N P Rijal – Parda Bhitra Ra Bahira

एन. पी. रिजाल – पर्दा भित्र र बाहिर

किन वास्तक्तिा भन्दा भिन्न हुन्छ मेरो संसर…..? बद्र्री बाजेले लामो सास फेरे । “कयौ क्षणहरु त अर्थहिन र मुल्लहिन बनेर विते भने अब के वास्तक्तिा होला र…..?

८० वर्षको वूढौली शरीरलाई उनले सम्झे । अनैकौ रहरहरु अनि प्राप्ति । होईन, यो नै वास्तक्तिा हो । यस भन्दा बग्लै अर्को वास्तक्तिा नै छैन,जून मेरो जीवनको वास्तक्तिा हो ।” सानो नाती रोएपछि बद्र्री बाजे झस्के ।

नातीको स्वरले उनको मौनता भङ्ग भयो । साथैमा बसेकी स्वास्नीलाई हेरे । बद्री बाजेले ६ बर्षकी बलिकालाई जीवन साथी बनाएका थिए । जुन वास्तकिता हो । आज नाती छन् । भोलि पनाति हुन सक्छन् ? अनि संसार के ?

त्यो त पहिले पनि थियो । बद्र्री बाजेका सयौँ पुस्ताले उनि भन्दा पहिले नै बिताई सकेका थिए । आज उनि बिताउदै छन् । भोली त्यो संसार……?

बद्री बाजे खाटबाट उठे र प्रस्नको उत्तरमा केन्द्रित भए । होचो कदका, नाक चूच्चो परेका, सेता दाह्ी र कपाल फूलेका बिस्तारै हिड्ने बद्री बाजेलाई बिस्तारै हिड्ने बाजे पनि भन्छन । उनि खाटबाट उठेर खेत तर्फ लागे । दस वर्ष अघि छोराले पहाडको जमिन बेचेर तराईमा ल्याएको हो । एक विगाहा जग्गा उनको छ । भर्खरै खेतबाट धान उठाएको थियो । मात्र त्यो बाँझो खेत, सुकेका धानका ठुटाहरु मात्र ।

बुढाले एक पल्ट खेत घुमे र पुन त्यही ठाँउमा आएर बसे । अहिले नाती सुतेको थियो मात्र स्वास्नी…. बुढाले स्वास्नीलाई हेरे । उही रुप, हुनत अहिले ऊ मोठी छे । स्वास्नीले पनि हेरी । उही बद्री, उही वास्तविक्ता छ । स्वास्नीले भनि ”नाती नातिना घर भरि हुँदा पनि यो बुढीलाई सुख छैन ?“ बद्र्री बाजेले एकपल्ट स्वास्नीलाई हेरे तर प्रतिक्रिया भने मौन आयो । तर, उनले प्रस्नको जवाफ भेटे ।

बद्री बाजेले अतितहरु सम्झे । ७० औ वशन्त भित्रको त्यो साँगुएिको संसार उनको । त्यो वास्तक्तिा, कविहरु त्यसभित्र महाकाब्य रच्छन, दार्शनिकहरु त्यभित्र दर्शनका खोलाहरु देख्छन तर जीवन ? दृष्यविम्वको क्षितिजभित्र एउटा फुल फुलि रहेछ एउटा ठूलो उधनभित्र । माली मौन छ जिन्दगी देखि र मालिनीको कपालको जूरीमा मालीले त्यो फूल सजाउंछ । मालिनी मौनताले मुस्कुराउंछे, माली पनि मुस्कुराउछ । त्यो वास्तविक्ता, त्यो यर्थाथ तर त्यसभित्र कूनै भाव छैन ।

बद्र्री बाजे झस्के । सुन्यता भित्रको त्यो यर्थाथ तर वास्तविक्ता भन्दा धेरै टाढा छ । दूई छोराको धनी बद्री । जेठा छोराले पड्ने इच्छा राखे पनि बूढाले पढाएनन् भने कान्छो छोरोलाई स्कूल पढाए पनि पढेन । तर जेठोेले संस्कृत पडेर ऊ पूरेत्याई गर्दैछ भने कान्छो….जुन यर्थाथ हो ।

उनी पुन खाटबाट उठे । घरबाट बाटो तर्फ लागे । चौकनेर दूई वटा चौतारा छन् । चौतारा माथि दुई तीन जना युवाहरु बसेर हाँस्दै थिए । तर पुन स्वास्नीको आवाज आयो ।

६० बर्ष नागेकी बद्र्रीकी स्वास्नी आप्नी बूहारीलाई भन्दै थिई । छोरा छोरी भए पछि बाबु आमाको पीर मर्का बूझनु पर्दैन । भन्जीका जस्ता छोरा हुनुपर्छ । माता तिर्थ औसीमा जोर जोर साडी र चोलो दिएछन् ।”

तर बद्र्री बाजे झस्केनन् । सिस्नो र मकैको खोले खाएर आदि दाम्पत्य त उनले विताए भने अब किन यर्थाथता भित्र उनी डुब्ने र उही स्वास्नी, जस्ले मकैको खोले बनाएर उसैको प्रतिक्षामा बस्थी, उही स्वास्नी जस्ले बद्र्रीको च्यातिएको दौरालाई दश, पन्द्र पल्ट सम्म पनि केहि नभनी सिउथी ।

अनि बद्र्रीकी भान्जी, बहिनी र ज्वाई खसेपछि टुहुरी बनेपछि एउटा केटो खोजेर पन्छाएको उनले । चारमाना चामल बोकेर परदेश लागेका दम्पति, आज कडोरपति बनेका छन् तर बद्र्री ?

चौतारामा बसेका केटाहरुले बद्र्रीलाई हेरे । बाजे मौन नै भए । केटाहरु गफमा तल्लिन भए

“संसार किन पैसा भित्र सीमित छ । त्यस भन्दा पृथ्थक रहेको संसार अर्को किन बन्दैन । ”
“त्यो त म भन्न सक्दिन । तर यो सम्म चांही भन्न सक्छ् , वास्तविक्ता भन्दा टाडा पनि संसार छ जुन यर्थाथ हो ।”
“भविस्य र आशावादीताहरु………

बाजे झस्के । उनले वास्तविक संसार पत्ता लगाए । तर, आज बद्र्री की भान्जी कडोरपति छे तर बद्र्री अनि उसका छोराहरु…..एक विगाभित्र सीमित छन् । जुन वास्तक्तिा हो । बजे घर तर्फ लागे । मौनता भगं भै रहेको थियो ।

बद्र्रीबा की स्वास्नी मौन छे । सौदिली परेकी बद्र्रीबा की स्वास्नी सूनका चूराले सजिएकी छे । बद्र्री बा का छोराहरु कारमा अपिसबाट घर आउँछन् । बद्र्री बा की स्वास्नीको हातमा कपडा र महडगा मिठाईको झौला हुन्छ । तर बद्र्री बा की स्वास्नी मूस्कूराउछे तर एक शब्द पनि बोल्दिन । तर बद्री बा की स्वास्नी भन्छे
“एक पल्ट छोराहरुले बुढेसकालमा तीर्थ यात्रा गराए पुग्थ्यो ।”
”म पनि यही सोच्दै छु । आखिर कति घरभित्र मात्र सागुरिएर जिन्दगी जीउने । सम्पति आर्जन मै पूरै जिन्दगी त वितो भने आध्यात्मिक चिन्तनमा लागेर बांकी जिन्दगी किन नविताउने ।”

बद्र्री बाजे घर आई पूगे । खाटमा एउटा बूढो मान्छे आएर बसी राखेको थियो । बद्र्री बाजेले भने
“आज कतबाट ?” उसले भन्यो
“यस्तै रहेछ संसार, यात्रा छदै छ ।”
बाजेले भने
“मान्छे यो आप्नो भन्छ, यो छैन भन्छ तर खै के आप्नो छ र ? आखिर एक गाँस न हो चाहिने ? ।”
बद्र्री बाजेकी स्वास्नी झस्की । कोक्रोमा सुतेको नातिलाई हेरी । बामे पनि सर्न नजान्ने नातीमा उसले केही देखिन । तर, त्यसत्रि यर्थाथ छ र जुन जीवन सीमित छ आफै देखि, न भाव, न आश, न निरास । उसले अतित पनि सम्झिन र भविस्य पनि जुन यर्थाथ । त्यो मान्छले भन्यो
“म यसो सम्झन्छु, संसारमा सबै आफैमा सीमित छन् । आफ्नै बाटो, आफ्नै लक्ष्य र आफ्नै धारणा । सम्झन्छु जीवनमा कयौ अवस्ताहरु न भावमयका छन न सुखमय…

त्यसैबेला बर्दी बाजेकी नातिनी स्कूलबाट आई । बद्र्री बाजेकी स्वास्नीले नातिनीको झोला हेरि । झोलामा पेन्सिल र कपी थिएन् । उसले ६ वर्षकी नातिनीलाई कराई
“खै पिल्सिङ र कापी तँलाई हराउन किनि दिएको । कस्ले तँलाई दिनै किनि दिन सक्५ ?”
नतिनिले भनी –हरायो ।” ऊ रिसाई । तर बद्र्री बाजे मौन रहे । मान्छै बाटो लाग्यो । बद्र्रीले भने
“चिया सम्म पनि दिइनस त ?” उसले भनी
“दूध भए पनि चिया रग र चिनी छैन । सकिएको दश दिन भएको थियो । कसरी दिने ?

बद्र्री बाजे झस्के । पुन खाटबाट उठे र खेत तर्फ बढे । उनले अतीतहरु सम्झे…..

उहि वास्तक्तिा, उही यर्थाथ । मालीले हजारौ पल्ट मालिनीको कपालमा फूल सिउरी दियो । बद्र्री बाजेका छोराहरुले कयौ पल्ट उसकी स्वास्नीलाई राम्रा कपडा र मिठाई दिइ सके । बद्र्रीबा का दम्पतिहरुले कयौ पल्ट चारधामको यात्रा गरिसके ।

मकैको ढिँढो र सिस्नोको साग खाएर दश ठाँउमा च्यातिएको दौरा लगाएर आदि दाम्पत्य जीवनका क्षक्षहरु मुल्य हिन बनेर बितिसके पनि ती पाइलाले भाव युक्त ूस्पर्सको प्रतीकहरु कहिलै टेकेनन् । मौनता भगं नै थियो । बद्र्री बाजेले वास्तक्तिालाई सम्झे । ७० वर्षको एउटा लामो यात्रा अनि जीवनको उत्तरार्धको क्षण अनि ६ वर्षकी सानी जीवन साथी , ६५ वर्षकी त्यही स्वास्नी, कोक्रोमा सुतेको सानो नाती, स्कुल जाने नातिनी र कडोरपति बनेकी बद्र्री बाजे की भान्जी ।

बद्र्री बाजेले लामो सास फेरे र भने
“किन वास्तविक्ता भन्दा भिन्न हुन्छ मेरो संसार…..

– शनीबार, 23 कार्तिक, 2070

Sumal Kumar Gurung – Akhir Afno Afnai Hunchha

सुमल कुमार गुरुङ – आखिर आफ्नो आफ्नै हुन्छ

रञ्जना बिहानपखको कलिलो घामको किरणमा मीठो न्यानोपनको अनुभूति गर्छे । अनि ऊ आकाशतिर टाउको उठाउँदै हेर्छे । सफा आकाश देखेर मन प्रफुल्ल हुन्छ । हिजो पानी परेकाले आज वातावरण सफा र स्वच्छ देखिन्छ । बिनब्यागमा फोहोर पोको पारेर बाहिर राख्छे अनि फेरि घरभित्र पस्छे । रञ्जना हतारहतार सिरकभित्र मुन्टो लुकाएर सुतेको कमलको निधार छाम्छे । कमललाई राति अलिअलि ज्वरो थियो, तर, अहिले ठीक छ । ऊ ढुक्क हुन्छे ।
कमल आज अलि बिसन्चो भएकाले सुतिरहेछ । उसलाई रञ्जनासित काममा जाने इच्छा छैन । आज उसलाई उठ्ने जाँगर पनि छैन । रञ्जना कमललाई एकपल्ट नियालेर हेर्छे अनि बाहिर निस्कन लाग्छे । “कमल, म गएँ । तातो पानी खानू अनि औषधी खान नबिर्सनू ल ।” भनेर उसले कोठाको ढोका ढ्याप्प बन्द गर्छे । अनि ऊ बस स्टपतिर हुइँकेर लाग्छे ।

रञ्जना सोच्दै छे, ‘हन, सधै“ कति हतार हुन्छ मलाई ?’ काठमाडौ“को व्यस्त जीवन, बिहानदेखि बेलुकीसम्मको ट्राफिक, धुँवा, धुलो र आनो भाग्य अजमाउन देशका कुनाकुनाबाट आएका मानिसहरुको बाक्लो लहर सडकभरि हिँडिरहेका सधै“ देख्छे ऊ । अस्थिर राजनीतिक वातवरण, प्रायः सधै“जसो बन्द हुने यो सहर र दैनिक लोडसेडिङको मारले पीडित जिन्दगी । रञ्जना कहिलेकाही“ दिक्क मान्छे । ऊ मनमनै हिसाब गर्छे— ‘काठमाडौ“ आएको पनि ३ वर्ष बितिसकेछ । समय कति छिटो बित्दै छ ।’ समय तीव्र गतिमा उडेभैmँ लाग्छ रञ्जनालाई । अचेल बेलाबखत तीन वर्षपहिलेको रमाइलो अतीत सम्झिन्छे ऊ । केही पाउन धेरै गुमाएभैm“ लाग्दै छ रञ्जनालाई अहिले । तर ऊ कमलको अँगालोमा पुग्दा सबै भुल्छे । केही दिनदेखि बुवाआमा र घरको मायाले तानिरहेभैmँ लाग्छ रञ्जनालाई । त्यसैले ऊ बेलाबेलामा विचलित बन्न पुग्छे । जीवनका भोगाइहरु सम्झँदा यी तीन वर्षभित्र आपूm निकै परिपक्व भएभैmँ लाग्छ आपूmलाई । आनो चाहना प्राप्तिका लागि स्वयंले गरेको निर्णयका लागि अरु कसैको दोष देख्दिन ऊ । आफन्तको सम्झनामा कहिलेकाही“ छटपटिन्छे रञ्जना । अतीतका स्मृतिहरुभित्र बेलाबखत हराउँछे ऊ ।

सम्झनाका लहरहरु रुपौलो पर्दाको चलचित्रभैmँ आँखाअघि तैरिन थाल्छन् । तिनै सुखद पलका सम्झनामा घर–आँगन र भाइटीकाको स्नेहसिक्त वातावरणभित्र हराउँछे ऊ । भाइटीकाको दिन भाइको भरिलो, चाक्लो निधारमा टीका लगाइदि“दा ऊ कति खुसी थिई । भाइलाई पानीले परिव्रmमा गरी पूजा गरेपछि कान, टाउकामा तेल लगाएर टीका लगाइदिएकी थिई । सयपत्री पूmलको माला र टाउकामा ढाका टोपी पहिराइदिएकी थिई । यी सम्झनाहरुमा बहँदै जाँदा आँखाबाट आँसुका थोपाहरु बरर खसेको थाहा नै पाइन उसले । गाडीभित्र अरुले नदेख्ने गरी आँसु पुछी । खचाखच भरिएको माइव्रmो बसभित्र बसिरहँदा पनि ऊ अतीतमा डुबिरहेकी थिई । त्यो पारिवारिक मायाको परिवेशबाट टाढिएको अहिले पूरा तीन वर्ष भइसकेको छ । अहिले ऊ सम्झन्छे, त्यही तीन वर्षपहिलेको भाइटीकाको दिन । ऊ हराउँछे त्यही सम्झनामा ।

सम्झनामा आवाजहरु आउन थाल्छन्—

आमा भन्दै थिइन्, “छोरा ! दिदीलाई ढोग् ।”

भाइले, “हुन्छ आमा, ढोग्दै छु ! अनि ढोगेपछि कति पैसा दिने दिदीलाई ?” भन्दै आमातिर खेलाँची गर्दै हेर्छ भाइ वृmष्ण ।

“त्यही मैले दिएको हजार रुपैयाँ दे न दिदीलाई ।” .आमा भन्छिन् ।

“नाइँ, यो त धेरै भयो ।” भाइले यति भनेर खल्तीबाट नोट निकाल्छ । नोट निकालेर हातमा राम्ररी लिन भ्याएको हुँदैन, रञ्जनाले थुत्त नोट थुतेर हातमा लिन्छे ।

भाइ हाँस्दै, “कहाँ पाँच सय दिएर पाँच सय राख्छु भनेको ! खोसिहाली दिदीले ।” भनेको झलझली सम्झिन्छे अहिले ऊ । अहो, कति मीठो खुसी थियो त्यो मायाको संसारमा ! त्यो सम्झँदा रमाइलो लाग्छ रञ्जनालाई अनि ऊ एक्लै मुस्काई फिस्स, तर त्यसै बेला सम्झनाको मीठो आभास भङ्ग हुन्छ ।
“.ठमेल ! ठमेल ! ठमेल ! कोही छ झर्ने ?” भनेर कन्डक्टर केटा कराएको सुन्दा झस्किन्छे रञ्जना र गाडी रोकिएपछि ओर्लन्छे । कोचाकोच भएको माइव्रmोबाट रञ्जना झर्न नपाउँदै तीन जना गाडीमा पस्न खोज्छन् ।

कन्डक्टर केटो कराउँछ, “पहिले मान्छेलाई ओर्लन दिनोस् !”

मीठो सम्झनाको धुरीबाट जीवनको तीतो यथार्थको धरातलमा खसेजस्तै लाग्छ रञ्जनालाई ।
अहिले रञ्जनालाई कताकता आमा, भाइबहिनी र बुवा आना लागि बिरानिएभैmँ लाग्न थाल्छ । तीन वर्षको अन्तरालभित्र आपूmले उनीहरुलाई गुमाएको अनुभूतिले पोल्न थालेको छ । ‘मेरो संसार किन बिरानो भयो यसरी ?’ आदि कुराहरु सोच्दै ऊ गाडीबाट ओर्लेपछि अमृत साइन्स क्याम्पसबाट अलिक भित्रपट्टि तर नजिकै रहेको ठमेलको एभरेस्ट एडभेन्चर ट्राभल्स एन्ड टुर्स एजेन्सीको कार्यालयतिर लाग्छे । आनै जीवनसँग जुध्दै छे रञ्जना अनि एक्लै मनमा अनेक तर्क गर्छे । बुवाआमाको मर्जीबिना अन्तरजातीय प्रेमविवाह गरेकी रञ्जनालाई अहिले माइततिरका परिवार र इष्टमित्रहरुको बेसरी सम्झना आउँछ ।
आपूmलाई उनीहरुले किञ्चित् वास्ता नराखेको अनुभूतिले अचेल रञ्जनाको मन खान थालेको छ । उसले अरुबाट बुवा इराकतिर अनुबन्धमा काम गर्न गएको थाहा पाउँछे । खुसीको कुरा, भाइले टेन प्लस टु पास गरेर मणिपाल अस्पतालमा एम.बी.बी.एस. पढ्दै गरेको खबर उसले पाउँछे । बहिनी अञ्जनालाई मामाको छोरा दीपकसँग, आपूm कमलसँग भागेर आउँदाका दिन, त्यही लगनमा विवाह गरिदिएका थिए । ऊ दीपकसँग बेलायत गइसकेकी छ ।
घरपरिवारले आनो परम्पराअनुसार मामाको जेठो छोरा दीपकसँग रञ्जनाको विवाह गरिदिने अन्तिम तयारी भइसकेको बेलामा रञ्जना भागेर कमलसँग काठमाडौ“ आएकी थिई । यी घटनाव्रmमहरु हिजो जस्तै लाग्छ रञ्जनालाई । रञ्जना भागेकी घटनाले घरमा एक पटक बुवा र आमाले ठूलो तुफानको सामना गर्नु परेको थियो । जन्ती आएर सँघारमा पर्साउन तमतयार हुँदा बेहुली घरपछाडिबाट भागेको कसैलाई थाहा थिएन अन्त्यसम्म । बेहुलीलाई बोलाउन जाँदा खैलाबैला मच्चिएको थियो, घरभित्र । धन्न आफन्तको घेराभित्रका कुटुम्ब भएकाले सबैको नाक जोगिएको थियो । ज्ञानी भान्जा र कान्छी छोरीलाई सम्झाइबुझाई गरेर त्यही विवाह लगनमा विवाह गरिदिएका थिए ।

बाहिरकाले जे भने पनि आपसमा केही समयपछि सबै ठीक भएको थियो । ऊ सम्झन्छे अहिले, बुवाआमाले उसलाई पालनपोषणमा केही कमी त राखेका थिएनन् । उनीहरुको विश्वासलाई आपूmले ठूलै घात गरेको अनुभूति, कहिलेकाही“ गर्छे, अचेल । रञ्जनालाई कताकता आत्मग्लानि हुन्छ । आनो मन आपैmँ भुलाउने प्रयास गर्छे । बहिनीले छोरा पाएको खबर छ्यामाबाट थाहा पाएकी थिई । खबर सुनेर एक किसिमको आनन्द र खुसी लागेको थियो रञ्जनालाई, तर, कोसँग बाँड्ने यो खुसी ? तीन वर्षदेखि रञ्जनाको सम्पर्क परिवारसँग छँदै छैन ।

रञ्जना बुवाको नोकरीको दौरान शिलाङमा जन्मेकी थिई । शिलाङबाट पाँच वर्षपहिले पोखरा आएकी थिई ऊ । कमल र रञ्जना पहिलो भेटमा नै आँखाको बाटो हँुदै एकअर्काको मुटुमा समाहित भएका थिए । उनीहरुको पहिलो भेट फेवातालको वाराही मन्दिर जाने बाटोमा भएको थियो । उनीहरुले एउटै डुङ्गा चढ्ेका थिए । त्यही प्रथम भेटमा नै कमल र रञ्जना मन्दिर परिसरसम्म पुग्दानपुग्दा उनीहरुको मनभित्र माया अङ्कुरित भएको थियो । एउटा दिव्य मोहको आकर्षण हृदयभित्र प्रेमराग बनेर ढुकढुक बज्न थालेको थियो । त्यसपछि बिस्तारै मायाको पूmल हृदयभित्र फुल्दै गरेको दुवैले महसुस गरे । अनि त मायाको पूmलको सुवासमा दुवै जना मदहोश हुँदै प्रेमपथमा सदाका लागि अघि बढ्दै गए । उनीहरुबीचको प्रेम गतिवान् भएर बढ्न थाल्यो । शान्ति वन, सेती नदीको तीर, फेवा ताल र वेगनास तालको सेरोफेरोमा उनीहरुको माया निरन्तर मौलाउँदै गएको थियो । यसरी मायाको सप्तरङ्गी सपनामा एउटा मीठो संसार बुनेका यी दुई प्रेमीप्रेमिकाको अन्तरङ्गबारे परिवारजनलाई अन्तिम समयसम्म ठ्याम्मै थाहा हुन सवmेन ।

पुरानै संस्कारका पुजारी अभिभावकहरुले दुवै जनाको विवाह आआना खानदानभित्र तय गरिसकेका थिए । दुवै जनाका अभिभावकहरुले विवाहबारे उनीहरुलाई जनाउ दि“दा उनीहरुको प्रेमयात्राले नेटो काटिसकेको थियो । परम्परालाई दिगो राख्नेहरुको हठ र प्रेममा डुबेकाहरुबीच सैद्धान्तिक द्वन्द्व सुरू भयो । रञ्जनाको विवाह मामाको छोरासित हुने पक्का छिनिएको छ भन्नेबारे बुवाआमाले उसलाई भनेकै थिएनन् । दीपक छुट्टीमा आउनुअघि नै विवाहको निम्तोकार्ड छापिइसकेको रहेछ । कार्ड छापेर आएको निकै पछि मात्र रञ्जनालाई थाहा लागेको थियो । बुवाआमाले अनुशासित र समझदार छोरीले उनीहरुको कुराको कहिल्यै विरोध गर्ली भनेर एकरत्ती फरक चिताएका थिएनन् । कमल र रञ्जनाका परम्परावादी अभिभावकहरु इष्टमित्रको दायराभित्र परस्परको विवाहद्वारा समाज फराकिलो पारी आनैहरु मिली गोलबन्द भएर बस्ने कुरामा विश्वास राख्थे । र, सन्तानले उनीहरुको निर्णयलाई अवश्य मान्नेछन् भन्ने सोचेका थिए । तर, जमाना धेरै अघि बढिसकेको कुरामा उनीहरुले हेक्का राखेनन् ।

आनो अप्रत्याशित विवाहका बारेमा आपूmलाई नै एक शब्द नसोधी यसरी विवाहको मिति तोकेर कार्ड छापेकामा रञ्जनाले बुवाआमासँग घोर विरोध गरी । तर, बुवाआमाको प्रस्ट भनाइ थियो, विवाह दीपकसँग नै हुन्छ । “एउटा लाहुरे लोग्ने पाउनु भनेको भाग्यमानी हुनु हो छोरी,” भनेर अन्तिम पैmसला सुनाएका थिए । प्रेमको गहिरो मन्थनमा रल्लिएकी रञ्जनाका अघि दुईवटा कुराहरु ठिङ्ग उभिए । परिवार त्यागेर कमलसित भाग्नु अथवा प्रेमबन्धनलाई चटक्कै तोडेर बुवाआमाको आदेश पालन गर्नु ।

समयले साथ दिएन उनीहरुलाई । अभाग्यवश रञ्जना र कमलले विवाहका लागि दुवैतिर नाटकीय तवरमा एवैm खाले आप्ठ्यारो स्थिति सामना गर्नुपरेको थियो । कमलको विवाहका लागि पनि त्यस्तै स्थिति सिर्जना भएको रहेछ । बुवाआमाले आफन्तभित्रका एक जना कन्यासँग विवाह गरिदिने बन्दोबस्त गरिसकेका रहेछन् । विवाहका लागि कमललाई बुवाआमाले फकाएर दबाव दिन थालेका थिए । त्यस कन्यालाई जसरी पनि विवाह गर्नुपर्छ भन्ने बुवाआमाले दृढताका साथ आनो अन्तिम इच्छा जाहेर गरेका थिए । तर कमलले बुवाआमालाई रञ्जनाबाहेक अरुलाई विवाह नै नगर्ने हठ लिएर विद्रोह गर्न थालेको थियो । पुरानो सोचका बुवाआमाको विवेकलाई खानदान, संस्कार र परम्पराको बादलले ढाकेको थियो । अब के गर्ने ? विवाहको दिन तय भइसकेको थियो ।
प्रेमको गहिराइमा डुबेको कमलले यो जबरजस्तीलाई आपूmमाथि भएको ज्यादती सम्झेको थियो । अतः ऊ बुवाआमाको निर्णयलाई विफल पार्न प्रतिकारमा उभिएको थियो । रञ्जना पनि कमलका लागि परिवार त्यागेर भाग्ने निष्कर्षमा पुगेकी थिई । त्यति बेला उनीहरुका प्रेमको अघि दुवै परिवार तगारो बनेका थिए । एकातिर प्रेमको उँचाइले आकाश नाघिसकेको थियो भने अर्कोतिर पारिवारिक मानमर्यादा तोड्न पनि सजिलो थिएन । अन्त्यमा उनीहरु समयसँग जुझ्दै आनै संसार बसाउने दृढ सङ्कल्प गरेर परिवारको तगारो नाघेर भागेका थिए । कमलले परिवारको इच्छाबिना रञ्जनालाई काठमाडौ“ भगाएर ल्याएको थियो । यसरी उनीहरुले काठमाडौ“मा नै तीन वर्ष बिताइसवmेका छन् । यति बेला परिवारको मायाबिनाको जीवन उनीहरुलाई असहज लाग्दै छ । परिवारको माया र आवश्यकता अत्यन्त महसुस भइरहेछ । आखिर आफन्तको न्यानो माया कसलाई चाहिन्न र ? त्यस्तै माया र स्नेहको द्वन्द्वमा पिरोलिएका यी दुई जना अहिले आफन्तको सान्निध्य प्राप्त गर्न अति लालायित छन् ।

पोखराको व्यावसायिक केन्द्र चिप्लेढुङ्गामा आना केही घरकोठा दुकानका लागि भाडामा दिएको कृष्णलाल एक जना सम्पन्न र प्रतिष्ठित पोखरेली व्यक्तित्वमध्ये पर्दथ्यो । कमल उसवैm जेठो छोरो थियो । बुवाआमाले आनै जातभित्रकी मात्र नभई आफन्तभित्रकी कन्यालाई विवाहका लागि ठिक्क पारेका थिए । कमल बुवाआमाको इच्छाविरूद्ध विद्रोह गरेर रञ्जनालाई लिएर अन्यत्र ओरालो लागेको थियो । काठमाडौ“ आएपछि उसले केही साथीहरुको मदतबाट परम्परागत इष्टदेवतालाई सा†ी मानेर मन्दिरमा विवाहसंस्कार पूरा गरेको थियो । पतिपत्नीका रुपमा आजीवन एकअर्कालाई साथ दिने बाचामा बाँधिएका थिए ती दुवै । कमल र रञ्जनाले काठमाडौ“ आएर केही दिन घुमफिर गरी मधुमास मनाउँदै समय बिताएका थिए । जीवनमा एकले अर्कालाई प्राप्त गरेकामा खुसी थिए दुवै । उनीहरु आनै संसारमा मक्ख थिए । केही महिनापछि ल्याएको पैसा सकिँदै गयो । अब जीवन गुजार्न केही न केही गर्नुपर्छ भन्ने सोच पलाउन थाल्यो उनीहरुमा । उनीहरु सामाखुसीमा एउटा ल्याट लिएर डेरा गरी बस्दै आएका थिए । कमलले आपूm र रञ्जनालाई काम खोजिदिनका लागि आनै साथी गोपालसँग आग्रह गरेको थियो । गोपालले मित्रताको कर्तव्य पूरा गर्दै आनै ट्राभल्स कम्पनीमा दुवै जनालाई काममा राखेको थियो ।

परिवारले केही समयपश्चात् अवश्य अपनाउलान् भन्ने उनीहरुको दृढ विश्वास थियो । तर हप्ता, महिना, वर्ë गरी तीन वर्ष बितिसकेका थिए । दुवैतिरका घरपरिवारले उनीहरुको वास्ता नै गरेनन् । उनीहरुको आशा †ीण हुँदै गइरहेको थियो । बेलाबेलामा घरको सम्झना आउँदा के मुख लिएर आमाबुवालाई भेट्न जाने भन्ने रञ्जनाको मनमा कुराहरु खेल्थे र ऊ मानसिक रुपमा आन्दोलित हुन्थी । नानाथरीका कुराले मन धमिलो हुन्थ्यो । आपैmँ नाता तोडेर भागेकी रञ्जना सोच्ने गर्छे— ‘एक्काइसौ“ शताब्दीमा आइपुग्दा पनि आमाबुवा युवा छोराछोरीहरुको विचार बुझ्दैनन्, किन ? संसार यति बदलिसक्यो तर खानदान, जातपातमै सीमित किन ?’ आपै“mले आपैm“लाई प्रश्न गर्छे ऊ— ‘मैले केही बिगार गरेको त हैन, प्रेम गरे“ र मन परेकासँग आएँ ।’ यस्तैयस्तै कुराहरु सोच्छे ऊ । फेरि लामो सास फेर्दै मनमनै भन्छे— ‘मैले बुवाआमाको मर्जीलाई केही वास्ता गरिनँ ।’ यस्तै नानाथरीका विचारले रञ्जनालाई खान्थ्यो । उनीहरु दुवै खुसी थिए, तर त्यो खुसीमा घरपरिवार सामेल थिएनन् । उनीहरु आफन्तहरुबाट टाढिएका थिए । रञ्जनाले बेलाबखत छ्यामासँग सम्पर्क गर्ने गर्थी, तर, छ्यामा पनि केही महिनाअघि परिवारसहित बेलायत गइसकेकी थिइन् । सम्पर्क हुन मुस्किल थियो ।

कमल र रञ्जनाका बारेमा घरपरिवारलाई उनीहरु काठमाडौ“मा छन् भन्ने कुरा थाहा थियो, तर उनीहरुले बोलाउने र खोजी गर्ने कहिल्यै प्रयास गरेनन् । यसरी उनीहरुलाई तिनीहरुले किन माया मारेका होलान् ? उनीहरुले वmेही भन्ने बाटो नै थिएन । संयोग पनि कस्तो अचम्म ? रञ्जनाकी बहिनीलाई ललाईफकाई गरी दीपकसँग विवाह गरेजस्तै कमलको भाइ विमलसँग कमलको लागि विवाह ठिक्क पारेकी दुलहीलाई धुमधामसँग विवाह गराइदिएका थिए । विवाहपश्चात् उनीहरुले अत्यन्त खुसीसाथ नयाँ जीवन बिताइरहेका थिए । एक प्रकारले त्यस घरसित कमलको सम्बन्ध नै टुटेजस्तो थियो ।
रञ्जनालाई उसले विवाह त ग¥यो, तर कमलले रञ्जनालाई घरमा लगेर भिœयाउने आँट भने गर्नै सकेन । ‘कुन मुख लिएर पसूँ त्यो घरभित्र ?’ कमल सोच्थ्यो । केही समयपछि बुवाआमाले स्वीकार गर्लान् भन्ने आशाचाहिँ आशामै सीमित रहन पुगेको छ अहिले । आफन्तको माया नपाउँदाको पीडाले मन कति पिरोलिन्छ, त्यो पीडा भोगेकालार्ई मात्र थाहा हुँदो रहेछ भन्ने आभास उनीहरुलाई हुँदै छ । उनीहरु विचलित छन् अहिले, त्यो निख्खर रगतको नाताले बल्झाएको अनुभूतिले गर्दा !

कमललाई आज अलि सन्चो थिएन । अबेरसम्म सुतेको थियो ऊ । तर ऊ दिउँसोतिर कार्यालय आउँछ । रञ्जनाले कमल आएको देखेर भन्छे, “कमल, किन आ’को ? आराम गरे हुन्थ्यो नि । औषधी खायौ?”

“अलि सन्चो लागेको छ । औषधी खाएँ । केही हैन, सर्दीको मामुली ज्वरो हो ।” कमलले आश्वासनसाथ जवाफ दिन्छ । साथीको ट्राभल्स राम्रो नै चलिरहेको थियो । काठमाडौ“मा उनीहरुको निर्वाह जेनतेन चलिरहेको थियो ।

निर्वाह चले पनि आफन्तले वास्ता नराखेको पीडाबोध हुनु स्वाभाविक नै हो । घरपरिवारको माया नपाउँदा जुन अथाह पीडा उनीहरुले खेपिरहेका थिए त्यो पीडा समयसँगै बढ्दै गइरहेको थियो । अहिले उनीहरुका मनमा यो सहर छोडेर अन्तै कतै धेरै टाढा जाने विचार शनैः शनैः पलाउन थालेको छ । एकआपसमा दुवैले विदेश लाग्ने सल्लाह गरिसकेका छन् ।

पोखरा नजिकै छ, घरपरिवार नजिक छन्, तर उनीहरुको मनमा अब उनीहरुलाई परिवारले अपनाउँदैनन् भन्ने आभास भइरहेको छ । मनभित्रको वेदना कसलाई पोख्ने ? जुन घर–आँगनमा हुर्केर परिवारको माया प्राप्त गरिएको थियो त्यो विगतको एउटा सपना हुन थालेको छ । प्रेमको आवेगमा घरपरिवारको इच्छालाई कत्ति वास्ता नगरेको टीस कहिलेकाही“ रञ्जनाको मुटुको गहिराइ छिचोल्दै आँखाबाट बग्ने गर्दछ । तर कमलको माया भरिएको न्यानो अँगालोले मनभित्रको पीडालाई मल्हमको काम गर्छ । कहिलेकाही“ मनमा परिवारको माया प्राप्त गर्ने झीनो आशा उदाउँछ र क्षणमै अस्ताउँछ । ती सबै बिर्सेर वmुनै दिन साथीसँगीहरुको साथ भएको रमाइलो माहोलभित्र उनीहरु हराउँछन् । यसरी नै जीवन बितिरहेको छ, उनीहरुको । मान्छेलाई जब असहज वातावरणले थिच्दछ त्यति बेला अझ बलियो भएर उठ्ने सङ्कल्प ऊ गर्दछ । त्यस्तै आपूmले केही गरेर देखाउनुपर्छ भन्ने अनुभूति कमलको मनमा पलाउन थालेको छ ।
केही दिनदेखि दुवै जना सल्लाह गर्छन् । बेलायत पढ्न जाने विचार गर्दै छन् । बेलायतमा गएर केही गर्न सकिन्छ कि भन्ने दुवैले सोचेका छन् । अन्तमा कुनै न कुनै उपाय गरेर यो सहर छोड्ने र बेलायत छिर्ने विषयमा छलफल गरे दुवैले । घरपरिवारले एक न एक दिन बोलाउँछन् भन्ने आशा झन्झन् झीनो हँुदै छ । उता बेलायतमा रञ्जनाले छ््यामालाई फोन गर्दा, “अँ हुन्छ नि, तिमेरको इच्छा भए आऊ न त । धेरै विद्यार्थीहरु आ’का छन्,” भन्छिन् ।
बेलायत जाने विचार त छ, तर पैसाको कमी छ दुवै जनालाई । सातआठ लाख चाहिएको छ । यति ठूलो रकम कहाँबाट ल्याउने ? एजेन्सीमार्पmत जाँदा पैसा झनै बढी लाग्छ । युनिभर्सिटीको फिस, ब्याङ्क ब्यालेन्स र जहाजभाडा जुटाउन निकै गाह्रो भएको छ । एक जना पढ्न जाने, अर्कोचाहि“ डिपेन्डेन्ट भएर जाने योजना बनाएका छन् । चाहिएको रकम बन्दोबस्त हुन असम्भव देख्छन् । पैसाका लागि कसलाई गुहार्ने ? कमललाई आमाको सम्झना आउँछ । जीवनमा बुवासँग उसले कहिल्यै पैसा मागेको थिएन । पैसाको आवश्यकता आमाले नै पूरा गर्थिन् । यस पटक विवश छ ऊ । आखिरमा पहिलो चोटि तीन सालपछि कमलले विवश भएर घरमा आमालाई फोन गर्छ । बुवाले फोन उठाउँछन् कि भन्ने डर थियो । भाग्यवश आमाले नै फोन उठाइन् ।
कमल फोनमा पश्चात्तापको स्वरमा, “हैलो !” भन्छ ।

उताबाट आमाको, “हैलो, को बोल्या ?” भन्ने स्नेहयुक्त स्वर सुन्छ ऊ । आमाको छचल्किएको वात्सल्यले सोभैm कमलको मनमस्तिष्क छिचोल्छ ।
“आमा ! आमा ! ढोग !” धेरै दिनपछि आमालाई फोन गर्दा कमलको गला अवरुद्ध भएको छ । आँखाबाट गङ्गोत्री फुटेभैm“ भेल उर्लेर आँखाका घेराहरु हुँदै गालाभरि बगेका छन् । “आमा ! आमा !” आमा शब्दले आमालाई बोलाउँदा भावविह्वल हुन्छ ऊ, मनमा ठूलो गाँठो परेकाले हिक्का छाड्दै, “आमा ! आमा !” मात्रै भनेर रून्छ कमल ।

आमाले छोराको अवाज फोनमा सुनेपछि, “बाबु छोरा, अशीर्वाद पुगोस् मेरो राजालाई,” भन्दा मनभित्र दबिरहेको ममताको भेल उर्लेर आउँछ उनको पनि । आमा रूँदै भन्छिन्, “मेरो बाबु, तँलाई कस्तो छ ? आमाको माया लाग्दैन तँलाई ?. घर आइज, बुवालाई म भन्छु,” भनिन् अनि ग्वाँ–ग्वाँ रून थालिन् । कमललाई पनि आमाको ममतामयी आँसुले मनभित्रैबाट छिचोल्दै ल्यायो र उनको वात्सल्यले निथ्रुक्क भिजायो । ऊ पनि बेसरी रोयो, भन्यो, “आमा ! आमा, नरोऊ । म आउँछु आमा, तर केही समयपछि । म ठीकैै छु आमा ! नरोऊ ।”

ऊ बेसरी रोयो बीबीचमा हिक्का छाड्दै, “आमा, म केही समयपछि आउँछु । नरोऊ आमा, म बेलायत जान्छु पहिले एकदुई वर्षका लागि । त्यसपछि आउँछु ! आमा ! अहिले मलाई अलि पैसा चाहिएको छ,” भन्यो कमलले ।

आमाछोराले रोएरै मनको बह पोखे । दुवैको मनलाई केही शान्ति मिल्छ । आमा आनो साडीको सप्कोले आँसु पु्छ्दै, “के रे, बेलायत ? छोरा ! भो अब घर आ, झन् टाढा नजा । बरू म आउँछु बाबु तँलाई भेट्न तुरून्त काठामाडौ“,” भन्छिन् । आनो कलेजोको टुव्रmा कतै लोप हुन्छ कि भन्ने आमालाई डर हुन्छ । आमाले भन्छिन्, “छोरा, म पर्सि आइतबार काठमाडौ“ आउँछु, केही चिन्ता नगर् ल पैसाका लागि ।”

आमा आउने कुरा सुनेर रञ्जना र कमल एकदमै खुसी हुन्छन् ।

घरको प्रतिष्ठालाई आँच आउने गरी केटी लिएर भागेकोमा बुवालाई ठूलो चोट त लागेको थियो । बुवाले आनै खानदानभित्रकी दुलही छोराका लागि बन्दोबस्त गरेर विवाहको सबै तयारी भइसकेका बेलामा कमलले ती सबै सपनामाथि तुषारापात गरेको थियो । तर, अहिले ती सबै कमलको बुवाले भुलेको छ । केही समय कुरा नखाएकोमा छोरामाथि रिस उठेको थियो । छोराले यसरी कुरा नखाई घरबाट गए पनि बुवाआमाको माया छोराप्रति कहिल्यै कम भएको थिएन । छोरो कहिले फर्वmला भन्ने आशा राखेर पर्खिरहेको थियो बुवा । घरबाट निस्केर गएको तीन वर्षदेखि छोरो फर्केर आएको थिएन ।

बुवाको सुरूको आवेश शिथिल भैसकेको थियो । यो कुरा कमललाई थाहा थिएन । किनकि ऊ तीन वर्षदेखि सम्पर्कविहीन भएको थियो । बुवाको डर उसको मनबाट अझ गएको छैन । यसै डर र लज्जाबोधका कारण रञ्जना र कमल केही वर्षका लागि धेरै टाढा उडेर जाने प्रयासमा थिए । उनीहरुले आशा गरेअनुसार बुवाआमाले बोलाएका थिएनन् । अब घरमा बोलाउँछन् कि भन्ने आशा निभिसकेकाले टाढा पलायन हुने सोच पलाएको थियो दुवैको मनमा ।
रञ्जनालाई आनो बुवाआमालाई केही भन्ने त के, मुख देखाउने साहससम्म भएको छैन । बुवाआमा र खानदानको इज्जतको विचारै नगरी त्यसरी भागेकीले पनि उसलाई मनभित्र कताकता अपराधबोध भइरहन्थ्यो । कुनै दिन सबैको मन फर्कला भन्ने आशा लिएर पर्खेर बसेकी छे ऊ । कमलको आमा आउने कुराले आशाका केही किरण मनमा झुल्किन थाल्छ । कमलले अस्ति आमासित पैसाको लागि कुरा गरेपछि आमाले आपैm“ काठमाडौ आउने कुरा भनेकी थिइन् । आमा पर्सि आइतबार दस बजेको जहाजबाट काठमाडौ“ आउँदै छिन्् । कमल र रञ्जना आमाको प्रती†ामा खुसी छन् । आमासित भेट हुने क्षणलाई सम्झँदै रोमाञ्चित छन् ।

अलि बिसन्चो भए पनि कमल कार्यालयमा आएको थियो । उसको साथी गोपालले कमललाई सहानुभूतिस्वरुप, “कमल घर गएर अराम गर यार । काम त भइहाल्छ नि, बिरामीमा पनि किन आ’को ?” भन्यो ।

कमलले, “होइन, ठीकै छ यार, अहिले सिजनमा धैरै काम छ नि । तातोपानी र औषधी खाँदै छु । अहिले धेरै बिसेक भइसकेको छ,” भनेर काममा लाग्छ । गोपाल मालिक भए पनि उसको व्यवहारमा त्यही पुरानो मित्रता थियो । केही फरक आएको थिएन । त्यसै कारण तिनीहरुका दिन राम्ररी बितिरहेका छन् । व्यापार राम्रो चलिरहेको छ ।

गोपालले कमललाई, “यार, करोडौ“को मालिकको छोरो भएर पनि तिमीमा जुन सादापन छ त्यो नै तिम्रो विशेषता हो । मित्र एकपल्ट बुवालाई फोन गरे हुन्थ्यो नि?” भनेर उसको मन बुझ्न खोज्यो ।

कमलले लामो सास फेर्दै, “गोपाल ! बुवालाई फोन गर्ने आँट कहिल्यै आएन, तर अस्ति आमालाई फोन गरेको थिएँ । आमा आउँदै छिन् र पहिलो चोटि आनी बुहारीलाई भेट्दै छिन्,” भनेर रञ्जनातिर हे¥यो ।

रञ्जना आज खुसी देखिएकी छे र हतारमा छे । ऊ गोपाललाई भन्छे, “आमा आउँदै छिन् । हामीलाई आज र भोलि शपिङ गर्नु छ। गोपालदाइ ! पर्सि हामीलाई बिदा दिनुप¥यो !”

गोपाल हाँस्दै, “त्यो भइहाल्छ । बरू आमालाई लिन म पनि गाडी लिएर जान्छु, हुन्न?” भन्छ ।

रञ्जना र कमलले एकैचोटि हुन्छ भन्छन् अनि घर फर्कन्छन् । कमलको ज्वरो हटिसकेको छ । मोटर बाइकमा दुवै जना असनतिर केही सामान किन्न जान्छन् । उनीहरु आमा कतिखेर आइपुग्ने होला भन्ने विचारले मात्र पनि रोमाञ्चित भएका छन् । कमल सोच्दै छ, आखिरमा जन्मदातृ आमाभन्दा यो संसारमा कोही ठूलो छैन । कमल सोच्दै छ— ‘रगतको सम्बन्ध त्यति कमजोर हँुदैन, जसबाट मैले जीवन पाएँ, संसार पाएँ ऊ नै मेरो भगवान हो, सबै थोक हो ।’ कमललाई आमाको अगाध स्नेहको आभास भइरहेको छ, स्नेहको गाढा अनुभूतिले खुबै खुसी छ ऊ ।

डेरा सफा गरेर चिटिक्क पारिसकिएको छ । शनिबारभरि उनीहरु व्यस्त भएका थिए । भोलि आइतबारको प्रतीक्षा गर्दै दुवै जना निदाउने प्रयासमा छन्, तर उनीहरुलाई आजको रात आमाको प्रती†ाको रात भएर होला निद्रा पर्न गाह्रो भइरहेको छ । मध्यराततिर दुवै निदाएछन् । बिहान साढे सात बजेतिर मोबाइलको घण्टी बज्दा बल्ल रञ्जना र कमल उठ्छन् । गोपालले फोन गरेको रहेछ । उताबाट गोपालले, “तिमीहरु कति बजे निस्कने हौ ?” भनेको सुनेर हतारि“दै कमल भन्छ, “अब एकैछिनमा हि“ड्छौ“ ।” यति भनेर ऊ पलङबाट उफ्रिएर झर्छ र फोन समातेरै बाथरूमतिर लाग्छ ।
उनीहरु त्रिभुवन विमानस्थलमा पुगिसकेका छन् । समय बिहानको साढे नौ बजिरहेको छ । बुद्ध एअरबाट आमा आउँदै छिन् । त्यसैले कमल सम्बन्धित काउन्टरमा जहाजको अवतरणको समय सोध्न जान्छ । जहाज ठीक समयमा उडेको खबर पाउँछ । कमल र रञ्जनाका हृदयभरि असीम खुसी उर्लिरहेको छ । यतिका दिनपछि आमासँग भेट हुँदै छ । त्यस कारण त्यो खुसीमा डुबेको कमल व्यग्र भएर आमालाई पर्खिरहेको छ । घडीको सुईको मिनेट–मिनेट ऊ गन्ती गरिरहेको छ । अहिले उसलाई एक मिनेट एक दिन जस्तो लागिरहेछ ।

थानकोटबाट बतासिँदै बुद्ध एअर एक फन्को मारेर ठीक समयमा त्रिभुवन विमानस्थलमा अवतरित हुन्छ । पलपल ममताको अगाध स्नेहको आभास र आमाको मातृवात्सल्ययुक्त हातहरुको स्पर्शको अनुभूति कमललाई भइरहेको छ । रञ्जनालाई पनि खुसीका साथसाथै सङ्कोच, डर र लाज सबै अनुभूतिले भित्रैदेखि अचेटिरहेको छ । आज पहिलोचोटि सासूसँग भेट हुने दिन !

जहाजबाट विमानस्थल वाहनमा चढेर आएका मानिसहरु एकएक गरेर ओर्लंदै छन् । वहानबाट आर्लेका मध्येमा कमलले आमालाई मात्र नभई बुवालाई पनि देख्छ । रञ्जनाले पनि आनै बुवाआमालाई त्यही वहानबाट ओर्लंदै गरेको देख्दा कताकता भय लाग्न थाल्छ ।
कमलले रञ्जनालाई भन्छ, “रञ्जना, बुवा पनि आउनुभएको रहेछ । हेर हेर, टोपी ओढेर आमाको अघिअघि । ऊ हरियो साडी लगाएकी आमा ।”
रञ्जना अवाव्m छे । एकछिनपछि भन्छे, “कमल, मेरा बुवा र आमा पनि पछिपछि आउँदै छन् । ठीक तिम्रा बुवाको पछिपछि ।”
उनीहरु एकैछिनसम्म केही बुझ्न सक्दैनन्् ।

रञ्जनाले नै पहिले भन्छे, “किन सबै एकैचोटि आएका होलान् ? कतै…?”

कमलले बीचैमा भन्यो, “रञ्जना, डराउनु पर्दैन । यो रगतको शक्तिले तानेर ल्याएको हो ।”

अनि गोपाल मुसुमुसु हाँस्दै भन्छ, “आनो आनै हुन्छ मित्र । सन्तानको माया कसलाई हुँदैन र ?”

उनीहरुसित सामान केही थिएन । सीधै सबै बाहिर आउँछन् । उनीहरुको धैर्यको बाँध फुट्छ । रञ्जना र कमल आआना आमाहरुतर्पm दौडँदै जान्छन् । त्यस्तै सन्तानहरुलाई देखेर दुवै आमाहरु दौडँदै आउँछन् । एउटा भावनाको आवेग, ममता र स्नेहको बाढ उर्लेर त्यहाँका सबैमा खनिन्छ । कमल र रञ्जनालाई आमाहरुले अँगालो मार्दै गालामा म्वाइँ खाँदै मिलनको खुसीका आँसु खसाल्न थाल्छन् । कमल र रञ्जना पनि आआना आमाहरुलाई पालैपालो ढोगेपछि बुवाहरुलाई पनि ढोग्छन् । कृष्णलाल र मनबहादुर दुवै हाँस्दै दुई जनालाई समातेर अँगालोमा हाल्छन् । रञ्जना र कमल दङ्ग पर्छन् । कृष्णलाल खुसी हुँदै भन्छ, “रञ्जना मेरो बचपनको अति मिल्ने साथी मनबहादुरकी छोरी भनेर पछिल्लो सप्ताह मात्र थाहा लाग्यो । आज नै हामी दुई बजेको जहाजबाट घर फर्कने हो । जहाज टिकट लिइसकेका छौ“ । हामीलाई छोडेर बेलायत जाने विचार नगर । तिमीहरुलाई घरले पर्खिरहेको छ ।”
रञ्जना र कमल छक्क पर्छन् र अवाव्m हुन्छन् ।

त्यसपछि मनबहादुरले भन्छ, “रञ्जना छोरी ! कमल कृष्णलालको छोरा हो भनेर मलाई थाहा नै थिएन । हामी दुवै जना बालककालदेखिका मित्र हौ“ । सँगै एउटै स्वmुलमा पढेका थियौ“, तर म आर्मीमा गएपछि हाम्रो भेट भएको थिएन। मलाई खुसी लागेको छ, कमलभन्दा राम्रो ज्वाइँ अरु हुनै सक्दैन ।” यो अप्रत्याशित मिलनले खुसीको लहर बोकेर ल्याएको थियो । कमल र रञ्जना दङ्ग हुन्छन् । सबै जना कमल र रञ्जनाको डेरामा आउँछन् । गोपालको एभरेस्ट एडभेन्चर ट्राभल्सका सबै कर्मचारी साथीहरु भोजन तयार बनाएर उनीहरुको स्वागतमा पर्खिरहेका देख्दा रञ्जना र कमल छक्क पर्छन् ।
गोपालले त्यति बेला कमल र रञ्जनालाई भन्छ, “बुवाआमाको माया सधै“ सन्तानप्रति रहन्छ, किनभने रगतको सम्बन्ध कहिल्यै टुट्दैन । बुवाले जुन दिनदेखि तिमीहरु काठमाडौ“ आएका थियौ, त्यसै दिन मलाई सम्झाउनुभएको थियो । मेरो ट्राभल्समा मैले काममा लगाएको उहाँकै निर्देशनमा थियो । बेलाबेला फोन गरेर सोध्नुहुन्थ्यो । अनि तिमीहरु बेलायत जाने कुरा सुनेपछि उहाँको धैर्य टुट्यो, तिमीहरुलाई घर बोलाउने उचित अवसर हेरिरहेका थिए सबैले ।” गोपालले अघि भन्दै जान्छ, “ मसित जुन दिन तिमीले आमासित फोन सम्पर्क ग¥यौ त्यही दिन बुवाले मसित कुरा गर्नुभएको थियो । उहाँले मलाई आज आउने खबर गर्नुभएको हो । त्यसैले यो बन्दोबस्त गरेको हुँ । यार, अब बेलायतको कुरा छाड, पोखरा फर्केर बुवाआमाको सेवा गर । आखिर आना भनेका आनै हुन्छन् ।”

कमलले गोपाललाई, “हामीलाई यी सबै कुरा किन लुकाएको नि यार ?” भन्दा गोपालले हाँस्दै भन्यो, “उचित समय पर्खेर बस्नुपरेको थियो यार त्यसैले ।”
सबै खुसी हुँदै फेरि तीन बजेको लाइटबाट पोखरा फर्केका थिए ।

पोखरा एयरपोर्टमा दुबै परिवारका आफन्त जमातले कमल र रञ्जनालाई स्वागतका लागि बाजागाजासहित पर्खिरहेका थिए ।

बेलायत

– शनीबार, 23 कार्तिक, 2070

Nabin Kafle – Samjhinchha U Ti Din

नविन काफ्ले अभि – सम्झीन्छ उ ति दिन

आमा अगेनामा मकैका रोटीहरुलाई पकाउदै थिईन्, उ बाहिर दलेनोमा बहिनीसँग खेल्दै थियो । एक्कासी डुमडुमको आवाज आयो बहिनी आमा आमा भन्दै रुदै भित्र दौडिई उ पनि आमा भएतिर दौडियो । दिउसो उसले गाँउमा देखेको थियो हतियार धारीलाई । उसका मनमा चिसो पसेको थियो दिन बाटै आज के हुने हो भनेर । लगातार एक घण्टासम्म त्यहि ड्याम ड्याम डुमडमको आवाज सुनीयो । उसलाई उसका बाले सुनाएको पौराणिक युद्ध कथाको याद आयो । मन भित्र डरका तिता डुसाहरु मौलाए ।त्यसपछि सारा गाँउ भरि हतियार धारीहरुको प्रवेश भयो । आमाले दिनभरी दुःख ले गरेको कामबाट थकित शरिरले छोरा छोरीहरुको आत्मसन्तुष्टि पुरा गर्नका लागि अगेनोमा बसेर मकैका रोटी हामीलाई दुधमा मोलेर खुवाउदै थिईन् । उ सानो थियो तर पनि जान्ने जस्तो गर्दथ्यो हरेक कुरामा । गाँउमा हतियार धारीहरुको प्रवेश भईसकेको छ भन्ने संकेत उसले आमालाई दियो । आमा आत्तिदै ढोका बन्द गर्दै थिईन् टाढैबाट एक जना हतियार धारीले त्यो घरको ढोका बन्द हुदै छ म त्यहि गए हामी आएको देखेर बाठा भईसके गाँउलेहरु यो त पक्कै पनि आर्मीकै घर हो छोड्न हुँदैन भन्दै दौडियो । आमा हतारमा भित्र दौडिदै दाईको फोटो लुकाउदै थिई उसले खोसिदियो । को हो भन भनेर झन् आतङ्कीत पार्न थाल्यो । आमा डराउदै मेरो छोरा हो बाबु भन्दै थिईन् । उ भने अगेनोको छेउमा आगोका गोलहरुसँग खेल्दै थियो । त्यहाँ केही नभए जस्तो गरेर । बहिनी आमाको गुन्यूको फेरोमा लुटिपुटी गर्दै थिई। हतियार धारीले बा खोई भनेर सोधिरहेका थिए । आमा केही समय सम्म ना जवाफ थिईन् , धेरै धम्काएपछि बल्ल मुख खोलिन् “मुगलान गएका छन् ” उनिहरुले दाईको फोटो देखाउदै यो काँ गयो भन् आमा रुन थालिन् दाईको कुरा निकाले पछि रुदै भनिन् खोई भागेर गएको हो आज सम्म घर आएको छैन । हतियार धारीले थर्काएर भन्यो “छोरालाई आर्मीमा हामी बिरुद्ध लड्न पठाउछेस् अझ रुन्छेस् ।”

अध्यारोमा आमाले उनिहरुलाई खाना बनाएर खुवाईन्। राति जाने बेलामा उनीहरुले भने अब हेर तिम्रो एउटा छोरो सरकारी पक्ष बाट लड्ने भईहाल्यो अब एउटा हाम्रो पक्षबाट लड्छ बराबरी हुन्छ । यसलाई हामी लगेर जान्छौ । उसकी आमा भक्कानीएर रुन थालिन् नाई बाबु बिन्ती छ यसलाई नलैजानु मर्दको नाँउमा घरमा यत्ति छ यो गयो भने हामी के गरौँला ।आमाको रुवाई झनै बढ्दै गएको थियो । उनीहरु भनी रहेका थिए देश र जनताको लागि लड्ने हो यहाँ कोही पनि आफ्नो लागि लड्न आएको छैन , केही समयको रुवाबासीबाट उनीहरुले उसको हात समाएर जाँउ भन्दै उठाए । त हिन आजबाट त पनि सामन्तबादका विरुद्धमा लड्छस् । आमाले उसको हात च्याप्प समातिन र रुदै भनिन् बावु न जाँ हामीलाई एक्लै छोडेर त गईस भने हाम्रो के हालत होला तेरा बा कति गुनासिएलान् न जा बावु न जा । आमाको कारुणीक रुवाईले उसका आँखाहरुमा आँशुका छालहरु एकै पटक उर्लेर आए र ति हतियार धारीको हात छुटाएर उ दौडिदै आमा भए तिर गयो र ग्वाम्मै अँगालो हाल्यो , आमाको काखको त्यो न्यानो भित्र दिल खुलाएर रोयो, आमा सुक्क सुक्क गर्दै नरो बावु भन्दै थिईन् हतियार धारीले पुनः हात समाएर तान्यो, विचरा उ आमाको काखमा मजैले रुनै पाएन । उसमा ति कलिला हातहरुलाई ठुलै भद्धा हातहरुको अईठन पर्यो । के गरोस् उ नचाहाँदा नचाहादै आमाको काख छाडेर देश र जनताको भलाईको लागि बाहिरियो ।

खै कता लिए त्यो निर्दोश बालकलाई । राति त्यस्तै १ बजे तिर सन्नाट रातमा कसैको घरमा लिएर सुताए । तिनिहरु त राम्रै सुते तर उ सुत्नै सकेन ,उसलाई मनमनै डर लागि रहेको थियो कहाँ लान्छन् कता जाने हो भनेर । माटोका भित्ताहरुको अडेस लागेर घर सम्झीरहेको थियो । उसका आँखामा उसको प्यारो गाँउ, पानी पँधेरो, खेतबारी, बहिनी, उसले पालेका ति साना साना कुखुराका चल्लाहरु, तल्लाघरे साईला बाजे जो सँग उ सबै भन्दा बढि जिस्कन्थ्यो , अनि गाँउ भरि उसको नाम जोडेर सबैले जिस्काउने उसकी बेलरुपा सबै भन्दा बढि उसले उसकी आमालाई सम्झियो । के थाहा उसलाई ति सबै उसका अतित बन्दै छन् भनेर , के थाहा उसलाई उ एक लडाकु कमाण्डर बन्दै छ भनेर ।

उसकी आमाका आँखाबाट अविरल रुपमा बगेका ति आँशुहरु भनि रहेका थिए “बावु न जा त तेरा ति कलम समाउने हातहरुले कसरी त्यति ठुलो बन्दुक समाउलास्, बन्दुक सँग कसरी खेलास्, ति बारुदका झिल्काहरु मा तँ कति डराउलास्, न जा बावु न जा । तर केही सिप चलेन उसकी आमाका ति अविरत आँशुहरुको लगेरै छाडे १५ बर्षे निर्दोश बच्चाहरुलाई ।

त्यस राती उसले तिनिहरुबाट भाग्नलाई धेरै संघर्ष गरेको थियो तर सकेन, सकोस् पनि कसरी बिचरा उसले नचिनेको गाँउमा थियो र उसलाई कता ल्याई पुर्याए भनेर थाहा थिएन । उसले त्यस राती आफै सँग एक बाचा गरेको थियो दृढ आशाका साथ । एक दिन उ अवश्य पनि आफ्नो गाँउ फर्कने छ आफ्नै घर खेतमा लोकभाका गाउदै उकाली ओराली गर्ने छ, फेरी पनि तल्लाघरे बाजे सँग जिस्कने छ , उसको नाम जोडिएकी बेलमायालाई आफ्नो बनाउने छ उसले र आमाका काखमा मजैले सुखको निन्द्रा पुर्याउने छ ।

उ त्यस्तै सोच्दा सोच्दै बिहान ५ बजे तिर निदाएछ । बिहान डाँडामा किरणहरु धकेला धकेल गर्दै अगाडि बढ्दै थिए। घाम पुरै एैठन परे जस्तै गरेर निसासिएको थियो । मधुरताबाट उन्माद उज्यालो तर्फ लम्किएका धिरमिर राता धर्साहरु पहाडको पहाडको टाउकोमा टेक्दै उफ्रीदै थिए । एक छापामारले उसलाई घचघचायो उठ् भन्दै उ जुरुक्कै उठ्यो आमाले उठाएजस्तै लागेछ उसलाई आमा भन्दै आँखा खोल्यो । उसको आमा शब्दले उसको अगाडी रहेको एक लडाकुले भन्यो “तेरी आमा घरमा छिन् अहिले तँ नेपाल आमाको काखमा छस् उठ अब जानेहो यहाँबाट ।” हरेक दिन उड्ने बित्तिकै उसले आमाको मुख नहेरेका दिन हुँदैन थियो तर अब उसले आमाको मुखको कल्पनामा मात्रै हेर्न पाउने छ । उसले मुख धोएर आउदै थियो उसलाई एक लडाकुले उ भन्दा पनि ठुलो राईफल समाउन दियो । त्यो राईफल समाई रहँदा खेरी उसले स्कुलका कागजको बन्दुक बनाएर चोर पुलीस खेल्ने ति साथिहरुलाई खुबै आद गर्यो । त्यही दिन देखि उसले कलम समाउने कलिला हातहरुले बन्दुक समायो ।
उसले अब साँचिकै एक अटोट गर्यो म यो सामन्तबादका बिरुद्धमा लडेरै यो देशको रक्षा गर्छु । म कहिल्यै पनि गलत बाटोमा हिड्ने छैन अन्याय र अत्याचारको बिरुद्धामा लड्ने छु । सत्यता र निश्पक्षताका हातहरु समाएर अगाडी बढ्ने छु , नेपाल आमाको रक्ष ागर्ने छु ।

त्यस दिन देखि उ एक छापामार बन्यो । उसले निधारमा रातो रंङको फेटा बाध्यो ।

उसलाई हिमाली क्षेत्रमा रहेको लडाकुहरुको क्याम्प नं. ३ तालिम केन्द्रमा भर्ना गरियो । उसलाई त्यहाँ १ वर्षे तालिमका लागि छाडियो । जिवनमा पढेर के के गर्छु भन्ने सोच बनाएको थियो उसले, जिवनलाई बेलमायाको मायाले बाँधेर काँ सम्म पुर्याउनु थियो , कति मिठो मिठो खाना खानै बाँकी थियो सुनौला गन्तव्यमा पाईला चाल्नु थियो तर आज आएर उसका ति सुनौला सपनाहरुलाई चैतमासको हावाले रुख ढाले जस्तै, धुलो उडाएजस्तै गरि ढालिदियो उडाईदियो ।

क्याम्पमा उ जस्ता नावालकहरु धेरै थिए । अब त उ पनि बानी परिसक्यो लाल सलाम भन्न । उसको तालिमको ६ महिना बितिसकेको थियो । उ तालिममा हुँदा सुरक्षित महशुस गरिरहेको थियो । उसले त्यहाँ साथिहरु पनि बनायो केटा केटी दुवै । एक दिन उसलाई खानाको लागि कमरेड अन्जलीको नेतृत्वमा बनमा तरुल र गिठा खोज्न पठाईयो । पुरै दिन भरि पनि उनिहरुले आफ्नो पल्टनलाई पुग्ने गरि खाना खोज्न सकेनन् । उसको त्यो कमाण्डमा सबै भन्दा सानो उ र कमाण्डर मात्रै थिए अरु सबै ठुलठुला थिए तै पनि कमरेट अन्जली कमाण्डर थिई किनकी उसमा साहस आँट अनि आईडिया थियो । कमरेट अन्जली र उसको उमेर विचमा २ वर्ष मात्रै फरक थियो उ कान्छो थियो । साँझपख पल्टनमा पुगेर दिनभरीको प्रगति विवरण दिदा पल्टनको कमाण्डरले खुवै थर्कायो सबैलाई दुईदिन सम्म पनि खाना नखाने गरि सजाए सुनायो । दुई दिनसम्म खाना नखाने सजायले उ झस्कीयो कसरी बाँचिन्छ दुईदिन सम्म पनि खाना नखाएर ।सुरु भयो उनीहरुको सजाय त्यसै दिन देखी । खै किन हो कमरेट अन्जली भाबुक भएर उसका छेमा नै सुत्न आई । उसको हात समाएर सुक्क सुक्क गर्र्दै रुन थाली उसले पनि उसका आँखामा आशु देखेर उ प्रति सहनशिलताको भाव देखायो । भोलीपल्टबाट उनीहरु एकले अर्काको ख्याल गर्ने भएका थिए ।

उसले आजसम्मको जिवनमा एउटै कुरा बुझको छैन , उसले आमालाई सबै भन्दा धेरै माया गर्छ तर किन उसलाई यस्तो हुँदैन जो कमरेट अन्जलीलाई केही समय नदेख्दा उसलाई हुन्छ । आखिर कस्तो अचम्मको कुरा पनि होईन अनौठै मान्नु पर्ने । उसले विस्तारै थाहा पाउदै छ उसले अन्जलीलाई माया गर्छु भन्ने कुरा । हुन त अन्जली पनि उसलाई माया गर्छे एक पटक उ बिरामी पर्दा सबै भन्दा बढि उसले नै ख्याल राखेकी थिई।
तालिम सकीएर उनीहरुलाई लडाईमै होमीदै थिईयो । जाजरकोट र जुम्लाको सिमा क्षेत्रमा उनीहरु तैनाथ थिए । लगभग उनीहरु एक हप्ताको सिमा क्षेत्र बसाईबाट उनीहरु जुम्लाको खलङ्गा क्याम्प हमलाको लागि प्रस्थान गरे । लगभग तिन दिन हिडेर उनीहरु खलङ्गा नजिकैको हिमाल छेउमा लुकेर बसे र त्यहीबाट तयारीमा जुटिरेहेका थिए ।
बच्चा हँुदा उसले कागजको बन्दुक चलाएर चोर समातेको थियो तर आज साँच्चिकै बन्दुक समाएर राज्यका विरुद्धमा लड्दै थियो । उसले तालिममा माओबादका धेरै कुरा पढेको थियो । विश्वका कम्न्यूटहरुको उदय कसरी भयो, किन उनीहरुले द्धन्द्धकै बाटो अपनाए, र जनतालाई सम्मान कसरी मुक्ति दिलाए यस्तै विविध । तत्कालिन सरकारको अन्याय र अत्याचार कति सहने, अनि कति सहने साहु महाजनको दबाव, रवाफ । यहि पिडाले उसका बा परदेशी भए र उसको दाई जागिरका नाउमा सेनामा भर्ति भयो । उसका मनमा आमाको खुबै आद आईरहेको थियो । आमा म आज जिवनको पहिलो यद्ध लड्दै छु उसले मन मनै आमालाई भनि रहेको थियो । डुम्म डुम्म फाएरको आवाज आयो उसको मन कापि रहेको थियो । फायर उसकै साथिहरुले गरेका रहेछन् । उसले पनि आफ्नो हातको बन्दुकमा गोली चेक गर्यो । लाईनमा बिचमा थियो उ तर सबै तेर्सो लाईनमा डाँडामा सुतेर निसाना लगाउँदै गर्दा उ छेउमा परेको थियो । मनमा जतिसुकै साहस भए पनि जंङका अगाडीको आट ठुलै हुने रहेछ । उसले ठुलो साहस लगेर पहिलो फाईरिङ गर्यो हातहरु कापिरहेका थिए उसका मन भड्कीएको थियो । यत्तिकैमा उताबाट लगातार फाईरिङ आयो ,छेउको साथि ड्याम्मै ढल्यो विचरा आमा पानी भन्दै थियो ,के गर्न सकेन उसले दौडियो अगाडी त्यो घाईतेको प्रवाह नगरी । खलङ्गा बजार माथिको त्यो डाँडाबाट उनीहरु दौडिदै क्याम्प नजिकै आईसकेका थिए । उ बन्दुक सोझाउदै अगाडि बढ्यो , बढ्दै थियो अकस्मात उसकै कन्चटमा बन्दुक तेर्सियो उ चुपचाप हतार हतार बन्दुक भुईमा राखेर हातहरु माथि उठायो र बन्दुक तेर्साउने तिर के हेरको थियो उसको मुखबाट फुत्कीयो दाई तँपाई । दाईले पनि भाई तँ । कस्तो अचम्मको भेट दुईभाईको दुवै कति बाध्यतामा छन् । तै पनि एउटै रगत भएर होला एकले अर्कालाई बचाउन थाले दुबैको मुखबाट निस्कीयो भागौँ यहाँ नबसौँ । उ दाईलाई बजारको एउटा घर नजिकै लगेर छाडेर त्यहाँबाट आफ्नो टिममा फर्कियो । त्यतिबेला सम्म मैदान सान्त भई सकेको थियो । तिला नदिमा उनीहरुले पानी खाए । निर्मल कन्चन त्यो पानीमा रक्ताम्मे भएका ति हात गोडा पखालेर त्यहाँबाट लुक्दै भाग्दै हिडे ।

देशै भरि ठुलो जमातमा संगठित भएर युद्धविरामको आह्वान गरिरहेका थिए । तर ति साना बस्तीहरुका दुःख उस्तै थिए , उस्तै थियो लाचारी सरकार । तर यसको बाटो युद्धबाट मात्रै होईन भन्ने उसले बुझी सकेको थियो । आखिर युद्ध गरेर के फाईदा हामी हाम्रै दाजुभाई लडिरहेका रहेछौ । मानवता हामीमा हराएछ । बुद्धको देशमा अंहिशा कत्ति पनि नसुहाएको उसले महशुुस गर्यो । उ यस्तै कुरामा धेरै बेर टोलाएर बसिरहेको थियो । कमरेट अन्जलीले उसलाई झस्काई ।

गल्ती ति नाजवाफ जन्ताको के थियो र सरकारी पक्षबाट अन्धाधुन्द गोली चलाईएको छ थिर्पुकोटमा । लडाकु कमान्डरहरु बस्छन् भन्ने निहुँमा । सरकारले बास्तविकता नबुझी त्यो सभ्य मानव बस्तीमाथि पशु अवतार देखायो । मान्छेका ति सिर्जना र विवेकले भरिएका मानसपटल, ति निश्पक्ष र निश्वार्थी आँखा, माया र संवेदनाले भरिपूर्ण मुटु, मुस्कानले भरिएका ति ओठहरु, शिल्पी हातहरु,लगनशिल र मेहेनेतीका पाईलाहरु दैत्यको अवतारले तहसनहस भए। आँधिको चपेटा र पिडा खेपेको खरे घर जस्तै भयो त्यो मानब बस्ती । पानीका धाराहरुको रङ रातो भयो । सबै रक्ताम्मे भयो बस्ती । भोली पल्ट समााचार आयो थिर्पुकोटमा दोहोरो झडमा परि लडाकुहरुको ज्यान गयो ।
उसलाई यस्ता अत्यााचार लाग्दा समाचारहरु सुनेर रिस उठेर आउथ्यो । बिचरा ति सभ्य बस्तीका मानिसहरु कसरी लडाकु भए , लडाकुको रिशले तिनिहरुमाथि अत्याचार भएको उसले महशुुस गर्यो । सरकारले बिद्रोहीको नाममा जनतालाई हेपेको छ , पछारेको छ , तर ति निश्वार्थ भावना बोकेका जनताको बारेमा सोचेको छैन ।
विद्रोहीको नाममा ज्यान गुमाउने ति परिवारका सेतो बस्त्रधारी नारीहरु र ति लालाबालाहरुको स्थिति अवस्था सम्झन्छ उसलाई डाको छोडेर रुन मन लाग्छ आत्म गलानी हुन्छ । कान्तिपुर र नागरिक दैनिकका फ्रन्ट पेजमा छापिएका ति अवला विधवा नारीहरुको विचल्लीका तस्वीरहरु सम्झन्छ ,झन् धेरै पिडा हुन्छ । सम्पतिको नाममा समाजमा रहेका कलंकहरुले गर्दा नै यस्तो अवस्थामा आईपुगेको उसको मनले स्विर्काछ । र उसलाई थाहा छ अब यो सामन्तबादको जरा धोटीएरै सकीदै छ तर कहिले सकिन्छ थाहा छैन ।

वि.सं २०६२ मंसिर महिनामा भएको १२ बुदे सहमतिले यद्धलाई केही हदसम्म नियन्त्रण गरेको थियो । यसै बिचमा २०६३ मंसिर ५ मा भएको सरकार र द्धन्द्धरत पक्ष बिचमा सधैका लागि बलिरहेको द्धन्द्धको आगो निभाउने सहमतीले साकार रुप पायो । देशमा शान्ति स्थापना भयो , मनमा हरेक दिन डर र तरास लिएर बाँचेका मुटुहरुले शान्तिले श्वास फेर्न पाएका छन् । अब त सबै स्वतन्त्र भए आजात पंक्षी जस्तै ।

द्धन्द्धमा होमीएका उ जस्ता धेरै आज आएर बेरोजगारी छन् जसको बाध्यता बिदेशीनु छ । द्धन्द्धको आगो निभेको ११ वर्ष भन्दा बढि भई सक्यो । यस बिचमा धेरै सरकार आए , गए तर उ जस्तालाई कुनै सरकारले फर्केर हेरेन । पढ्ने समयमा बन्दुक समाउन आमाका काखबाट लुछेर लगियो शन्ति स्थापना पछि तिनैलाई अयोग्य लडाकु नामको ट्याग टाँसीदियो सरकारले । देशमा शान्ति स्थापनाका खातिर लागे बाफतको पसिनाको मुल्य पैसमा नापेर घर पठायो । तैपनि उ जस्ता धेरैले मन बुझाएकै छन् ।

उनीहरु चाहन्छन् देशका हरेक चेलीहरु सुरक्षीत महशुस गरुन, जहाँ जाउन त्यही सम्मानीत र ढुक्क भएर बस्न पाउन् । बा आमालाई मेरा छोरा छोरी जता गए नि सुरक्षित छन् भन्ने महशुस होस् । कसैले पनि बिदेशीनु नपरोस् ।सरकारले सबैका पक्षमा बराबरी बकालत गरोस् , राजनीतीको मारमा कोही नपरोस् सुदुरका समस्यालाई पुर्वले र पुर्वका समस्याहरु सुदुरले समाधान गर्ने वातावरण होस् ।तराईको बाढिमा हिमालले सहारा दिन सकोस् र हिमालका पहिराहरुमा तराईले सहारा देवस्, महिला र पुरुष दुई जातिहरुले सँगै हातेमालो गरेर देश विकास गर्ने वातावरण बनोस् ।

Krishna Kusum – Sextoys Ko Karamat (Nepali Story)

कृष्ण कुसुम – सेक्सटोयजको करामत (नेपाली कथा)

“नमस्कार !”

एकाएक नमस्कारको आवाजले झस्कायो र हेरें । अगाडि दुबै हात जोडेकै स्थितिमा मूर्तिवत् खडा थिई ऊ ।

बाहिरको मौसमजस्तै अँध्यारो चिर्न सोधें “बस किन आयौ एकाबिहानै ?”

भनी, “एउटा लडाईँ लड्नुपर्‍यो ।”

“कस्तो लडाइँ ?”

“स्वतन्त्रताको । अधिकारको लडाइँ ।”

ऊ पनि एउटी महिलावादी नेतृ नै हो भन्नेसम्म थाहा थियो तर कुन पार्टी कि हो थाहा थिएन मलाई ।

अनुमान लगाएँ – माओवादी रै,छ र आन्दोलनको कुरा गर्दैछे ।

“त म के गरुँ ?”

“सहयोग ।”

आजभोलि माओवादीहरु पनि यसैगरी सहयोग माग्न आइरहेका हुन्छन् राष्ट्रियताको आन्दोलन गर्न भनेर । त्यसैले आफ्नो अनुमान पुरापुर मिलेको ठानें ।

अब अलि सतर्क भएँ र जिज्ञासा राखें- “के सहयोग खोज्दैछौ मसँग ?”

“एउटा मुद्दा लडिदिनु पयो मेरो पक्षमा ।” ऊ एकै सासमा बोली, “मेरै लोग्नेको विरुद्वमा ।”

अन्यौलमा परें । मैले सोचेभन्दा बिल्कुलै फरक कुरा सुन्दा ।

एउटा वकिलको घरमा एकाबिहानै कुनै वादी प्रतिवादी आउँदा खुसी लाग्नुपर्ने हो पेशाको हिसाबले । तर खुसी हुन सकिन । घोर अचम्ममा परें । अचम्ममा पनि किन नपर्नू र ? प्रेम विवाह गरेको ३,४ बर्षको अवधिमा एउटी महिला आफ्नै श्रीमान्को विरुद्ध मुद्दा लड्ने तयारीमा छे । त्यही पनि विदेशमा रहेको मान्छेसँग ।

भनें – “मुद्दा लड्न मिल्दैन । तिम्रो श्रीमान् त विदेशमा छ कसरी लड्छौ ?”

“हैन आइसक्यो” उसले बताई “एक महिना भो र्फकेको ।”

“उसलाई भन मैले भेट्न खोजेको छु ।” म उनीहरुको सम्बन्ध सुधार्ने मनसायमा बोलें । पछि भेट्ने शर्तमा ऊ फर्किई ।

हुन त मैले आफ्नै खुट्टामा बञ्चरो हान्दै थिएँ । एउटा आफ्नो हातमा आएको मुद्धा नलडी मिलापत्र गर्न खोज्दैछ । काम नहुँदा परिवारको छाक टर्थेन तर पनि पैसा नै मात्र ठूलो हो भन्ने लागेन मलाई । मानवता भनूँ वा संवेदनशीलताले जित्यो फेरि एकपटक । १-२ पटक मैले यसैगरी मुद्दा लड्न आएकालाई मिलाएर पठाइसकेको छु यसअघि नै । त्यसैले मेरा अरु साथीहरु समय समयमा जिस्काउँथे- “तपाईं म्यारिज व्युरो खोलेर बस्नुपर्ने मान्छे, छोड्दिनोस् यो वकालत गर्ने पेशा ।”

दुई दिनपछि आयो उसको श्रीमान् मेरो घरमा । ऊ विस्तारै बिरालोको गतिमा भित्र छिर्‍यो र टुसुक्क छेउमा बस्यो । टिभी हेर्दै थिएँ त्यो बेला म । आधा घण्टाको बहस नसकिउन्जेल मैले उसलाई खास केहि रेस्पोन्स गरिन । बीचमा अलिअलि याद गर्दै थिएँ उसको गतिविधि । त्यो आधा घण्टाको समय बिताउन उसलाई यति छट्पटि भयो कि मानौं त्यो आधा महिनाको समय हो । विवशताको भारीले थिचिएर उठ्न नसकेको जस्तै थियो उसको शिर । टि.भी.मा आइरहेको बहस सकिएपछि यसरी लामो सास फेर्‍यो कि लाग्थ्यो ठूलै समस्याबाट उम्किएको होस् ऊ । टि.भी. बन्द गरेर उतिर ध्यान केन्द्रित गरें । अब भने अलि चहकिलो अनुहारले आशातीत नजर डुलायो मतिर ।

सोधें, “कैले आयौ विदेशबाट ?”

“एक महिना भो ।”

“बिहे गरेको तीन वर्ष भो । दुई वर्ष त विदेशमै बितायौ । अब आउनासाथ डिभोर्स चाहियो हैन ?” अलि कठोर ढंगले प्रस्तुत भएँ म ।

“हैन म डिभोर्स चाहन्न ।”

“तिम्री श्रीमती चाहन्छिन् डिभोर्स त । आफ्नो स्वतन्त्रताको रक्षा गर्न रे । तिमीले त अरुको स्वतन्त्रता लुट्न पाएकै छौ किन चाहन्थ्यौ त ?”

कागती निचोरेको जस्तै भयो उसको अनुहार । मलिन स्वरमा भन्यो, “मेरो केही गल्ती छैन । डिभोर्स गर्न चाहन्न । र, एक्लो बाँच्न पनि सक्दिन म ।”

म वास्तविकता जान्न उत्सुक भएँ । सोधेँ, “के कारणले विग्रह आयो तिमीहरुमा ?”

“बढी माया गर्दा र बढी बुझक्कड बन्दाको परिणाम हो यो ।” यत्ति बोल्यो र टोलायो एकछिन । जे कुरा नि ठिक्क हुनुपर्दो रहेछ ।” फेरि मुख फोर्‍यो – “मेरो माया अलि बढी नै भएछ सायद ।”

“बढी मायाले त सम्बन्ध झन् गाढा हुनुपर्ने हैन र ? के हावादारी कुरा गर्छौ ??”

“हावादारी हैन, कुरा त्यस्तै छ ।”

“स्पष्ट भन । किन जिब्रो चपाउँछौ ?”

“हो हजुर मैले प्रेमपूर्वक श्रीमतीलाई दिएको उपहारले नै मलाई यो गतिमा पुर्‍यायो ।”

“अचम्म ! के दियौ र त्यस्तो उपहार जो तिमीभन्दा पि्रय भयो तिम्री श्रीमतीलाई ?”

“सेक्सटोयज ।” उत्तरमा बोल्यो ऊ ।

“हृवाट ?”

“एस सेक्सटोयज । म अघिल्लोपटक नेपाल आउँदा ल्याइदिएको थेँ । मेरो अनुपस्थितिले नपिरोलोस् भनेर ।” अब धारावाहिक रुपमा प्रस्तुत भयो ऊ , “तीन-चार वर्षअघि देखिको प्रेमलाई बिहेमा बदल्यौं । अब खाने मुख एउटा मात्र रहेन, एउटाबाट दुइटा भइसकेको थियो । शहरको महंगीको उकालो लाग्दै गरेको ग्राफलाई थेग्न सक्ने कमाई भएन मसँग । एक-दुईर्षपछि त छोरा छोरी पनि होलान् झन् कसरी गर्जो टार्ने हो ? यस्तै सोचाईले सताइरहन्थ्यो । घरपरिवारबाट कत्ति पनि सहयोग थिएन । आखिर परिवारसँग विद्रोह गरेर गरेको विवाह न पायो हाम्रो । त्यसैले विवाह गरेको एक बर्षमै उनलाई एक्लै छोडेर विदेश भासिएँ, भविश्यको खुसीको लागि भनेर ।”

ऊ अझ भावुक बन्यो । उसको स्वर गहिरो इनारमा ढुंगा खसाले जस्तै भासिँदै गयो, “एकसाँझ दुइजना यही र यस्तै विषयमा कुरा गर्दै थियौँ । यसरी कमजोर नबन अमन । अभावसंग/समस्यासंग भाग्ने हैन । डराउने र हडबडाउने पनि हैन रत्ति पनि । जुध्नुपर्छ बुझ्यौ ? म छु नि तिम्रो साथमा किन चिन्ता लिन्छौ ? केहि समय दुःख गरौं नियति नै यस्तै रहेछ भने किन सुर्ता गर्नु ? केही न केही उपाय चलिहाल्ला नि । बरु साथीभाइहरुसंग सरसापट गरेरै भए पनि एक-दुई वर्ष विदेशतिर जाऊ । म त तयार छु तिम्रो खुसीको लागि तिमीबाट टाढिएर बस्न पनि । आखिर जिन्दगीभर खुसीले बाँच्न पाइन्छ भने केही समयको पीडालाई हाँसेर पचाउन किन आनाकानी गर्नू ?” उनको यस्तो सल्लाहले पनि उर्जा थप्यो ममा । मन मुटु यतै छोडेर शरीर मात्र लिएर गएको हुँ पराई ठाउँमा ।

“अनि ?”

“समाज र परिवारको चुनौती सहेर गरेको घरजम, नवविवाहित यौवन अवस्थाकी श्रीमतीलाई छाडेर आउँदाको विछोडको पीडा साह्रै गाह्रो भो सहन । हरक्षण, हरपल मन भने नेपालमै हुन्थ्यो मेरो । यसै कारण गएको एक वर्षमै दुई महिनाको छुट्टी लिएर नेपाल फर्कें । साथमा केही पैसा थियो र श्रीमतीका लागी विदेशी गिफ्ट पनि । विदेश रहँदा जुनुको अनुपस्थितिले खुव पिरोलेको थियो मलाई । त्यसैले उनको मर्म पनि यही हो भन्ने लाग्यो । त्यही बुझाईले उनलाई सहज होस भनेर त्यतिबेला नै ल्याईदिएको हुँ ‘सेक्सटोयज’ ।

मैले विदेशबाट ल्याएका सबै पैसा र उपहारका सामानहरु आएकै समयमा तुरुन्तै जुनुलाई सुम्पें । तर यौटा चिज चैं ‘सरप्राइज गिफ्ट’ दिन लुकाएर राखें । जाने अघिल्लो रात ‘जुनु तिम्रो लागि मैले विदेशबाट स्पेशल गिफ्ट ल्याइदिएको छु । लौ लिऊ तिम्रो उपहार’ भन्दै त्यही सेक्सटोयस दिएँ । शुरुमा एकछिन त अलमलिइन् उनी । पछि सम्झाएँ ‘आखिर चाहना मार्न सकिन्न, म बुझ्छु तिम्रो विवशता । कम से कम हामी एक अर्काप्रति इमान्दार हुनु पर्‍यो । सब ठिक हुन्छ कि कसो ?’ यसरी विदा भएको थिएँ । अघिल्लो पटक घरबाट ।”

‘ओहो कति राम्रो सोच, कस्तो असल बुझाई तैपनि समस्या के मा ?’

‘मैले अघि नै भनें नि’ फेरि प्रसंग जोड्यो उसले ।

‘त्यही सरप्राइज गिफ्ट नै बन्यो हाम्रो सम्बन्ध विगार्ने कारण ।’

विदा सकिएर गए पछि दैनिक जसो भएको फोनको कुराकानीमा खुब खुशी पाउथें म उनलाई । झन् बढेको थियो प्रेम, विस्वास र समर्पण एक अर्काप्रति ।’

म तिनछक्क परें- ‘प्रेम, विस्वास र समर्पण बढ्नुको परिणाम कसरी डिभोर्सको चाहना हुन सक्छ !’

भनें- ‘तिमीले भनेको प्रेम, विस्वास र समर्पणका कुरा झुट कि तिम्री श्रीमतीको डिभोर्स गर्न चाहना झुट ?’

‘त्यही त हजुर भन्दै छु नि’ ऊ किन सुन्थ्यो र मेरो कुरा । थप प्रस्ट्याउन थाल्यो, ‘पोहोर आउँदाको पैसाले एक टुक्रा घडेरी किनिछिन् जुनुले । यसपालि ल्याएको पैसाले सामान्य व्यापार गर्न प्रयोग गरौंला भन्ने सोची अब विदेश नजाने मनसायले आएँ । खुब उत्साहित थिएँ म । हाम्रो सपना थोरै भए पनि साकार भो भनेर । आएको चारपाच दिनमै सबै सपना धुमिल भए मेरा । सोचेको सुख कता हरायो कता ? एक्कासि आँधीवेहरीले उडाएर लगेजस्तो पो भए ती सब कुराहरु । चट्याङले लथालिङ्ग बनाए जस्तो हुन लाग्यो भविष्यका योजनाहरू….।’

‘के भो र चार पाच दिनमै त्यस्तो ?’

कसरी भनु हजुर यस्तो कुरा ? हुन त सबै कुरा यसैले नै बिग्रेपछि कि लुकाउनु ? कलह सुरु भो आएकै भोलिपल्टबाटै । दुई/चार दिनपछि उग्र रुप लियो । आएको रात व्यापार व्यवसाय, सन्तानलगायतका विषयमा भविष्यका योजना बनाइयो । एक वर्षपछि आफ्नो पि्रय मान्छेसँग भएको भेट, एक अर्काको न्यानो अंगालोमा बेरिदा आफैंलाई भुलेर हराइयो ।

भोलिपल्ट विहानै मैले एउटा नमिठो कुरा सुन्नु पर्‍यो । उनी मप्रति असन्तुष्ट थिइन् । यो कुरा मुखै खोलेर भनिन्, ‘अब त जुन प्लेजर मैले भाइव्रटरबाट पाएकी थिएँ । त्यो तिमीबाट पाउन सकिन ।’

अब मलाई पहाडले थिचेजस्तो भयो । संसार सबैतिर अध्यारोले मात्र ढाकेजस्तो भयो । भर्खर मार हानेको खसीजस्तो छटपटाइरहेको थिएँ । एकदम अशान्त थियो मन । त्यहीबीच मेरो दिमागमा झिलिक्क आइडिया फूर्‍यो र तत्कालै केन्दि्रय परिवार नियोजनको परामर्श हटलाइनमा फोन गरें । त्यसपछि समस्या समाधान होला भनेको त समस्याको शुरुवात बल्ल पो भयो त हजुर ।’

‘कसरी नि ?’

‘सेक्सटोयस विगारी दिएपछि खुब रिसाइन् । मैले उनको स्वतन्त्रता लुटें रे । इच्छा र चाहना मार्न पर्‍यो रे । भनिन्- ‘तिम्रो खुशीको लागी आफ्नो स्वतन्त्रता र खुशीको बली चढाउन सक्दिन अमन ।’

यसरी नै उठेको हो विवाद हामीबीच, जुन हजुरसम्म आइपुग्यो । तर म विलकुल तयार छैन डिभोर्स गर्न र एक्लै जीउन । म मेरो प्रेम गुमाउन चाहन्न । म चाहन्छु डिभोर्स पेपरमा मेरो होइन, मिलापत्रमा उनको हस्ताक्षर गराई सहयोग गर्नु हुनेछ ।’

‘हुन्छ । केही उपाय गरुँला । तर दुई/चार दिन समय देऊ मलाई ।’ मैले आश्वसनको भाषा बोलें । ऊ ठूलो आशा बोकेर फक्र्यो ।

केही दिनपछिको एक दिउँसो न्यूरोड खिचापोखरीतिर हिड्दै थिएँ । एक्कासि कुनै नारी स्वरले बोलायो । यताउति फर्केर हेरें । बोलाउने व्यक्ति उही थिई जुनु ।

‘कता गएर ?’

‘यहीँसम्म ।’ दि कण्डम हाउसतिर फर्केर हल्का मुस्कुराउदै बोली ‘एउटा सामान किन्नु थियो र आकी ।’

उसको हातमा झुण्डिएको सामान नियालें । थाहा पाएँ । ऊ त्यहाँबाट कृतिम यौनाङ्ग किनेर फर्किन लाग्दै थिई ।

मैले सामान नियालेर हेरेपछि केही असहज मान्दै प्रसंग बदली- ‘के भो मेरो कुरा ? म अब धेरै कुर्न सक्तिन । आजै फाइनल होस यो कुरा ।’ ऊ निर्देशन दिएझैं गरी बोली । मैले तुरुन्तै उसको श्रीमानलाई फोन गरेर मेरो घरमा बोलाएँ र उसलाई पनि संगै लिएर गएँ ।

‘के चाहन्छौ ?’ मैले दुबै जनालाई पालैपालो प्रश्न गरें ।

‘प्रेम, विश्वास र समर्पणसहितको सुदृढ सम्बन्ध’ अमन बोल्यो ।

‘तिमी नि ?’ जुनुतिर संकेत गरे ।

‘स्वतन्त्र जिन्दगी । त्यसको लागि डिभोर्स ।’

‘ऊ त डिभोर्स चाहँदैन नि । सुनेनौ अमनको कुरा ?’

‘सुनें तर मेरो पनि त कुरा सुन्नु भो होला नि ? किन सधैं पुरुषको कुरा मात्र सुनिन्छ ? र ओझेलमा पारिन्छ हामी नारीका कुरा ?’ उल्टो मलाई नै प्रतिप्रश्न गरी ।

मैले केही नबोल्दै फेरि बोल्न थाली, ‘म आफ्नो जिन्दगी स्वतन्त्रतापूर्वक जिउन चाहन्छु । हो हामीले प्रेम विवाह गरेका हौं र मैले उसका हरसुखदुःखमा साथ दिन्छु भनेको पनि हो ।

समाप्त

Krishna Kusum – Divorce [Nepali Story]

कृष्ण कुसुम – डिभोर्स (नेपाली कथा)

‘नमस्कार !’ एकाएक नमस्कारको आवाजले झस्कायो र हेरें । अगाडि दुबै हात जोडेकै स्थितिमा मूर्तिवत् खडा थिई ऊ । बाहिरको मौसमजस्तै अँध्यारो चिर्न सोधें ‘बस किन आयौ एकाबिहानै ?’ उसले भनी, ‘एउटा लडाईँ लड्नुप-यो । कस्तो लडाइँ ?

स्वतन्त्रताको । अधिकारको लडाइँ । ऊ पनि एउटी महिलावादी नेतृ नै हो भन्नेसम्म थाहा थियो तर कुन पार्टीकी हो थाहा थिएन मलाई । अनुमान लगाएँ – माओवादी रै,छ र आन्दोलनको कुरा गर्दैछे ।

त म के गरुँ ? सहयोग । आजभोलि माओवादीहरु पनि यसैगरी सहयोग माग्न आइरहेका हुन्छन्

राष्ट्रियताको आन्दोलन गर्न भनेर । त्यसैले आफ्नो अनुमान पूरापूर मिलेको ठानें । अब अलि सतर्क भएँ र जिज्ञासा राखें– के सहयोग खोज्दैछौ मसँग ?

एउटा मुद्दा लडिदिनु पयो मेरो पक्षमा । एकै सासमा बोली ऊ, मेरै लोग्नेको विरुद्धमा । म अन्यौलमा परें । मैले सोचेभन्दा बिल्कुलै फरक कुरा सुन्दा । एउटा वकिलको घरमा एकाबिहानै कुनै वादी प्रतिवादी आउँदा खुसी लाग्नुपर्ने हो पेसाको हिसाबले । तर खुसी हुन सकिन । घोर अचम्ममा परें । अचम्ममा पनि किन नपर्ने र ? प्रेम विवाह गरेको ३,४ बर्षको अवधिमा एउटी महिला आफ्नै श्रीमान्को विरुद्ध मुद्दा लड्ने तयारीमा छे । त्यही पनि विदेशमा रहेको मान्छेसँग ।

भनें –मुद्दा लड्न मिल्दैन । तिम्रो श्रीमान् त विदेशमा छ कसरी लडछौ ? हैन आइसक्यो, उसले बताई । एक महिना भो र्फकेको । उसलाई भन मैले भेट्न खोजेको छु । म उनीहरुको सम्बन्ध सुधार्न मनसायमा बोलें । पछि भेट्ने शर्तमा ऊ फर्किई । हुन त मैले आफ्नै खुट्टामा बञ्चरो हान्दै थिएँ । एउटा आफ्नो हातमा आएको मुद्धा नलडी मिलापत्र गर्न खोज्दैछ । काम नहुँदा परिवारको छाक टार्न तर पनि पैसा नै मात्र ठूलो हो भन्ने लागेन मलाई । मानवता भनूँ वा संवेदनशीलताले जित्यो फेरि एकपटक । १(२ पटक मैले यसैगरी मुद्दा लड्न आएकालाई मिलाएर पठाइसकेको छु यसअघि नै । त्यसैले मेरा अरु साथीहरु समय समयमा जिस्काउँथे –तपाईं म्यारिज व्युरो खोलेर बस्नुपर्ने मान्छे, छोडिदिनोस् यो वकालत गर्ने पेशा ।

दुई दिनपछि आयो उसको श्रीमान् मेरो घरमा । ऊ विस्तारै बिरालोको गतिमा भित्र छि¥यो र टुसुक्क छेउमा बस्यो । टिभी हेर्दै थिएँ त्यो बेला म । आधा घन्टाको बहस नसकिउन्जेल मैले उसलाई खास केहि रेस्पोन्स गरिनँ । बीचमा अलिअलि याद गर्दै थिएँ उसको गतिविधि । त्यो आधा घन्टाको समय बिताउन उसलाई यति छटपटि भयो कि मानौं त्यो आधा महिनाको समय हो । विवशताको भारीले थिचिएर उठ्न नसकेको जस्तै थियो उसको शिर । टि.भी.मा आइरहेको बहस सकिएपछि यसरी लामो सास फे¥यो कि लाग्थ्यो ठूलै समस्याबाट उम्किएको होस् । टि.भी. बन्द गरेर ऊतिर ध्यान केन्द्रित गरेँ । अब भने अलि चहकिलो अनुहारले आशातीत नजर डुलायो मतिर ।

सोधें, कैले आयौ विदेशबाट ? ‘एक महिना भो ।’ बिहे गरेको तीन वर्ष भो । दुई वर्ष त विदेशमै बितायौ । अब आउनासाथ डिभोर्स चाहियो हैन ? अलि कठोर ढंगले प्रस्तुत भएँ म । हैन म डिभोर्स चाहन्न । तिम्री श्रीमती चाहन्छिन् डिभोर्स त । आफ्नो स्वतन्त्रताको रक्षा गर्न रे । तिमीले त अरुको स्वतन्त्रता लुट्न पाएकै छौ किन चाहन्थ्यौ त ? कागती निचोरेको जस्तै भयो उसको अनुहार । मलिन स्वरमा भन्यो, मेरो केही गल्ती छैन । डिभोर्स गर्न चाहन्न । र, एक्लो बाँच्न पनि सक्दिन म । म वास्तविकता जान्न उत्सुक भएँ । सोधेँ, के कारणले विग्रह आयो तिमीहरुमा ? बढी माया गर्दा र बढी बुझक्कड बन्दाको परिणाम हो यो । यत्ति बोल्यो र टोलायो एकछिन । जे कुरा नि ठिक्क हुनुपर्दो रहेछ । फेरि मुख फो¥यो– मेरो माया अलि बढी नै भएछ सायद ।

बढी मायाले त सम्बन्ध झन् गाढा हुनुपर्ने हैन र ? के हावादारी कुरा गर्छौ ? हावादारी हैन, कुरा त्यस्तै छ । स्पष्ट भन । किन जिब्रो चपाउँछौ ? हो हजुर मैले प्रेमपूर्वक श्रीमतीलाई दिएको उपहारले नै मलाई यो गतिमा पु¥यायो ।

अचम्म ! के दियौ र त्यस्तो उपहार जो तिमीभन्दा प्रिय भयो तिम्री श्रीमतीलाई ? सेक्सटोयज । उत्तरमा बोल्यो । ह्वाट ? एस, सेक्सटोयज । म अघिल्लोपटक नेपाल आउँदा ल्याइदिएको थेँ । मेरो अनुपस्थितिले नपिरोलोस् भनेर ।

अब धारावाहिक रुपमा प्रस्तुत भयो ऊ, तीन–चार वर्ष अघिदेखिको प्रेमलाई बिहेमा बदल्यौं । अब खाने मुख एउटा मात्र रहेन, एउटाबाट दुइटा भइसकेको थियो । शहरको महंगीको उकालो लाग्दै गरेको ग्राफलाई थेग्न सक्ने कमाई भएन मसँग । एक दुई वर्षपछि त छोराछोरी पनि होलान् झन् कसरी गर्जो टार्न हो ? यस्तै सोचाइले सताइरहन्थ्यो । घरपरिवारबाट कत्ति पनि सहयोग थिएन । आखिर परिवारसँग विद्रोह गरेर गरेको विवाह न पायो हाम्रो । त्यसैले विवाह गरेको एक बर्षमै उनलाई एक्लै छोडेर विदेश भासिएँ, भविष्यको खुसीको लागि भनेर ।

अझ भावुक बन्यो । उसको स्वर गहिरो इनारमा ढुंगा खसाले जस्तै भासिँदै गयो, एकसाँझ दुई जना यही र यस्तै विषयमा कुरा गर्दै थियौँ । यसरी कमजोर नबन अमन । अभावसंग÷समस्यासंग भाग्ने हैन । डराउने र हडबडाउने पनि हैन रत्ति पनि । जुध्नुपर्छ बुझ्यौ ? म छु नि तिम्रो साथमा किन चिन्ता लिन्छौ ? केही समय दुःख गरौं नियति नै यस्तै रहेछ भने किन सुस्ता गर्ने ? केही न केही उपाय चलिहाल्ला नि ।

बरु साथीभाइहरुसंग सरसापट गरेरै भए पनि एक दुई वर्ष विदेशतिर जाऊ । म त तयार छु तिम्रो खुसीको लागि तिमीबाट टाढिएर बस्न पनि । आखिर जिन्दगीभर खुसीले बाँच्न पाइन्छ भने केही समयको पीडालाई हाँसेर पचाउन किन आनाकानी गर्ने ? उनको यस्तो सल्लाहले पनि ऊर्जा थप्यो ममा । मन मुटु यतै छोडेर शरीर मात्र लिएर गएको हुँ पराई ठाउँमा ।

अनि ? समाज र परिवारको चुनौती सहेर गरेको घरजम, नवविवाहित यौवन अवस्थाकी श्रीमतीलाई छाडेर आउँदाको विछोडको पीडा साह्रै गाह्रो भो सहन । हरक्षण, हरपल मन भने नेपालमै हुन्थ्यो मेरो । यसै कारण गएको एक वर्षमै दुई महिनाको छुट्टी लिएर नेपाल फर्कें । साथमा केही पैसा थियो र श्रीमतीका लागी विदेशी गिफ्ट पनि । विदेश रहँदा जुनुको अनुपस्थितिले खुब पिरोलेको थियो मलाई । त्यसैले उनको मर्म पनि यही हो भन्ने लाग्यो । त्यही बुझाईले उनलाई सहज होस भनेर त्यतिबेला नै ल्याइदिएको हुँ ‘सेक्सटोयज’ ।

मैले विदेशबाट ल्याएका सबै पैसा र उपहारका सामानहरु आएकै समयमा तुरुन्तै जुनुलाई सुम्पें । तर यौटा चिज चैं ‘सरप्राइज गिफ्ट’ दिन लुकाएर राखें । जाने अघिल्लो रात ‘जुनु तिम्रो लागि मैले विदेशबाट स्पेशल गिफ्ट ल्याइदिएको छु । लौ लेऊ तिम्रो उपहार’ भन्दै त्यही सेक्सटोयस दिएँ । सुरुमा एकछिन त अलमलिइन् उनी । पछि सम्झाएँ ‘आखिर चाहना मार्न सकिन्न, म बुझ्छु तिम्रो विवशता । कम से कम हामी एक अर्काप्रति इमानदार हुनु प¥यो । सब ठिक हुन्छ कि कसो ? यसरी विदा भएको थिएँ । अघिल्लो पटक घरबाट । ‘ओहो कति राम्रो सोच, कस्तो असल बुझाई तैपनि समस्या के मा ?’ मैले अघि नै भनें नि, फेरि प्रसंग जोड्यो उसले ।

त्यही सरप्राइज गिफ्ट नै बन्यो हाम्रो सम्बन्ध बिगार्ने कारण । विदा सकिएर गएपछि दैनिकजसो भएको फोनको कुराकानीमा खुब खुसी पाउथेँ म उनलाई । झन् बढेको थियो प्रेम, विश्वास र समर्पण एक अर्काप्रति । म तिनछक्क परें ‘प्रेम, विश्वास र समर्पण बढ्नुको परिणाम कसरी डिभोर्सको चाहना हुन सक्छ ! भनें ‘तिमीले भनेको प्रेम, विश्वास र समर्पणका कुरा झूट कि तिम्री श्रीमतीको डिभोर्स गर्ने चाहना झूट ? त्यही त हजुर भन्दै छु नि, किन सुन्थ्यो र मेरो कुरा । थप प्रस्ट्याउन थाल्यो, पोहोर आउँदाको पैसाले एक टुक्रा घडेरी किनिछिन् जुनुले । यसपालि ल्याएको पैसाले सामान्य व्यापार गर्न प्रयोग गरौंला भन्ने सोची अब विदेश नजाने मनसायले आएँ । खुब उत्साहित थिएँ म । हाम्रो सपना थोरै भए पनि साकार भो भनेर । आएको चारपाँच दिनमै सबै सपना धुमिल भए मेरा । सोचेको सुख कता हरायो कता ? एक्कासि आँधीवेहरीले उडाएर लगेजस्तो पो भए ती सब कुराहरु । चट्याङले लथालिङ्ग बनाए जस्तो हुन लाग्यो भविष्यका योजनाहरु ।

‘के भो र चार पाँच दिनमै त्यस्तो ?’ कसरी भनु हजुर यस्तो कुरा ? हुन त सबै कुरा यसैले नै बिग्रेपछि कि लुकाउनु ? कलह सुरु भो आएकै भोलिपल्टबाटै । दुई÷चार दिनपछि उग्र रुप लियो । आएको रात व्यापार व्यवसाय, सन्तानलगायतका विषयमा भविष्यका योजना बनाइयो । एक वर्षपछि आफ्नो प्रिय मान्छेसँग भएको भेट, एक अर्काको न्यानो अंगालोमा बेरिदा आफैंलाई भुलेर हराइयो । भोलिपल्ट विहानै मैले एउटा नमिठो कुरा सुन्नु प¥यो । उनी मप्रति असन्तुष्ट थिइन् । यो कुरा मुखै खोलेर भनिन्, ‘अब त जुन प्लेजर मैले भाइव्रटरबाट पाएकी थिएँ । त्यो तिमीबाट पाउन सकिन । अब मलाई पहाडले थिचेजस्तो भयो । संसार सबैतिर अँध्यारोले मात्र ढाकेजस्तो भयो । भर्खर मार हानेको खसीजस्तो छटपटाइरहेको थिएँ । एकदम अशान्त थियो मन । त्यहीबीच मेरो दिमागमा झिलिक्क आइडिया फु¥यो र तत्कालै केन्द्रीय परिवार नियोजनको परामर्श हटलाइनमा फोन गरें । त्यसपछि समस्या समाधान होला भनेको त समस्याको शुरुवात बल्ल पो भयो त हजुर ।

‘कसरी नि ?’ सेक्सटोयस विगारी दिएपछि खुब रिसाइन् । मैले उनको स्वतन्त्रता लुटें रे । इच्छा र चाहना मार्नप¥योे रे । भनिन् ‘तिम्रो खुशीको लागी आफ्नो स्वतन्त्रता र खुशीको बली चढाउन सक्दिन अमन ।’ यसरी नै उठेको हो विवाद हामीबीच, जुन हजुरसम्म आइपुग्यो । तर म विलकुल तयार छैन डिभोर्स गर्न र एक्लै जीउन । म मेरो प्रेम गुमाउन चाहन्न । म चाहन्छु डिभोर्सपेपरमा मेरो होइन, मिलापत्रमा उनको हस्ताक्षर गराई सहयोग गर्नु हुनेछ ।

हुन्छ । केही उपाय गरुँला । तर दुई÷चार दिन समय देऊ मलाई । मैले आश्वसनको भाषा बोलें । ठूलो आशा बोकेर फक्र्योे ऊ । केही दिनपछिको एक दिउँसो न्यूरोड खिचापोखरीतिर हिँडदै थिएँ । एक्कासि कुनै नारी स्वरले बोलायो । यताउति फर्केर हेरें । बोलाउने व्यक्ति उही थिई जुनु ।

‘कता गएर ?’ ‘यहीँसम्म ।’ दि कण्डम हाउसतिर फर्केर हल्का मुस्कुराउँदै बोली ‘एउटा सामान किन्नु थियो र आकी ।’ उसको हातमा झुण्डिएको सामान नियालें । थाहा पाएँ । त्यहाँबाट कृतिम यौनाङ्ग किनेर फर्किन लाग्दै थिई । मैले सामान नियालेर हेरेपछि केही असहज मान्दै प्रसंग बदली ‘के भो मेरो कुरा ? म अब धेरै कुर्न सक्तिन । आजै फाइनल होस यो कुरा ।

निर्देशन दिएझैं गरी बोली । मैले तुरुन्तै उसको श्रीमानलाई फोन गरेर मेरो घरमा बोलाएँ र उसलाई पनि संगै लिएर गएँ । ‘के चाहन्छौ ?’ मैले दुबै जनालाई पालैपालो प्रश्न गरें ।’ ‘प्रेम, विश्वास र समर्पणसहितको सुदृढ सम्बन्ध’ अमन बोल्यो । तिमी नि ? जुनुतिर संकेत गरे । ‘स्वतन्त्र जिन्दगी । त्यसको लागि डिभोर्स । ऊ त डिभोर्स चाहँदैन नि । सुनेनौ अमनको कुरा ? सुनें तर मेरो पनि त कुरा सुन्नु भो होला नि ? किन सधैं पुरुषको कुरा मात्र सुनिन्छ ? र ओझेलमा पारिन्छ हामी नारीका कुरा ?

उल्टो मलाई नै प्रतिप्रश्न गरी । मैले केही नबोल्दै फेरि बोल्न थाली, म आफ्नो जिन्दगी स्वतन्त्रतापूर्वक जिउन चाहन्छु । हो हामीले प्रेम विवाह गरेका हौं र मैले उसका हरसुखदुःखमा साथ दिन्छु भनेको पनि हो ।

(स्रोत : श्री रुपरेखा)