Rakesh Karki – Sanchchikai Ho Maile Chhaleko Haina (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – साँच्चिकै हो मैले छलेको हैन (गजल)

साँच्चिकै हो मैले छलेको हैन
डुबेँ होला यादमा जलेको हैन

छातीमै छ तस्वीर पिउँदै नशामा
मातेँ होला बरू ढलेको हैन

कोट्याउँने किरणले त्यो जिन्दगीलाई
मुस्कान हो मैन बत्ती बलेको हैन

सोचेँ होला मैले तिम्रै बारेमा
सन्तापले पहिरो चलेको हैन

– लस् एन्जेलस्