Sarubhakta – Thyasafu

स्वप्नदैनिकीः चुङगुत्सुका सपनाहरु
डे जाभू एक्सपिरियन्सयुक्त छन्
स्वेच्छिक मृत्युधिकार
सायनाइडका नदीहरु वगेका छन्
माइटोकाड्रियाः दुगुर्णित गुणसुत्रहरु
क्रायो – केप्सुलहरुमा बन्दछन्
कस्लाई थाहा, हिमित पिढी – क्रायोनिक्स
सस्पेन्शन जेनरेशनहरु मुर्दाघरका जुलुसहरुमा
सामेल छन् ?
प्रत्यारोपित विश्वः क्राई अप्m द पिपुल
किमचिहाका नियति बाँचेका छन्
सन्नाटाका श्वासप्रश्वासहरु
लम्वित वेवलेन्थहरुमा हराएका छन्
इन्स्ट्यान्ट विचारः मिर्गीका कविताहरु रचना गर्छन्
जाउँ, मृतात्माहरुको हाटवजारमा
मस्तिष्कमृत्युको पर्व छ
मृतइच्छाहरुः नग्नपुस्तकालयभित्र सञ्चित छन्
उः ! अक्वारियमभित्रका पुस्ताहरु
मलामी हाँसोसहित टाइग्रीसपीडाका
शोकसभा मनाउदैछन्
कथित महापरिनिर्वाणः ठयासपूmका पानाहरु पल्टाउँछन्
खोई विषाणु र जीवाणुहरुको देशमा
नयू वादेवीका असल सन्तानहरु ?
कोमामा वाँचेको जिन्दगीः इलेक्ट्रोनिक
सुरक्षा संयन्त्रभित्र सुरक्षित छ
पराविश्वका परामानवहरु
क्षणप्रतिक्षण वदलिरहने रसायनिक
अनुहारहरुमा व्यस्त छन्
लो प्रोफाइल जिन्दगीः कार्वन
परमाणुहरुको नर्तन
कठै ! हाम्रा प्राध्यापकहरु वार्धक्य जिन्दगीका
के पुस्तकहरु चोर्दैछन् ?