Dr. Madhu Madhurya – Aja Ko Antim Prarthana

हे भगवान् ! तिमी कहाँ छौ –
जसरी भए पनि एकचोटि नेपाल आऊ !
भत्केका त्रि्रो डेरा, मुर्तिविहीन मन्दिरहरु हेर !
देवता बिर्सनेहरुको लाममा मान्छेको क्रन्दन र छटपटी हेर !
पखेटाबिना नै राजा उडिसक्यो, राज्य चलाउँछु भन्नेहरुको तमासा हेर !
आफै-आफैबीच नग्न लुछाचुँडी ! ब्वाँसोको जस्तो चाल हेर !
देशका जुकाहरुलाई पदको परिभाषा र कुर्सीको स्वाद मात्र थाहा छ ।
चुनाव जितेकालाई ‘ कुर्सीको भन्दा देश ठूलो’ भन्ने पाठ सिकाइदेऊ !
आपसी द्वन्द्वले राष्ट्रको अस्तित्व मेटिने खतरा बढ्दो छ ।
नेता भनाउँदाहरुलाई राष्ट्रको परिभाषा सिकाइदेऊ !
जे पायो त्यही बोल्छन्, मनपरी गर्छन् नेताहरु
नेपाली नेताहरुलाई ‘अन्न’ खान सिकाइदेऊ !
मर्यादाक्रममा दोस्रा शिर्षनेताले ‘नेपाली नै हुँ’ भनी जिक्री गरिरहेछ,
हो भने, उसलाई छिटै नेपाली भाषा पनि सिकाइदेऊ.. !
हे भगवान ! त्रि्रो ‘अभाव’ जताततै खट्किरहेछ यहाँ !
तिमी कहाँ छौ – किन मौन छौ –
नेपाली दूतावासले राहदानीमा रेफ्युज छाप हानेछ भने
तिमी शरणार्थी भएर पनि नेपाल आऊ !!
हे भगवान ! नेपाल बचाऊ !! नेपाली बचाऊ !!!