Tanka Wanem – Ramphu Ko Pakhama

टंक वनेम – रम्फुको पाखामा

चौंरीको घण्टी
कुहिरोको माझ
कागको इसारा
रम्फुको खोला
सुसाउँदै बग्छ
चल्दछ विरह ।

सबैले भन्छन्
गोठाला मान्छे
चौंरीको गोठमा
सल्केको मन
कसरी देखाउँ
मुटुको कोठामा ।

चौंरीको घण्टी
कुहिरोको माझ
कागको इसारा
मुटुको माया
थाप्दिने यहाँ
आफ्नो पो को छ र ?
यो मन किन
उडेर जान्छ
पखेटा हालेर
आशाको दियो
ननिभ्ने गरी
सलेदो बालेर

चौंरीको पुच्छर
डोलाई हिँड्दा
रम्फुको पाखामा
सम्झेर आफ्नै
आँसुको थोपा
पोखिन्छ आँखामा ।