Indra Kumar Sunuwar – Timi Jun Bhai Chamka

ईन्द्र कुमार सुनुवार – तिमी जुन भै चम्क

आज फेरी एउटा पत्र हात परेको छ
पत्र भरि तिम्रो माया छरिएको छ
छरिएको माया फेरी बटुल्नै सकिन
चाहेर पनि तिमीलाई अगाल्न सकिन

फुकाइदेउ सबै बाचा सग्सगै खाको
तोडिदेउ अटुट नाता जुनिभर लाको
नसोध कुनै सवालहरु जवाफ केही छैन
प्रेमदिप निभिसक्यो फेरी यो बल्नेछैन

म हारे,मेरो हारले खुशी सबै लुट्यो
तिमी सगै जिउने सुन्दर सपना टुट्यो
म हारे नि तिमी सधैं बिजयपथमा लम्क
म निभे नी तिमी उज्यालो जुन भै चम्क