Bibek Dulal Chhetri Damak – Samarpan

विवेक दुलाल क्षेत्री “दमक” – समर्पण

म लुकाएर हिड्दिन
तिमी सामु मेरो अनुहार
त्यो कालो डर लाग्दो नै किन नहोस्
म झुकाएर हिड्दिन
तिमी सामु मेरो लक्ष्य
त्यो सिकुटे र माया लाग्दो नै किन नहोस्

…..किनभने ..पात.. .फूल र बोटको नाता सित
कुनै गुनाशो छैन मलाइ
…..सुस्केरा ,बादुली र आशुसित
कुनै शिकायत छैन मलाइ

र ….म हुरी ….शितल
बतास बन्न सकिन भने पनि
म सुख्खा जमिन ….नरम दुबो
बढिन भने पनि

म हिर्काएर जान्न
तिम्रो सपना
त्यो मेरो भन्दा भिन्न किन नहोस्
म थिचेर जान्न
तिम्रो संसार
जहाँ मलाई घिर्णा गरिएको किन नहोस्

……………
…………….
तिमीलाई के थाहा !
कहिले देखि म आफै
तिमीमा समर्पण भै सकेको रहेछु .

अस्तु ;
दमक , झापा
हाल :अबुधाबी ,यू ए ई