Indra Kumar Shrestha Sarit – Abhimanyu Chakrabyuha Chha Tyahin

इन्द्रकूमार श्रेष्र्ठ सरित – अभिमन्युः चक्रव्युह छ त्यहीं

कहाँ, कहिले र कोद्वारा चक्रव्युह बिछ्याइएन –
कहिले र संग्राममा
कहिले सन्धी र सम्झौताहरुमा

कहिले गालीमा त कहिले मीठो बोलीमा

पटक पटक भएको ५ षड्यन्त्र

सहकार्यको अभिनयमा कहां कहांमात्रेै धोका भएन –
पाइला पाइलामा बिछ्याइएको छ बम
शव्द शव्दमा भरिएको छ जाल र झेल
हिजोसम्म घरमा पस्नै नदिने

थियो भित्री बाहिरी षड्यन्त्र

त्यसका लागि पहाडै खसेसरि

कोकोहोलो मच्याएर रुवाबासी गरेकै हून

नसकेर आफ्नै षड्यन्त्रको तगारोले थेग्न
लूरे, भूरे, बलवान छिमेकी पनि गूहारेकै हून
कत्ति कत्ति चाल चले

भनेर साध्य छैन, गनेर साध्य छैन
अरुको जीतमा आफ्नो हार देख्ने मनूवाको
छेरुवा बानीको कहानी कही साध्य छैन ।
घर पसिसकेपछि

अब घरमा टिक्नै नदिने खेल सूरु भएको छ

बाहिर बाहिर बोलीमा घसेर तीन माना चिल्लो

भित्र भित्रै सिध्याउने षड्यन्त्र भइरहेकै छन्
बूझेकै छन् सबैले यहां सबैको भाका
तिनको भूकाई पनि होइन आफ्नो
बोली पनि होइन तिनको आफ्नो

छैन आफ्नै विचारमाथि यिनलाई विश्वास

त्यसैले त अरुको उत्रु छेकेर
आफु अग्लिएको भ्रम पाल्छन्
मालिके भूक भने भूक्छन्

चूप लाग भनेर हकारे टांगमूनि पूच्छर लूकाउंछन्
कून मालिकलाई खूशी पार्न हो, कून्नि ।
हेर, हेर यिनको शिखण्डि नाच आज पनि जारी छ
बृहन्नला पनि लज्जित हूने हाउभाउ छ यिनको हेर

न त बनाउंछन् यिनीहरु आफ्नो छर
न त अरुलाई नै बनाउन दिन्छन्

बिरोधको नाममा आधारहीन बिरोध गर्छन
त्यसैले अभिमन्यु बनेर तोड्नू पर्नेछ थूप्रै थूप्रै चक्रव्युहहरु

जांघरहरु छन् थूप्रै थूप्रै तर्नू पर्ने
उकालो छन् धेरै धेरै चढ्नूपर्ने
गन्तव्यमा पूग्न झिना मसिना मात्रै होइनन्

परिआए ठूलै अवरोधहरु प्नि हटाउनै पर्दछ
हटाएको इतिहास नभएको पनि होइन हाम्रो
हाम्रो इतिहास पढ्नेहरुलाई थाहा छ
जनता उंभो लाग्न नदिने
राष्ट्र समून्नत हून नदिने कूतत्वहरुलाई
काम गर्नुभन्दा बाटोमा कांडा ओछ्याउनेहरुलाई
तोडेर सम्पूर्ण चक्रव्युह
तिनलाई जनतासामूं नंग्याउनै पर्दछ
सबैको आशा र विश्वासको केन्द्र
अभिमन्यु ।
उसलाई चक्रव्युहबा६ निकाल्नै पर्दछ ।