Lekhnath Paudyal – Satya Sandesh 3

लेखनाथ पौड्याल – सत्य-सन्देश ३

विद्याको, वयको र बुद्धिको, बलको,
सौन्दर्यको, मानको
प्रज्ञाको, कुल-जातिको, इलमको,
ऐश्वर्यको, ज्ञानको ।
तातो ग्याँस मनुष्यका मगजको
सम्पूर्ण उत्री-दिए ।
पृथ्वीमा सब देवता घरघरै
आएर खेल्ने थिए ॥