कल्याण श्रेष्ठ – बस स्टॉप
सड़क छेउमा माग्ने जस्तो
असुहौदो कोट, थोत्रे टोपी र
पान, थुक लागेका मैला कमीजमा
दिनभरि, खुइलियेको जुत्ता मिलौँदै;
छातीभरी भिरेका तक्माहरु
बिज्ञापन, …… फिल्मका पोस्टरहरु….
बेलाबेलामा फेर्दै;
९ र ५ को खोक्रो शानसहित
प्रेमिकालाई पर्खिए जस्तै
छिनछिनमा घडी हेर्दै;
अपर्झट, झटपट, छटपट
भिंडमा एकलकांटे – बस स्टॉप