Rakesh Karki – Shakti

इन्जिनियर राकेश कार्की – शक्ति

दया, ममता र माया रत्तिभर पनि छैन
जति बुक्काए पनि संतोष लिंदै लिन्न
फ्वाँ फ्वाँ गर्दै उर्लदै आउँछ छाल सरी
अबोध नि:साय निमोठ्दै निल्छ काल सरी

आशिष भन्दै कठोर मुठ्ठी जबरजस्ती बढाउँछ
शान्ति, धर्म नीतिको पाठ छडी देखाई पढाउँछ
आफ्नो दुनो सोझ्याउन भिडाउँछ दास बनाई
अहंकारी आफ्नो नाम रटाउँछ विवशलाई

बदनाम नै होस उसको तारिफ गर्नु पर्छ
निष्पट अध्यारोमा पनि उसलाई चिन्नु पर्छ
आफ्ना आफ्ना टिप्छ अरुलाई कुल्ची हिंड्छ
अस्त्र शस्त्र उसकै अटेरीलाई गिँड्छ

आँसुका अविरल धाराले अहँ पग्लदैन
नियम कानुन कुनैले पनि बाँधिदैन
विधाताले अब कसैको भाग्य लेख्दैन
शक्ति नै सर्वोपरि यमराज चाहिँदैन

अभिमानी गर्जेर जति मातिन्छ
हर्ष उल्लास आशा उति आतिन्छ
ईतिहासको अवशेष बाँकी छदैछ
त्यै पनि शक्ति नया युग जन्माउँछ ।।

लस् एन्जेलस्