Indra Kumar Sunuwar – Timlai Samjhirahos

ईन्द्र कुमार सुनुवार – तिमीलाई सम्झिरहोस्

फूल जस्तै ओइलिएर गयो मेरो माया
मुटु भरी जति नै साचेर राखे पनि
कहीले नजोडिने हाम्रो बियोग भयो
जति नै देवी देवता भाके पनि

दोषी थिए म तिमीले हेर्ने नजरमा
निर्दोष बनी तिम्रो निन्दा गर्न सकिन
वास्तविक्ता जब तिमीले थाहा पायौ
धेरै ढिला भयो फेरी फर्कन सकिन

तिम्रो जीवन सुभारम्ब होस् बसन्त्तऋतुले
मेरो जिन्दगी उजाडै उजाडले भरिएपनी
मेरो पवित्र आत्माले तिमीलाई सम्झिरहोस्
कदाचित मेरो शरीर यो धर्तीमा नरहेपनी