Thakur Man Lama – Shistachar [Nepali Laghu Katha]

शिष्टचार भन्ने चिज कति मिठो हुदो रहेछ भन्ने कुरा बल्ल हरिरामले बुझ्यो । उसले त्यही शिष्टचारको बिभिन्न अभ्यास भने यसरी गरेको थियो ।

प्रथम शिष्टचार अभ्यासः कामको लागि बिभिन्न सँग हार गुहार गर्योह। अरुको खुट्टा समातेर ढोग्यो पनि । शिष्टचारको यो अभ्यासमा उसले एकदिन सफलता पायो । उसले एउटा नयाँ कार्यालयमा जागिर पायो ।

दोस्रो शिष्टचार अभ्यासः कार्यालयमा भर्खर नयाँ नयाँ जागिरे भएको हुनाले कार्यालयको कर्मचारीहरुसँग राम्रो रसबस बसाउन सानो देखि ठुलासम्मलाई नमस्कारको अभिवादन चढाउँदै गयो । सबले उसको त्यो नमस्कारलाई स्वीकार गर्योा । सबैसँग हेलमेल भइसकेपछि शिष्टचारको त्यो अभ्यास अब खल्लो लाग्न थालिसकेको थियो ।

तेस्रो शिष्टचार अभ्यासः पहिलो र दोस्रो शिष्टचार अभ्यास सफल भइसकेपछि तेस्रो शिष्टचार अभ्यास गरी हेर्ने बिचार उसमा आयो । तेस्रो शिष्टचार अभ्यासमा कर्मचारीहरुको मिलेमतोमा आफुलाई कार्यालयको हाकिम बनाइदिन आग्रह गर्दै कार्यालयको कर्मचारीहरुलाई एउटा शानदार होटलमा ठुलो भोज राख्यो । आफु हाकिम भएपछि उनीहरुको स्तर बढाईदिने आश्वासान दियो उसले । आफ्नो खल्तिबाट केही रकम झिकी अरुलाई बाड्यो पनि। अरुले पनि यस काममा उसलाई सघाउने प्रदिबद्धता जाहेर गरे । केही दिनमै उ त्यो कार्यालयको हाकिम भयो जुन कार्यालयबाट उसले आफ्नो जागिरको पहिलो सिढी चढेको थियो ।

चौथो शिष्टचार अभ्यासः हाकिम भएपछि उसको शिष्टचार त्यसपछि कहाँ पुग्यो कहाँ । पहिले अरुको खुट्टा ढोगेर कैयनलाई निधारमा हात लगि नमस्कार स्वस्ति गर्ने उसको प्रबृति भनौ वा ब्यबहार त्यसपछि एकाएक परिवर्तन भयो । बरु उल्टै उ कहाँ काम माग्न आउने मानिसहरुको नमस्कार स्वस्ति लाई तुच्छ ठान्दै गमक्क पर्दै छाती फुलाउँदै आफ्नो शान शोहरत देखाउन थाल्यो । आफ्नै नजिकका नातागोतालाई पनि टाढै राख्ने कोशिश गर्योद। तर धन हुनेहरुसँग भने टिमिक्क टासुँला झै गरी ब्यबहार भने उसले यथावत राख्यो । सायद त्यो ब्यबहारमा पनि उसले शिष्टचारको नयाँ रंग खोजिरहेको थियो । कुनै स्वार्थ उसले त्यसमा लुकाइरहेको थियो । जे होस् ” शिष्ट ” को त्यो ” अचार ” भने उसलाई एकदम फापिरहेको थियो । स्वादिलो भइरहेको थियो ।

Pragya Niraula – Aamaa

प्रज्ञा निरौला – आमा
(मधुपर्क बैशाख, २०६७)

आजभन्दा केही वर्ष अगाडिको कुरा हो, एकदिन मलाई आˆनी आमासँग रमाउने तीव्र अभिलाषा जागेर आयो । आमाको काखमा घाम तापेर मीठामीठा गफ गर्न र आराम गर्न मन लागेको थियो । आमालाई यसो चियाएर हेर्न खोजेँ, आमा आफ्नै भावभङ्गमिामा रमाइरहनु भएको थियो । केही समय मैले आमाको भावलाई भङ्ग गर्न चाहिँन । केवल टाढैबाट टुलुटुलु हेरिरहेँ । आमा आफ्नै संसारमा रमाइरहनुभएको थियो । आफ्नो अनुहारको भावभङ्गमिालाई छिनछिनमा बदलिरहनु भएको थियो । कहिले दाह्रा किट्नु हुन्थ्यो, कहिले मुठी कस्नु हुन्थ्यो, कहिले कसैलाई थुकेझैँ गर्नुहुन्थ्यो, कहिले रुनुहुन्थ्यो त कहिले हाँस्नुहुन्थ्यो, कहिले कसैलाई सम्झाए जस्तो गर्नुहुन्थ्यो भने कहिले के के ।
मलाई आमालाई बोलाउने साहसै आएन र दिदी सैपाललाई खबर गर्न थालेँ । दिदी पनि अचम्म मान्दै आमालाई हेर्न थाल्नुभयो । हामी दिदीबहिनी आ-आफ्नो स्थानमा खडा भइरहृयौँ । आमाको अवस्थामा कुनै परिवर्तन आएको थिएन । बरु झन् विक्षिप्त बन्दै जानुभएको थियो । कपाल फिँजारेर उहाँ एक्लै फतफताइरहनु भएको थियो । दिदीले आमालाई हेरेर फेरि मलाई हेर्नुभयो र भन्नुभयो- यालुङकाङ्ग आमा त बौलाहिसक्नु भएछ । विचरा के भएको होला है आमालाई ? दिदीको यस्तो आवाज सुनेर आमाले झस्केर हामीतिर हेर्नुभयो । हामी दुई दिदीबहिनीलाई देखेर झन् विक्षिप्त हुँदै भन्नुभयो-मेरा सैपाल र यालुङकाङ्ग छोरी हो, तिमीहरू मलाई हेरिरहेका छौ ? तिमीहरूको मुटु त लुछेर खाएका छैनन् ? मेरो त हल्लाइसके अब खान्छन् कि के हो ? आफ्नै सन्तानले यस्तो गर्लान् भनेर के थाहा ? म त आफ्नो आँखाले सधैँ सधैँ हरियाली, शान्त र सौम्य हेर्न चाहन्थे तर आज यस्तो विचित्रको दिन हेर्न बाध्य भएकी छु । छोरीहरू हो तिमीहरू मेरो अनुहार हेर त मलाई जबर्जस्ती हँसाउन भनेर मेरा ओठ तानीतानी च्यातिसके । मेरो ओठको दुवै कुनाबाट रगतका धारा बगिसके । मेरा नातिनातीनाका छालसँगै रगतको भेल मिसिएको छ । तिनीहरू विवश छन् मेरा पीडालाई बोकेर समुद्रपार पुग्न । मेरा सन्ततिहरू कस्ता भएका छन्, ल हेर भन्दै आमाले एउटा कुनामा देखाउनुभयो । वाह Û त्यहाँ त हामीले चिनेका थुप्रै मानिस झगडा गरिरहेका रहेछन् । एकअर्कामा काटाकाट, मारामार गरिरहेका, झगडा गरिरहेका, आपसका लखेटालखेट गरिरहेका रहेछन् ।
हामीले केही बोल्न नपाउँदैमा फेरि आमाले अर्को कुनामा देखाउनुभयो । झन् त्यहाँ त लासैलास, मान्छेका टाउकैटाउका, रगतैरगत, मासुका चोक्टैचोक्टा, बीभत्स रूप रहेछ । तिनीहरूका हातहरू एकअर्कामा खप्टिएर जनतालाई एक हुन आहृवान गरिरहेकाजस्ता देखिन्थे भने टाउकाहरू एक ठाउँमा थुपि्रएर आक्रोश पोखिरहेजस्ता देखिन्थे र शरीरका मासुका टुक्राहरू थुपि्रएर पहाडको स्वरूप लिइरहेको जस्तो भान हुन्थ्यो ।
फेरि अर्को कुनामा आमाले हेर्न भन्नुभयो । त्यहाँ त छिन्नभिन्न भएका मृत शरीरलाई पीताम्बरले सजाएर लहरै राखेका रहेछन् । ती लासहरूले विश्वशान्तिको कामना गरिहेजस्ता देखिन्थे । फेरि अर्को कुनामा हेर्दा त एउटा ठूलो खाल्डोमा मरेका थुपै्र मान्छेलाई एकै ठाउँ खाँदेर सिन्की बनाएका रहेछन् । तिनीहरू आफूलाई अमर घोषित गरिरहेजस्ता देखिन्थे । त्यहीँ अर्को कुनामा छटपटाइरहेका अपाङ्ग-अशक्त, घाइतेहरू आँसु र पोखरीमा डुबिरहेका थिए मानौँ तिनीहरूको चीत्कारमा विश्वशान्ति नै गुञ्जिरहेको थियो ।
आमाले अर्को कुनामा लक्ष्य गर्नुभयो हामी दिदीबहिनी त्यता हेर्न थाल्यौँ । त्यहाँ त भव्यभव्य महल, आरामदायी सोफा, भद्रभलाद्मी व्यक्तित्वहरू सजावटका साथ हृविस्कीको चुस्की लिइरहेका देखिन्थे, मानौँ यो संसारको सारा चीत्कारलाई एकै चुस्कीमा रित्याइरहेका छन् । पार्टी र भोजभतेरमा रम्नेहरू एकातिर छन् भने अर्कातिर मर्नेहरूका नाममा समवेदना दिनेहरू टाउको निहुराएर बसिरहेका छन् । यो कस्तो विचित्र संसार हो यो । कसरी सहनु आमाको मनले । विरक्त लाग्न थालिसकेको थियो अमाले जेजे मन लाग्छ हेर भन्दै आफ्नो सारा अवस्था उदाङ्गो पारिदिनुभयो । हामी दिदीबहिनी पनि धेरै दिनदेखि आफ्नो काममा व्यस्त भएर होला सायद यो संसार नियाल्न नपाइरहेका थियौँ, आज हेर्न थाल्यौँ । मठमन्दिर, देवीदेवता, गाउँघर, सहरबजार सबै हेर्न थाल्यौँ । गाउँघरमा लुटपाट, मारकाट, अस्तव्यस्त जीवन भोगिरहेका मानव समुदायहरू, आमाको छातीमा घोप्टो परेर रोइरहेका नावालकहरू, सहरमा त्रसित त्रसित मानिसहरू, मानिसकै गर्मी धेर भइरहेको, मन्दिरका देवताहरू चुपचाप बसेर सिँगारिरहेका, तिनीहरूका पेटीमा थरीथरीका मगन्तेहरू, कोही सडकमा खाते भएर पल्टिरहेका, कोही नशासेवनमा फसिरहेका, कोही हिँडिरहेका, कोही खाँदिएर बसमा गुडिरहेका, कोही कारमा गुडिरहेका, कोही साइकल, मोटरसाइकलमा हुँइकिरहेका, कोही खान नपाएर मागिरहेका, कोही सडक दुर्घटनामा मरिरहेका, कोही पेट्रोलको लाइनमा बसिरहेका, कोही बाढीमा फसिरहेका, कोही नाङ्गा, कोही ठाँटिएका, कोही चिसोमा सुतिरहेका, कोही महलमा उँघिरहेका, कसैका घरमा अन्न कुहिरहेको, कसैका घरमा अँध्यारो मुहार र भोको पेट आदि इत्यादिका दृश्यहरू हेरिरहृयौँ ।
धन्य आमाको छाती, धन्य हृदय भन्दै फेरि आमातिर हेर्न थाल्यौँ । त्रस्त आँखाले आमाले अर्कातिर हेर्न थाल्नुभयो । हामी पनि त्यतैतिर हेर्न थाल्यौँ । त्यहाँ त आइमाई, केटाकेटीहरू, रोदन र चीत्कारसँगका करिब एउटै पीडामा डुबिरहेका १५-१६ वर्षदेखि ६०-७० वर्षसम्मका विधवाहरूको भीड रहेछ । तिनीहरूका फुटेका चुराले सानो पहाड बनेछ, पुछिएका सिन्दूरले त्यो पहाडलाई छोपेछ, राता रङ छातीमा रङ्गिएछन् । फेरिएका सेता धोतीहरू आँखाआँखामा छाइएछन्, ती कपालका काला चुल्ठाहरू आँखामा पट्ट िभएर बाँधिएछन् । त्यसैगरी मुखबाट निस्किएका रोदन र चीत्कारहरू हावामा गएर बिलाएछन्, आँखाबाट झरेका आँसुहरू नदीमा गएर मिसिएछन्, बाँकी रहेका जीवनका खुसीहरू बन्दुक र हतियारबाट खोसिएछन् भविष्यका कल्पनाहरू सबै माटोमा मिसिएछन् । विधवाका छातीमा चिरिएका डोबहरूमा टुहुरा छोराछोरी अटाइएका रहेछन् । एउटा विकृत डरलाग्दो स्वरूप मात्र कङ्काल भएर उभिइरहेका रहेछन् । हामी दुवै दिदीबहिनी पूर्व र पश्चिमबाट हेरिरहेका थियौँ । थाप्लोभरि चिसो हिउँ बोकेर पनि छातीमा दनदनी आगो बलिरहे जस्तो हुन्थ्यो । टाउको तातेर फुट्ला जस्तो हुन्थ्यो । धन्य आमा धन्य तिम्रो सहनशीलता भन्दै हामी दिदीबहिनीका आँखा जुध्न पुग्छन् ।
दिदीबहिनी भेटघाट भएर रमाइला कुराकानी गर्न त कता हो कता टाढाबाट देखादेख हुँदासम्म पनि आँखा ओभाना हुन सकेनन् । आमाको पीडा झन् थपिँदै थियो । हामी दिदीबहिनीले पूर्व र पश्चिमबाट एउटा एउटा औँला समातेर सान्त्वना दिने कोसिस गर्‍र्यौँ तर आमाले हामी दुवै दिदीबहिनीलाई अँगालो हालेर रुन थाल्नुभयो । युगौँदेखि युगौँसम्म ठडिएकोठडियै हामीले नेपाली सीमाको रक्षा गर्ने गरेको वाचा भङ्ग हुने त होइन ? आमाको त ख्याल नराख्ने सन्ततिले झन् यो देशको सीमाको के ख्याल
राख्लान् ? भन्ने पीडाले हामीलाई सताउन थाल्यो । आफ्नै सन्ततिको उपद्रवदेखि वाक्क लाग्न थाल्यो । पवित्र हिउँ बोकेर उभिएका हामीलाई आफ्नै नेपाल गनाएको भान भयो । नेपाल नेपालमा मात्र गनाएन, यो त सारा विश्वमै गनायो । सबैको छिछि र दूरदूर हुने भयो । आ-आफ्नो अहं नभाँच्नाले आज यो गति भयो नेपाल आमाको । आमा फेरि रुँदै भन्न थाल्नुभयो- छोरी हो मेरा करोडौँ सन्तति एकआपसमा यसरी झगडा गर्छन् । आफ्नै भाइले आफ्नै दाइलाई मार्छ, आफ्नै छोराले आफ्नै बाबुलाई मार्छ, आफ्नै दाजुले बहिनीलाई बलात्कार गर्छ, एउटै लाम्टो चुसेका सन्ततिहरू एकआपसमा काटाकाट गर्छन्, आˆनै काखमा रमेका छोराछोरी एकअर्कालाई बेचिदिन्छन्, एकअर्काको अपहरण गर्छन्, अनि केही गर्लान् कि भन्ने सन्ततिहरू भ्रष्टाचार गर्छन्, निमुखालाई उठ्न दिँदैनन् । कोही कालगतिले मर्न नपाउने भए यहाँ । लडेर मरेका पशुको जस्तै गरी मान्छेको मासु गनाइसकेको छ यहाँ । कुकुर पनि उचितरूपमा पन्छिन्छ तर मानव सन्तति त्यतिका पनि भएनन् । मैले यस्ता बीभत्स रूपहरू हेर्नु परिरहेको छ, छोरी हो । म मेरा आँखाका ज्वालाबाट जलेर आफैँ मरौँ र खरानी पारौँ ? तर म त्यसो गर्दिनँ, यो सब हेरिरहन्छु, सहिरहन्छु । म केवल माकुराकी आमा त भए नि अरू के भएँ र ? मेरो मूल्य नै के रहृयो र ? आफ्नै छोरीबुहारी विधवा भएको आफ्नै सन्ततिको दुर्दशा हेरिरहन्छु र मर्नु परे पनि म अन्त्यमा यिनीहरूकै हातबाट मर्छु । यदि म मरेँ भनेँ छोरीहरू हो यिनीहरूले तिमीहरूलाई पनि टोक्छन् । तिमीहरूका टाउकामा भएको पवित्र हिउँ पनि राक्षसी जिब्राले चाट्छन् र चाट्दाचाट्दै तिमीहरूलाई नै सक्छन् । नानी हो बाँकी रहेको तिमीहरूको अवशेषलाई पनि यिनीहरूले बेचिदिन्छन् । यदि कुनै असल सन्तान जन्मेर फेरि तिमी हाम्रो अस्तित्व रक्षा गरे भनेँ मात्रै नत्र दास बनेर यी सब कुरा सहनभन्दा अरू उपाय हुनेछैन । आमा आफ्नो कुरा भनिसक्न नपाउँदैमा मुर्छित बनेर विक्षिप्त अवस्थामा जानुभयो, हामी दिदीबहिनी हेरेको-हेर्‍यैँ भएका थियौँ र भविष्यको त्रासदीपूर्ण समयलाई पर्खिएर बस्न बाध्य भएका थियौँ ।
आमाको छातीमा लागेको आगो अचेल के कति शान्त भएको छ खै कुन्नि ? भेटेर भलाकुसारी गर्न पनि पाएको छैन । दिदीबहिनीले पनि नजिकबाट गफ गर्न नपाएको धेरै भइसकेको छ । नेपालआमाका सन्ततीहरू लडाइँ, झगडा गर्दागर्दै थाकेर केही बेर भयो बिसाएको तर पनि अझै कतिपय लडाइँमा लागिरहेका छन् । यस्तो विपत्ति आमाले अझै कति दिन भोग्नुपर्ने
हो ? त्यसमाथि पनि फेरि प्राकृतिक विपत्तिले नेपालआमाका सन्तानलाई सताइरहेको छ । केही मानिस शान्ति स्थापना गर्न तम्सिरहेका छन्, कतिसम्म सफल हुने हुन् ? युद्धका बेला चहर्‍याएका आत्माले कहिले शान्ति पाउने हुन् ? मृतआत्माले कहिले आफ्नो वीरतामा आनन्द लिने हुन् ? यी सब कुराले आनन्द भएका दिन फेरि हामी दिदीबहिनी एकअर्कालाई आमन्त्रण गरेर आमाका पासमा गई रमाइला कुरा गरौँला नत्रभने आमा रोएकोभन्दा अन्य कुरा सुन्न पाउने छैनौँ । यी कुरा हुन् जजसका तर्फबाट जेजे आवश्यक पर्छ त्यो सबै नेपालीले पूरा गर्ने प्रण गर्नुपर्छ नत्र आमाको रोएको आँखाभन्दा अरू हेर्न पाउने छैनौँ । आमाको धैर्य गर्ने शक्ति बढोस्, यही हामी दिदीबहिनीको शुभकामना ।

Kapil Lamichhane – Loktantrik Bus

कपिल लामिछाने- लोकतान्त्रिक वस
(Source: Madhupark, मंसिर २०६५)

किसन काका एफ.एम. सुन्दै थिए । जिल्लाका हरेक गाउँमा लोकतान्त्रिक वस चलाइने कार्यक्रम रहेको समाचार सुनेर उनी खुसीले बुरुक्क उफ्रे । उनले भेटे जतिलाई ‘खुस खबरी’ सुनाए । – ए सुन्यौ हाम्रो गाउँमा लोकतान्त्रिक बस चल्ने भयो रे !

खबर सबैतिर फैलियो । टीकाटिप्पणी पनि सुरु भयो ।

– लोकतन्त्र भनेको लोकतन्त्रै हो । लोकतन्त्रमा आमजनताको सुखदुख हेरिन्छ भनेको यही हो ।

– वस चल्ने भो’ भने त्यसभन्दा पहिले त बाटो बन्ला नि ?

– ठीक भनिस् ! बाटो बन्ने भो’ भने हामीले काम यहीँ पाइहाल्छौं । कोरिया किन जाने ? अहँ ! म त यहीँ काम गर्छु, राष्ट्रनिर्माणको काम गर्छु ।

– बाटो बन्ने भयो हैन ? म त ड्याडलाई भनेर बाइक किन्छु ।

– म त बैंंकबाट लोन लिएर माइक्रो बस किन्छु, गाउँगाउँ घुमाउँछु र पैसा कमाउँछु ।

– म ? म त बेपार गर्छु । बेपारमा कमाइ छ । काठमाडौँबाट होलसेलमा सोझै सामान यहीं ल्याइपुर्‍याउँछु । धेरै नाफा हुन्छ ।

– म क्रसर इन्डस्ट्री खोल्छु । बाटो भएपछि विकास खुल्छ । घर बन्छन् । अफिस बन्छन् । स्कुलकलेज बन्छन् । रोडा, गिट्टी सबैलाई चाहिन्छ ।….

रामाश्रेचाहिँ कल्पना गर्दै थिए कि त्यो बस समावेशी खालको हुनेछ, एकले अर्कालाई सहयोग र सम्मान गर्ने खालको हुनेछ, महिला-वृद्ध र अशक्तलाई विशेष सुविधा हुनेछ, सफासुघ्घर हुनेछ, नयाँ टलक्क टल्केको, हिमाल, पहाड, तराई झल्केको … ।

साँझपख पनि चौतारीमा थुप्रै मानिस जम्मा भएर खुसी जाहेर गर्दै थिए । नयाँ नेपालको नयाँ सरकारलाई आभार प्रकट गर्दै र धन्यवाद दिंदै थिए । ‘नयाँ नेपाल भनेको यस्तो पो’ भन्दै थिए । किसन काका एफ.एम. सुन्दै त्यहीँ सामेल हुन आइपुगे । उनले रेडियोतिर देखाउँदै भने- सरी है सरी ! लोकतान्त्रिक बस हैन बहस भन्या रैछ यो ठाँडाले । लौ सुन-सुन फेरि त्यही भन्न लाग्या छ ।’

उनले एफ.एम.को भोलम बढाए । एफ.एम. भन्दै थियो- ‘जनतामा व्यापक जागरूकता अभिवृद्धि गर्न जिल्लाका हरेक गाउँमा लोकतान्त्रिक बहस सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

Pradeep Nepal – Kathmandu Flu

प्रदीप नेपाल – काठमाडौं फ्लु

काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान फ्लुलाई ठहरै पार्‍यो भने बाँकी पचास थान फ्लु पनि लल्याकलुलुक भैदिए ।

पचासै भए पनि काठमाडौंको अस्तव्यस्ततामा राज गर्न पाइन्छ भन्ने सोचेर बर्ड फ्लु आफूले चढेको ट्रकमै बसेर पूर्वतिर लागे । विष्णुमती नदीको पुलमा ट्रकको अघिल्लो पाङ्ग्रो परेको मात्रै के थियो सबै बर्डफ्लुहरू हप्याक्हप्याक् गर्दै मर्न थाले ।

मेक्सिकोमा आतङ्कराज मच्चाएपछि स्वाइनफ्लुले पनि काठमाडौंमाथि चौतर्फी हमला गर्ने निर्णय गर्‍यो । बर्डफ्लुको मृत्युकथा सुनेका स्वाइनफ्लुहरूले आक्रमणको क्षेत्र र सङ्ख्यालाई धेरै फराकिलो पार्नुपर्ने सल्लाह गरेर पाँच सय स्वाइनफ्लु काठमाडौंमा आक्रमण गर्ने गरी सडक र आकास दुबै क्षेत्रमा छरिए ।

हवाइजहाज चढेर आएको स्वाइनफ्लुलाई पुग्नु थियो ठमेल । पश्चिमी सभ्यतामा रमाउने मानिसहरू त्यतै बस्थे । त्यसैले हवाइजहाजबाट आएको स्वाइनफ्लुले दुइतिरबाट ठमेलबासीलाई च्यापेर सिध्याउने निर्णय गर्‍यो । एउटा हूल चक्रपथको बाटो बालाजु चोकतिर लाग्यो । नयाँबजार छिरेर ठमेल पस्ने योजना बनाएको त्यो फ्लुले पशुपति मुन्तिरको पुलमा हुलुक्क छाद्यो । ठमेल आक्रमणमा खटिएका दुई सय फ्लुहरू लल्याकलुलुक हुँदै बालाजु चोकसम्म आइपुगे । सास बढेर तिनीहरू इन्तुनचिन्तु भएका थिए । चोकबाट दक्षिण लागेर विष्णुमतीको पुलमा आउन पाउँदा नपाउँदै छाद्नु र छेर्नु भएर दुई सय स्वाइनफ्लु ठहरै भए ।

काठमाडौलाई दक्षिणबाट च्यापेर सिध्याउने दाउ बोकेर आएको स्वाइनफ्लु बिचरो त अरु साथीहरू जति पनि बाँच्न भ्याएन । तीनकुनेबाट हान्निएर बानेश्वर छिमल्ने दाउमा आएका सबै फ्लुहरूले बागमतीको पुल पनि कट्न पाएनन् ।

हवाइजहाज चढेर आएका फ्लुको त यस्तो हालत भयो भने बाटाबाट आएकाहरूको हालत के भयो होला ? कालीमाटीसम्म जसोतसो आइपुगेका फ्लुहरूले टेकूमा टेक्न पनि पाएनन् ।

सबै फ्लुहरू मरेपछि नर्क जाने भैहाले । काठमाडौंलाई मृत्युको सोत्तर बनाउन पठाएका फ्लुहरू आफैँ सोत्तर भएर नर्कमा आएपछि यमराजलाई पनि रिस उठ्नु स्वाभाविक भैहाल्यो ।

“किन रित्तो हात आइस् ए फ्लु ?” यमराज जङ्गयिो ।

“काठमाडौंमा हामीलाई पनि मार्ने गन्धे फ्लु रहेछ यमराज,” सबै फ्लुहरूले थर्थराएको स्वरमा बिन्ती गरे, “खोलामाथि पुग्नेबित्तिकै हामी त छाद्नु न छेर्नु भैहाल्यौँ । काठमाडौ फ्लुलाई जित्न हामी नसक्ने रहेछौँ यमराज”

च मङ्सिर ०६६

Neerose Maskey – London Ma Ek Din Birsanda Pani Nabirseko Kshan

निरोज मास्के – लन्डनमा एकदिन् बिर्सदा पनि नबिर्सेको क्षण्

गती सुस्ताउदै गयको ट्रैन् अन्तत् स्टेशनमा रोकियो। सधैं भन्दा आज् यात्रुहरु निकैनै कम् थियो अझ यत्रुहरु थिएन भन्दापानी हुन्छ। जुन् डिब्बामा म थिय त्यो ट्रैनको अन्तिम् डिब्बा थियो किनकी मेरो स्टेशनको बाहिरिने भर्‍याङ् ट्रैनको अन्तिम् डिब्बा नजिक् पर्थ्यो तेसैले प्राय अन्तिम् डिब्बा नै मेरो रोजाइ हुन्थ्यो रेल्वै यात्रा गर्नु पर्दा।

आजको यात्रा अली फरक् देखिन्थ्यो अरु दिनहरुभन्दा, त्यस्तो अभास् भैरहेको थियो मलाई किनकी जुन् डिब्बमा म चडेको थिय त्यो डिब्ब पुरै खाली थियो र म् बहेक् अर्को यात्रु थियन्।

जब् ट्रैन् ले गती लियो तब् मैले देखे एक् जना अधबैसे महिलालाई तिनि यही स्टेशनमा नै यो डिब्बiमा आयकी थीइन्। म पत्रीका पढ्नमा ब्यस्त थिय तेसैले धेरै ध्यान त दीइन् तर तिनि हल्का नशामा रहेको आभाष् भने मलाई भयो। तिनि ले घुडांभन्दा माथि सम्मा मात्र अौने ज्यादै छोटो रातो मिड्डी लगयकी थीइन् र हल्का बुट्टे कालो टिशर्ट् पहिरन् र हातमा एुटा , शायद यल् को बोत्तल् थियो। तिनि म् भयतिर नै सोझियकी थीइ तर् मैले भने वास्ता नगरेर पत्रीका पढ्न नै ब्यस्त भय।

पत्रीकाको पन्ना पल्टौने क्रम् सँगै मैले आफ्नो अँखा यताउती घुमाउदा देखे तिनि मेरै सामुन्नेको सिटमा कुन्ना पट्टी ढेसियर् बसेकी रहिछ्न्। म बसेको सिट् यक् आपसमा फर्कियको थियो र अलिक् खुला थियो। कुन्जियर् बस्नु नपर्ने हुँदा मलाई यस्तो खुलासिट् मन् पर्थ्यो। यो अवस्थामा तिनि म् तिर फर्कियको सिट्मा अली कुना पट्टी बसेकी थीइ तर तीन को बस्ने तरिका भने अली छड्के थियो र भन्नु पर्दा पुरै म तिरनै फर्कियकी थीइ। मैले धेरै अबलोकन् गरिन् र अँखा पुन् पत्रीकामै फर्काय।

पत्रीकाको समाप्ती सँगै मैले पत्रीकालाई छेउतिर् सारेर सहज् तरिकाले बस्ने कोशीस् गर्दा गर्दै मेरो अँखा फेरी तिनि माथि पर्न गयो र यस् पटक् भने मैले राम्रै सङ्ग् हेरे अनी सबै कुरा देखे। जुन् देखिनु पर्ने थियो त्यो त देखिनेनै भयो तर जुन् नदेखिनु पर्ने थियो त्यो झन् बढी उत्ताउलो पराले देखियको थियो। म् झसङ्गिदै यता उती हेरे र आफ्नो द्रिस्टी र मन् मोड्ने कोशीस् गरे। तर परिस्थिती यस्तो थियोकी तिनि तेतिको लागिनै त्यहाँ बसेको भान् हुन्थ्यो नत्र तेत्रा खाली ट्रैन् मा तेही डिब्ब र तेही सिट् मेरै अगाडि र त्यसरी बस्नु को कुनै औचित्य कमसेकम् मैलेचाँही देखेको थीइन।

तीन को बसाइ को तरिका र बस्त्रको अनी परिस्थितीको बयान् गर्न अली गार्ह्यो भयपनि साधारण बयानमा, सिट्मा दुबै खुट्टा खुम्छ्यायर् कुर्कुच्च्। पुठो सम्मा जोडीने गरी र घुडां काध् सम्म् पुग्ने गरी बसेकी थीइन् र यस्तो अवस्थामा तीनको मिड्डी ले कट्टी भन्दा मुनिको कुनै भाग छोप्न नसक्दा सबै स्पस्ट् त देखिने नै भयो अझ् तेस्मा तीनले भित्री कट्टु पनि लगायकी थियिनन् तेसै ले सोझै भन्दा तीनको लुगा लगाउँउ सङ्ग् सारीरको अङ्ग् ढाक्नुको कुनै सम्बन्ध थियन्।

हल्का नसामा लोलायकि भयपनि सारिरिक् बनोट् झट्ट हेर्दा राम्रै सुन्दरता थियो। घुडा खुम्चियर् थिचियको र टिशर्ट् पनि छोटो भयको करण् ले होला स्तन् को तल्लो लोति स्पस्ट् सङ्ग् टिशर्ट् को बाहिर झांकेको थियो। सारांस् मा तिनले मदहोश् मुद्रामा मैथुन् को अग्रह् गरेको भान् हुन्थ्यो।
आफुलाइ मोड्ने र रोक्ने अनेक् असफल् प्रयत्नको बाबजुद् अन्तत मैले उनलाइ भने,
Excuse me!

तिनिले हल्का आखां उचालेर मलाइ हेरिन्।
You are showing me …………
Ohh nutty man don’t look there.

तिनिले हल्का हात् झड्कलेर् सह्रै अल्छि मानेको मुद्रामा भनिन्।
Sorry!!! I’m not looking but you are showing me.
Nutty boy!! if you are not looking then how can you see?

उनको यो प्रतिप्रश्न ले मलाइ ज्यादै कठिन् बनायो। उनको यो प्रतिप्रश्न मैले जे देखेको थिय त्यो भन्दा ज्यादै गहिरो थियो र मलाइ सोच्न बध्या बनायो कि मैले हेरेर देखेको हो वा उनले देखायर देखेको हो। दुबै कुरi झन्डै झन्डै बराबरि भय पनि मेरो बिचारमा मैले नै जितेको थिय किनकि मैले हेरेको भन्दा पनि उन्ले देखायकि थियिन् नत्र उनि त्यहा आयर र त्यो तरिकाले बस्नु पर्ने थियन। मैले फेरि भने,

Excuse me!! I’m not looking but you are showing me, you come after me and why do।।। तिनिले बिचैमा जवाफ् फर्काइन।
Then don’t look there OK।

अब् मेरो पालो के भन्ने मलाइ अफ्ठेरो पर्‍यो। मलाइ त्याहाबट् उठेर अन्तै बस्न जाउ जस्तो लग्यो तर किनहो कुन्नि सकिन, सायद् उठेर गयमा हारेको ठहर्ने भयर होला। र अन्तत मैले फेरि भने।

Then why do you shit like this।

Ohh, I feel easy shitting like this and I like shitting relax, you old boy।

तिनले मलाइ के के भनिन् के के बुझ्नै गहरो भयो र मैले बिचैमा कुरा कटेर भने।
: If you like to shitting like this then you better wear pants or trouser।
: I don’t feel easy wearing, walking and working with pants and trousers and I like mini skirt very much।

तिनले सहज् तरिकले जवाफ् फर्काइन्। मेरो हरेक् कुरामाथिको तिनको जवाफ् ले मलाइ ज्यादै अफ्ठेरो पार्दै लगेको थियो तै पनि मैले फेरि भने।
So you must wear underwear or panty then।
: Rubbish!!, I don’t like panty either, that block getting fresh and cool air into the body।

यति तिनले भनेपछि मलाइ झन् अफ्ठेरोमा पार्‍यो, के यो कुरा सच्चै हो त। जे होस् यो तिनको कुरा थियो। यति कुरा गर्दा गर्दै मेरो स्टेशन आइपुग्यो र म झर्ने तरखर् मा उठदै भने।
: Well you take care and goodluck, I wish to see you next time with cover of bunch and bundle of cloths।
: Thank you, I don’t think so but you better not to wear more cloths for physical and economic reason।

यक्दमै राम्रो कुर भनेको हो कि जस्तो लग्यो मलाइ र यक् क्षण् सोच्न बाध्य बनायो सबैले यस्तै लुगा कम् लगाइदिनेहो भने यो बिश्वोमा लाखौ मन्छे नाङगै बस्नु पर्ने थियन र भोको पनि सायद् हुनुपर्ने थियन होला। यति सोच्दै म हिड्ने तरखर् मा थिय। यसपालि तिनिले नै भनिन्।

Anyway do you like this ???

ज्यादै कठिन् प्रश्न गरिन् अन्तमा र असमन्झस् मा परिदियो मलाइ, म के भनु। र जसोतसो मैले भन्नै पर्यो र भनेपनि,
: It was nice but I don’t like it।

मैले यति भनेर ट्रैनको ढोका बाट् खुट्टा बाहिर राख्दा नराख्दै तिनले ठुलो स्वोरले भनिन्।
YOU LIE!!!।, YOU ARE A LIAR!!!

बाहिर निस्केपछि जादा जादै मैले तिनलाइ फर्केर हेरे। तिनिले ट्रैनको झ्याल् भित्र बाट् माझि औलो ठड्यायको हात् उठायर मलाइ टा टा गरिरखेकि थियिन्।