Kabita Thapa – Prakriti Ko Sneha Harek Jeewan Ma (Geet)

कविता थापा – प्रकृतिको स्नेह हरेक जीवनमा
(क्यालिफोर्निया)

सजाउदै जाऔँ यो बन पाखालाई
कोइलीले गाइरहने मीठो भाखालाई

बोट बिरूवा माया लाउदै फुलिरहन्छन्
मृग मृगिनी प्रफुल्ल भइ डुलिरहन्छन्

माटो ढुंगाको संगम यहाँ जमिन अँगाल्छ
निर्मल जलमा माछा नाच्दै पिरती सँगाल्छ

स्वच्छ वातावरण कण कणमा समीर फिजिन्छ
प्रकृतिको स्नेह हरेक जीवनमा सजिन्छ