Rakesh Karki – Tataundai Jawani (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – तताउदै जवानी (गजल)

कसैले इसारा गरेझैँ भएथ्यो
कि यो दिल उनैमा मरेझैँ भएथ्यो

रहरमा म हाँसे अधर त्यो गुलाबी
नजरमा उज्यालो छरेझैँ भएथ्यो

तताउदै जवानी रमाउदै खुसीले
दगुर्दै नदी त्यो तरेझैँ भएथ्यो

भिजेरै किनारमा डुबेरै नशामा
दुबैमा गरम बाफ सरेझैँ भएथ्यो

म बढ्दा तिमीले बहार जो फिजाउदा
छछल्केर माया झरेझैँ भएथ्यो
———————————————————-

बहर : मुतकारिब मुसम्मन् सालिम पिङ्गल छन्द
सूत्र : फऊलुन् X 4 ISS ISS ISS ISS