Rakesh Karki – Ramailo Teej

इन्जिनियर राकेश कार्की – रमाइलो तीज

रिमझिम वृष्टि श्रावण/भदौ
नभमा नूतन जून
ग्राम/शहर हरियाली
रमाइलो तीजको धुन

रातो सारी रातो चोलो
चुरा पोते सोह्र श्रृंगार वैभव
गाउदै सुरिलो नाच्दै छमछम
सौभाग्यवती नारीको उत्सव

माइती घरमा छोरी/चेली
हरेक आँगनमा बहार
बाँड्दै आपसमा मनका भावना
दर खादै मीठा परिकार

मधुर प्रेमले तीजको व्रत
श्रद्धा र विश्वासको जीवन
मनाउदै उमङ्गले हरितालिका
जनम जनमको दाम्पत्य मिलन