Dr. Mohan Prasad Joshi – Premi Bhaechhu, Premika Pani

डा. मोहनप्रसाद जोशी — प्रेमी भएछु, प्रेमिका पनि

आँखा खुला छ हृदय पनि
तिमीलाई देख्न पाइन्छ कि भनी |

शरीर निहुरिन्छ शिर पनि
तिम्रै वन्दना गर्न भनी |

म प्रेमी भएछु, प्रेमिका पनि
तिम्रै पिरती पाइएला भनी |

कलम चल्दै छ मन पनि
तिम्रै कविता कोर्न भनी |

नि:शब्द हुन्छु, बोल्छु पनि
तिम्रै यादमा हराउन भनी |

सारा जीवन र मरण पनि
चढाउँछु तिमीलाई तिम्रै भनी |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको | डा. जोशीकै ‘कहाँ छ ठाउँ ‘ नामक गीति सङ्ग्रहमा पनि समावेश भएको | सङ्गीत: न्ह्यू बज्राचार्य, स्वर: बाला भट्टराई |)