Naresh Khadka – Sansad Ra Sipahi Bharti

नरेश खड्का – सांसद् र सिपाही भर्ती

सत्ताको स्वादले मातिएका
नाङ्गले पसलेहरू
नयाँनयाँ पसल थापी
सत्ताको बल्छी थाप्न
होडवाजी भएको छ
कामधेनु जनता
बकेर्ना बाच्छाहरुको चुसाइले
अस्थिपञ्जर भए
शान्ति र चैन गए
सांसद् र सिपाही भर्ती
उस्तैउस्तै भए ।
चन्दा र बन्द रोकिएको छैन
सरकार नग्न सुन्दरी बनेको छ
यहाँ
लठैत र हलीहरू पालैपालो भोगिरहेछन्
प्रतिकार छैन, भोगाइका आआफ्नै
इच्छा भए
शान्ति र चैन गए
सांसद् र सिपाही भर्ती
उस्तैउस्तै भए ।।