Hemanta Khatiwada – Aaja

हेमन्त खतिवडा – आज
(मधुपर्क २०६६ चैत)

भेट हाम्रो भा’को थिएन
कैंयौं दिनमा भयो आज
अलप भई ग’को थियौं
लजाउँदै आयौं आज
मेरा मनको मझेरीमा
किरण छर्दै आयौं आज
उस्तै रूप बान्धी बोकी
लजाएर आयौं आज
फूल दिन्छु पिरतीका अञ्जुलीमा आज
टुङ्गो लाउनुपर्छ-पर्छ पिरतीको आज
तिम्लाई भेट्दा देख्छु, खुशी
चेहरामा चमक आज
हृदयमा गंगाजल बोकी आयौं आज