Harihar Aryal – Ma Aaundai Chhu

हरिहर अर्याल – म आउँदैछु

हो प्रिया, विश्वास गर
यस पटक भने म तिम्रो बासस्थानमा
सधैको लागि आउँदैछु।
हुनत प्रिया, म पोहोर पनि आएँ
परार पनि आएँ र हरेक बर्ष आएँ,
कहिले हुरी लिएर आएँ
कहिले बतास भएर आएँ
कहिले शुठभित्र आएँ
कहिले बुठभित्र आएँ

कहिले चाईनाबाट आएँ
कहिले भारत हुँदै आएँ र
र कहिले अमेरीका पनि हुँदै आएँ
हरेक आगमनमा नारायणहिटीभित्र पसेर
हिटीको पत्थरलाई बसन्त श्रवण गराएँ
आउन त प्रिया, म हरेक बर्ष निकम्मा भएर आएँ।
हो प्रिया विश्वास गर
यस पटक भने म
नेपालबाटै, नेपाली हुँदै, नेपालकै
हिमाल–पहाड र तराई भएर आउँदैछु र
यस पटक भने प्रिया, म
धर्तीलाई खुट्टाले कुल्चेर होईन
मुटुमा राखेर
जाबो एउटा नयाँ बर्षमात्र होईन
किन्तु लाखौ युग बनेर,
नेपालीको स्वधिनता अनि
स्वतन्त्र सार्बभौम र लोकतान्त्रिक भाग्य रेखा कोर्न
त्यो पनि
सुनौला अक्षरले मात्र होईन
वीर शहीदहरुको रातो रगतले लेख्न
र उनैशहीदहरुको आकांक्षलाई आत्मसात गर्ने
संविधानसभाको नयाँबर्ष बन्दै
म आउँदैछु।
हो प्रिया तिमी ढुक्क भई बस
यस बर्ष भने
सफल संविधानसभा भएर
म एउटा स्वभिमानि गणतन्त्र नेपाल आउँदैछु,
हो म गणतन्त्र नेपाल आउँदैछु।।