Prakash Dhamala – Ma Hajurbuba Ra Bhanuko Ramayan

“क्षितिजकोमित्र” प्रकाश धमला – म हजुरबुबा र भानुको रामायण
(अस्ट्रेलिया)

धेरै वर्ष अघिको कुरा हो
सायद म सानो छदै हुनुपर्छ ,जतिखेर म
बुबालाई भन्दा पनि हजुरबुबालाई ज्यादा माया गर्थें
बुबामा भन्दा पनि हजुरबुबामा ज्यादा रमाउथे
बुबालाई बाबा भनेर हजुरबुबा लाई बुबा भन्थें
मलाई अलि अलि धमिलो याद छ
म निदाउन अघि हजुर बुबा
प्रलाद को कथा सुनाउनु हुन्थियो
सत्यहरिस्चान्द्र को कथा सुनाउनु हुन्थियो
अनि राम सीताको कथा सुनाउनु हुन्थियो /
एकदिन हजुरबुबाले तल्लाघरे ठुले काकालाई
केहि दाना लाव्सी ; म लाव्सी सारै मन पराउथें
केहि दाना नस्पति ; म नस्पति पनि मन पराउथें
केहि दाना कागती ; म कागती लाई जिरिं भन्थें
एक टुक्रा कागज – पहाडे कागजमा
धवासोको मसिले लेखेका केहि शब्द
बुनेको लाते झोलामा हालेर मलाई लिन पठाउनु भएछ /
ठुले काका घाम झुल्किनु अघि नै हाम्रोमा आउनुभो
कागजमा क लेखेको थियो कुन्नि
म, बाबा, आमा र भाई काकासंगै लागिऔ
भोटांगको चिरांग को बुदिछु तिर
ठुले काकाले मलाई बुइया गर्नु भो
बाबाले भाई लाई बुइया गर्नु भो
चाचे खोला तरेर , राते खोला तरेर
हामी देउराली डाँडा सम्म पुगिऔ
मलाई देउराली डाँडा पुगेर डम्फु बजार हेर्न सारै मन पर्थेओ
मलाई देउराली डाँडा पुगेर टाडा टाडा टल्केका
घरहरु हेर्न सारै मन पर्थियो
तर किन हो किन लामो समय झर्लंगी तिरेर
रित्तो पेट महिनौ बस्दा पनि
मेरो हजुर बुबाले हाम्रो घरमा टिन् लाउन सक्नु भएनछ /
घर पुगिऔ
हजुरबुबा ढल्केर बसिरनु भा’थियो
म बुबा भन्दै काखमा लुट्पुटइन गए
मैले बोकेको मिस्रि हजुरबुबा लाई दे
हजुरबुबा मिस्रि सारै मन पराउनु हुन्थियो
मैले बोके को गोलो गोलो मिठाई पनि दे कारण
गोलो गोलो मिठाई मलाई नै देनु हुन्थियो हजुरबुबाले
म खेल्न गए दाईहरुसित
बाबा र आमा बुबासंग गफ गरिरनु भाथियो/
साँज पर्यो ,म हजुर बुबा संगै सुते
मलाई रातो गाता लगाको किताब दिनु भो र भन्नुभो
“नाती यो मेरो माया…. सम्झना को चिनो सम्मलेर राखेस्
यसमा मिठा श्लोकहरु छन्
म तिन छक्क परे “यो के हो बुबा” मेरो प्रश्न
बुबा ले भन्नु भो “यो भानुभक्त को रामायण हो
भगवान राम को कथा छ, मुक्ति मिल्छ पड्नु है ”
नबुझीकन मैले टाउको मात्र हल्लाएँ /

बिहान भयो म उठे, म संगै हजुरबुबा को किताब पनि उठो
तर हजुर बुबा उठ्नु भएन
अस्पताल लगेको भन्दै मेरा आखा बाट ओजेल प/रियो
साथमा बाबा, आमा, हजुरमा, काकाकाकी सबैलाई लगे
तर सबै फर्कनु भो हजुरबुबा फर्कनु भएन
र अहिले सम्म पनि फर्कनु भाछैन/
समय बदलियो
म आमाको पछौरा समातेर देउराली हुदैसात डाँडा काटे
आमाले भाईलाई बोक्नु भो
मैले हजुरबुबाको किताब बोकें
जहाँ म आफ्नै पुर्खौली शरणार्थी देशमा भए
म संगै हजुरबुबाको किताब पनि शरणार्थी भएछ क्यार
पोहरै भानुभक्त को सालिक पनि ढले छ देशमा
हतार हतार हजुरबुबाको किताब खोजे बाकसको चेपमा
माऊले काटेर ढुटो पारेछ
लग्यो सालिक ढलेपछि रामायणको अस्तित्व पनि रहेनछ देशमा /

(Sent to Sanjaal Corps Via Email)