Komal Shrestha Malla – Shikar Ma

कोमल श्रेष्ठ मल्ल – शिकारमा

शिकारमा
विभत्स शिकारीको दौड
मान्छेकै भोग चढाउन
लथालिङ्गी परेड
मैदानमा
पहाडमा
र हिमालमा
रगत रगतको खेलाउन
नपुगेर तातीहरु
जात जातीको
भाषा भाषीको
बर्ग बर्गको
क्षेत्र क्षेत्रको
उत्सर्ग बिहीन
बिगुल चढेर
बिपत्ती संचय गर्न
छाति माथी जहरीला आँसु
र रगतको अशीषेकमा
मृत ध्रुबिय सोच
संख्यात्मक बिउ प्रक्षेपणमा
सस्कार बिहीन अनादर पालुवाका
एउटा ऊठ हिडी रहेछ
मात्र सुख्खा मरभूमी फलाकेर
गुणात्मक उर्बर माटो मासेर
मात्र रातो शिकारमा !!!