Ranju Marga – Parajit Samaya

रन्जु “मार्ग” – पराजित समय

एक लिखित निर्देशनको
पालना नहुदै
अर्को आदेश आएको छ फैसलाको ,
जारी छन् जाहेरीहरु
अनुशासनविहिन हस्ताक्षरको अभिलेखालयमा
सम्पादित हुन् बाकी छ फूलले हालेको मुद्दा ,
सुनुवाई कहिले हुने हो थाहा छैन ,
अझै फूलले कति रगत बगाउनु पर्ने हो ,थाहा छैन !
युगौ भै सक्यो ,फूलले अधिकार माग्दै आएको ,
फूल संग फूल युद्द गर्दै आएको ,
आफ्नु वैयेक्तिक स्वतन्त्रता लागि
चट्टानसंग पौठेजोरी खेल्दै आएको ,
कयौ हावाहुरी पानीले
फूलका- पत्रहरु च्यातिदिए
– हाँगाहरु भाँचीदिए
– जराहरु उखेलिदिए
माटोसंगको वैधानिक नातालाई
समुन्द्रको छालले हुत्ताएको माछा जस्तै
छुट्टाइदिएको यो पराजित समय
फूलका आँशुहरु हेरेर बाँचिरहेछ!!!!