Yatiraj Ajanabee – Hidne Tasbir Haru

यतिराज अजनबी – हिड्ने तस्वीरहरू

यात्राको सिल्शिलामा
म एउटा कन्क्रिट जण्गलममा
आइपुगेकोछु
यो जङगलमा कोब्राहरू छैनन्
ँब्वासा, बाघ, हात्तिहरू पनि छैनन्
मान्छेहरू त झन
हुन सक्ने नै भएनन्
यो जंगलमा आइपुग्दा मलाई
यस्तो अनुभुत भैरहेछ
मानौं यो जङल एउटा
विशाल  एल्बम हो
यसमा रहेका तस्वीरहरू
तस्वीर भन्दा ज्यादा
तस्वीर जस्ता लाग्दछन
यहाँ आइपुगे पछि
थाहा भो मलाई
मोनालिसाहरूमा पोखिएका
कलात्मकता र सौन्दर्यहरू
पुराना कुराहरू भैसकेछन्
तस्वीर श्रिंगार गर्ने कलाले
साँचै उत्तराधुनिकता
प्राप्त गरिसकेछ
तिमी मान या
नमान यो कुरा
किन्चित क्लेश
छैन मलाई किन कि
यी तस्वीरहरू हिड्ने  गर्छन्

तस्वीर हिड्ने भैसकेपछि
यो विकासलाई,सभ्यतालाई
तिमी कसरी बुझ्छौ
विकराल मानेर कुद्छौ या
देवता ठानेर   पुज्छौ
त्यो तिम्रो अधिकार
र क्षमता सँग जोडिने
सन्दर्भको कुरा हो
तस्वीरहरू र यी तस्वीरहरू
बीचको भिन्नताको
कुरा यत्ति हो :
तस्वीरहरू
तस्वीरहरू जस्ता थिए
अजीव थिए
चाहेर पनि मान्छेले
आफ्नो मनको एल्बम्मा
सजाउन सक्दैनथ्यो
तर यी तस्वीरहरू
यति सुन्दर देखिन्छन कि
मान्छेले नचाहेर पनि
आफ्नो हृदयमा टाँस्न पुग्दछ
पुग्दछ मान्छे अनि
तस्वीर संगै तक्दिर बदल्न

१८ पौष २०६४ बिराटनगर

(Sent to Sanjaal Corps via Email)