Mina Bantawa ‘Mridu’ – Haa Ma Kavi Are [Nepali Gajal]

स्कुल जाँदा सिनेमा धाँउदै म त कवि भएछु
ब्याँसि गोठमा गित गाँउदै म त कवि भएछु

हा! म कवि रे! जे लेखे जस्तो लेखे पनि कवि
कवि भन्दै फुल्लिएर आँउदै म त कवि भएछु

कस्तो विडम्बना! हेर्दैमा र सार्दैमा कवि हुने
विज्ञान दर्शन फुर्ति लाँउदै म त कवि भएछु

भन्छन कवि जी आहा! कति स्तरीय कविता!
कसैलाई तथा नाम बाँउदै म त कवि भएछु

जिबनको मोडमा घुम्दै आउदा जाँदा दुःख पाएँ
साहुले मारी किन काम दाउँदै म त कवि भएछु

पढाउँदा एक कानले सुनी अर्को कानले फ्याके
गज़ल लेख्दा पज़ल भै छाँउदै म त कवि भएछु

पढ्ने बेलामा पुर्णे बजार दोहोरी खेल्न कसले
स्कुल परिक्ष्यामा सुन्ना पाँउदै म त कवि भएछु