Ram Prasad Prasain – Transvestite Bhute Raanka Haru

रामप्रसाद प्रसाईं – ‘ट्रान्सभेस्टाइट’ भुते रांकाहरू

पानी-पानी पाणिनीहरू
रेगिस्तानको बदूं
मतस्यगन्धा/लजारस् महोदयाहरू
तारण्गत मियो बनिरहून्
कालीदास यथार्थहरू
पारङ्गत शिल्पि भइरहून्।

‘डाएनिसियस्’ तोम्बा तानेर
दुइ डबका एक पानेलाइ
सभ्यताको निदाल भरि भरि
नियतिको लबेदा तुनेर,
रातो रगत,
रातै सुरापान,
रक्तिम धमनीहरूलाइ
जय जयकार।

खहरे-खोल्सा-खोलाहरू,
सेवा-धर्म-प्रेम
भवसागर दलदलभित्र
अस्ताचालमा
विस्मृत भवितव्यसंगै,
फक्रिएका घाउहरू खिसिटिउरी
गरिरहेछन्र्।

हार्दिकताका धाउहरूमा,
एक ‘ट्रान्सभेस्टाइट’ नोमाडिक,
चेतनाका भुत्याहा रेखा-विन्दुहरू
विद्रोही भुते रांकाहरू
स्मृतिको धुमिल क्षितिजमा
गोधुलीको घुर्माइलो अस्तित्व
सम्यक सभ्यता बिवश छ,
कुखुरी कां…………………।।

जुलाइ २३, २०१०
रामप्रसाद प्रसाईं “आशुतोष आंशु”
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल।
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)