबिरात गाउँ’बस्ती, पहाड’फाँट, उकाली’ओराली, नदीनाला र जङ्गलहरू चहारें, लडाइँमा मारिएका साथीहरूका लास देखेर न्डै बहुलाएँ, लासहरूलाई खाडलमा पुर्दापुर्दै न्डै आफैं लास बनिनँ।’ ऊ क्वाँ’क्वाँ रुन थाल्यो। युद्धको अभिघातले उसलाई व्यथित बनाइरहेको थियो। उसका आँखाबाट आँसुका धारा छुटिरहेका थिए, तर ऊ आˆना हातले आँसु पुछ्न सकिरहेको थिएन। उसलाई बाहिर गएर आˆना साथीहरूसँगै गाउन मन लाग्यो, नाच्न मन लाग्यो। अँध्यारो कोठाभित्रको एकलास वातावरणमा उसलाई उकुसमुकुस हुन थाल्यो। ऊ जोडतोडले चिच्याउन थाल्यो। कोकोहोलो गर्न थाल्यो।

क्यान्टोनमेन्टभित्रको उत्सवमा अचानक चकमन्नता छायो। गीतहरू बन्द भए, मादलहरू बज्न छोडे, छापामारका नाचिरहेका खुट्टाहरू टक्क रोकिए। उत्सवसँगसँगै उसको रुवाइ पनि बन्द भयो। उसले छक्क परेर बाहिर हेर्‍यो। छापामारहरू कम्ब्याट ड्रेसमा चौरमा भेला भइरहेका थिए। ‘चौरमा किन भेला भइरहेछन् छापामारहरू?’ ऊ रनभुल्लमा पर्‍यो। उसले अनुमान गर्न सकेन कहाँ के भइरहेको छ। ‘किन उत्सव अचानक रोकिएको छ? किन छापामारहरू चौरमा ओइरिएका छन्?’ उसको मथिङ्गलमा यिनै कुराहरू घुमिरहेका थिए। उसले देख्दादेख्दै सबै छापामारहरू हातहतियारसहित बाहिर निस्के। एकैछिनमा क्यान्टोनमेन्ट खाली भयो।

“कमरेड, मलाई पनि बाहिर लग। म पनि गर्छु मार्चपास।” ऊ चिच्याउन थाल्यो। तर उसको आवाज सुन्ने क्यान्टोनमेन्टभित्र कोही थिएन।

बिहान हुन्जेल ऊ छापामारहरू क्यान्टोनमेन्टमा फर्किने आशामा अनिँदो उँघिरह्यो। रातभर उसले विभिन्न आवाजहरू सुन्यो; छापामारले नारा लगाएको आवाज, सडकमा गाडीहरू रोकिएको आवाज, यात्रुहरू बिचल्लीमा परेर रोएको आवाज, बस्तीमा मान्छेहरू चिच्याउँदै भाग्दै गरेका आवाजहरू।

‘के युद्ध फेरि सुरु हुन्छ? युद्ध फेरि सुरु भयो भने फेरि बन्दुकहरू पड्किनेछन्, मान्छेहरू लास बनेर ढल्नेछन्, फेरि खाडलहरू खनिनेछन्, फेरि लासहरू पुरिनेछन्, फेरि गाउँ’बस्तीहरू उजाडिनेछन्, फेरि लस्करका लस्कर मान्छेहरू मुग्लान भासिनेछन्। फेरि एक नेपालीले अर्को नेपालीलाई चिन्न छोड्नेछ। र म फेरि युद्धमा होमिनेछु। युद्ध गर्दागर्दै बूढो हुनेछु र युद्ध गर्दागर्दै मेरो जीवन समाप्त हुनेछ। मेरा सपनाहरू पनि मेरो लाससँगै माटाले पुरिनेछन्।’

ऊ फेरि कोकोहोलो गर्दै रुन थाल्यो। उसले आˆनो घर सम्झ्यो, आˆना आमाबाबु सम्झ्यो, भाइ’बहिनी र साथीहरू सम्झ्यो। आफूले लडेका युद्धहरू सम्झ्यो। युद्धमा आफूले मारेका मान्छेका लासहरू सम्झ्यो। ऊ न् विक्षिप्त बनेर चिच्याउन थाल्यो।

उसले एक्कासि आˆनो चिच्याहटभन्दा पनि चर्का आवाजहरू आइरहेको सुन्यो। कोठाबाहिर हेर्‍यो। छापामारहरू भयाक्रान्त अनुहार बोकेर हतारिँदै क्यान्टोनमेन्टभित्र छिरिरहेका थिए। छापामारहरू यति धेरै त्रसित र भयभीत भएको ऊ पहिलोपल्ट देखिरहेको थियो।

अब भयभीत हुने पालो उसको थियो। उसले देख्यो क्यान्टोनमेन्टभित्र छापामारहरू मात्र होइन, उनीहरूको पछि’पछि भयाक्रान्त ठूला कमरेडहरू पनि आत्तिँदै प्रवेश गरिरहेका थिए। ‘कसरी क्यान्टोनमेन्टभित्र आइपुगे हाम्रा वरिष्ठ कमरेडहरू?’ ऊ छक्क पर्‍यो। ऊ कमरेडहरूलाई हेर्दै थियो कमरेडहरूको पछि’पछि विरूप अनुहार लिएर राजनीतिक दलका नेताहरू पनि आपसमा गडा गर्दै क्यान्टोनमेन्टभित्र छिरिरहेको देख्यो उसले।

क्यान्टोनमेन्टभित्र छिर्नेबित्तिकै विभिन्न उचाइ, मोटाइ, रङ्ग र अनुहारका लोकतान्त्रिक नेताहरू र कमरेडहरूबीच वाक्युद्ध शुरु भयो। वाक्युद्धसँगसँगै मल्लयुद्ध पनि हुन थालेको देखेपछि ऊ वाल्ल पर्‍यो। आफूले विगतमा लडेको युद्धभन्दा पनि भयानक युद्ध शुरु हुन लागेको देख्दा उसलाई भक्कानो छोडेर रुन मन लाग्यो।

‘राजनीतिक दलका नेताहरू पनि क्यान्टोनमेन्टभित्र! किन आए यिनीहरू?’ उसले केही सोच्न भ्याएकै थिएन, क्यान्टोनमेन्टको ठूलो गेट बन्द भएको आवाज सुन्यो र देख्यो चारैतिरबाट विदेशी अनुहारका मान्छेहरूले क्यान्टोनमेन्टलाई घेरिसकेका थिए। वरिपरि बुङ्बुङ्ती धूलो उडिरहेको थियो। धूलैधूलोको बीचमा रङ्गीविरङ्गी विदेशी न्डाहरू फर्फराइरहेका थिए र ती वर्गाकार ण्डाहरूको बीचमा उसले एउटा पनि तीनकुने नेपाली ण्डालाई देखेन। ‘हाम्रो ण्डा कता गयो?’ ऊ जोड’जोडले चिच्याउन थाल्यो। विक्षिप्त अवस्थामा नै उसले आफू बसेको कोठाबाट बाहिर फाल हाल्यो। ऊ भुइँमा बजारियो। उसका गोडा र हातमा फलामको सिक्री बाँधिएको थियो।

ऊ युद्धको अभिघातले मानसिक रूपमा विक्षिप्त बनेको एक विद्रोही छापामार थियो, जसलाई क्यान्टोनमेन्टभित्र कैद गरिएको थियो।

हिमाल खबरपत्रिका
पूर्णाङ्क २०५