Jangab Chauhan – April 2

जङ्गब चौहान – अप्रिल २

जून हाँस्न खोज्दा खोज्दै
कालो बादलले छेकियो
ताराहरु कतै थिएनन् आकाशमा
उपत्यका कालो कालो देखियो।
विद्रोहको आगोमाथि चढेर धुँवा
चारैतिर फैलिंदै थियो
बोकेर हावा रापिला आक्रोशहरु
चारैतिर दौडिदै थियो ।
‘नदेख्ने’ले पनि देखेकै होला
एक मुठ्ठी आतंकले तीनै शहर
कसरी कालो भयो
जनताको साथ पाएको बेला
आप्mनै आँगन कसरी अँध्यारो भयो।
बन्दूकको नालले मुक्तिलाई दाग्न सक्तैन
फलामको सिक्रीले स्वतन्त्रतालाई बाँध्न सक्तैन
एकयुगको लामो अन्धकार पछि
चेतना बलेको छ
आगो बोकेका हातहरुलाई नचलाऊ
अँध्यारोको पोल खुलिसकेको छ ।