Shekhar Dhungel – Gunaso

गुनासो
अर्थात” गु” को नासो
अर्थात दुषित नासो
घरघरमा हेर
श्रीमतीको गुनासो
भाई भाई लडाएको छ
समाजलाई हेर
आफन्त कै गुनासो
मित्रलाई भिडएको छ
” गु” नासोको चाल
जबर्जस्त अन्धो बनाउछ
” गु ” नासोको जाल
बुझ्नै गार्हो कुटिल हुन्छ
” गु ” नासो कतै
साचिलो बन्दै पोखिन्छ
” गु ” नासो कतै
अक्रोस बनी थोपरिन्छ
” गु ” नासो कतै
भ्रमको खेती गर्छ
” गु” नासो कतै
पक्ष बिपक्ष र बिबाद
लाई गोडमेल गर्छ
“गु ” नासो
अबिश्वासको बिउ छर्दछ
” गु ” नासो कतै
मित्र घात् अस्त्र बनिदिन्छ
” गु ” नासो
स्वयमलाई खोक्रो मात्र होइन
समाजमा आगो सल्काइ दिन्छ
” गु ” नासो कतै
चित्त दुखाइ त कतै
बिरोध बनेर झोसिन्छ
यो ” गु ” नासो
बनाउने कम बिगार्ने ज्यादा गर्छ
अनी
स्वच्छ समाजलाई दुषित
बनाउछ