Narayan Tiwari – Sanket

नारायण तिवारी – संकेत

मानिसहरू पुरिएका छन्
र मेरो मुटु यसबेला कामिरहेको छ ।

मानिसहरूलाई गिद्ध र स्यालले लुछ्दैछन्
म सुनिरहेको छु
रेडियो खुल्ला छ-
राहतका कार्यहरूमा कुनै कमी भएको छैन

मदर टेरेसा आफ्ना दयाका हातहरू रित्तै लिएर
फर्किन् !
सुनें यो पनि,
उनको कमलो हृदयको राहत चाहिंदैन रे !

मानिसहरू गन्हाइरहेका छन्-
‘प्रकोप’को गन्ध पनि सायद
मीठै मान्नुपर्ने होला ! ?
जस्तो कि शनै : शनै : हजम हुने
स्वदेशी- विदेशी चन्दाको स्वाद !!
र यस्तो नोटको बिटो खाले राहत
चाहिन्छ !

सूचना प्रसारण जारि छ-
सहयोगको मुटुले
घाइतेको मुटु छाम्न पाइन्न
माध्यम मार्फ आउनुहोस्

र त्यो माध्यम ”भोज ‘ खाइरहेछ ।

एउटा तस्वीर छ-
फाटेको बस्त्र
खुम्चिएको निधार
र फैलिएको हात
जसलाई भनिंदैछ,
तिमी पीडित हुनुको खोइ प्रमाण ?

यस्तैमा मर्दछन् शायद कर्णप्रसादहरू,
के दोष !
मरिचमानहरू सुर्यप्रसादजीको घर खोज्दै
हिंड्दछन् भने…

विजयपुरका थिचिएका मानिसहरूले
उल्टै उद्धारकोषमा चन्दा दिएको खबरले भन्दा
खबरभित्र निहित पीडाले मेरो मुटु
अझ- कामिरहेको छ
कतै अर्को भूकम्पको संकेत नै त हैन त्यो ….?
डर भोगिरहेछु-
शशंकित,
कति मानिसहरू पुनः पुरिने हुन्
निर्माणकै लागि किन नहोस् तर
कति त घरहरू भत्किने हुन्…!
संकेत

मानिसहरू पुरिएका छन्
र मेरो मुटु यसबेला कामिरहेको छ ।

मानिसहरूलाई गिद्ध र स्यालले लुछ्दैछन्
म सुनिरहेको छु
रेडियो खुल्ला छ-
राहतका कार्यहरूमा कुनै कमी भएको छैन

मदर टेरेसा आफ्ना दयाका हातहरू रित्तै लिएर
फर्किन् !
सुनें यो पनि,
उनको कमलो हृदयको राहत चाहिंदैन रे !

मानिसहरू गन्हाइरहेका छन्-
‘प्रकोप’को गन्ध पनि सायद
मीठै मान्नुपर्ने होला ! ?
जस्तो कि शनै : शनै : हजम हुने
स्वदेशी- विदेशी चन्दाको स्वाद !!
र यस्तो नोटको बिटो खाले राहत
चाहिन्छ !

सूचना प्रसारण जारि छ-
सहयोगको मुटुले
घाइतेको मुटु छाम्न पाइन्न
माध्यम मार्फ आउनुहोस्

र त्यो माध्यम ‘भोज ‘ खाइरहेछ ।

एउटा तस्वीर छ-
फाटेको बस्त्र
खुम्चिएको निधार
र फैलिएको हात
जसलाई भनिंदैछ,
तिमी पीडित हुनुको खोइ प्रमाण ?

यस्तैमा मर्दछन् शायद कर्णप्रसादहरू,
के दोष !
मरिचमानहरू सुर्यप्रसादजीको घर खोज्दै
हिंड्दछन् भने…

विजयपुरका थिचिएका मानिसहरूले
उल्टै उद्धारकोषमा चन्दा दिएको खबरले भन्दा
खबरभित्र निहित पीडाले मेरो मुटु
अझ- कामिरहेको छ
कतै अर्को भूकम्पको संकेत नै त हैन त्यो ….?
डर भोगिरहेछु-
शशंकित,
कति मानिसहरू पुनः पुरिने हुन्
निर्माणकै लागि किन नहोस् तर
कति त घरहरू भत्किने हुन्…!