अशोक पार्थिव तामाङ – तिम्रो सामु
भन्ने र मान्ने पद्दतिको लहलहैमा
बिना कुनै अन्वेषण समाहित भएर हावा झैं उडेको भए
हजारौं चिसा कंक्रिटका मुर्तिहरूलाई आस्थाको नाममा
यदि पुज्दै म फुलमाला र खादा लाउँदो हुँ त
म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ?
यो लज्जित जस्तो अनुहार बोकेर
यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ
जीवन-सम्झौताको खातिर ।
चिप्लिएका हिउँदका सिरेटोहरू !
बादल नदेखिई बर्षिईएका अनुरागका थोपा-थोपा अनुभूतिहरू !
यदि बिना अर्थ जता-ततै पोख्दो हुँ त
म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ?
यो निगार हुनँ लागेको जाँडको झोल भएर
यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ
जीवन-सम्झौताको खातिर ।
केहि कञ्चनजंघा र पवित्र मादीहरू थुनेको छु मेरो दिल भित्र
केहि स्वर्गद्दवारी तिर्थ सरहको मन्दिरहरू बनाएको छु आफु भित्र
बैंसको झोंकमा बिना सम्मान लिलामी हुँदो हुँ त
म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ?
जितेर पनि हारेको जस्तो अनुभव लिएर
यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ
जीवन-सम्झौताको खातिर ।
रहरलाई लाखले गुणा गरी उफ्रिनँ खोज्ने मेरो कवि मन लिएर
शितल चौतारीको खोजमा तिम्रै बरपिपलको छहारीमा
सियाँलिईन रहर गरेको छु
जीवनको अनुभवको चर्खा काट्दा
यदि म साउन भदौ झैं भावनामा धमिलिईन्दो हुँ त
म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ?
यो भीडभाडरूपी कोलाहलमा पनि शान्त अनुभाष बोकेर
यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ
जीवन-सम्झौताको खातिर ।
तपेश्वरी १, उदयपुर, हालः ईजरायल