Abhas – Desh : Sapanama

देशले मलाई
आफ्ना सजल आँखाले हेर्दा
मैले सपनामा झैं
उसका आँखामा टाँगिएको
आफ्नो प्रतिविम्ब पाएँ
म मुस्कुराउँदा
ऊ मुस्कुराउँथ्यो
म रुँदा
ऊ रुन्थ्यो
मेरो मन जलेको मैन झैं पग्लन्थ्यो
र म शीत भएर
उसलाई चुम्बन गर्थें
उ दूबो भएर
मलाई चुम्बन गथ्र्यो ।