Rajan Kathet – Euta Gharma

राजन कठेत – एउटा घरमा

एउटा घरमा

यस्ता हजारौँ एउटा घरमा
रात परेपछि
एउटा कालो छायाँ खस्छ आँगनीमा ।
“ऊ आउनु’भो!”
केही गोडा
सल्बलिनछन्
अगेनाको डिलमा

यस्ता हजारौँ डिलमा ।

छायाँ भित्र पस्दैन ।
हराउँछ त्यहिँ आगँनीमै

हिँजोजस्तै,
अस्तिजस्तै,
सधैँजस्तै ।

फेरी मौनता छाउँछ
एउटा अगेनाको डिलमा ।
यस्ता हजारौँ एउटा अगेनाको डिलमा ।

त्यो शुन्यता चिर्दै
एउटा तोते बोली गुन्जिन्छ-
“आमा! बेपत्ता पार्नु भनेको के हो?”

सार्है खिन्न लाग्नेगरी
त्यो आगो निभिसकेको धुवाँसँगै
फेरी मिस्सिन्छ
एउटा तीतो आशा

आँखै पीरो हुनेगरी ।

काठमाडौँ विश्वविद्यालय, भाषा तथा आमसञ्चार