Indra Kumar Sunuwar – Dil Ko Dhadkan

ईन्द्र कुमार सुनुवार – दिलको धड्कन

आउन हामी उडिजाऊ बादल लाई भेट्न
एउटा पङ्ख तिमी हम्क अर्को पङ्ख म
तिमी भन बर्सिदेऊ बादल उजाड भूमिमा
म भन्छु छेकिदेऊ तातो राप गर्मी याममा

सुन्दर सन्सार यात्रा गरौ एउटै रथमा
दुई पाङ्ग्रा भए पनि जाउ एउटै पथमा
समान दुरी अनि गन्तब्य पनि उस्तै
हामी छौ बराबरी कलम र मसी जस्तै

सुखशान्तिको फुलबारी हामीले फुलाउनु छ
तिमी फूल हौ मैले माली भैइ सजाउनु छ
मुस्कान तिम्रो मीठो सुगन्ध हो फूलको
धड्किरहने धड्कन हौ तिमी मेरो दिलको