Bhira Khadka – Pyaro Sathi

प्यारो साथी
आज तिम्रो नया बर्षमा
तिमीलाई
शुभकामना
मेरो त यहाँ
नया बर्ष अब आउछ,आउदैन
त्येसैले तिम्रै नया बर्षमा
तिमीलाई शुभकामना
मेरो देश
बिखण्डनको संघारमा छ
मेरो देश
एकादेश बन्ने क्रममा छ
मेरो देश
अस्तित्व बदलिने तयारीमा छ
त्येसैले
मेरो नया बर्षमा
मेरो देश रहन्छ,रहदैन
प्यारो साथी
तिम्रै नया बर्षमा
तिमीलाई शुभकामना
तिमीले सुनेको छौ
देश भन्दा जातियता ठुलो ?
देश भन्दा भाषीकता ठुलो ?
देश भन्दा कला अनि संस्कृति ठुलो ?
तर
मैले त जानेको थिए
देश रहे
रहन्छ जातियता
भाषीकता,कला अनि संस्कृति
देश नै नरहे
कहाँ खोजेर पाइन्छ
भाइचारा अनि सद्भावना?
त्येसैले
मेरो नया बर्षमा
मेरो देश रहन्छ,रहदैन
प्यारो साथी
तिम्रै नया बर्षमा
तिमीलाई शुभकामना
तिमीले थाहा पाएको
नेपाल
सुन्दर,शान्त अनि विशाल
अब
कुरूप हुदै गएको छ,
अशान्ति पर्याय भैदिएको छ,
अनि राज्यको विशालता
जातीयतामा टुक्रीदै गएको छ,
त्येसैले
मेरो नया बर्षमा
मेरो देश रहन्छ,रहदैन
प्यारो साथी
तिम्रै नया बर्षमा
तिमीलाई शुभकामना
बुद्ध जन्माउने मेरो देशलाई
खै कसको आखा लाग्यो
सैयौ,हजारौ हिटलर जन्माउन थालेको छ
शान्तिको मन्त्रलाई
हिंशाको पाठले बिर्साएकोछ,
एक अर्कालाई
सम्मान गर्ने संस्कार त्यागेर
द्वैष अनि घृणा सिकाएको छ,
त्येसैले
मेरो नया बर्षमा
मेरो देश रहन्छ,रहदैन
प्यारी साथी
तिम्रै नया बर्षमा
तिमीलाई शुभकामना
लोपोन्मुख देश,
अनि त्यो देशको नागरिकको
गुम्न लागेको हैसिएतले
भबिस्यको कालो इतिहास
बोक्नुपर्ने मानसिकताले

विचार अनि भाव शुन्य
हुनु अगाबै
प्यारो साथी
आज तिम्रो नया बर्षमा
तिमीलाई शुभकामना