Shrawan Mukarung – Shahar Ma Euta Manis

जब म हतारमा हुन्छु
त्यो मानिसलाई
म देख्छु शहरमा

बसस्टप
कफीसप
सिनेमाहल

न्यूरोड
ठमेल
पुतलीसडक

बिहान
दिउँसो
साँझ

झरीमा
घाममा
हुस्सुमा

मानिसहरूका हूलमा
यौटा रूख
हिँडिरहेछ आफ्नै धुनमा/सुरमा/लयमा
को हो त्यो मानिस… ?

जब म हतारमा हुन्छु
त्यो मानिसलाई
म देख्छु शहरमा

आज, यो समय ?
धेरै जिज्ञासाहरू पाल्न सकिन्छ उसका बारेमा
र्
पर्यटक…?
आप्रवासी…?
गुप्तचर…?
आतङ्ककारी…?
या, सामान्य नागरिक…?

नेता ?
पत्रकार ?
चोर ?
सज्जन ?
वा, कवि ?

वस्तवमा ?
मलाई एकदम् हतार छ
सोध्नु छैन मैले उसलाई- तिमी को हौ ?
यदि मैले सोधेँ भने
उसको उत्तरसँगै?
हराउनेछ, यौटा मानिस यो शहरबाट ।