Kundan Kumar Panta – Parakashta (Nepali Muktak)

कुन्दनकुमार पन्त – पराकाष्टा(मुक्तक)
(मधुपर्क माघ, २०६७)

पैसालाई नै सर्वश्रेष्ठ मान्दै जब पैसामा नै रमाउँछन् मान्छेहरू
पैसा नहुने आफन्तहरूसँग पनि सम्बन्ध छुटाउँछन् ती मान्छेहरू
सम्पत्ति मोहले पराकाष्टा नाघेर जब मानवता विहीन हुन पुग्छन्
माया, ममता र संवेदनशीलतालाई नै गुमाउन पुग्छन् ती मान्छेहरू

-पकनाजोल, काठमाडौँ ।